हाम्राे जित व्यक्तिगत हाेइन, जनताकाे जित हुनेछः अशाेक रार्इ

धरान । संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले निर्वाचनमा उम्मेदवार विजयी हुँदा जनताले आफूले जितेको महसुश गर्न सक्ने पार्टी र उम्मेदवारलाई मात्रै भोट दिएर जिताउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस र संघीय समाजवादी फोरमको संयुक्त लोकतान्त्रिक गठबन्धनका तर्फबाट धरान उपमहानगरपालिका १२ चतरालाइनस्थित चुनाव प्रचारप्रसार समितिको सम्पर्क कार्यालयको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । उनले भने, ‘हामी यस्तो पार्टीलाई जिताऔ, यस्तो उम्मेदवारलाई जिताऔ, जहाँ उम्मेदवार मात्रै होइन जनता पनि जित्दछन् । जनताले जितेको महसुश गर्न सक्दछन् ।’ विगत छब्बीस बर्षमा यो क्षेत्रमा पाँच सातजना उम्मेदवार जिते पनि…

Read More

एमाले पूर्वसांसद र केन्द्रीय सदस्य फोरम नेपालमा प्रवेश

वीरगन्ज, ८ जेठ । नेकपा एमालेका पूर्व सभाषद् प्रद्युमन चौहान र केन्द्रीय सदस्य प्रहलाद गिरीले पार्टी परित्याग गरि संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन्। एमालेका केन्द्रिय सदस्य गिरी र पूर्वसभासद समेत रहेका एमाले पर्साको क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति चौहानले पार्टी परित्याग गरि फोरम नेपालमा प्रवेश गरेको घोषणा गरेका हुन् । पर्सामा एमालेका दुइ चर्चित नेताहरुले वीरगन्जमा सोमबार पत्रकार सम्मेलन गरेर फोरम नेपालमा प्रवेश गरेको प्रेस विज्ञप्तिमार्फत् घोषणा गरेका छन् । मधेसी दलहरुले उठाएका माग जायज भएर पनि त्यसलाई सम्बोधन गर्न एमाले नेतृत्व नै मुख्य बाधक बनेको र…

Read More

संघीय गठबन्दनको सिँह दरबार घेराउ सुरु

कडा प्रतिरोध गर्ने तयारी एविसि खबर काठमाडौं, २ बैशाख । पहिचान, नामाङकन तथा सिमाङकनको विषयमा विभिन्न मागहरु सहित संघीय गठबन्दनले घोषणा गरेको सिहँदरबार घेराउ कार्यक्रम सुरु भएको छ । गठबन्दनले राखेको कार्यक्रमलाई असफल बनाउन राज्यको तर्फबाट सुरक्षा व्यवस्था कडा पारिएको छ । आन्दोलनकारीहरुले विभिन्न आर्क निर्माण गरेर आफ्नो प्रदर्शनलाई शसक्त तुल्याउने जनाएका छन् । प्रहरी हस्तक्षेप भएमा प्रतिरोध गर्ने सम्मको तयारी रहेको आन्दोलनरत पक्षले जनाएको छ । अधिकारको माग सहित सुरु गरेको आन्दोलन शान्तिपूर्ण हुने पनि उनीहरुले बताएका छन् । सिहँदरबार घेराउ गर्न आन्दोलनरत पक्षले सिहँदरबार वरिपरि ४ वटा केन्द्रलाई…

Read More

पहिचानको मुद्दा पेचिलो बन्दै

भिम राई हरेक संघर्ष सँग मुक्ती जोडिएर आएको हुन्छ । मुक्तीकालागि संघर्षहरु हुने गर्दछन् । आज मूलुकमा भएका हरेक किसिमका एतिहासिक परिवर्तनहरु प्राप्तीका निमित्त ठुलठुला आन्दोलनहरु भएका छन् । जस्को संस्थागत विकासकालागि थप संघर्षहरु जरुरी रहन्छ । भए गरेका ठुल ठुला परिवर्तनहरुले पनि थप अधिकारको खोज गर्दछ । अधिकार प्राप्तीकालागि गरिने यस्ता संघर्षहरुले केही न केही परिवर्तनको संभावना बोकेकै हुन्छन । स्वाभावैले दुइपक्षबिच हुने टकरावलाई संघर्षका रुपमा लिन सकिन्छ । लिन चाहाने र दिन नचाहानेबिच लडाइ नै संघर्षको कारक हो । अहिले सम्म दुनियाको कुनै इतिहाँस छैन शासकवर्गले शाशित वर्गलाई…

Read More