नेपाली चलचित्र ‘तारेभीर’को आफिसियल ट्रेलर सार्वजनिक (भिडियो सहित)

काठमाडौं, ८ जेठ । प्रेम सुब्बाद्वारा निर्देशित चलचित्र ‘तारेभीर’को अफिसियल ट्रेलर रिलिज गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा सो चलचित्रको अफिसियल ट्रेलर सँगै तिन वटा गीत देखाईयो । आउँदो असार २ गतेबाट दर्शकमाझ आउँदै गरेको सो चलचित्रको सार्वजनिक अफिसियल ट्रेलरमा एक्शनलाई प्राथमिकतामा राखिएको छ । चलचित्रलाई नेक्स्ट जेनेरेशन ईन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा डि.के. देवानले निर्माण गरेका हुन् । चलचित्रको अफिसियल ट्रेलर सार्वजनिक कार्यक्रममा उपस्थित निर्माता देवानले भने ‘फिल्ममा निर्माता सँगै सानो रोलमा दर्शकमाझ उपस्थित भएको छु । दर्शकहरुले फुल मनोरञ्जन लिनेछन् ।’ साथै, निर्माता देवानले चलचित्रको बारेमा जानकारी गराउँदै ‘तारेभीर’को…

Read More