खोटाङमा ससफोका उम्मेदवारहरु

मंसिर ५ । १ लाख २५ हजार १८३ मतदाता रहेको खोटाङमा संघीय समाजबादी फोरमकातर्फबाट उम्मेदवार प्रतिनिधिसभा सदस्यका लागि डा. कृष्णकुमार राई, प्रदेशसभाका लागि क्षेत्र नम्बर १ बाट नबिन राई र क्षेत्र नम्बर २ बाट टंकबहादुर थापा छन् । प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा राई हाल घरदैलो अभियान गरिरहेका छन् । खोटाङको दिप्रुङ स्थायी घर भएका उनी इमान्दार, क्षमतावान र बौद्धिक तहका नेता मानिन्छन् । चिकित्सक समेत रहेका डा राईले आपूm विजयी भए खोटाङको प्रत्येक स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् । खोटाङमा तत्काल अपरेशन गर्नुपर्ने खालका विरामी भए ठूलो…

Read More

हाम्राे जित व्यक्तिगत हाेइन, जनताकाे जित हुनेछः अशाेक रार्इ

धरान । संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले निर्वाचनमा उम्मेदवार विजयी हुँदा जनताले आफूले जितेको महसुश गर्न सक्ने पार्टी र उम्मेदवारलाई मात्रै भोट दिएर जिताउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस र संघीय समाजवादी फोरमको संयुक्त लोकतान्त्रिक गठबन्धनका तर्फबाट धरान उपमहानगरपालिका १२ चतरालाइनस्थित चुनाव प्रचारप्रसार समितिको सम्पर्क कार्यालयको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । उनले भने, ‘हामी यस्तो पार्टीलाई जिताऔ, यस्तो उम्मेदवारलाई जिताऔ, जहाँ उम्मेदवार मात्रै होइन जनता पनि जित्दछन् । जनताले जितेको महसुश गर्न सक्दछन् ।’ विगत छब्बीस बर्षमा यो क्षेत्रमा पाँच सातजना उम्मेदवार जिते पनि…

Read More

दर्जनौं सङ्घिय समाजबादी फोरम नेपालमा प्रबेश

Federal-socialist-party

२१ असोज  । शेर्पा संघ दक्षिण कोरियाका अध्यक्ष श्री शेर साङ्बो शेर्पा र वरिष्ठ उपाध्यक्ष पासाङनोर्बु शेर्पा सहित दर्जनौं सङ्ख्यामा सङ्घिय समाजबादी फोरम नेपाल प्रवेश गरेका छन। हिजो कोरिया को राजधानी सौल स्थित नेपाल हाउसमा नेफेसो कोरिया द्वारा आयोजित एक छुसक बिशेश सुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम मार्फत उहाँ हरु पार्टी प्रबेश गरेका हुन। उक्त कार्यक्रम बाट नयाँ शक्ति कोरिया बाट बैचारिक बिद्रोह गरेर केहि समय अगाडि नयाँ शक्ति छोडेर आएका नयाँ शक्ति कोरियाका पुर्ब केन्द्रिय सचिब तथा सचिबालय सदस्य श्री पासाङ नोर्बु शेर्पाको नेतृत्वमा दर्जन ब्यक्ति हरु र…

Read More

सङ्घीय समाजवादी र राजपाबीच चुनावमा तालमेल गर्ने सहमति

काठमाडौं २०, असोज । सङ्घीय समाजवादी फोरम, नेपाल (ससफो) र राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रतिनिधि र प्रदेश सभाको चुनावमा साझा उम्मेदबारी दिने निर्णय गरेका छन् । शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै दुई पार्टीले आपसी समझदारीका आधारमा दुवै पार्टीले संयुक्त भई साझा उम्मेद्वारको रुपमा चुनावमा भाग लिने जनाएको हो। फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपाका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले हस्ताक्षरित विज्ञप्तीमा असमनता, विभेद, भेदभाव एवम् उपेक्षा, शोषण र उत्पीडनलाई अन्त्य गर्नका लागि संयुक्त रुपमा निर्वाचनमा भाग लिने जनाइएको छ । साथै अन्य राजनीतिक पार्टी/दलहरूसँग मोर्चा वा गठबन्धन तथा तालमेल गर्नु…

Read More