एसईई परीक्षाको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं, २ असार । माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना उत्तीर्ण भएका छन् । यस वर्षको एसईई परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थी संलग्न थिए । परीक्षामा संलग्न सबै उत्तीर्ण भएका छन् । ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित भएकाले कोही पनि फेल नहुने परीक्षा बोर्डले जनाएको छ । सार्वजनिक भएको नतिजा अनुसार जीपीए ३।६५ देखि ४ सम्म १२ हजार २ सय ८४ जना उत्तीर्ण भएका छन् ।…

Read More