आज महाअष्टमी

असोज १२ । दसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधाना गरि मनाइन्छ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजाआजा गरिन्छ । विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्षप्राप्तिको चाहना गर्ने हुनाले देव मन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बली दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । “सात्विक, राजस…

Read More

“युद्द शिविरमा हिँडेको मान्छे ” राजधानिमा सार्वजानिक

काठमाडौं । वरिष्ठ प्रगतिवादी कवि प्रथाको ‘युद्ध शिविरमा हिँडेको मान्छे’ कविता सङ्ग्रहको राजधानीमा आज एक कार्यक्रमकाबिच विमोचन गरिएको छ । वरिष्ठ कविहरु विप्लव ढकाल , डा.अमर गिरी एवं कवि निभा शाह एवं गंगा प्रसाद अधिकारीले मंगलबार संयुक्त रुपमा ‘युद्ध शिविरमा हिँडेको मान्छे’ कबिता संग्रहको मण्डला थिएटरमा विमोचन गरेका हुन । नेपालटक डट कममा रिता बुढाथोकी लेख्छिन -“कार्यक्रममा कवि प्रथाको कविता संग्रहमाथि समीक्षा गर्दै कवि निभा शाहले कवि प्रथाका कबिता माक्र्सबादी दृष्टिकोणबाट लेखिएका हुनाले सफल रहेको बताएन् । कविता लेख्दा प्रकृतिको नियमलाई पालना गर्नुपर्ने उनको दाबी थियो । कार्यक्रममा उनले कबि…

Read More

प्रदेश २ को सबै निर्वाचन परिणाम सार्वजनिक (अन्तिमसूची)

असोज १२  । प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहको निर्वाचनको सबै मत परिणाम सार्वजनिक भएको छ । मत परिणाम अनुसार स्थानीय तहको प्रमुख, अध्यक्ष पदमा नेपाली कांग्रेस ४०, संघीय समाजवादी फोरम नेपाल २६, (राजपा) राष्ट्रिय जनता पार्टी २५, नेकपा (माओवादी केन्द्र) २१,  नेकपा (एमाले) १८,  नेपाल लोकतान्त्रिक फोरम तीन, नेपाली जनता दल दुई र नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार एक स्थानमा विजयी भएका छन् । मेयर तथा अध्यक्षकाे अन्तिमसूची नेपाली कांग्रेस उपमहानगरपालिका मेयर १, नगरपालिका मेयर २५, गाउँपालिका अध्यक्ष १४ १) बाराको कलैया उपमहानगरपालिका – राजेश यादव २) बाराको…

Read More