संशोधन नभए गठबन्धनमै संकट

काठमाडौं, असार २४ । राजपाका सांसद तथा नेताहरूले आश्वासन पूरा नगरे सरकारबाट बाहिरिने र राजीनामा गरी आन्दोलनमा होमिन आफूहरू स्वतन्त्र रहेको बताएका छन् । ती नेताका अनुसार राजपासँग भएको तीनबुँदे सहमति कार्यान्वयनमा आफू प्रतिबद्ध रहेको धारणा शुक्रबार साँझ बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्र र राजपाका शीर्ष नेतासँगको बैठकमा राख्नुभएको थियो । हप्ता-दस दिनभित्र संविधान संशोधन पारित गरेरै छाड्ने प्रतिबद्धताको कार्यान्वयन नभए वर्तमान गठबन्धनबाट आफू हट्ने चेतावनीसमेत उनीहरूले दिएका थिए । ‘प्रधानमन्त्री राजपालाई दिएको आश्वासन पूरा गर्न अझै पनि एमालेलगायत विपक्षी दलसँगको गृहकार्यमा संलग्न भएको देखिँदैन । संसद्बाट संविधान संशोधन…

Read More

कविता – अनुरोध

– शुभचन्द्र राई —- किर्ते गरेर मनको सहिछाप मायाको तमासुक बनाए पनि प्रमाणित भएन त्यो मनहरुको कचहरिमा चोरेर लेखेको भावनाको उत्तरपुस्तिकाले पास गराएन जिन्दगिको परीक्षा । मनहरुको वसन्तमा चोरेको पृतको बिरुवा कसैको मुटुको बारिमा रोपेको भएपनि फुलेन कुनै भ्यालेन्टाइनमा कोपिलामै ओइलाएर उजाड छ जिवनको बगैँचा तर, अब यसपाली दिँदैछु जिवनको अन्तिम परीक्षा मनको बगैँचामा अन्तिम पटक सार्दै एउटा गुलाफको बोट यदि म पास भएँ भने त्यो परीक्षा बचाएँ भने त्यो गुलाफको बोट पृय ! तिमी त्यसको माली बनिदिनु ल ।

Read More

अस्वीकृत साहित्य आन्दोलनबारे पहिलो विश्व साइबरिय साहित्यिक अन्तरक्रिया

(जुन २८, २०१६ मा अस्विकृत साहित्य आन्दोलनबारे विश्व साइबरिय साहित्यिक अन्तरक्रिया कार्यक्रममा अस्विकृत आन्दोलनका प्रमुख अभियान्ता डा. कविताराम श्रेष्ठद्वारा अस्विकृत साहित्य आदोलनबारे प्रस्तुत अवधारणा पत्रलाइ यहाँ जस्ताको तस्तै राखेका छौं । यसले नेपाली साहित्यको बारेमा जान्न इच्छुकहरूलाई थप सन्दर्भ बन्ने हामीले ठानेका छौ । – प्र.सं.) १. अस्वीकृत आन्दोलनको इतिहासः पंचायत कालमा प्रगतिकामी लेखहरू पूर्णतः अस्वीकृत हुन्थे, अग्रगामी युवा साहित्यकारहरूमा धेरै छटपटी थियो । २०२६ सालमा शैलेन्द्र साकार र मैले अस्वीकृतहरूको जमातै खोलेर यी पुरातनबादीहरूलाई नै अस्वीकृत गर्ने आन्दोलन छेड्ने सल्लाह ग¥यौं । त्यसपछि नेपालभूषण न्यौपाने र मैले सञ्जीवनी पत्रिकामार्फत…

Read More

अशोक राईलाई बदनाम गर्न खोज्नेलाई युवराज कार्कीको कडा जवाफ

युवराज कार्की संघिय समाजवादी फोरम, नेपालका वरिष्ठ नेता , संसदिय दलका नेता र पार्टीका सम्भवत सबैभन्दा मेच्युअर नेता अशोक राई प्रति आक्रमक रूपमा मानमर्दन गर्दै पत्ता साफको डिंगाको सरापको शैलीमा सामाजिक संजालमा अभिव्यक्ति आउनु कुनै अनपेक्षित सवाल हैन। जातिय विभेद, बहिष्करण, असमानता, अपहेलनाको यथास्थितिको पक्षपोषण गर्दै शत्ता, शक्ति र सम्पत्तिमा निर्लिप्त हुने या यो स्थितिलाई पल्टाएर विभेदको स्थानमा विभेद मूक्त, बहिष्करणको स्थानमा समावेशीकरण, असमानताको स्थानमा समानता र अपहेलनाको स्थानमा सम्मानको पक्षपोषण गर्दै समाजको सकरात्मक रूपान्तरणको सवालमा यथास्थितिको बिद्रोह गर्ने हिम्मत धेरै कममा नै हुन्छ। निस्चित रूपमा जातिय यथास्थितिका हिमायतीहरूका लागि…

Read More