हलेसीमा नमुना होटल ‘हलेसी भिलेज’

संगीता राई खोटाङ, ७ वैसाख । खोटाङ जिल्लाको ऐतिहासिक धार्मिक तथा पर्यटकिय स्थल हलेसी महादेवस्थानमा आउने आन्तरिक तथा वाह्य पर्यटको सुविधाका लागि नमुनाका रुपमा होटल हलेसी भिलेज संचालनमा आएको छ । स्थानीय तहमा खोटाङ जिल्लाको रहनसहन तथा पारिवारिक वातावरणमा सेवा सुविधा उपलब्ध गराउने गरी होटल संचालनमा ल्याइएको हो । जिल्लाका चार जना अगुवा व्यवसायीहरुको लगानीमा होटल सुरुवात भएको संचालक मध्येका खुशनारायण सैजुले जानकारी दिए । उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रुद्र गिरी, निवर्तमान अध्यक्ष खुसनारायण सैँजु, वर्तमान अध्यक्ष राजेन्द्र लयालु र व्यवसायी जयराम गिरीको संयुक्त लगानी रहेको करिब एक करोड…

Read More