प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं – आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि (बिहीबार) बिहान ९ बजे बस्ने भएको छ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा साँझ बस्ने भनिएको बैठक बस्न नसकेपछि भोलि बिहान ९ बजे बस्ने तय भएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए। बिहीबार बिहान मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री देउवाले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको उनले बताए।

Read More

मुस्लिमलाइ मुख्यमन्त्रि बनाए फोरम नेपाललाइ सिध्याइदिने विश्वहिन्दु परिषद्को चेतावनी

विश्वहिन्दु परिषद् नेपाल, प्रदेश नम्बर २ ले मुस्लिम धर्मावालम्बीलाई मुख्यमन्त्री बनाए कडा आन्दोलन छेड्ने चेतावनी दिएको छ । विश्वहिन्दु परिषदले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै परिषदका अध्यक्ष टिका पहारीले मुुलुक धर्म परिर्वतनको महाजालमा फसेको आरोप लगाए । उनले भने,‘हाम्रो मुलुकलाई जब धर्मनिरपेक्षराष्ट्र घोषणा गर्ने काम भयो त्यसपछि विदेशी शक्तिहरुले खेल्न थाले, राष्ट्रियतामाथि आक्रमण गर्नुछ भने पहिले त्यस देशको धर्ममाथि जाईलाग्नुपर्छ भन्ने मान्यताकासाथ योजनाबद्धरुपमा लागेका छन् , यस गैर–कानुनी कार्यको अन्त्य गर्न सरकारले सकेको छैन्।’ अध्यक्ष पहारीले अघि थपे,‘हाम्रो देशमा धर्मपरिवर्तन समस्या बनेको छ, यसको तत्काल उपचार हुनुपर्छ, भारत, बंगलादेशका ईस्लामिक…

Read More