सिँदुरेढुङ्गा लघु जलविद्युत पुन सञ्चालन

खोटाङ , साउन ३०। करिब वर्षदिन अघिदेखी बन्द रहेको बाकाचोलको सिंदुरे ढुङ्गा लघु जलविद्युत आयोजना गत साउन २८ गतेबाट पुन : सञचालनमा आएको छ । पुरानो समितिलाइ बिघटन गरि नयाँ समिति निर्माण गरेपछी सो समितिले मर्मत कार्य सम्पन्न गरि पुन : सञ्चालनमा ल्याएको हो । विषेश गरि काठामडौँमा रहेका बाकाचोलबासिहरुको पहलमा केहि महिना अघि हेमकाजी पुरिको अध्यक्षतामा नयाँ समिती गठन गरिएको थियो । मर्मत कार्यमा करिब चालीस लाख जति लागेको समितिका कोशाध्यक्ष टिकाराम पुरिले जानकारी गराए । समितिले २८ गते आयोजनाको उद्घाटन गरेको हो ! ऐसेलुखर्क गाउँपालिकाका प्रमुख विश्वनाथ निरौलाको…

Read More

नुनथलामा पखालाको प्रकोप

खोटाङ , असार ५ । रुपाकोट मझुवागढी १३ नुनथलामा झाडा पखाला रोगको प्रकोप बढेको छ । स्वास्थ्य चौकी नुनथलाका अनुसार हिजो र आज गरि करिब तीस जना जति पखालाका बिरामी उपचारार्थ चौकी आएको बताए । स्वास्थ्य चौकिले अझै प्रकोप बढ्ने सम्भावना भएकोले जिल्ला अस्पतालबाट पर्याप्त मात्रामा आजै औषधि ल्यासकेको छ । केहिदिनदेखी पानी अत्याधिक पर्न थालेकोले पानीको मुहानमा भलबाढी पसि दुषित पानी आएर पाखाला लागेको स्थानियबासिको भनाइ रहेकोछ । ” यो बेला उमालेर मात्र पानी पिउनु ” भनेर बिरामिलाइ भन्ने गरेको नुनथला चौकिका एक स्वास्थिकर्मिले बताए ।

Read More

नुनथलामा पखालाको प्रकोप

खोटाङ , असार ५ । रुपाकोट मझुवागढी १३ नुनथलामा झाडा पखाला रोगको प्रकोप बढेको छ । स्वास्थ्य चौकी नुनथलाका अनुसार हिजो र आज गरि करिब तीस जना जति पखालाका बिरामी उपचारार्थ चौकी आएको बताए । स्वास्थ्य चौकिले अझै प्रकोप बढ्ने सम्भावना भएकोले जिल्ला अस्पतालबाट पर्याप्त मात्रामा आजै औषधि ल्यासकेको छ । केहिदिनदेखी पानी अत्याधिक पर्न थालेकोले पानीको मुहानमा भलबाढी पसि दुषित पानी आएर पाखाला लागेको स्थानियबासिको भनाइ रहेकोछ । ” यो बेला उमालेर मात्र पानी पिउनु ” भनेर बिरामिलाइ भन्ने गरेको नुनथला चौकिका एक स्वास्थिकर्मिले बताए ।

Read More

विद्यालयको लापर्बाहिको कारण कक्षा एघारको परिक्षाबाट विध्यार्थी वञ्चित

खोटाङ, ०७४, जेठ २९ । विद्यालयको लापर्बाहिको कारण कक्षा ११ को परीक्षा लिनबाट एक विध्यार्थी वञ्चित भएका छन । रुपाकोट मझुवागढी १३ नुनथलाका अर्पणा राई आगामी असार एक गतेबाट सञ्चालन हुन गैरहेको परीक्षाबाट वञ्चित भएकि हुन । उनी जिल्ला सदरमुकामस्थित सरस्वती मावी दिक्तेलमा कक्षा ११ मा व्यवस्थापन संकायमा अध्ययानरत थिइन । बुवा रोशनकिशोरले परीक्षा फारम छुटेकोले परीक्षा दिनबाट छोरी वञ्चित भएको कुरा बताए । आज विध्यालय प्रशानमा गएर कुरा गर्दा शुरुमा विध्यालयका प्र.अ. ध्यानबहादुर राइले जे गर्छौ गर भन्दै कड्किएको तर पछि सहमतिमा आएकोले विध्यार्थिको क्षतिपुर्ती भराउन निवेदन दिराखेको बताए…

Read More

बल्ल पारित भयो शिक्षा नियमावली

काठमाडौं , १९,जेठ । शिक्षा ऐन आठौँ संशोधन पारित भएको एघार महिनपछि आज बल्ल शिक्षा नियमावली पारित भएकोछ । निक्कै लामो समयपछी पछि शिक्षा नियमावली मन्त्रिपरिषदबाट बल्ल आज पारित भएको हो । सिकाइ अनलाइन (Sikaai online ) लेख्छ -” आफ्नो कार्यकालको अन्तिम क्षणमा मात्र आएर शिक्षामन्त्री धनीराम पौडेल शिक्षा नियमावली पारित गराउन सफल भएका छन् । शिक्षाको सुधारका निम्ति नेतृत्व दिनुपर्ने कामबाट बिमुख भएर निहीत स्वार्थपूर्तिमा मात्र ध्यान केन्द्रित गरेको भनी चौतर्फी आलोचना खेपेका मन्त्री पौडेललाई नयाँ सरकार गठनको आफ्नो कार्यकालको अन्तिम समयमा आएर मन्त्रिपरिषद्मा लामो समय देखि थाती रहेको…

Read More

“मेरो वर्ष ; म स्वस्थ …” अभियान वर्षभरी विद्यालयमा

काठमाडौँ, १९जेठ । ‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’ राष्ट्रिय अभियान सरकारी विद्यालयमा देशव्यापी रुपमा सञ्चालन भएको छ । ” विसं २०७४ मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ” अभियानका रुपमा मनाउने घोषणा गर्दै सरकारले वैशाख २१ गतेबाट सो अभियानको प्राम्भ गरेको हो । सो अभियानलाइ वर्षभरि सञ्चालन हुने अन्य कार्यक्रमसँगै जोडेर स्थानीय तहसम्म लगिने योजना सरकारको रहेकोछ । गोरखापत्र दैनिकमा प्रकाशित समाचार अनुसार -” -“नेपालमा धूमपान र मद्यपानको अत्यधिक सेवन, खाद्य पदार्थमा विषादीको प्रयोग, वातावरणीय पक्षले समेत जनताको स्वास्थ्यमा प्रतिकूल असर पारी कडा रोगको जोखिम बढाएकाले रोकथाम र…

Read More

खोटाङको एक विध्यालयमा आगलागी

खोटाङ , १६ , जेठ । रुपाकोट मझुवागढी नगरपालिका वडा नं १२ जालपामा सन्चालित ज्योती मावी जालपा , खोटाङमा हिजो राती ११ बजेतिर आगलागी भएको छ ! आगलागिबाट भएको क्षति र आगलागी हुनको कारण एकिन हुनबाँकी रहेको एक स्थानियबासिले बताए !

Read More

खोटाङको कुन स्थानिय निकायलाइ कति बजेट ? हेर्नुस विवरण

खोटाङ , १६ जेठ । आर्थिक वर्ष ०७४/७५ को लागि संसदमा हिजो जेठ १५ गते अर्थमन्त्री कृष्णबहादुर महराले पहिलो संघिय बजेट प्रस्तुत गरेकाछन । कुल १२ खरब ७८ अरब ९९ करोड ४८ लाख ५५ हजार रुपैयाँको बजेटमा खोटाङको कुन स्थानिय निकायलाइ कति बजेट बिनियिजन गरिएको छ ? यहाँ हेर्नुस – १, रुपाकोट मझुवागढि नगरपालिकाको लागि विना शर्त २८ करोड ६५ लाख ३० हजार र शर्तसहित अर्थात कार्यक्रम हेरेर थप हुने १९ करोड ८८ लाख १४ हजारसहित जम्मा ४८ करोड ५३ लाख ४४ हजार बजेट परेछ । २, हलेसीतुवाचुडं नगरपालिकाः विना…

Read More

गायिका सुमि चाम्लिङको “ए मेरो चस्मावाल ” गितको भिडियो सार्वजानिक

काठमाडौँ ,१५,जेठ “दिक्तेल बजार कान्छा , दिक्तेल बजार” , “लसमा लस” जस्ता चर्चित गितका गायिका सुमि चाम्लिङ राइले फेरि अर्को डान्सिङ्ग गित “ए मेरो चस्मावाला “बजारमा ल्याएकिछिन । गायिका चाम्लिङ्गको उक्त गितको म्युजिक भिडियो पुतलिसडकस्थित स्टारमलमा गत आइताबार १४ गते सार्वजनिक गरिएको हो । डिपि खनालको रचना एवं शंकर थापा “स्माइल “को संगित रहेको उक्त गितको अरेन्जर भने उदयराज पौडेल हुन । चाम्लिङ्ग इन्टरटेण्टमेण्टले बजारमा ल्याएको उक्त डान्सिङ गितको म्युजिक भिडियोमा सुनिल र सन्ध्या लगायत नेपाली ठिटो डान्सिङ्ग ग्रुपले अभिनय गरेका छन् भने विकास सुवेदीले निर्देशन तथा छायांकन गरेका छन्…

Read More

वरिष्ठ साहित्यकार “सरित” प्रमोद्रराज सावित्री पाण्डे पुरस्कारबाट पुरस्कृत

काठमाडौँ , जेष्ठ १४, २०७४ प्रमोदराज-सावित्रीदेवी पाण्डे स्मृति प्रतिष्ठानले आज राजधानीमा भएको एक समारोहमा साहित्य, फेसन , खेलकुद र उड्डयन क्षेत्रका विभिन्न प्रतिभाहरुलाई सम्मानित तथा पुरस्कृत गर्यो । पुरस्कृत तथा सम्मानित प्रतिभाहरुलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सम्मान तथा पुरस्कार समपॅण गनुॅभयो । सो समारोहमा नेपाली साहित्यमा विगत चार दशकदेखि साधनारत साहित्यकार इन्द्रकुमार श्रेष्ठ “सरित” लाई कुलपति उप्रेतीले नगद राशी दश हजारसहितको प्रमोदराज सावित्री पाण्डे साहित्य सम्मान 2074 समपॅण गनुॅभयो । पुरस्कार ग्रहणपछि साहित्यकार सरितले सभालाई सम्बोधनगदैॅ चार दशकको आफ्नो साहित्यिक यात्राको बारेमा प्रकाश पानुॅ भयो भने समालोचक डा.धनप्रसाद…

Read More

दस मध्य पाँच स्थानिय तहमा महिला प्रमुखको उम्मेद्वारि

खोटाङ , नेकपा माओवादी केन्द्रले खोटाङ्गको दस मध्य पाँच स्थानिय निकायमा महिलालाई उम्मेद्वारी बनाएको छ । नेकपा माओवादी केन्द्र खोटाङका अनुसार रुपाकोट मझुवागढी नगरपालिकाको नगरपालिकामा पुर्व शभासद दुर्गाजयन्ती राई , लामिडाँडा गाउँपालिकामा डा. चेतकुमारी गुरुङ , केपिलासगढी गाउँपालिकामा मनकुमारी रसाइली , बराहपोखरी गाउँपालिकामा निशाना राई र जन्तेढुङ्गा गाउँपालिकामा अरुणा राइलाइ प्रमुखमा उम्मेद्वारी बनाएको हो । समानुपातिक समावेसिको सिद्दान्तलाइ तल्लोतहसम्म व्यावहारिक रुपमै स्थापित गराउन महिलाहरुलाइ उम्मेद्वारी बनाइएको माओवादि केन्द्रका हेडक्वार्टर सदस्य टंक राइले बताए । स्मरण रहोस डा.चेत कुमारी गुरुङ विकास अर्थशास्त्रबाट पि एच्डि होल्डर हुन ।

Read More

मत्स्येन्द्रनाथको जात्रा सम्पन्न

काठमाडौं, ११ जेठ । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मत्स्येन्द्रनाथको जात्रा आज ललितपुरको जावलाखेलमा  सम्पन्न भएको छ । भोटो देखाउने प्रचलन रहेकोले यो जात्रालाई भोटोजात्रा पनि भनिन्छ । आज भोटो देखाएसंगै उपत्यकाकै सवैभन्दा लामो जात्राका रुपमा परिचित मत्स्येन्द्रनाथको जात्रा सकिएको छ । जात्रा अवलोकन गर्न राष्ट्रप्रमुख विद्या देवी भण्डारी तथा उच्च पदस्थ सरकारी अधिकारीहरु ललितपुरको जावलाखेल पुगेका थिए ।लिच्छवीकालीन राजा नरेन्द्रदेवको पालादेखि  राजा (राष्ट्र अध्यक्ष) भोटोजात्राको प्रमुख अतिथि बन्ने परम्परा छ ।  भुतप्रेत पन्छाउन भोटोजात्राको अघिल्लो दिन रथ वरिपरि भात छर्ने गरिन्छ । जावलाखेलको नाम पनि यही भात…

Read More

मुस्लिम समुदायद्वारा दोस्रो चरणको निर्वाचनको विरोध

कपिलवस्तु, ८ जेठ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति रमजान महिनामा पारिएको हुनाले मुस्लिम समुदायका अगुवाहरुले विरोध जनाउँदै आएका छन् । मुस्लिम समुदायका अगुवाहरुले पटक–पटक सरकारसंँग आग्राह गर्दै निर्वाचनको मिति सार्नु अनुरोध गरेको लगतै फेरी कक्षा ११ को परीक्षा ईदको दिन पर्ने गएको हुनाले दुःखी भएका छन् । ‘सरकार मुस्लिम समाजप्रति ईमानदार हुनुपर्यो र सरकारले तुरुन्तै रमजान महिनामा चुनाव र ईदको दिन परीक्षाको मिति सार्नु अत्यन्त आवश्यक छ ।’ मुस्लिम समुदायका अगुवाले माग गरेका छन् । कपिलवस्तुमा मुस्लिम समुदायका अगुवाहरु तथा मुस्लिम मिडिया सोसाईटी नेपालका अध्यक्ष मो इमरान खानले यथाशीघ्र…

Read More

नेसास, द.कोरियाको पाचौँ वार्षिकोत्सव सम्पन्न

सौल, मे १४ नेपाली साहित्य समाज (नेसास), दक्षिण कोरियाको पाँचौ वार्शिकोत्सव भव्य रुपमा आइतवार सम्पन्न भएको छ। वार्सिकोत्सव समारोहबाट यल्जी विवशको अध्यक्षतामा १७ सदस्यीय नेसास,दक्षिण कोरियाको पुनर्गठन समेत गरिएको छ। आइतवार ११ बजेबाट शुरु भैइ थेगुको तारा रेस्टुरेन्टमा सम्पन्न भएको उक्त कार्यक्रमको सभापतित्व नेसास निबर्तमान अध्यक्ष धरती कल्पनाले गर्नुभएको थियो भने कोरियाका चर्चित कोरियन कवि किम ह्यं ह्यू प्रमुख अतिथी रहनुभएको थियो।त्यसैगरी बिशिस्ट अतिथिको रुपमा साहित्यकार एवं समाजसेवी डा. रोशन पौड्याल र अतिथिमा मानवाधिकारकर्मी, समाजसेवी एवं गितकार/संगितकार चन्द्र लामा अनुराग रहनुभएको थियो। नेपाली साहित्यको लागी आफू सधैँ कटिबद्ध भएर लागिरहेको…

Read More

सुरु भयो उभौली साकेला

भिम राई किराती समुदायको महान पर्व साकेला उभौलि आज देखि सुरु भएको छ । हरेक बैशाख पूर्णिमाको दिन मनाइने यो पर्ब विशेष गरेर पूर्वक्षेत्रमा मनाइन्छ । किराती समुदायले वसोवास गर्दै आएका क्षेत्रहरुमा मनाइने यो पर्व वर्ष दुई पटक मनाइन्छ । किरात राईहरुले साकेवा, साकेन्वा, साखेल, तोष, तोसी आदी नामले चिनिने यो पर्वमा सुनुवार राई, लिम्बु समुदायमा समेत उतिकै महत्वका साथ मानिदै आएको छ । किरात राइहरुको बर्षमा मनाइने मुख्य दुइवटा पर्बहरु मध्ये एउटा उभौली हो भने अर्काे उधौली । प्रकृति पुजक किराती समुदायमा यी दुबै पर्बहरुलाई प्रकृतिसँगै जोडेर हेर्ने प्रचलन…

Read More

टंक राई नेतृत्वको नेकपा र नेकपा माओवादी केन्द्रबिच एकता

काठमाडौं, ३१ चैत । टंक राई नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र माओवादी केन्द्रबीच आज पार्टी एकीकरण भएको छ । बिहीबार माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा औपचारिक कार्यक्रम आयोजना गरी पार्टी एकता गरिएको हो । पार्टी एकीकरण घोषणा कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समयको आवश्यकताले पार्टी पुर्ननिर्माणको अभियान थालिएको बताएका छन् । उनले कम्युनिष्ट पार्टीहरुबीचको ध्रुविकरण आजको आवश्यकता रहेको भन्दै टंक राई नेतृत्वको नेपाल कम्यनिष्ट पार्टीसँग एकताले क्रान्तिकारी कम्युनिष्ट कार्यकर्ताहरुलाई उत्साहा थपिएको उनको भनाइ थियो । यस्तै एकिकरण अभियानमा सामेल भएका नेता राईले मुलुकमा ऐतिहासिक आन्दोलनबाट प्राप्त…

Read More

अन्तत् प्रकाश अर्याल भए पुलिसको प्रमुख

एविसि खबर काठमाडौं २९ चैत । दुई महिना लामो निमित्तिय कमाण्डबाट नेपाल प्रहरीले नया नेतृत्व पाएको छ । सोमबार बेलुकी अबेर बसेको मन्त्रि परिषदको बैठकले दुईजना प्रतिस्पर्धी बहालवाला डिआइजीलाई पछाडि पार्दै कार्यसम्पादन मुल्यांकनको आधारमा बरिष्ठतामा दोस्रो नम्बरमा रहेका प्रकाश अर्याललाई प्रहरी महानिरिक्षक बनाइएको हो । डिआइजी नवराज सिलवाल र जयबहादुर चन्दबीचको करिब २ महिना लामो संघर्षबीच प्रकाश अर्याल नेपाल प्रहरीको महानिरीक्षक भएका हुन् । यसअघि नै भइसकेको कार्यसम्पादन मूल्यांकनको अध्ययन गरी प्रतिवेदन पेस गर्न बनेको समितिले दिएको प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्ले अर्याललाई प्रहरी प्रमुख बनाएको हो । गत २ फागुनमा सरकारले…

Read More

केरुङ नाकामा १० अर्बका सामान अलपत्र

काठमाडौं, ६ चैत । रसुवाको केरुङ नाकामा नेपाल भित्रन लागेका सामान डेढ महिनादेखि अलपत्र परेका छन्। भन्सार कर्मचारीको अवरोधका कारण भन्सार मुल्यांकनमा समस्या हुँदा १० अर्ब रूपैयाँभन्दा बढीका सामान केरुङमै अलपत्र परेका हुन् । सामान बोकेर आएका कन्टेनर लामो समयसम्म कन्टेनर रोकिँदा कन्टेनर व्यवसायीलाई असर परेको छ । कतिपय सामान अर्डर गरेर ल्याइएकाले पनि समयमा नआउँदा त्यसको मार व्यवसायीले भोग्नुपरेको छ । समयमा बिक्री गर्न नपाउँदा सिजनेबल सामान र कतिपय मोडल नै काम नलाग्ने हुँदा व्यापार गर्न कठिन हुने गरेको गुनासो व्यापारीहरुको छ। लत्ताकपडा, उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ,…

Read More

चुच्चेपाटीको भूकम्प पीडितका छाप्राहरु भत्काइयो

एविसि खबर, काठमाडौं, १ चैत । करिब २ वर्ष अगाडि गएको विनासकारी भूकम्पपछि आश्रय स्थल बनेको काठमाडौंको चुचेपाटी स्थित ताराचौरका भूकम्प पीडितहरुको अस्थायी टहरा सरकारले हटाएको छ । भूकम्प पीडितहरुले प्रयोग गर्दै आएको उक्त ठाउँमा वसोवास गर्दै आएका पीडितहरुलाई पूर्वजानकारी दिइएपनि अटेर गरेर बसेको भन्दै लगभग ३ सयको हाराहारी प्रहरी परिचालन गरेर दुइवटा जेसिबि स्काभेटरले सबै टहरा भत्काइएको हो । पीडितहरुले भने आफूहरुलाई पुर्व सूचना पनि नदिई बिहानै आएर टहरा भत्काई दिएको गुनासो गरेका छन् । उनीहरुले आफै सर्ने तरखरमा रहेपनि प्रशासनले जर्बजस्ती गरेको आरोप लगाएका छन् । ‘हामीलाई वस्ने…

Read More

पशुपतिको जग्गा कहाँ कति ?

काठमाडौं, १ चैत । पशुपति क्षेत्र विकास कोषको ४ हजार ६ सय रोपनी जग्गा काठमाडौं उपत्यका र आसपासका जिल्लामा रहेको छ  । तराईको रौतहट र सर्लाहीमा पूर्वपश्चिम राजमार्गनजिकको आवादीसमेत भए पनि १ हजार १ सय बिघा जमिन कोषले अधीनमा लिनसकेको छैन । पहल गरेर कुत मात्र उठाउने हो भने पनि बर्सेनि अर्ब रुपैयाँ उठ्ने दाबी छ । तराईको के कुरा, गोठाटारको ५ सय ३५ रोपनी जग्गा सरकारले कोषलाई पशुपतिको गुठी कायम गर्न हस्तान्तरण गरे पनि मन्त्रिपरिषद्बाट कोषमार्फत गुठीमा ल्याउन पहलसमेत गर्न नसक्दा अर्बौं रकम खेर गएको छ । भण्डारखाल, आसपास…

Read More

मानव वेचविखनमा संलग्न कँडेल पक्राउ

काठमाडौं, २८ फागुन । मानव वेचविखन तथा ओसारपसार कार्यमा संलग्न ललितपुर, ईमाडोल–५ बस्ने सुर्खेत बाबियाचौर गाविस–६ का ४० वर्षीय खडानन्द कँडेललाई शुक्रबार महानगरीय अपराध महाशाखाको प्रहरीले पक्राउ गरेको छ । प्रहरी केन्द्रका अनुसार ओमनमा बेचिएर नेपाल फिर्ता आएकी महिलाले कँडेलविरुद्ध मानव वेचविखन तथा ओसारपसार मुद्दामा जाहेरी दिएपछि अनुसन्धानमा खटिएको प्रहरीले उनकै डेरा कोठाबाट उनलाई पक्राउ गरेको हो । कँडेलले २ वर्ष अगाडिदेखि श्रम स्वीकृत नलिई नेपालबाट महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी खाडी मुलुकमा पुर्याउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । साथै फागुन १४ गतेदेखि निजले कुवेत पठाउन भनि आफ्नै डेरा…

Read More

पुष्प कमल दाहाल ‘प्रचण्ड’ द्वारा होलिको शुभकामना ब्यक्त

काठमाडौं, २९ फागुन । फागु पुर्णिमा (होली पर्व) २०७३ को अवसरमा प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’  ले होलिको शुभकामना ब्यक्त गरेका छन् । प्रचण्डको वेबसाईट मार्फत होलिको शुभकामना ब्यक्त गरेक हुन : फागु पुर्णिमा (होली पर्व) २०७३ को अवसरमा म सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा सुख, शान्ति र समृद्धिकालागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरुले भरिएको सुन्दर देश हो। अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा पहिचान हुन्। यहाँका प्रत्येक जातजाति र धर्मावलम्बीहरुका आ आफ्नै साँस्कृतिक महत्व बोकेका मौलिक परम्परा छन्। हाम्रा चाडपर्वहरुले समुदायबीच सद्‍भाव बढाउछन्। समुदायलाई…

Read More

एकल युद्द कविता वाचन खोटाङमा पनि ; कविताको नयाँ स्वाद

  खोटाङ , २९ फागुन । खोटाङको जिल्ल सदरमुकाम दिक्तेलमा फागुन २८ गते युद्द कवि नरेश काङमाङको एकल युद्द कविता वाचन सम्पन्न भएको छ । टेम्के तुवाचुङ प्रतिस्ठानको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा काङमाङले १६ ओटा युद्द कविता र ३ ओटा समसामयिक गरि १९ ओटा कविताहरु सुनाएका थिए । लगातार एक घन्टा पन्ध्र मिनेट सम्म कविता सुनाएर भोजपुरका युद्द कवि काङमाङले खोटाङमा कविताको नयाँ स्वाद पस्किएका थिए । ” युद्द अघि र युद्द पछिका विषयवस्तु समेटेर लेखिने कविता युद्द कविता हो । यो मुलत: आदिबासिहरु मात्र किन…

Read More

हलेसिमा एक भुटानिको मृत्यु

खोटाङ, २९ फागुन । पुर्वको पशुपती मानिने खोटाङको हलेसी दर्शन गर्न आएका एक भुटानी बौद्धमार्गीको मृत्यु भएको छ । भूटान थिम्पुका पीपीजी नम्बर ९९३५१ भएका सांगे छिरिङको गत शुक्रबार राती मृत्यु भएको हो । हलेसी दर्शन गरेर शनिबारको बन्द भएको कारण शुक्रबार राती नै बसमा चढेर फर्कन लाग्दा ती बौद्धमार्गी तिर्थयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नबिनकिशोर प्रधानले बताउनुभयो । बौद्धमार्गीको हृदयघातका कारण मृत्यु भएको अनुमान गरिएको छ । किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको त्रिबेणीस्थलकारुपमा रहेको हलेसीमा दर्शनका लागि शुक्रबार बिहान १०५ जना भुटानी बौद्धमार्गी आएका उद्योग बाणिज्य…

Read More

ससफो नेपालका केन्द्रिय उपाध्यक्ष सहित करिब सत्तरी जना पक्राउ

काठमाडौं २७, फागुन । सप्तरी घटनाको विरोधमा सँघिय गठबन्दनले आज गरेको बन्दको क्रममा प्रहरीले संघीय समाजवादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष हेमराज राई र महासचिव रणध्वज कन्दङ्वा सहित राजधानिका विभिन्न ठाउँबाट जरिब सत्तरी जना बन्दकर्तालाइ गिरफ्तार गरी हिरासतमा लिएको छ । सप्तरीमा प्रहरीले चलाएको गोली लागी चार जनाको मृत्यु र दर्जनौं जनता गम्भीर भएको घटनाको विरोधमा संघीय गठबन्धनले आज शान्तिपूर्ण रुपले नेपाल बन्द आह्वान गरेकोमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । बन्दकर्ताहरुलाइ ललितपुरको पुल्चोकबाट फोरम नेपालका उपाध्यक्ष राई, महासचिब कन्दङ्वा, राजनीतिक समिति सदस्य धिरेन्द्र बहादुर श्रेष्ठ पक्राउ परेका छन् । केन्द्रीय…

Read More

महुरेगढी गाउँपालिका स्थापनाको लागि पुन : आन्दोलन

By: नाकारा खोटाङ, १८ फागुन । जिल्लाबाट स्थानिय प्राविधिक सहयोग समितिले सिफारिस गरेको महुरेगढी गाउँपालिका हटाइ स्थानिय तह पुन: संरचना आयोगले लाँमिडाँडा गाउँपालिका बनाएर सरकार समक्ष प्रतिवेदन बुझाएको बिरोधमा पुन: आन्दोलन शुरु भएको छ । गत आइताबारदेखी आयोगको सिफारिस विरुद्द बुइपा, बिजयखर्क, राजापानी र नुनथलाका स्थानियबासिहरु हलेसी हुँदै आएको मध्यपहाडी लोकमार्गको बिजुले – दिक्तेल सडक खण्ड र माहुरेगढी हुँदै गाइघाट जाने सडकको दिक्तेल – रेग्मिटार सडक खण्ड बिहान आठ बजेदेखी बेलुकी पाँच बजेसम्म बन्द गरि दोश्रो चरणको आन्दोलनमा उत्रिएका हुन । फागुन १७ गते सोमबारदेखी स्थानिय शैक्षिक सँस्था, बजार पसल…

Read More

छैटौँ सिर्जना संवाद सम्पन्न

खोटाङ, फागुन -९  । टेम्के तुवाचुङ प्रतिष्ठान र खोटाङ गजल मञ्चले आयोजना गर्दै आएको नियमित सिर्जना संवाद कार्यक्रमको छैटौँ शृङ्खला फागुन छ् गते सम्पन्न भएको छ । बालसेवा समाज नेपालको कार्यक्रम हलमा संचालित कार्यक्रममा जिल्लाका अनिल किराँती , शरण खत्री मृदुल, प्रमोद श्रेष्ठ, सबिता भुजेल, शुसिला निनाम, युनिक साम्पाङ, सीता थुलुङ, रेखा क्षितिज , प्यास्पी चाम्लिङ, जयन्ती जुब्ली, नाकारा लगायत अन्य दर्जनौँ सर्जकहरुले आआफ्नो सिर्जनाहरु – गजल एवँ कविताहरु सुनाएका थिए । त्यस्तै गरि खोटाङका वरिष्ठ गाएक एवँ सङ्गितकार पृथी जिम्बा , पुर्बेली सङ्गीत बिध्यालयका राजन पुर्बेली साथै गितकार गिरिराज…

Read More

कलेज जाँदै गरेकी छात्रामाथि बलात्कारको प्रयास गर्ने पक्राउ

खोटाङ, ८ फाल्गुन । कलेज जाँदै गरेकी एकछात्रालाई जबरजस्ती करणी गर्न खोज्ने जिल्लाको सुदुर उत्तरी गाविस बाकाचोल – ७ का ३० वर्शिय मिनबहादुर पुरी पक्राउ परेका छन् । छिमेकी गाविस ऐंसेलुखर्कस्थित त्रिभुवन माविमा अध्यानरत छात्रालाइ बाकाचोल र ऐसेलेखर्कको सिमानामा पर्ने छेर्लुमा ढुङ्गाको भिरमा साथिलाई पर्खिरहेको बेला पुरिले भेटी जबर्जस्ती करणी गर्न खोजेको पिडित छात्राले बताएकी छन् । कक्षा १२ मा अध्ययनरत छात्रालाई जबरजस्ती करणी गर्न पुरीले लछारपछार गर्दैगर्दा स्थानीय तीन जना आएर उद्धार गरेका प्रहरीले जनाएको छ । स्थानीयको उद्धारपछि घर फर्किएकी छात्राले इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कमा दिएको उजुरीको आधारमा…

Read More

इन्द्रेणीपोखरीमा ढाका बुनाई तालिम उद्घाटन

इन्द्र नाराथुङ्गे, खोटाङ, ३ फागुन । खोटाङ जिल्लाको दक्षिण-पूर्वी गाविस इन्द्रेणीपोखरीमा आज ६ महिने ढाका बुनाई तालिमको उद्घाटन भएको छ । घरेलु विकास समिति खोटाङ र गाउँविकास समितिको साझेदारीमा शुरु भएको ढाका बुनाई तालिमको उद्घाटन इन्द्रेणीपोखरी मा।वि। व्यवस्थापन समितिका अध्यक्ष टंकप्रसाद खतिवडाले गर्नु भएको हो । महिला सञ्जाल इन्द्रेणीपोखरीले ब्यवस्थापन गरिरहेको तालिममा विभिन्न वडाबाट छानिएर आएका १० जना प्रशिक्षार्थीहरु सहभागी हुने छन् । सहभागीहरुलाई रामकुमारी राईले प्रशिक्षण दिनु हुने छ । उद्घाटन कार्यक्रममा घरेलु विकास समितिको समेत प्रतिनिधित्व गर्नु हुँदै प्रशिक्षक राईले ढाका बुनाई सम्बन्धि विविध विषयमा जानकारी दिनु भयो…

Read More

रेडियो लाङटाङ तेश्रो बर्षमा प्रबेश

काठमाडौं, १ फागुन । रसुवा जिल्लामा प्रशारणमा रहेको जिल्लाकै पहिलो सामुदायिक रेडियो लाङटाङ आजवाट तेश्रो बर्षमा प्रबेश गरेको छ । रसुवा जिल्लाको स्थानिय गैर सरकारी संस्था पर्यटन बिकास तथा संचार केन्द्रद्वारा संचालित रेडियो लाङटाङ ९०थोप्लो ३ मेघाहर्ज तेश्रो बर्षमा प्रबेश गरेको हो । यो उपलक्ष्यमा रेडियो संचालक समितिका कार्यबहाक अध्यक्ष जितेन्द्रमान श्रेष्ठले आज एक बिज्ञप्ती प्रकासित गर्दै छोटो अवधिमै कायम गरेको रेडियोको लोकपृयतालाइ कायम राख्न स्थानिय एवं नुवाकोट , धादिङलगायतका श्रोताको माग अनुसार नयाँ खालको कार्यक्रम पस्कने बताउनु भयो । कार्यबहाक अध्यक्ष जितेन्द्रमान श्रेष्ठले जारी बिज्ञप्तीमा भनिएको छ , “हामीलाई…

Read More