तामाङ समुदायले आज विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाउदै

समाचार, समाज

काठमाडौं,माघ २२ । आज सोनाम ल्होसार, तामाङ समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी सोनाम ल्होसार मनाउँदैछन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश हुन्छ ।

हरेक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाउने गरिन्छ । बाँदर, चरा, मुसा, बाघ, बिरालो, घोडा, सगुर, गोरु, खरायो, भेडा, सर्प र ड्रागन गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको हुन्छ ।

सोनाम ल्होसारका अवसरमा नेपाल तामाङ घेदुङले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्दैछ । कार्यक्रममा तामाङ खाना, भेषभूषा, कला,संस्कृति प्रदर्शन गरिनेछन् ।

Facebook Comments

Leave a Reply