नयाँ वर्ष २०७३ विशेष

 शुभकामना

०७२ साल भर्खरै हिजोबाट सकिएको छ ।  हर्षोल्लास, उमंग र नया जोश सहित प्रवेश गरेको ०७२ सालको सबै उमंग वैसाख १२ गते गएको विनाशकारी भूकम्पसँगै चकनाचुर बन्न पुग्यो । जसले सबै हर्षोल्लास उमंग र खुशीहरु खोसिए । प्रारम्भ यसरी भयो, अन्त सम्मपनि छाडेन ।

भूकम्पले त्राहीमाम बनायो करिब यो वर्षभरी कतिको घरबार विहिन बनायो, आफन्त लुटायो, भोक रोग शोक बोकायो जस्का कारण मानिसमा अशान्ति र असमझदारीको विकास भयो । देशमा मात्र होइन जहाँजहाँ नेपाली बसे उनीहरु सबैलाई शोकमा डुबायो ।

यो घटना सँगै सुरुभएको अनिष्टतामा छिमेकी मूलुकले समेत आँखा लगायो र लामो समय नाकाबन्दी गरेर थप नेपाली नागरिकलाई शास्ति खेपायो । संविधान निर्माणको नाममा असन्तुष्टी व्यक्त ग¥यो । प्रत्यक्ष नेपाली जनतालाई फेरीपनि दासीको रुपमा व्यवहार ग¥यो । यो ०७२ को पिडा हो । हवाई दुर्घटना, सडक दुर्घटना जस्ता अनगिन्ती दुर्घटनाहरुले नेपाली जनतामा त्राहीमाम हुनु पर्ने अवस्था यो वर्षभरी चलिनै रहयो । र अन्तीम दिनमा समेत भयानक सडक दुर्घटनासँगै ०७२ सालको अन्त्य भएको छ ।

दुखद वर्षका रुपमा रहेको ०७२ साल पछि लागेको नयाँवर्ष अब साँच्चैको नया हुनुपर्छ । रोग भोग शोकले प्रताडित आत्मलाई शान्ति मिल्ने किसिमको हुनुपर्छ । नया वर्षसँगै हरेक नेपाली नागरिकमा मिल्न बाँकी र मिलाइन बाँकी सम्पुर्ण अवयवहरु मिलाउदै जाने वातावरण निर्माण हुनुपर्छ ।

नमिलेका विकास निर्माणको काम, राजनीतिक पद्वती र विकासको काम सबै सबै कामहरुलाई सुरक्षित तथा सबैको भावनालाई समेटदै उपलब्धी मूलक निष्कर्शमा पु¥याउने लाख प्रयत्न हुन आवश्यक छ ।

यसकालागी हामी सम्पुर्ण नेपाली नागरिक, राजीनितकर्मी, पेशाकर्मी, समाजसेवी, बुद्वीजिवि सबैमा नयावर्ष २०७३ सालको हार्दिक हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

सम्पादक: एविसि खबर डटकम


एविसि खबर डटकमको नयाँ वर्ष २०७३ विशेष

हाम्रो मत

कोही बेपर्बाह सुतिरहन्छ भने उसलाई झक्झ्क्याएर उठाउने गर्छ कविताले । कोही बाटो भुलेर या जानी जानी बाटो मोडेर अलमलिन खोज्छ भने उस्लाई सहि बाटोको लागि मार्ग प्रसस्त गर्छ कविताले । जनता र देशका बिरुद्दमा प्रयोग हुने सत्ता र शक्तीको खिलाफमा प्रयोग हुने गतिलो अस्त्र बाण पनि  कविता नै हो ।

यसर्थ कविताले कोही कसैलाई पनि रोमको निरो बनिरहन दिँदैन । कवी बिमल निभाकै शब्द आशयमा भन्दा शब्दहरु ‘सजिव गोली ’ हुन । शब्दहरु आँफैमा तागतिला अस्त्र त हुँदै हुन त्यसमाथी पनि जब शब्दहरु उनिएर कविताको आकार बन्छ त्यो झनै शक्तिशाली सशस्त्र मोर्चाको बारुद बन्छ । यसो भनौ वर्गविहिन, समता र न्यायमुलक समाज निर्माणमा अहम भूमिका रहेको हुन्छ कविताको । त्यसैले त कविता साहित्यका बिबिध बिधाहरु मध्यकै शक्तिशाली र सुन्दर बिधा हो । यो उत्तिकै प्राज्ञिक बिधा भित्र पनि पर्दछ । आफु उभेको समाज र समयको प्रस्ट रुप र सारलाई उतारेका हुन्छन कविहरुले आफ्नो कविताहरुमा ।

यसैले समाज परिर्वतन तथा साँस्कृतिक रुपान्तरणका लागि जागरण भर्ने प्रमुख संवाहकको रुपमा कवितालाई मानिन्छ । समाजमा देखिएका अनगिन्ती विकृति विसंगतीको विरूद्व धावा बोल्ने भएकैले शासकहरुको निम्ती कविता विषै बन्न पुग्छ ।

यसवर्ष ०७३ सालको सुरुवातमा एविसि खबर डटकमको साहित्यीक पेजलाई कविताबाट सुरु गरौं, भन्ने हाम्रो सोचाइ अनुरुप नेपाली साहित्यको बजारमा आएका केही कविता संग्रहहरुबाटै केही कविताहरु राखेका छौं । बिभिन्न कारणले पाठक सम्म पुग्न नसकेका तर समाज रुपान्तरणका लागि पढ्नै पर्ने कालजायी त्यस्ता कविताहरुलाई निम्न संग्रहबाट सभार गरिएको छ :-

१, तपस्विका गीतहरु , आहुती , २०६० बैशाख (दोस्रो संस्करण ), प्रगती पुस्तक सदन काठमाडौं
२, होङ कोङ  ,हाङ्युग अज्ञात , फिनिक्स बुक्स काठमाडौं, नेपाल
३, घाइते व्हिल्चेयर, बिष्णु भण्डारी, २०६९ , शैलवी प्रकाशन
४, प्रश्नहरुको कारखाना, सरिता तिवारी , २०७२ मंसिर , संग्रिला पुस्तक प्रा. लि., काठमाडौं,
५, मनसरा, निभा शाह, २०७२ असोज, शुसिला शाह

लेखकीय अभिव्यक्ति र सर्जकहरुको उच्च कदर गर्दै हाम्रा शुभचिन्तकहरुका लागि लाख लाख शुभकामना ।

एविसि खबर


कविता


मनसरा- निभा शाह

आफूले चिरेको दाउरा
अरूले नै बालेपछि
आगो आफ्नो हुदैन मनसरा
आगो आफ्नो नहुनेको
उज्यालो आफ्नो हुदैन मनसरा
उज्यालो आफ्नो नहुनेको
दुनियाँ बदलिदैन मनसरा
कहिल्यै
आगो भर्भराएको
सुन्यौ मनसरा ?
आगो बोलिरहेछ मनसरा ।

आफूले खोरिया खनेको खेत
अरूकै नाममा दर्ता भएपछि …

पुरा पढ्नुहोस 


म तपाइँको को हुँ ? –हाङयुग अज्ञात

म तपाइँको को हुँ ?
–लोग्ने ?
–प्रेमी ?
–बुबा ?
–भाइ ?
–साथी ?
–या मात्र पुरुष ?
कृपया भन्नुस्
तपाइँ र मेरो बीचको सम्बन्धलाई
म कुन नामले सम्बोधन गरुँ ?
म कुन नामले तपाइँसित
मेरो मनका असन्तोकहरू व्यक्त गरुँ ?
कृपया भन्नुस्
म तपाइँलाई कुन नामले सम्बोधन गरुँ ?
–स्वास्नी ?
–प्रेमिका ?
–आमा ?
–ददी ?

पुरा पढ्नुहोस 


हे देवी !-सरिता तिवारी

थाहा छ?
तिमी निदाएको बेला
उनीहरूले तिमलिाई बोक्सी बनाए
र बलात ख्वाए रछ्यान
बलजफ्ती थुनेर कोठीभित्र गरिदिए ‘वेश्या’ करार
र नैतिकताको सफेदपोस भिरेर
लेखु धर्मका नाममा पापका मन्त्र

तिमी निदाएपछि
अवचेतनमै घोकाइएको हो तिमीलिाई
सहनशिलताको अद्धेत वर्णमाला
र गराइएको हो तिम्रो चेतनामाथि पक्षाघात

पुरा पढ्नुहोस 


बाटो-बिष्णु भण्डारी

यात्रााको मोडनिरै
बाटो सकिएको छ
र मलाई कोर्नु छ नयाँ बाटो ।

हिंड्नु छैन मलाई
पुरातन रेशमी डहरहरु
पछयाएर तेन्जिङका पदचापहरु
भेट्नु छैन मलाई
निर्जिव सम्बेदनाका शिखरहरु ।…

पुरा पढ्नुहोस 


टुहुरा मान्छेहरु आफन्तको खोजिमा-आहुती

१, एउटा टुहुरो मान्छे
यो भर्खरै हातगोडा पलाएकोरआँखा सिमसार जस्तै रसाएको
चुटुक्क अनुहार लिएर , अन्धकार भविश्य बोकेर
तिमीलाई हेरिरहने सानो मान्छे
पढेकाहरुले मलाई अनाथ भन्छन ÷ नपढेकाहरु भातेभुते भन्छन्
म पनि कुनै आईमाईको सानो पेटमा सल्बलाएथेँ हुँला
म पनि जन्मँदा ईशारा गएझैँ रोएथेँ हुँला
घिच्रो आठयाएर मार्न नसकेर हो कि ?
कलीला हात गोडा सलबलाएको देखन नसकेर हो कि ?
कतै ढुंगाको गब्देरोमा ÷ कतै मसानको छेवैमा
मलाई थपक्क फालेर फर्कदा
मैले पनि त्यो आईमाईको फरियामा झुन्डिन खोजे हुँला !
को होली त्यो निष्ठुर आइमाइ ?
को होला त्यो लाचार लोग्नेमान्छे ?

पुरा पढ्नुहोस


Facebook Comments