माइनस पाँच डिग्री तापक्रममा मतपेटिका कुर्दै दलका कार्यकर्ता

मंसिर, जुम्ला । मतपेटिका कुर्न बसेका दलका कार्यकर्तालाई माइनस पाँच डिग्री सेन्टिग्रेडको चिसो, कालो र लामो रात काट्न  जुम्लामा निकै सकस भएको छ । मंसिर १० गते बेलुकादेखि मतपेटिका कुर्दै आएका लोकतान्त्रिक तथा वाम गठबन्धनका कार्यकर्तालाई सात रात सात महिना जत्तिकै लागेको छ । प्रत्यक्षतर्फको प्रतिनिधि र प्रदेशसभा तथा समानुपातिकतर्फको मतपेटिका आसपासका कोठामा राखी सिल गरिएको ढोका नजिक कुरुवा बसेका उनीहरुले एक सातादेखि मतदाताको मतमा कुठाराघात हुने शंकाले २४ सै घण्टा पहरेदारी गर्दै आएको बताएका छन् । मतपेटिकाको कुरुवा बसेका लोकतान्त्रिक गठबन्धनका कार्यकर्ता तेजेन्द्र हितानले नेपाली कांग्रेसको जित हुनेमा आफू ढुक्क…

Read More

अाज रातिबाट माैन अवधि: चुनाव प्रचार र मत माग्न नपाइने

 मंसिर १८, काठमाडाैं । प्रतिनिधि तथा प्रदेशसभा दोस्रो चरण निर्वाचनअन्तर्गत सोमबार (आज) राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ । मौन अवधि सुरु भएपछि निर्वाचन सम्पन्न नभइन्जेल (२१ मंसिर साँझ ५ बजे) सम्म उम्मेदवारहरूले चुनावी प्रचारप्रसार र मत माग्ने कार्य बन्द गर्नुपर्नेछ । निर्वाचन आयोगका अनुसार राजनीतिक दल, दलका उम्मेदवार, दलका पदाधिकारी, स्वतन्त्र उम्मेदवार, नागरिक समाज, आममतदाता तथा सञ्चारमाध्यम कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन पाइँदैन । मतदान हुनुभन्दा अघिल्लो ४८ घण्टादेखि मौन अवधि सुरु हुने निर्वाचन आचारसंहिता (तेस्रो संशोधन २०७४) २०७२ मा उल्लेख छ । आयोगले मौन अवधिभर…

Read More

‘केपी ओलीसँग ४० वर्ष संगत गरेकाे छु, प्रचण्डजीले उहाँलार्इ चिन्नुभएकाे छैन’

१७ मंसिर, धरान । संघीय समाजवादी फोरम नेपाल वरिष्ठ नेता तथा सुनसरी–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक राईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी ओलीलाई चिन्न नसकेको टिप्पणी गरेका छन् । आइतबार लोकतान्त्रिक गठबन्धनद्वारा धरानको भानुचोकमा आयोजित आमसभामा राईले खड्ग ओलीसँग आफूले चालीस वर्ष संगत गरेको भन्दै प्रचण्ड र ओलीको संगत नचल्ने दाबी गरे । ‘नेपाली कांग्रेसलाई प्रहार गर्नका लागि खड्ग ओलीजीले प्रचण्डजीलाई प्रयोग त गर्नुभयो,’ उनले भने, ‘तर प्रचण्डजी तपाईको संगत केपी ओलीसँग चल्दैन । मैले चालीस वर्ष संगत गरेको छु । प्रचण्डजीले केपी ओलीजीलाई चिन्नु…

Read More