यसकारण हराउन सक्छ आँखाको ज्योति, कसरी बचाउने ?

आँखा भएन भने के होला ? यो प्रश्नले समेत हाम्रो शरीरमा कम्पन पैदा गर्छ । जब आँखाको दृष्टि कमजोर हुन्छ, हाम्रो दिनचर्या पुरै परिवर्तन हुन्छ । हामी चाहे जसरी शारीरिक काम गर्न सक्दैनौ, हिँड्न सक्दैनौ । आँखा शरीरको यस्तो अंग हो, जसको अनुपस्थितीमा हामी संसार नियाल्न सक्दैनौ । अति संवेदनसिल अंग पनि हो, आँखा । यसको दृष्टि कुनैपनि बेला गुमाउन सकिन्छ । आँखामा लाग्ने चोट वा जन्मजात समस्याले मात्र होइन, हाम्रो खराब जीवनशैलीले पनि आँखालाई कमजोर तुल्याइदिन्छ । आधुनिकताले आँखालाई संकट वर्तमान युग आँखाको लागि अनुकुल छैन । यसमा अनेकन…

Read More

म हारेँ तर हामी हारेका छैनौ : अशोक राई

पुष –५, २०७४, धरान । संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले निर्वाचनमा भाग लिएपछि हारजितलाई सहज रुपमा लिनुपर्ने बताएका छन् । सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा उठेका राईले आफू पराजित भए पनि पहिचान र समानताको मुद्दा पराजित नभएको जिकिर गरे । मंगलबार धरान–१० स्थित सैनिक भवनमा आयोजित चुनावी समिक्षा बैठकमा राईले भने, ‘चुनावमा गएपछि यस्तै हुन्छ । तर हामी हारेका छैनौ ।’ उनले चुनावका बेला दिनरात खटेर सहयोग गर्ने पार्टीका नेता तथा कार्यकर्ताहरु सबैलाई धन्यवाद समेत दिए । उनले संगठनलाई अझै मजबुत बनाएर अघि बढ्नका लागि कार्यकर्ताहरुलाई निर्देशन समेत दिए…

Read More

किरात प्रदेश नामाकरण नभए आन्दोलन

मोरङ । किरात राई यायोक्खाका केन्द्रीय नेताहरुले एक नम्बर प्रदेशलाई किरात स्वायत्त राज्य नबनाए आन्दोलन चर्काउने चेतवनी दिएका छन् । यायोक्खाको मोरङ मिक्लाजुङ गाउँपालिका समितिले शुक्रबार आयोजना गरेको उधौली कार्यक्रममा बोल्दै नेताहरुले सो कुरा बताएका हुन् । कार्यत्रममा यायोक्खा केन्द्रीय उपमहासचिव तिलकप्रसाद राई, किरात राई विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष अर्जुन जम्नेली राई, मोरङ जिल्ला सचिव कृष्ण राई, स्थानीय बुद्धिजीवी हर्क छिन्ताङ राई लगायतले बोलेका थिए । वक्ताहरुले एक नम्बर प्रदेशसभाले प्रदेशको नाम किरात स्वायत्त राज्य राख्नेमा आफूहरु विश्वस्त रहेको भन्दै किरात नाम नराखिए आन्दोलन चर्काउने चेतावनी दिएका हुन् ।…

Read More

यस वर्षको एसइइ ८ चैतबाट

०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) ८ चैतबाट सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको निर्णय अनुसार परीक्षा नियन्त्रण कार्यालयले ६ लाख भन्दा बढी विद्यार्थीका लागि तयारी गरेको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार ८ चैतबाट सुरु हुने परीक्षाका लागि पनिकाले उत्तरपुस्तिका छपाईका लागि टेण्डर भइसकेको छ र प्रश्नपत्रको तयारी भइरहेको बताए । यस वर्षको एसइइमा एक्जाम्डेडलाई पुरानो पाठ्यक्रम र नियमितलाई नयाँ पाठ्यक्रम अनुसार प्रश्नपत्र तयार हुने नियन्त्रक रेग्मीले बताए । एसइइ परीक्षा दिने विद्यार्थीको एकिन बिबरण आइनसकेको र अहिले जिल्लामा इन्ट्री भइरहेको छ । पनिकाले ६ देखि…

Read More