मतदाता परिचयपत्र भदौ ३०, ३१ र असोज १ मा दिइने

काठमाडौँ , भदौ २८ । निर्वाचन आयोगले तेस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि यही भदौ ३० देखि आगामी असोज १ गतेसम्म मतदाता परिचय वितरण गर्ने भएको छ । प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा यही असोज २ गते सोमबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा २६ लाख ६४ हजार ७९२ मतदाता छन् । आयोगले सदर मत प्रतिशत बढाउन तथा बदर मत संख्या घटाउन मतदातालाई सही रुपमा मत संकेत कसरी गर्ने भन्ने विषयमा जानकारी दिने व्यवस्था पनि…

Read More

राजपाद्धारा चुनावको मिति सार्न माग

काठमाडौं, २७ जेठ । राष्ट्रिय जनता पार्टी नेपालले दोस्रो चरणको स्थानीय चुनावको मिति सार्न माग गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको आहृवानमा शनिबार सिंहदरबारमा बसेको तीन दलको बैठकमा राजपाका नेताहरुले यथास्थितिमा आफूहरु चुनावमा आउन नसक्ने बताए । आफूहरुको सहभागिता विना हुने चुनावको अर्थ नहुने भन्दै राजपाका नेताहरुले राजनीतिक मुद्दा सम्बोधन गरेर मात्र चुनाव गर्न माग गरेका छन् । तर, सत्तारुढ कांग्रेस र माओवादीका नेताहरुले चुनाव सार्ने प्रस्ताव अस्वीकार गरेका छन् । राजपासँगको समझदारीमा नै सरकारले बैशाख ३१ का लागि तय भएको चुनाव दुई चरणमा गर्ने निर्णय गरेको थियो । राष्ट्रिय…

Read More

चुनाब चिह्न अंकित टिसर्ट, टोपी, झोला बाँड्न नपाइने

काठमाडौं, २७ जेठ । राजनीतिक दल तथा उम्मेदवारले चुनाब चिह्न अंकित टिसर्ट, टोपी, झोला लगायतका सामग्रीको प्रयोग गर्न नपाउने भएका छन् । चुनाव प्रचारप्रसारमा चुनाब चिह्न भएको सामग्री प्रयोग आचारसंहिता विपरित भएको भन्दै निर्वाचन आयोगले दल तथा उम्मेदवारलाई सेचत गराएको हो । आचारसंहिता हेर्ने निर्वाचन आयुक्त सुधीकुमार शाहको अध्यक्षतामा बसेको बैठकले यस्ता कार्यलाई रोक्न सरोकारवाला अधिकारीलाई निर्देशन  दिएको छ । मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी तथा आचारसंहिता अनुगमन गर्ने टोलीलाई त्यस्ता कार्य रोक्न निर्देशन समेत दिएको छ ।  

Read More

खोटाङमा समाजवादी फोरम र नयाँ शक्तिले छान्यो प्रमुख पदका उम्मेदवार (सूचिसहित)

खोटाङ, १७ जेठ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालले दोस्रो चरणको स्थानीय निर्वाचनका लागि खोटाङका दश वटै स्थानीय तहका प्रमुख पदका उम्मेदवार टुंगो लगाएको छ । स्थानीय तहको चुनावमा समाजवादी फोरम र नयाँ शक्ति नेपाल एउटै चुनाव चिन्हमा लड्दैछन् । प्रमुख र उपप्रमुखका उम्मेदवार १) रुपाकोट मझुवागढी नगरपालिका मेयर : धनकुमार राई उपमेयर : बसन्ती राई २) हलेसी तुवाचुङ नगरपालिका मेयरः बच्चु राई उपमेयर : टुंगो लगाउन बाँकी । ३) ऐसेलुखर्क गाउँपालिका अध्यक्ष : अगमसिंह राई उपाध्यक्ष : गीता श्रेष्ठ ४) लामिडाँडा गाउँपालिका अध्यक्ष : मोहन गुरुङ उपाध्यक्ष : टुंगो लगाउन बाँकी ।…

Read More

दोस्रो चरणको चुनाव असार १४ गते

काठमाडौं, १७ जेठ । सरकारले दोस्रो चरणको स्थानीय चुनाव आगामी असार १४ गते गर्ने निर्णय गरेको छ । यसअघि जेठ ३१ गतेलाई तोकिएको चुनावलाई सारेर असार ९ गते पुर्याइएको थियो । ९ गते मुस्लिम समुदायको महान पर्व परेको भन्दै चुनाव पाँच दिन पछि सारिएको हो । प्रदेशनम्बर १, २, ५ र ७ मा दोस्रो चरणको चुनाव हुँदैछ । पहिलो चरणको चुनाव ३, ४ र ६ नम्बर प्रदेशमा गत बैशाख ३१ गते सम्पन्न भएको थियो ।

Read More

दोश्रो चरणको निर्वाचन सर्‍यो

१५ जेठ, काठमाडौं । जेठ ३१ गर्नेगरी घोषणा भएको दोस्रो चरणको स्थानीय तह निर्वाचन असार ९ गते हुने भएको छ । अनलाइन खबर लेख्छ -“यसले उम्मेदवारी दर्ता लगायतका सबै प्रक्रिया हेरफेर हुनेछ सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको निर्वाचन असार ९ गते सार्ने निर्णय गरेको हो । आइतबार साँझ बालुवाटारमा बसेको प्रमुख दलहरुका शीर्ष नेताहरुको बैठकमा राष्ट्रिय जनता पार्टीलाई सहभागी गराउन चुनावको मिति केही दिन सार्ने समझदारी भएको थियो । लगतै प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेर नयाँ मिति प्रस्ताव गरेका हुन् ।”

Read More

सरकार मोर्चा सहमति नजिक

काठमाडौं, ९ चैत । सरकार र मधेसी मोर्चा बिच चलिरहेको अनौपचारिक तथा औपचारीक वार्ता सकरात्मक दिशातिर अगाडि बढेको बताइएको छ । स्थानीय चुनाव बहिष्कार घोषणा गरेको मधेसी मोर्चालाई मनाउन सरकारले थालेको अनौपचारिक प्रयास सहमति नजिक पुगेको हो । सरकारले संविधान संशोधनबिना स्थानीय तह निर्वाचन प्रक्रिया अघि बढाएपछि असन्तुष्ट मोर्चाले तराई मधेसमा चुनाव हनु नदिने र आफूले पनि भाग नलिने घोषणा गरेको छ । आजको नागरिक दैनिकमा समाचार छ । सत्तासीन दलका नेतासँग मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भएको वैठकमा मोर्चाका नेताहरुले सीमांकनबाहेक संविधान संशोधन विधेयकका तीन वटा प्रस्ताव पारित भए चुनावमा…

Read More