एमाओवादी महराको नेतृत्वमा सरकारमा जाने, घर्ती सभामुखको उम्मेदवार
२८ असोज, काठमाडौं ।
एकीकृत नेकपा माओवादीले महासचिव कृष्णबहादुर महाराको नेतृत्वमा सरकारमा जाने भएको छ ।
बिहीबार बसेको एमाओवादी स्थायी समितिको बैठकले सभामुखमा भने वनसरी घर्तीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
सत्ता साझेदार दलहरुबीच सभामुख एमाओवादीलाई दिने सहमति भएकाले घर्ती निर्वाचित हुने सुनिश्चित जस्तै छ ।
एमाओवादी सचिव वर्षमान पुनकी पत्नी घर्ती निवर्तमान उपसभामुख समेत हुन् ।
बुधबार मात्र सभामुख सुवास नेम्वाङ र उपसभामुख घर्तीले राजीनामा दिएका थिए ।
Facebook Comments