कविता – कुनै दिन

– बिक्रम पवन …. कुनै दिन मैले राजधानी छोडेको रात जून नलाग्न सक्छ खोलाहरूको गन्तव्य उल्टो हुन सक्छ ताराहरूले नहेर्न सक्छन् बुद्ध रोएको आँखा ननिदाउन सक्छन् चराहरू मैले राजधानी सँग बिदा लिएपछि शकुनिहरू एक्लै हुन सक्छन् काठमाडौँ मेरो खोजीमा अन्नशन बस्न सक्छ आकाशका ताराहरू निभ्न सक्छन् परेवाहरूले मन्दिर छोड्न सक्छन् आर्यघाटले मेरो पुनर्जन्म खोज्न सक्छ सगरमाथालाई मेरो अभाव हुन सक्छ ।। ………. मेरो अवसान पछि आकाशलाई अंगालो हाल्न हत्तारिएर दौडिँदै पुग्नेछन् चित्ताबाट धुवाँ विश्व परिक्रमा निस्केको मेरो जिन्दगी जस्ले आकाश छुने सपना मात्रै जन्माउछ यदि यी फूल जस्ता सपनाहरू हत्या गरियो…

Read More

गजल –विप्लव ढकाल

चढेको रेलको स्टेसन छैन ओर्लिने कहाँ हो ? छुक छुक गरी चल्दै छ रेल, पुगिने कहाँ हो ? … माटोमा खस्ला छायाको चित्र बाटो छ अँध्यारो चट्टान नाघे समुद्र आउँछ डुबिने कहाँ हो ? … यात्राका साथी जङ्गली किरा, जङ्गलमै हराउँछन् आस्थाको धर्ती भत्कियो भने उभिने कहाँ हो ? … आफैलाई खोज्न हिँडेका थियौ बाटोमै निदायौ सपना हराई हारेको यात्री ! बिउँझिने कहाँ हो ? … चढेको रेलको स्टेसन छैन ओर्लिने कहाँ हो ? छुक छुक गरी चल्दै छ रेल, पुगिने कहाँ हो ? (अरुणिमा साहित्यिक पत्रिका, वर्ष १२, अंक…

Read More

मोटरसाइकल प्रतिबन्धको हल्ला र सडक विस्तार

रोशन श्रेष्ठ मोटरसाइकल प्रतिबन्धको हल्ला कुनै सनकि कर्मचारीको सनकमा चलेको हल्ला होला – यदि तपाइ यो सोच्दै हुनुहुन्छ भने तपाइ महाभ्रममा हुनुहुन्छ । बाटो फराकिलो पार्नु नै बिकास हुनु हो भन्ने सामाजिक बुझाइ थियो पहिला । त्यहि बुझाइलाइ क्याच गरेर अन्धाधुन्ध बाटो फराकिलो पार्दा बिकास गरेको नाममा जनसमर्थन पनि बटुलिने र मुलवासी बिस्थापन गर्न पनि पाइने, अर्थात दुबै हातमा लड्डु हुने सोचाइ आप्रवासी बाहुन शासकहरुसित थियो । ती आप्रवासी बाहुन शासकहरुले मेडियामार्फत २४सै घण्टा प्रचार गरे कि नियमबिपरीत बाटो मिचेर बनाएको घरहरु भत्काइयो । पुराणवाचनकलाको उपयोग गर्दै सोझासिधाको दिमाग भुटेको…

Read More

दर्शकहरुको प्रतिकृयाले ‘तारेभीर’ टिम दंग

काठमाडौं, ४ असार । गत शुक्रबारबाट रिलिजमा आएको फिल्म ‘तारेभीर’ले दर्शकहरुको राम्रो साथ पाईरहेको छ । ‘तारेभीर’ मोफसलका ३७ वटा हल र काठमाडौं उपत्यकाको ११ वटा हलमा प्रदर्शन भैरहेको छ । फिल्मले दर्शकहरुको ध्यान तान्न सफल भएको छ । फिल्मले हाम्रै समाजमा हुने विभिन्न अपराधिक घटनाहरुलाई नेपाल प्रहरीले कसरी निर्मुल पार्र्न सक्छन् भन्ने कुरालाई जोेड दिइएको छ । त्यस्तै, फिल्ममा महिला प्रहरी अधिकृतलाई सशक्त रुपमा प्रस्तुत गरिएको छ, जस्ले हाम्रो समाजमा रहेका महिलाहरुलाई अघि बढ्न प्रेरणा दिन्छ । फिल्ममा नयाँ कलाकारहरुलाई प्रस्तुत गरिएको छ । नयाँ कलाकारहरुको ‘तारेभीर’ भएपनि सबै…

Read More