मैत्रिपुर्ण फुटबलको लागि नेपाली टोली घोषणा

एविसि खबर
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले लाओसँग मैत्रिपुर्ण खेल खेल्ने भएको छ । आगमी हप्ता लाओससँग हुने मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोलीको आइतबार घोषणा भएको छ । आगमी १६ जेठमा लाओससँग उसैको घरेलु मैदानमा नेपालले मैत्रीपूर्ण खेल खेल्ने छ । स्ट्राइकर अनिल गुरुङ कप्तानीमा नेपाली टिम लाओसको मैदानमा उत्रनेछन् ।

नेपालले लाओससँग नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक ग्योटोकी कोजीको प्रशिक्षण मैत्रीपूर्ण फुटबल खेल्नेछन् । उक्त मैत्रिपुर्ण खेलका लागि २० सदस्ययी नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटल संघ(एन्फा)ले पहिलो चरणमा बोलाइएका ३३ खेलाडी मध्येबाट २० खेलाडीको छनोट गरीएको जनाएको छ ।

नेपाली टिमको फरवार्डमा भरत खवास, नवयुग श्रेष्ठ, अनिल गुरुङ, सुनिल बल,डिफेन्डरमा रबिन श्रेष्ठ, अनन्त तामाङ, आदित्य चौधरी, देवेन्द्र तामाङ, कमल श्रेष्ठ, विराज महर्जन,मिडफिल्डरमा प्रकाश बुढाथोकी, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, विशाल राई, राजेन्द्र रावल, अन्जन विष्ट, जगजित श्रेष्ठ तथा गोलकिपरमा किरण चेम्जोङ र विकेश कुथु छनोट भएका छन् । यसअघि चैतको दोश्रो हप्ता मलेसियाको यू–२२ टोलीसँग नेपालले मैत्रीपूर्ण खेल खेलेको थियो । जुन मैत्रिपुर्णमा नेपाल १–१ को बराबरीमा रोकिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here