देशभर ५० प्रतिशत रोपाइँ सम्पन्न

२७ असारसम्मको तथ्यांकअनुसार देशभर ४२.६५ प्रतिशत रोपाइँ सकिएको छ देशभर ५० प्रतिशत धान रोपाइँ सकिएको छ । समयमै मनसुन भएका कारण आकाशे पानीको भरमा धान रोप्ने किसानले नियमित रूपमा रोपाइँ गरिरहेको कृषि विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. योगेन्द्रकुमार कार्कीले असारको चौथो हप्तासम्म देशभर धान रोपाइँ हुने खेतमध्ये आधामा रोपाइँ सकिएको जानकारी दिए । ‘बिहीबारसम्म देशभर ५० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ,’ उनले भने । मन्त्रालयले पा“च विकास क्षेत्रफलबाट प्रत्येक साता रोपाइँको तथ्यांक संकलन गर्ने गरेको छ । पाँच विकास क्षेत्रले पछिल्लोपटक २७ असारसम्मको तथ्यांक पेस गर्दा देशका…

Read More

यस्तो छ रहस्य मन्दिरको हरेक टुडालमा किन कुदिन्छ यौनजन्य कला ?

टुडालको उद्देश्य छानो दरिलो बनाउने हो तर त्यसमा राखिएका यौन दृश्य भने सबैलाई आश्चर्य लाग्न सक्छ । प्याकोण वा प्यागोडा शैलीमा बनाईने मन्दिरका छानामा बढी माटाका टायलहरुको प्रयोग हुनेहुँदा बर्खा याममा पानीले पर्खालहरु गल्ने र भत्किने डरले प्रयोग गरिने दरिला काठमा यौनका कलाकर्म देखाउने कुनो कसरी बन्न थाल्यो ? यो सबैको चासोको विषय हो । सुरुमा टुडालमा शरीरका विभिन्न मोडका मात्रै आर्कषक कलाहरु बनाइन्थ्यो । हिन्दु धर्ममा यसरी तले मन्दिरका टुंडालमा कला कुद्ने काम भने बौद्ध धर्मबाट आएको मानिन्छ । पहिले–पहिले वनदेवीले भिक्षुुहरुको रक्षा गरेको र पछि हिन्दु संस्कृतिमा वनदेवीलाई…

Read More

रङ्गभेद र दासताको मर्मभेदी उपन्यास -“बिलोभेड “

रङ्गभेद र दासताको मर्मभेदी उपन्यास -” बिलोभेड ” -होमर श्रेस्ठ (टोनि मरिसन , उपन्यासकार स्वयं नारी हुन् उनि अमेरिकी उपन्यासकार, सम्पादिका, शिक्षिका र प्रिन्सेटन युनिभर्सिटिकी निवृत्त प्राध्यापक हुन्। (T. Morrison is an American novelist, editor, teacher, and Professor Emeritus at Princeton University.) र उपन्यासको प्रमुख चरित्रपात्र पनि नारी नै छ! केही अध्ययनशील फेसबुक-मित्रले टोनी मरिसनकृत ‘बिलोभेड’को कथावस्तुको निष्कर्ष स्येर गर्न (सुटुक्क) अनुरोध गर्नुभएकोले पोष्ट गरेको हुँ। आशा छ—यस उपन्यासको विषयवस्तु मन पराउने मित्रहरूले यो कृति आद्योपान्त आफै पढेर पूर्ण रसस्वादन गर्नुहुनेछ! यो अत्यन्त पोसिलो कृतिहरूमध्ये एक हो भन्ने कुरो सर्व-विदित…

Read More

किरातहरुको मुद्दुमी आदिम थलो नियामा ; नेपालको तराई कि चिनको ह्वाङ-हो नदिको उपत्यका ?

———-भोगीराज चाम्लिङ ————–मौखिक रूपमा एकदेखि अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको मुदुम मा इतिहासभन्दा पुराना प्राग्ऐतिहासिक स्थानहरूको उल्लेख हुने गर्छ । एक हिसाबले मुदुम हजारौं वर्षअघिको किरातहरूको यात्रावर्णन पनि हो । यात्रावर्णनमा उल्लेख हुने स्थानका आधारमा किरातहरूको आदिमथलो र बसाइँसराइको मार्गबारे अध्ययन गर्न सकिन्छ । खासमा ती स्थानहरूलाई किरातहरूको प्राग्इतिहास चिह्याउने आँखीझ्याल भनिदिए पनि फरक पर्दैन । त्यस्तै एउटा आँखीझ्याल हुन सक्छ नियामा । प्रायः किरात राईहरुको मुन्दुममा आदिमथलोको रुपमा वर्णन हुने यो ठाउँ कहाँ पर्ला भन्नेबारेमा केही अध्येयताहरुले अध्ययन गर्ने प्रयत्न पनि गरेका छन् । तर, ती अनुमान र सामान्य…

Read More

राई किन जाती होइन ?

राजविक्रम चाम्लिङ किरात मुन्धुममा उल्लेख भए बमोजिम हायु , चाम्लिङ, थामी, नाछिरिङ, साम्पाङ, बान्तवा, कुलुङ, वाहिङ, खालिङ, मेवाहाङ, याख्खा, लिम्बु , धिमाल, मेच, सुनुवार, लोहोरुङ, याम्फु , छिलिङ, वाम्बुले, जेरो, दामी, कोइ, तिलुङ, आठपहरे, जिरेल लगायत किरात मुलका जाति (पाछा) हुन्। शाही शासनले २४० वर्षसम्म यहाँका विविध जातिहरु माथि एक पक्षीय नीति लादेका कारण किरातीहरु समेत पहिचानबारे अन्यौलमा छन्। कथित एकीकरणको बहानामा भूमी खोसेपछि शासकले आदिम किरातीको संस्कृति र परम्परालाई नष्ट गर्न सुब्बा, मुखिया, राई पदले सिंगारेको धेरैलाई हेक्का नै छैन। केहि बुझेकाहरु जानेर पनि तैं चुप मै चुप छन्।…

Read More

पर्वतको सान, अग्लो झोलुङ्गे पुल निर्माण

पौष, पर्वत । मुलुककै अग्ला झोलुङ्गे पुल निर्माण भएको पर्वतको सदरमुकाम कुस्मामा फेरी अर्को अग्लो झोलुङ्गे पुलको निर्माण शुरु भएको छ । पर्वतको सदरमुकाम कुस्मालाई जिल्लाको फलेबास क्षेत्रसंग जोड्न मोदीखोलामा १ सय ५५ दशमलब ७० मिटर अग्लो अर्को झोलुङ्गेपुल निर्माण शुरु भएको हो । कुस्माको बड्गाउँबाट मुडिकुवा जोड्ने यो झोलुङ्गे पुल मुलुककै सबैभन्दा अग्लो कालीगण्डकी नदीमा बनेको बड्गाउँ कैया झोलुङ्गे पुल भन्दा मात्रै ३० सेन्टिमिटर होचो छ । यो पुल अहिले सम्म निर्माण भएका पुल मध्ये सबैभन्दा लामो हुने बताइएको छ । यो पुल ३ सय ५९ मिटर लामो हुने…

Read More

आइएसको शंकामा अमेरिकामा एक पक्राउ

१७ पौष, एजेन्सी । इस्लामिक स्टेट आइएसको समर्थन गरेर आक्रमणको योजना बनाएको भन्दै अमेरिकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका ति व्यक्तिलाई न्यूयोर्कमा चरमपंथी हमलाको योजना बनाएको आरोप लागेको छ । पक्राउ परेका २५ वर्षका एमानुअल लचम्यानले नयाँवर्षको पूर्वसन्ध्यामा बेकसुर मानिसहरुको ज्यान लिने योजना बनाएको प्रहरीको आरोप छ । न्यूयोर्कको रोचेस्टरमा विभिन्न हातहतियारको प्रयोग गरी आक्रमण योजना बनाइरहेको पाइएकाले पक्राउ गरेको प्रहरीले बताएको छ । बिबिसीका अनुसार उनले गएको महिना नै आइएसलाई समर्थन गरेको कुरा बाहिर आएको थियो । आइएसको संगठनमा रहन उनले सिरिया जाने तयारीसमेत गरिरहेको…

Read More

इस्वी संवतको नयाँ वर्ष शुरु

१७ पौष, काठमाडौ । इस्वी संवतको नयाँ वर्ष २०१६ सुरु भएको छ । यो संवत् प्रचलनमा रहेका देशमा धुमधामसँग नयाँ वर्ष मनाईंदैछ । नेपालमा पनि गएरातीदेखि नै बिभिन्न कार्यक्रम गरेर अँग्रेजी नयाँ वर्ष मनाईंदैछ । विभिन्न पर्यटकीय सङ्घसंस्थाले पर्यटकीयस्थल तथा आसपासका क्षेत्रमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथ सडक महोत्सव गरी पर्यटकलाई खाने, बस्ने, घुम्ने कार्यक्रममा सहुलियत दिएर उनीहरूलाई आकर्षण गर्ने गर्छन् । विशेषगरी काठमाडौंको ठमेल, भक्तपुरको नगरकोट, पोखरा, चितवनको सौराहा लगायतका ठाउँमा विशेष कार्यक्रम भएका छन् । यसैबिच, प्रधानमन्त्री केपी शर्मा ओलीले अङ्ग्रेजी नयाँ वर्ष सन् २०१६ विश्व शान्तिका लागि सफल…

Read More

अपराधीविरुद्ध प्रहरी आक्रामक, एक सातामा २० बढी पक्राउ

१७ पौष, काठमाडौ । मुलुकको असहज परिस्थितिको लाभ उठाउदै अपराधिक गतिविधीमा संलग्न हुनेहरुविरुद्ध प्रहरीले आक्रामक नीतिको अख्तियार गरेको छ । एक साताको अवधिमा लागूऔषध ओसारपसार, लुटपाट, चोरी, डकैटी र कालोवजारी गर्ने २० भन्दा बढी व्यक्तिहरुलाई नियन्त्रणमा लिई प्रहरीले सार्वजनिक गरेको हो । विहीवार महानगरीय प्रहरी परिसर काठमाडौमा थानकोट, स्वयम्भू, महाराजगञ्ज, कालीमाटी, सोह्रखुट्टेलगायत वृत्तका प्रहरी प्रमूखहरु भेला भएर विभिन्न अपराधमा संलग्न भएको अभियोगमा एक साताभित्र नियन्त्रणमा लिएका २० भन्दा बढी व्यक्तिहरुलाई सार्वजनिक गरेको हो । असहज परिस्थितिको लाभ उठाउदै हुनसक्ने अपराधलाई नियन्त्रणमा लिन प्रहरी सजग भएको भन्दै त्यसविरुद्धको कारवाहीलाई तीव्रता दिदा…

Read More

घुससहित चार कर्मचारी पक्राउ

पुस १४, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, डिल्लीबजारका चार जना कर्मचारीलाई ५ लाख रुपैयाँसहित मंगलबार पक्राउ गरेको छ । सेवाग्राहीसँग घुस रकम मागिरहेको भन्ने उजुरीका आधारमा गएको अख्तियारको टोलीले मालपोत कार्यालयका नायब सुब्बाहरू मुकुन्दराज पाण्डे, एकनारायण अर्याल, पोस्टराज पोखरेल र कार्यालय सहयोगी लहरी कुमाललाई पक्राउ गरेको हो अख्तियारले विज्ञप्ति जारी गरी सेवाग्राहीसँग घुस रकम लिइरहेको अवस्थामा डिल्लीबजारस्थित क्वालिटी फास्टफुड क्याफेबाट उनीहरूलाई पक्राउ गरी अख्तियारको हिरासतमा राखी अनुसन्धान भइरहेको जनाएको छ । महानगरपालिका-८ गुहयेश्वरीस्थित विभिन्न कित्ताको १ सय ३० रोपनी क्षेत्रफल रहेको जग्गामध्ये बाग्मती ढल सुधार आयोजनाले चर्चेको जग्गाबाहेक…

Read More

सर्लाहीमा एमाले नेताको हत्या

१४ पौष, काठमाडौ । सर्लाहीमा एमालेका जिल्ला नेताको हत्या भएको छ । सर्लाही जिल्ला कमिटीका सदस्य ६२ वर्षीय रामनरेश यादवको मर्निङ वाकको समयमा आज बिहान हत्या भएको हो । सर्लाही हेमपुर गाविस वडा नम्बर ७ मा भएको हो । मर्निङवाकमा हिँडेका उनलाई आँखामा खुर्सानीको धूलो छर्केर धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । हेमपुर गाविसका दुईपटक निर्वा्चित अध्यक्ष तथा जिल्ला विकास समिति सदस्य रहिसकेका यादव लोकप्रिय नेता थिए । उनी पछिल्लो समय पार्टीको निर्णयबमोजिम मधेसमा संविधानबारे जनतालाई बुझाउने अभियानमा थिए । हत्याको कारण खुल्न नसकेको र अनुसन्धान…

Read More

सिरीयाली वद्रोही दमासकसको बाहिरी क्षेत्र छोड्न तयार

पौष, एजेन्सी । बिद्रोही संगठन इस्लामिक स्टेट आइएस सिरियाको राजधानी दमासकसको बाहिरी इलाकाबाट हट्न तयार भएको छ । संयुक्त राष्ट्रसंघको मध्यस्थतामा आइएसले आफ्ना लडाकु दमासकसको दक्षिणी बाहिरी इलाकाबाट हटाउन तयार भएको जनाइएको छ । सिरियामा काम गर्दै आएको मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले यसबारे जानकारी दिएको हो । दमासकसमा रहेको यरमुक प्यालेस्टाइनी शरणार्थी शिविर रहेको क्षेत्रबाट आइएस पछि हट्न तयार भएको सिरियन अब्जरभेटरी फर ह्युमनराइट्सले जनाएको छ । यस बारेको सम्झौता पत्र तयार भएको र यसबारेमा सरकारी तथा बिद्रोही पक्षले छलफल गरिरहेका छन् । यरमुक क्षेत्रका रहेका आइएसका…

Read More

येशु ख्रिष्टको जन्मोत्सव आज, विश्वभर क्रिसमस मनाइदैं ।

पौष, काठमाडौ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव, आज विश्वभरका चर्चमा क्रिसमस पर्वका रुपमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । जिससले मानव समुदायका लागि पु¥याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । नेपालमा चार सय वर्ष अघिदेखि क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रिस्टियन महासङ्घले जनाएको छ । क्रिसमसको अवसरमा काठमाडौंको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरा लगायत स्थलमा विशेष महोत्सव हुने गरेको छ । क्रिसमस ट्रि लगायतको सजावटले बजार र ठूला व्यापारिकस्थलमा आकर्षण थपिएको छ । क्रिसमस मनाउन सरकारले विसं २०६४ पछि डिसेम्बर २५ का…

Read More

विद्युतको खपत बढेसँगै ट्रान्सफर्मरमा गडबड

पौष, काठमाडौ । काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा दैनिक रुपमा १४ वटा विद्युत ट्रान्सर्फमर बिग्रने गरेको पाइएको छ । भारतको नाकाबन्दीले इन्धन आपूर्तिमा समस्या भएपछि खाना पकाउन विद्युतीय उपकरणको प्रयोग बढ्दा लोड धान्न नसकी ट्रान्सर्फमर बिग्रिएका हुन । ट्रान्सर्फमर बिग्रँदा उपभोक्ताले लोडसेडिङ नभएका बेला पनि विद्युत नपाउने समस्या बढेको छ । दैनिक १४ ट्रान्सफर्मर पड्किएपनि नेपाल विद्युत प्राधिकरणको लैनचौर मर्मत केन्द्रले दुईवटा ट्रान्सर्फमर मात्रै दैनिक मर्मत गर्ने गरेको छ । स्रोत र साधन सीमित हुँदा ट्रान्सर्फमर मर्मतमा समस्या भएको केन्द्र प्रमुख राजेन्द्रकुमार चौधरीले बताउनुभयो । प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको पुससम्म…

Read More

काठमाण्डौं झनै चिसियो, दुई वर्षयताकै न्युन तापक्रम

पौष, काठमाडौ । काठमाडौं उपत्यकासहित देशभर चिसो अझै बढ्ने क्रममा छ । हिजोको तुलनामा आज चिसो बढेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । बिहान काठमाडौंको न्यूनतम तापक्रम दुई वर्ष यता कै कम मापन गरिएको छ । बुधबार शून्य दशमलव ९ डिग्री रहेको तापक्रम घटेर आज बिहान शून्य दशमलव ८ डिग्रीमा झरेको महाशाखाले जनाएको छ । सन् १९७७ डिसेम्बरमा काठमाडौंको तापक्रम अहिलेसम्मकै कम माइनस २ डिग्रीमा झरेको थियो । देशका अरु ठाउँको तापक्रम पनि घट्दै गएको छ । जुम्लाको तापक्रम माइनस ८ दशमलव ४ डिग्री र जीरीको माइनस ३…

Read More

खोटाङमा एमाले नेताद्धारा निर्घात कुटपिट : घाइतेले उपचार खर्छ अझै पाएनन्

काठ्मान्डौ , १ पौष । केही समय अघि नेकपा एमाले खोटाङका जिल्ला कमिटी सदस्य वर्ण कुमार राईले  निर्घात कुटेका  बाकाचोल – ४, खोटाङको ६२ बर्षिय प्रेम बहादुर राइले सहमती बमोजिमको उपचार खर्च अझै पाएका छैनन । गाँउमा बारिको साँध्मा भएको घाँस काटेको निहुमा एमाले नेता बर्ण कुमार राईले प्रेमबहादुर राईलाई निर्घात कुटपिट गरेका थिए । स्थानिय गोपिधन राई सँग आएका राईले वस्तुको किला ठोक्ने मुङग्रोले टाउको, छाती लगायत शरिरको विभिन्न भागमा कुटेका थिए । मुङग्रोले कुटेको हुनाले बाहिरी चोटपटक नदेखिए पनि भित्र गम्भिर असर परेको हुनसक्ने आशंकामा इलाका हस्पिटल ऐसेलुखर्कका अहेब रामकाजी नेपालले…

Read More

झापामा तेलभरेर मोटरसाइकल स्टार्ट गर्दा आगलागी : तेल वितरणस्थल भन्दा १० मिटरभित्र मोटरसाइकल स्टार्ट गर्न नपाइने

झापा , २ पुस । झापाको बुधवारे–९ स्थित जनकल्याण शिव स्टोर्स (पेट्रोल पम्प)मा आज दिउँसो तेल भरेको एउटा मोटरसाइकलमा आगलागी भएको छ । बुधबारे ट्राफिक प्रहरी बिटका इन्चार्ज जनक खड्काका अनुसार दिउँसो १ः१५ बजेतिर पेट्रोल भरेको मे ५ प ३५६ नम्बरको मोटरसाइकल स्टार्ट गरेर लैजान खोज्दा पम्पकै छेउमा अचानक आगो लागेको थियो । मोटरसाइकल मेचीनगर–१ धुलाबारी निवासी सञ्जीव विकको रहेको प्रहरीले जनाएको छ । प्रहरीले जल्दै गरेको मोटरसाइकललाई हुत्याएर ५० मिटर टाढा पु¥याई ग्यास बुलेट प्रयोग गरेर आगो निभाएको थियो । मोटरसाइकल स्टार्ट गर्दा ‘मिस फायर’ भएर आगो सल्किएको प्रहरीले जनाएको…

Read More

इन्धन ठगी गर्न सहयोग गर्ने थानकोट डिपो प्रमुख पक्राउ

२८ मंसिर, काठमाडौ । पेट्रोलियम पदार्थ ठगी गर्न सहयोग गरेको अभियोगमा थानकोट डिपो पमूख रवीन शर्मा पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले आइतवार उनलाई डिपोवाटै नियन्त्रणमा लिएको हो । पेट्रोलियम पदार्थ ठगी गर्ने संचालकहरुको बयानको आधारमा अनुसन्धान गर्दा उनको संलग्नता खुलेको भन्दै नियन्त्रणमा लिएको अपराध महाशाखाले बताएको छ । उनको सम्वन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Read More

चीनमा अध्ययन गरेर फर्केका मेडिकल विद्यार्थीहरुको विचल्ली

मंसिर, काठमाडौ । नेपाल सरकार शिक्षा मन्त्रालयले एमबीबीएस पढ्ने छात्रवृत्तिमा चीनमा विद्यार्थी पठाउदै आएको छ । सन् २००८ र २००९मा सरकारको छात्रवृत्तिमा चीन गएका विद्यार्थीहरुको पढाइ अवधि नपुगेको भन्दै नेपाल मेडिकल काउन्सिलले चिकित्सक लाइसेन्स परीक्षा रोकिदिए पछि मेडिकल विद्यार्थीको बिचल्ली भएको छ । उत्तरमा अध्ययन गरेका आएका विद्यार्थीहरुले सरकार र मेडिकल काउन्सिलबीचको जुहारीको मारमा भोगेको सास्तीले कहिले समाधान पाउने हो त्यो भने अन्यौलमा छ । नेपाल सरकारले छात्रवृत्तिमा चीन अध्ययन गर्न  पठाइएका विद्यार्थीलाई नेपाल सरकार तथा शिक्षा मन्त्रालयले उचित व्यवस्थापन गर्न खोज्दा पनि मेडिकल काउन्सिलको लापरबाहीको कारण अहिले ति बिद्यार्थीको…

Read More

तोरन तान्नै हैरान, प्रचलन पनि लोपोन्मूख

२५ मंसिर, म्याग्दी । कुनैसमय म्याग्दीको गलेश्वरमा तोरन तार्ने भक्तजनको ताँती लाग्थ्यो । बाजागाजा र भजन सहित आउने भक्तजनले कालिगण्डकी नदी छपक्कै छोप्ने गरेको थियो । गलेश्वर मन्दिर आसपासका क्षेत्रमा तोरन तार्नेहरूको भिडले रौनकता छाउने गरेको थियो । तर समयको परिवर्तन, जनशक्तिको अभाव र परम्परागत प्रचलनमा देखिएको रुचीको कमीका  कारण हिजोआज कालिगण्डकीमा एकदुईवटा तोरन पनि देखिन छोडेको छ । कालिगण्डकी नदीमा बालाचर्तुदशी पर्वको अवसरमा तोरन तार्ने पुरानो प्रचलन हराउँदै जान थालेको छ । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम शिवालय मन्दिको दर्शन र पुजाआजा गरेपछि नजिकै रहेको कालिगण्डकी नदीमा दर्जनौ तोरन वारपार…

Read More

ट्रान्सफर्मर पड्कियो, दुईको मृत्यु

मंसिर, मकवानपुर मकवानपुरको हाँडीखोलामा रहेको विद्युत ट्रान्सफर्मर पड्कदा त्यसक्षेत्रका दुई जना महिलाहरुको करेन्ट लागेर मृत्यु भएको छ । हाँडीखोला बजारमा रहेको ट्रान्सफर्मर पड्किएपछि त्यसमार्फत बिद्युत प्रवाह भएका सबै क्षेत्रमा हाई भोल्डेजका कारण करेन्ट लागेको थियो । गाउँभरी करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको र धेरै घाईते रहेको प्रहरीले जानकारी दिएको छ । करेन्ट लागेर घाईते भएका हाँडीखोला चारका १९ बर्षिया शर्मिला मोक्तान र ६० बर्षिया ठूलीमाया मोक्तानलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु  भएको प्रहरीले जानकारी दिएको छ ।

Read More

वर्दी त्यागिन्छ, नागरिकलाई ठग्नेसँग झुक्दिन ः एसएसपी थापा

कालोवजारीको आशंकामा व्यापारि घराना प्रहरी निगरानीमा मंसिर, काठमाडौ । प्रतिष्ठित ब्राण्ड र कतिपय व्यापारिक घरानाका उद्योग धन्दा र व्यापार व्यवशाय कृतिम अभाव, मिसावट, कालोबजारी र तस्करी समेत संलग्न हुने गरेको सूचना आएको भन्दै प्रहरीले निगरानीका लागि विशेष टोली बनाएर निगरानी थालेको छ । काठमाण्डौ प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाले अभावमा देश र जनतालाई ठगी गर्नेलाई पक्राउ गर्नबाट आफुलाई कसैले रोक्न नसक्ने बताएका छन् । एसएसपी थापाले आफु बर्दी त्याग्न तयार रहेको तर बदमाशी गर्नेसँग कहिल्यै सम्झौता नगर्ने प्रतिवद्धता व्यक्त गरे । आफ्नो अनुसन्धान र कारवाही पारदर्शी रहेको जिकिर गर्दै एसएसपी…

Read More

क्यालिफोर्नियाको एक घरमा अन्धाधुन्द गोली प्रहार, १४ जनाको मृत्यु

१७ मंसिर, एजेन्सी । क्यालिफोर्नियाको अपाङ व्यक्तिको सहयोगमा काम गरिरहेको एक कार्यालयमा अन्धाधुन्ध गोली प्रहार हुदा १४ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । अमेरिकाको क्यालिफोर्नियामा राज्यको सान बर्ना्र्डिनोमा तीन जना बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तिमा १४ जनाको ज्यान गएको हो । आक्रमणमा अन्य १४ जना घाइते भएको सरकारी अधिकारीले बताएका छन् । सैन्य पोशाकमा आएका बन्दुकधारीले अपांगता भएका वयस्कहरुको पक्षमा काम गर्ने इनल्याण्ड सिजनल सेन्टरमा पसेर अन्धाधुन्ध गोली प्रहार गरेका हुन् । यो आक्रमण आतंककारी आक्रमण हो कि होइन भन्ने विषयमा अहिले नै केही…

Read More

कक्षा १२ को परीक्षाफल प्रकाशित

१७ मंसिर, काठमाडौ । उच्चमाध्यमिक शिक्षा परिषदले लिएको कक्षा १२ को मौका परीक्षामा ८४ दशमलव ६१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी ३३ हजार दुई सय ११ मध्ये २८ हजार एक सय एक जना उत्तीर्ण भएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिनुभयो । गएको वर्ष ८३ दशमलव ७२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । कक्षा ११ का सबै विषय उत्तीर्ण भएका तर कक्षा १२ मा एक विषयमा मात्रै अनुत्तीर्ण भएका विद्यार्थीका लागि परिषदले गएको कात्तिक २१ गते मौका परीक्षा सञ्चालन गरेको थियो । ०००

Read More

जुरे पिडीतलाई पुनर्वासको पहल

१६ मंसिर, सिन्धुपाल्चोक । जिल्ला दैवी प्रकोप उद्धार समिति सिन्धुपाल्चोकले विनाशकारी जुरे पहिरोको १६ महिनापछि पुनर्वासमा जान चाहने पीडितहरुका लागि जग्गा खरिद प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । जुरे पहिरो पीडित मध्ये आठ परिवारले मात्रै पुनर्वासमा जान निवेदन दिएका छन् । जुरे पहिरो पीडित मध्ये आठ परिवारले यस अघि नै जिल्ला दैवी प्रकोप उद्धार समितिमा निवेदन दिएका हुन् । उनीहरुकै निवेदनका आधारमा पीडितहरुलाई पुनर्वासमा लैजान जग्गा खरिद प्रक्रिया बढाउने निर्णय गरेको हो । मंगलबार सम्पन्न भएको जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले पीडितहरुको नाममा विभिन्न संघ संस्थाहरुले दिएको सहयोग…

Read More

अत्याधुनिक डिजिटल फरेन्सिकका उपकरण हस्तान्तरण

१४ मंसिर, काठमाडौं   प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्रबहादुर शाहले प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच केन्द्रीय अनुसन्धान व्यूरो र महानगरीय अपराध महाशाखालाई आवश्यक डिजिटल फरेन्सिक उपकरणहरु हस्तान्तरण गरेका छन् । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक शाहले यस प्रविधिले अपराध अनुसन्धानलार्ई बैज्ञानिक एवं बिश्वसनिय बनाउनेमा आफु आशावादी रहेको बताए । बदलिँदो सामाजिक परिवेशमा सूचना प्रविधिको पहुँच अपराध कार्यमासमेत पुगेको अवस्थामा नेपाल प्रहरीले अनुसन्धान प्रकृयालाई वैज्ञानिक एवं प्रमाणमुखी बनाउँदै लैजाने लक्ष्यकासाथ विधिविज्ञान प्रयोगशालाको स्थापना गरी घटनामा प्राप्त भौतिक सबुत प्रमाणहरुको वैज्ञानिक परीक्षण गर्दै आएको…

Read More

अनियन्त्रित भई बस दुर्घट्ना, दुईको मृत्यु

११ मंसिर, सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत भारदहमा प्रहरीले स्कर्टिङ गरि लगेको बस अनियन्त्रित भइ दुर्घटनाग्रस्त हुदा दुई जनाले ज्यान गुमाएका छन् । काँकडभिट्टाका लागि सिन्धुलीबाट छुटेको ना ५ ख १६६४ नम्बरको बस भारदह १ स्थित कंकाल्नीमन्दिर नजिकै दुर्घटनाग्रस्त हुदा दुई जनाको मृत्यु भएको छ भने २५ जना घाईते भएका छन । तीव्र गतिका कारण बस अनियन्त्रित भएको अनुमान गरिएको छ । मृत्यु हुनेमा धनुषा, तुलसीपुर ४ की नौ बर्षीया निर्जता बस्नेत र अर्का एक ठेगाना नखुलेका जीवन अधिकारी भएको इलाका प्रहरी कार्यलय कञ्चनपुरले जानकारी दिएको छ । घाईतेहरुलाई…

Read More

माडिखोलामा जलविद्युत : संभावना र चुनौति ।

९ मंसिर, रोल्पा । जलस्रोतमा विश्वमा धनी मानिएको नेपालमा त्यसैको प्रयोग गरेर धर्नाजनको वाटो तर्फ बल्ल अग्रसर हुँदैछ । आफ्नो भूमि भित्र रहेको अपार स्रोतलाई समयमा नै चिन्न नसक्दा  उर्जाकालागि अन्यत्रै धन खन्याउनु पर्ने बाध्यता विद्यमान छ । स्थानीयले आफ्नै लगानीमा आफै योजना अगाडि बढाउँछौ भन्दा पनि राज्यले हुन्छ भन्न नसक्दा उनीहरु थप मारमा छन् । यस्तै रोल्पामा पनि जिल्लामै भएका जलस्रोतबाटै उर्जा निकाल्ने सम्भावना भएपनि योजना अगाडि बढ्न नसक्दा जस्ताको त्यस्तै छ । रोल्पा जिल्लाको दक्षिण भागका सबै गाउँ लगभग सबैलाई छोएर बग्ने माडिखोलामा जलबिद्युत निकाल्न सक्ने रामै्र सम्भावना…

Read More

डकैटीका नाइके सरदार पक्राउ

९ मंसिर,  बारा । बाराको सिमरा आसपासमा भएका करिव एक दर्जन डकैतीमा संलग्न डाकाका नाइके सरदारलाई प्रहरीले प्रक्राउ गरी सार्वजनिक गरेको छ । हातहतियार तथा विष्फोटक पदार्थ पड्काई डकैती गर्ने सर्लाही जिल्ला नेत्रगञ्ज गाविस पुनर्वास टोल बस्ने वर्ष २७ का शक्ति कपुर भनिने शक्ति पासवानलाई बुधवार प्रहरीले सार्वजनिक गरेको हो । गढिमाई नगरपालिका वडा नं. १ सिमराका क्षेनाहरी मियाँ धोबी, सुनिल पाण्डे लगायतका घरमा डकैती गरेको अभियोगमा प्रहरीले करिव ६ महिना पछि उनलाई पक्राउ गर्न सफल भएको हो । इलाका प्रहरी कार्यालय, सिमराका प्रहरी निरीक्षक पुरुषोत्तम खड्काले निज डाका समूहका…

Read More