मोटरबाटो जोडिएपछि घट्यो बजार भाउ

खोटाङ, २० मङ्सिर । सिधा यातायात सञ्चालन भएसँगै उद्योग वाणिज्य सङ्घ खोटाङले जिल्लामा दैनिक उपभोग्य वस्तुको मुल्य घटाइएको छ । खोटाङ र ओखलढुङ्गाको सिमानामा रहेको दूधकोसी नदीमा मोटरेबल पक्की पुल बने लगत्तै सिधा यातायात जोडिएपछि जिल्लामा दैनिक उपभोग्य वस्तुको मुल्य घटाएको हो । निर्माण कार्य थालिएको नौं वषपछि जयरामघाटस्थित दूधकोसीमा पक्की पुल बनेपछि जिल्लामा खाना पकाउने ग्याँस, चामल, दाल, चिउरा, चिनी, नुन, तेल, दाल, मसला, साबुन लगायतका दैनिक उपभोग्य वस्तुको मुल्य घटाइएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताए । पुल सञ्चालनमा आएपछि २४ थरिका दैनिक उपभोग्य वस्तुको मुल्य…

Read More

प्रथम खोटाङ आइडल हुने

खोटाङ, खोटाङमा खोटाङ आइडलको तयारी गरिएको छ । आयोजक नेपाल हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीले बिहिबार हलेसी साप्ताहिकको कार्यालयमा पत्रकार सम्मेलन गरेर ‘खोटाङ आइडल’ सञ्चालन गर्न लागेको जानकारी दिएको हो । साकेला गाउँपालिकाको रतन्छाबाट मंसिर २३ गतेदेखि सुरु हुने छनौट अडिसन पुस १७ गते दिक्तेलमा आएर टुंगिने छ । चौथो अडिसनपछि भोटिङ राउण्डमा पुग्ने प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने प्रतिभालाई नगद ५४ हजार ५७४ का साथमा ६ महिना संगीत विद्यालयमा अध्ययनको अवशर, एउटा गीत रेकर्डको व्यवस्था तथा ट्रफी प्रदान गरिने आयोजक समितिका संयोजक जीवनकुमार राईले बताए । यस्तै, दोश्रो हुने प्रतिभाले…

Read More

खुल्यो दिक्तेल–भोजपुरको बाटो

सर्बसाधारणलाई यात्रा गर्न सहज खोटाङ । पूर्वी पहाडि जिल्ला खोटाङको सदरमुकामलाई जोड्ने अन्र्तरजिल्लाका नाकाहरु हिउदे सिजन लाखे पछि खुल्दै गएका छन् । गत जेठ महिना देखि बन्द रहेकोे सदरमुकाम दिक्तेलबाट भोजपुरसम्म सिधा यातायात सेवा आजवाटसुचारु गरिएको छ । वर्षाद्को पानीले सडक खण्डमा पारेको खाल्डाखुल्डी पुर्नुका साथै मर्मत गरेर दिक्तेलबाट भोजपुरसम्म सिधा यातायात सुचारु गरिएको हो । करिब ९१ किलोमिटर लम्बाई रहेको भोजपुरको देउरालीसम्मका लागि दिक्तेलबाट बिहान ७ ः १५ बजे बस छुट्ने व्यवस्था मिलाइएको यातायात व्यवसायी सङ्घ खोटाङका महासचिव रामकुमार हिङ्माङ्ले बताए । गत वर्षदेखि सिधा यातायात सुरु भएको खोटाङ…

Read More