रिब्जुङमा उदाउँदो उदिम

आख्यान, समाचार

भिम राई
काठमाडौं । रिब्जुङ ः घामले छेकेको ठाउँ । छेकेन साहित्यले । उराल्यो पिडाको गित राजबीर थुलुङ भएर । बखान्यो खुक्सङ बनेर । लेख्यो गजल उदिमले सरासर गुरु पूज्दै । त्यही माटोको मायाले चर्चा पाउदैन देशमा । अनि शुरु हुन्छ कथा अर्को चोमालुङमाको ।

दुधकोशीको हावा रिब्जुङको राखानी हुँदै दिप्पाको डाँडासम्म आइपुग्दा बोकेर ल्याएको शित्तलताको प्रतिरुप भएर जन्मिएका गजलकार उदिम किराती र उनको काव्यिक क्षमताको कसी बनेको गजल सँग्रह ‘अर्को चोमालुङमा’ गजल पारखीहरुको लागि निकै मिठो कोशेलीका रुपमा बजारमा आएको छ । ९५ वटा फूलहरुको गुच्छाको रुपमा संग्रहित गजलहरुको सानो पन्तुरा बाकेर कहिले काठमाडौं, कहिले रिब्जुङ त कहिले विदेशी तातोघामको स्पर्शलाई हृदयमा सुरक्षित राखेर सिर्जना मार्फत बाहिरिएको यो गजलकारको नीजि सम्पती हो ।

समयहुन घामजुन हुनु जस्तै गजल सिर्जना हुनुको गुणले रदिफ काफियामा बगेका शेरहरुले पूर्णता पाएको संग्रह संवेग, आवेग, करुणा, आक्रोश र विद्रोहको एक गुच्छा जस्तै । अर्को चोमालुङमा देखिएको चोमालुङमा भन्दा कम उचाईको छैन । ९५ वटा गजलहरुको गुच्छा रहेको भावनाको चोमालुङमा ‘बिसन्चो पो छौ कि जाउमा ? ओइलाएछ लिम्चङिबुङ, बिसन्चोको खबर तिम्रो हावाले ल्याएछ लिम्चिङबुङ’ किराती मिथ्थकीय भावना देखि ‘हिँड्दा नहिँडे बाटोले चिन्दैन, जिन्दगीको एक पाटोले चिन्दैन’ जस्तो जीवन खोज्ने भावनाहरुको संगालो छ उदीमका गजल संग्रहभित्र ।

कहिले राजनीतिक खिचातानीमा उरालिएको साम्प्रादायीक चेतलाई साम्य पार्ने भावनाकासाथ उदिम कलम तिखो बनाएर उदाउँछन् । ‘एउटै आगन एउटै धुरी एउटै घर बनाउ, सबै मिलि सदभावको सुन्दर सहर बनाउ’ उनको यीनै सार्थक चिन्तन मिश्रीत संग्रहमा समाजमा रहेको कुनै विषय र विचार भन्दा एकरती पर गएका छैनन् । समय र समाजलाई मार्गप्रशस्त गर्ने कवि तथा साहित्यकारहरुमा हुनुपर्ने जस्तो चेत उदिम किरातीमा सुरक्षित रहेको छ ।

विभिन्न सामाजिक सन्जाल, छिटपुट पुस्तक तथा पत्रिकामा कोरीरहेको, लेखिरहेको देखिएका यीनै गजलकारले नया पुस्तक बजारमा ल्याउन निकै चुनौति सामाना गरेको बताउँछन् । साहित्यको बजारमा एउटा संग्रहलाई उमारेर वितरणको मालिक बन्नु निकै चुनौतीपूर्ण रहेको अनुभव गरेका उनको आगामी यात्रा भने सुन्दर छ । उनी गजलमात्र लेख्दैनन् । उनले लेखेका गीतहरु उतिकै रहरलाग्दो रहेको छ । विषेश गरे थुलुङ भाषाको गितहरुमा राम्रो जमाएका उनले उतिकै राम्रो चित्र स्केचपनि गर्न माहिर देखिन्छ । एक व्यक्ती अलग क्षमताको विकास गरिरहेको उनको अर्को संग्रह गजल जस्तै कविताहरुको हुनेछ । आशा गरौँ ।

 

Facebook Comments

Leave a Reply