डि.के. देवानको फिल्म ‘तारेभीर’ असार २ गतेबाट दर्शकमाझ आउँदै

काठमाडौं, १ असार  । डि.के. देवानको नेपाली कथानक फिल्म ‘तारेभीर’ असार २ गते शुक्रबारबाट दर्शकमाझ आउँदैछ । नेक्स्ट जेनेरेशन इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित उक्त फिल्म प्रेम सुब्बाले निर्देशन गरेका हुन । निर्माण पक्षका अनुसार फिल्म देशभक्ती हुनुका साथै फिमेल एक्शन ओरिन्टेड रहेको छ, भने फिल्ममा कमेडी, एक्शन, लभस्टोरी लगाएतका सबै खुराकको मिश्रण रहेको छ । त्यस्तै, निर्माता देवानका अनसार तारेभीर राष्ट्रिय भावनाले ओतप्रोत फिल्म रहेको छ । फिल्मलाई काठमाडौं, दोलखा, सिन्धुली, लगाएतका रमणीय ठाउँहरुमा खिचिएको छ । निर्देशक सुब्बाका अनुसार फिल्ममा नेपाल प्रहरी प्रशासनका साथै लेडिज एक्शन र सेन्टिमेन्टललाई प्रस्तुत गरिएको छ…

Read More