क्यान्सर पीडित जयन्तीलाई आर्थिक सहयोग

एविसि खबर काठमाडौं, १२ असोज । खोटाङको राखा ९ बस्ने स्तन क्यानसर पीडित जयन्ती राईलाई उनका आफन्त लगायत सहयोगी मनहरुले आर्थिक सहयोग प्रदान गरेका छन् । अभियान कर्ता अमिता राइको सक्रियतामा ३ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो । पीडित जयन्ती चार महिना देखि भरतपुर क्यान्सर अस्पतालमा उपचाररत रहेकी छन् । आर्थिक सहयोग गर्नेहरुमा कमल नाछिरिङ, प्रकाश नाछिरिङ्ग, पदम नाछिरिङ्ग , प्रकाश नाछिरिङ्गले विशेष रकम उठाउन पहल गरेका थिए । सप्तराज नाछिरिङ्ग, हिराधन राई, हस्तराज नाछिरिङ्ग शम्भु कोयु, भबिन राई, भिम राई लगागत युके निवासी दाजुभाइ दिदीबहिनी हरुले विशेष सहयोग गरेका…

Read More

विस्थापित हुँदै भण्डारी गाउँ

विवेक राई भोजपुर, १२ असोज । निरन्तर परेको पानीका कारण भोजपुरको पश्चिमी शिद्धेश्वर–८ भण्डारी गाउँका स्थानीयहरू विस्थापित भएका छन् । सदरमुकामबाट पश्चिममा पर्ने यसक्षेत्रमा विगत ०१८ सालबाट पहिरो जान थालेको पहिरोले वर्षेनि ठूलो क्षति पु¥याउँदै आएको छ । ६५ वर्ष अगाडिबाट सुरु भएको पहिरो पछिल्लो समय ०४५, ०५८ ,०६३ सालमा गएको थियो । दलदले बगुवा माटो भएको यस गाउँमा १० वर्षपछि यसपटक सम्ममा २२ परिवारको ८ सय रोपनीभन्दा बढी जमिन पहिरोले कटान गरिसकेको गाविस सचिव राजनकुमार कार्कीेले जानकारी दिए । पहिरोले स्थानीयको खेतीयोग्य जमिनसमेत लगेसँगै पहिरोका कारण १२ परिवार विस्थापित…

Read More

दुई महिनादेखि सिटामोल अभाव

एविसि खबर भीमदत्तनगर, १२ असोज । सुदूरपश्चिममा विगत २ महिनादेखि सिटामोल अभाव छ । यहाँका ९ वटै स्वास्थ्य संस्थामा सिटामोललगायत निःशुल्क वितरण गर्नुपर्ने औषधि अभाव भएको हो । आपूर्ति ठेक्कामा ढिलाइ हुँदा औषधि अभाव भएकाले धनगढीस्थित क्षेत्रीय मेडिकल स्टोरले हरेक जिल्ला जनस्वास्थ्य कार्यालयलाई सिटामोल खरिद गर्न निर्देशन दिएको छ । ३ लाख रूपैयाँसम्मको सिटामोल खरिद गर्न जिल्लालाई जानकारी गराइसकेको सुदूरपश्चिम क्षेत्रीय स्टोरका प्रमुख लक्ष्मीकुमार श्रेष्ठले जानकारी दिए । २ महिनादेखि सिटामोल अभाव भए पनि चरम समस्या भने नभएको उनले बताएका छन् । उनले भने, ‘आपूर्ति गर्ने कम्पनी कारबाहीमा परेकाले अभाव…

Read More

१३ असोजबाट किर्तिपुरमा मिश्रीत मेला

एविसि खबर काठमाडौं, १२ असोज । नेपालीहरुको महान चाड बडा दशैँ नजिकै आउदै गर्दा संस्कृतिले भरपुर पर्यटकिय नगरी किर्तिपुरमा दोस्रो किर्तिपुर औधोगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७३ गरिने भएको छ । १३ गते असोज देखि असोज २३ गते सम्म किर्तिपुरको नया बजारको खेलकुद मैदानमा मेलाको आयोजना हुने भएको हो । सधै सामाजिक कार्यगर्दै आएको औधोगिक शान्ति नेपाल संस्थाले एम्बुलेन्स खरिद सहयोगार्थ दोस्रो पटक कीर्तिपुरमा मेला आयोजना गर्न लागेको आयोजकले जनाएको छ । लामो समय देखि नेपालका विभिन्न जिल्लाहरुमा औधोगिक तथा व्यापार मेला गर्दै आएको औधोगिक शान्ति नेपाल सस्था र…

Read More

नेपाल–भारत मैत्री संघ मकवानपुरको अध्यक्षमा प्रविण

एविसि खबर मकावनपुर, १२ असोज । नेपाल–भारत मैत्री संघ मकवानपुरको अध्यक्षमा प्रविण मैनाली निर्बिरोध चयन भएका छन् । हेटौंडामा भएको संघको तेस्रो बार्षिक साधारणसभाबाट मैनाली सर्वसम्मत अध्यक्षमा बनेका हुन् । संघको समितिमा अन्य सदस्यहरु राजकुमार जोशी, गंगाप्रसाद पौडेल, प्रविण बर्तौला, सुदीपराज गिरी, विनोदकुमार थापा, बिष्णुकुमार श्रेष्ठ, विषलाल खड्गी, रजनी श्रीवास्तव, प्रकाश खतिवडा, राजेश अग्रवाल र राममान श्रेष्ठसहित १२ जना रहेका छन् । मैत्रीसभा तथा निर्वाचन तयारी समितिका संयोजक वविन लिगलका अनुसार पदाधिकारी संघको बैठकले मनोनित गर्नेछ । संघ जिल्ला अध्यक्ष इश्वरप्रसाद मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल–भारत मैत्री संघ केन्द्रीय अध्यक्ष…

Read More

किरात संग्रहालयका लागि सांगीतिक साँझ

एविस खबर काठमाडौं, १२ असोज । किरात राई यायोक्खा प्रारम्भिक समिति रिब्दुङ महेश्वरीले खोटाङ जिल्लाको उत्तरी क्षेत्रलाई समेट्ने गरी किरात संग्रहालयको निर्माण गर्ने भएको छ । थुलुङ तथा दुमी भाषी समुदायको बृहत् वसोवास स्थल रहेको रिब्दुङ–३ धिनाडाँडामा संग्रहालय स्थापना गर्न लागिएको यायोक्खा रिब्दुङका अध्यक्ष मनसुन राईले जानकारी दिएका छन् । संग्रहालय निर्माणको सहयोगार्थ आगामी दिपावलीको अवसरमा बृहत् सांगीतिक साँझको समेत आयोजन गर्न लागिएको सो समितिका अध्यक्ष राईले जनाएका छन् । किरात राई समुदायको सांस्कृति, मौलिक तथा ऐतिहासिक सामग्रीहरू विस्तारै लोप हुँदै गएकाले यसको संरक्षणमा युवाहरूले चासो दिनुपर्ने बताउँदै संग्राहलय निर्माणको…

Read More