आजको कान्तिपुर दैनिकीमा सम्पादकीयः हुम्लीको नियती

९ असोज  । सबैभन्दा ठुलो चाड दसैलाई उल्लासपुर्वक मनाउन अधिकांस नेपालीले सुरसार गर्न थाल्दा हुम्ला जिल्लाक वासिन्दालाई भने चामल जुटाउने चिन्ताले पिरोल्छ । चाडपर्वमा दुई छाक भए पनि चामलको भात परिवारर्लाइ खुवाउने रहरले उनीहरु भौतारिन थाल्छन । हुम्लीले यो बर्षौदेखि भोग्दै आएको नियति हो । तर न चामाललाई प्राथमिकता दिने उनीहरुको संस्कार बदलिएको छ, न त सरकारले नै उपलब्ध हुने प्रबन्ध नै मिलाउन सकेको छ । त्यहाको आवश्यकता आकलन गरेर पर्याप्त कोटा छुटयाउँदै जतिसक्दो छिटो चामल खाख् संस्थानका डिपोहरुमा पुर्याउनुपर्छ । त्यहाँ पुर्याईने चामल सित्तैमा बाँडिन होईन, ढुवानी अनुदानमा मात्रै…

Read More

११६ वर्षीय भैरवले मतदान गरे

काठमाडौं , २ असोज । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत सर्लाही जिल्लाको हर्कटवा जनता आधारभूत माध्यमिक मतदान केन्द्रमा ११६ वर्षीय भैरवबहादुर दमाईंले मतदान गरेको सूचना प्राप्त भएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्र (जे.इ.ओ.सी.) बाट प्राप्त जानकारीअनुसार उहाँले बिहानै उक्त मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

Read More

दसैं किन मनाउन मान्दैनन लिम्वूवानका लिम्बुहरु

केदार उप्रेती — लिम्वू वुढापाकाहरुका अनुसार पहिले दशै लिम्वूहरुले मान्दैन थिए । लिम्वूहरु आफनो मौलिक चाड पर्वहरु मान्ने गर्दथे । वि सं १८३१ पछि लिम्वूहरुलाई दशै चाड मान्न लगाईएको विभिन्न लिम्वूवानमा पाईने पुराना कागजपत्रहरुमा उल्लेख गरिएको भेटिन्छ । पुर्वमा वसोवास गर्ने किरात लिम्वूहरुले दशै नमान्दा गोरखा राजावाट विभिन्न कार्वाहीहरु हुने भएकोले दशै पर्व लिम्वूहरुलाई जवरजस्ती मान्न लगाईएको मुन्धुमविद भरत तुङ्घङ वताउँछन् । वि स १८३१ सालमा लिम्वूवान गोरखाका शाह राजाले षडयन्त्रपुर्वक लिम्वूहरुसंग सम्झौता गरी अरुण कोशी पुर्वको लिम्वूवान भु–भाग माथि अधिकार जमाए । त्यस पछि लिम्वूवानका विभिन्न क्षेत्रहरुमा आफनो किल्ला…

Read More

कार्यालय परिसरमा मन्दिर बनाउन नपाउने

खोटाङ, भदौ २८ । खोटाङ जिल्ला समन्वय समीती र आदिवासी जनजाति महासंघ, खोटाङ विच हिजो बसेको बैठकले समन्वय समीतीको कार्यालय परिसरमा कुनै पनि मन्दिर बनाउन नपाउने सहमति भएको छ । खोटाङ जिल्ला समन्वय समीती कार्यालय परिसरमा हिन्दु मन्दिर निर्माण शुरु भए पछि आदिवासी जनजाति महासंघ खोटाङले विरोध जनाउदै गत जेठ २९ गते निर्माण कार्य स्थगित गर्न ज्ञापन पत्र बुझाएको थियो । बन्दै गरेको मन्दिरलाई मन्दिर नबनाई अन्य प्रयोजनमा ल्याउन जिल्ला समन्वय समीतीबाट ३ जना र आदिवासी जनजाति महासंघबाट ३ जना गरी ६ सदस्य कार्यदल समिति समेत बनेको छ ।

Read More

लेख/विचार – एबोर्सनको टेबलमा गोर्खाल्याण्ड

एबोर्सनको टेबलमा गोर्खाल्याण्ड –बी . पी. बजगाइँ [लेख शुरु गरिन अघि सानो नोट: धेरैले म्यासेन्जर र वाट्सएपमा सोधे, ‘तपाईं आजकल किन मौन?’ यो लेख मैले अप्ठ्यारो परिस्थितिमा लेखेको हो| मेरो लेख्ने हातहरू बाँध्ने कुचक्र चल्दैछ| यसैले मैले अप्ठयारो परिस्थितिमा समयको अभाव र सुरक्षालाई ध्यानमा राखेर घटनाको अधिक व्याख्या नगरि लेखिएको यस यस लेखलाई जातीय हीतमा गम्भीरतापूर्वक पढ़िदिनुहोस्| समयको हुरी चल्दैछ| कसैलाई होच्याउन, सानो पार्न यो लेख लेखिएको होइन| यहाँ कसैको नाम आएको छ भने त्यसलाई नकारात्मक रूपले होइन तर सकारात्मक रूपले सुधारको दृष्टिले हेरौं| देखिएका एघार यथार्थलाई बताएर अन्तमा सबैलाई…

Read More

लेख -हिन्दु माफियाको नाङ्गो अतिक्रमण

हिन्दुमाफियाकाे नङ्गाे अतिक्रमण – बलदिप प्रभाश्वर चाम्लिङ धर्मका आडमा अरूलाई भुसुनाजत्ति पनि नपत्याएर यहाँ हिन्दुमाफियाले नाङ्गाे अतिक्रमण गरेका छन् । कुनै पनि विमानस्थलकाे परिसरभित्र कुनै पनि संरचनाहरू निर्माण गर्न पाइन्न । त्याे पनि अन्तर्राष्ट्रिय विमानस्थलकाे परिधिभित्र झनै कडा नियम हुन्छ । त्यस्ताे क्षेत्र त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सार्वजनिक स्थल हाे । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे भूपरिसरमा अतिक्रमण गरिएकाे छ । याे तलकाे तस्वीरमा देखिएकाे हिन्दुमन्दिर र त्यस छेउमै ठड्याइएकाे महल हाे । याे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे दक्षीण-पश्चिम(काेटेश्वर तीनकुने) परिसरमा मिचेर बनाइएकाे छ । याे नाङ्गाे अपराधिक हर्कत विरूद्ध किन बाेल्दैन,…

Read More

यस्तो छ रहस्य मन्दिरको हरेक टुडालमा किन कुदिन्छ यौनजन्य कला ?

टुडालको उद्देश्य छानो दरिलो बनाउने हो तर त्यसमा राखिएका यौन दृश्य भने सबैलाई आश्चर्य लाग्न सक्छ । प्याकोण वा प्यागोडा शैलीमा बनाईने मन्दिरका छानामा बढी माटाका टायलहरुको प्रयोग हुनेहुँदा बर्खा याममा पानीले पर्खालहरु गल्ने र भत्किने डरले प्रयोग गरिने दरिला काठमा यौनका कलाकर्म देखाउने कुनो कसरी बन्न थाल्यो ? यो सबैको चासोको विषय हो । सुरुमा टुडालमा शरीरका विभिन्न मोडका मात्रै आर्कषक कलाहरु बनाइन्थ्यो । हिन्दु धर्ममा यसरी तले मन्दिरका टुंडालमा कला कुद्ने काम भने बौद्ध धर्मबाट आएको मानिन्छ । पहिले–पहिले वनदेवीले भिक्षुुहरुको रक्षा गरेको र पछि हिन्दु संस्कृतिमा वनदेवीलाई…

Read More

टीकापुर घटनाका पीडितलाई सरकारको क्षतिपूर्ति

जिल्ला प्रशासन कार्यालय कैलाली शुक्रबारदेखि टीकापुर घटनाका आगजनी पीडितहरुलाई राहत क्षतिपुर्ति रकम वितरण सुरु गरेको छ। इलाका प्रशासन कार्यालयमार्फत पहिलो दिन ४० जना पीडित परिवारलाई रकम वितरण गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए। २०७२ भदौ ८ गते भएको आगजनीमा ८६ थारु परिवारको ठूलो क्षति भएको थियो। जुन क्षतिको क्षतिपूर्ति स्वरुप उनीहरुलाई १० करोड ८३ लाख ४८ हजार ८ सय १६ रुपैयाँ वितरण गर्न लागिएको हो। पछिल्लो दिनमा विवाद नहोस् भनेर सबै पीडित परिवारहरुलाई चेकमार्फत वितरण गर्न लागेको बताउँदै प्रजिअ रिजालले पहिलो दिन सात करोड रकम वितरण गरिएको…

Read More

कविता / लु त जवाफ देउ

लु त जवाफ देउ… -बी .पी. बजगाईँ ए राज्य सत्ता! मलाई थाहा छ, तिमी हाम्रो मृत्युको उत्सव मनाउने तयारीमा लागेको छौ, यहाँ भेला भएर हामी तिमीलाई नयाँ आकार दिने तयारीमा लागेका छौं| हामीलाई कँज्याउन भनेर भरौटे मार्फत तिमीले तर्कको चुनौतीको कुतुब मिनार नै यहाँ गाड्यौ, आज त्यहीं उभिएर म तिमीलाई प्रश्न गर्दैछु ए सत्ता! सक्छौ भने जवाब देउ…. १८१७ मा कम्पनीले सिक्किमसँग गरेको तितालिया सन्धिमा तिम्रो मान्छेको उपस्थिति देखाउ… तितालिया सन्धि नै हाम्रो उपस्थितिको लालमोहर हो| १८६१ मा एस्ले एडनले सिक्किमसँग गरेको तुम्लुङ सन्धिमा तिम्रो मान्छेको उपस्थिति देखाउ… तुम्लुङको सन्धि…

Read More

रङ्गभेद र दासताको मर्मभेदी उपन्यास -“बिलोभेड “

रङ्गभेद र दासताको मर्मभेदी उपन्यास -” बिलोभेड ” -होमर श्रेस्ठ (टोनि मरिसन , उपन्यासकार स्वयं नारी हुन् उनि अमेरिकी उपन्यासकार, सम्पादिका, शिक्षिका र प्रिन्सेटन युनिभर्सिटिकी निवृत्त प्राध्यापक हुन्। (T. Morrison is an American novelist, editor, teacher, and Professor Emeritus at Princeton University.) र उपन्यासको प्रमुख चरित्रपात्र पनि नारी नै छ! केही अध्ययनशील फेसबुक-मित्रले टोनी मरिसनकृत ‘बिलोभेड’को कथावस्तुको निष्कर्ष स्येर गर्न (सुटुक्क) अनुरोध गर्नुभएकोले पोष्ट गरेको हुँ। आशा छ—यस उपन्यासको विषयवस्तु मन पराउने मित्रहरूले यो कृति आद्योपान्त आफै पढेर पूर्ण रसस्वादन गर्नुहुनेछ! यो अत्यन्त पोसिलो कृतिहरूमध्ये एक हो भन्ने कुरो सर्व-विदित…

Read More

पुर्ण खोपयुक्त वडा घोषणा

खोटाङ, १७ जेठ । रुपाकोट मझुवागढी वडा नँ १३ नुनथला खोटाङलाइ पुर्ण खोपयुक्त वडा घोषणा गरिएकोछ । “स्थानिय श्रोतको उपयोग स्वामित्व र सहभागिता , पुर्ण खोपयुक्त रुम नपा १३, हाम्रो प्रतिबद्दता ” भन्ने नाराकासाथ आज जालपा मावी नुनथलाको कार्यक्रम हलमा एक कार्यक्रमगरी घोषणा गरिएको हो ।

Read More

शिक्षण सिकाइको सन्दर्भमा भाषाको वर्गिकरण

–अमृत योन्जन तामाङ्ग , भाशाशास्त्री —— शिक्षण सिकाइको सन्दर्भमा भाषाको वर्गीकरण गत हप्ता शिक्षाशास्त्रीहरुको छलफलमा एक जना नामुद शिक्षाशास्त्रीले पहिलो भाषा दोस्रो, तेस्रो, चौथो र पाँचौ भाषाको कुरा गर्नु भयो। म त तिन छक परे। कुरा त्यस्तो होइन। शिक्षण सिकाइको सन्दर्भमा भाषा चार प्रकारका हुन्छन्। एउटा बालकले आफ्नो आमाको काखबाट प्राप्त गरेको भाषा उसको पहिलो भाषा हो । यसलाई मातृभाषा पनि भनिन्छ । घरआंगन र परिवारमा पहिलो भाषाको प्रयोग हुन्छ। उमेर बढने क्रममा उसको परिवेश फराकिलो हुन्छ र साथीको भाषा पनि बोल्न थाल्दछ। यो उसको दोस्रो भाषा हुन्छ। परिवेशअनुसार दोस्रो…

Read More

मत्स्येन्द्रनाथको जात्रा सम्पन्न

काठमाडौं, ११ जेठ । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मत्स्येन्द्रनाथको जात्रा आज ललितपुरको जावलाखेलमा  सम्पन्न भएको छ । भोटो देखाउने प्रचलन रहेकोले यो जात्रालाई भोटोजात्रा पनि भनिन्छ । आज भोटो देखाएसंगै उपत्यकाकै सवैभन्दा लामो जात्राका रुपमा परिचित मत्स्येन्द्रनाथको जात्रा सकिएको छ । जात्रा अवलोकन गर्न राष्ट्रप्रमुख विद्या देवी भण्डारी तथा उच्च पदस्थ सरकारी अधिकारीहरु ललितपुरको जावलाखेल पुगेका थिए ।लिच्छवीकालीन राजा नरेन्द्रदेवको पालादेखि  राजा (राष्ट्र अध्यक्ष) भोटोजात्राको प्रमुख अतिथि बन्ने परम्परा छ ।  भुतप्रेत पन्छाउन भोटोजात्राको अघिल्लो दिन रथ वरिपरि भात छर्ने गरिन्छ । जावलाखेलको नाम पनि यही भात…

Read More

त्रि.वि. किर्तिपुरमा किरात उभौली सम्पन्न (भिडियो)

काठमाडौं, १० जेठ । किरात राई विधार्थी संघ, त्रि.वि. ईकाई समितिको आयोजनामा बुधबार त्रिभुवान विश्वविद्यालय परिसरमा किरात उभौली साकेला भव्य रुपमा सम्पन्न भएको छ ।  किर्तिपुरमा विद्यार्थी लगायत किरातीहरु भेला भई उभौली साकेला मनाएका हुन् । सो कार्यक्रममा किरात राई यायोख्खा, केन्द्रिय उपाध्यक्ष टिकासरी राईले विस वर्ष पछि भएको स्थानिय तहको पहिलो चरणको निर्वाचनमा सन्तोषजनक परिणाम नआएको हुनाले अब हुने दोश्रो स्थानिय तहको निर्वाचनमा हामी (किराती) हरुले ध्यान दिनु पर्ने बताउनु भयो । त्यस्तै किरात राई विद्यार्थी संघ, त्रि.वि. ईकाई समितिका अध्यक्ष अनन्त बाहिई राईले त्रिभुवान विश्वविद्यालय परिसरमा किरात उभौली साकेलाको…

Read More

इतिहास र आफ्नोपन भूल्दा पहिचानमा समस्या : कोइँच कि सुनुवार ?

–कोइँचबु काःतिच (उत्तम) ।। साङसो ।।चुपलु होपो, दुपलु होपो, मुसो होपो, फुसो होपो, थालो होपो ।सारिङ मुइलि, जातना मुइलि, दुमा मुइलि ।। पछिल्लो समय सुनुवार भन्दा गर्व गर्ने कि कोइँच भन्दा गर्व गर्ने भन्ने सवाल जोडतोडले उठेको छ । वास्तवमा अहिले मुखिया, दुवालबन्दी शिकारी, सुनुवार, मार्पाचे राई भनेर आफुलाई चिनाउनेहरु ‘कोइँच’ हुन् । यो नितान्त बौद्धिक वहस हो । खस भाषाको सुनुवार जातीय नामले आदिवासी जनजातिको पहिचान दिँदैन । सुनुवारको अर्थ खोज्यौं भने सुनकोशी वरिपरि वस्ने जाति भनेर चिनिन्छ । तर सुनकोशी नाम नै धेरै पछाडि अर्थात् गोर्खा राज्यको विस्तारसँगसँगै…

Read More

साकेलाको उत्पति -निनाम्मा राई

सृष्टिकालमा किरातमोङ मात्र हुनुहुन्थ्यो । यो सारा संसार पुरै शुन्य, खाली थियो । यहाँ केही पनि थिएन । त्यसले किरातमोङलाई न्यास्रो बनायो । उहाँले पृथ्वी–आकाशको कल्पना गर्नुभयो । उहाँ तुरुन्तै ध्यानमा बस्नुभयो । त्यो ध्यानाकृष्ट शक्तिबाट उहाँले पृथ्वी–आकाशको उत्पत्ति गर्नुभयो । त्यसपछि उहाँले आफ्नो श्वासबाट हावा, आँसुबाट पानी, रीसबाट आगो, मष्तिष्कबाट ग्रह, तारा, आकाश आदि को उत्पत्ति गर्नुभयो । त्यो हावा, पानी र आगोको समिश्रणबाट उहाँले कुहिरो–बादलले पृथ्वी–आकाशलाई ढाकेर राख्यो । उहाँले धेरै वर्षसम्म पृथ्वी–आकाशलाई हेर्न पाउनु भएन । पृथ्वी–आकाशलाई हेर्न नपाउनु भएपछि उहाँ रिसाउनुभयो । उहाँले तुरुन्तै हावा, हुरी…

Read More

सुरु भयो उभौली साकेला

भिम राई किराती समुदायको महान पर्व साकेला उभौलि आज देखि सुरु भएको छ । हरेक बैशाख पूर्णिमाको दिन मनाइने यो पर्ब विशेष गरेर पूर्वक्षेत्रमा मनाइन्छ । किराती समुदायले वसोवास गर्दै आएका क्षेत्रहरुमा मनाइने यो पर्व वर्ष दुई पटक मनाइन्छ । किरात राईहरुले साकेवा, साकेन्वा, साखेल, तोष, तोसी आदी नामले चिनिने यो पर्वमा सुनुवार राई, लिम्बु समुदायमा समेत उतिकै महत्वका साथ मानिदै आएको छ । किरात राइहरुको बर्षमा मनाइने मुख्य दुइवटा पर्बहरु मध्ये एउटा उभौली हो भने अर्काे उधौली । प्रकृति पुजक किराती समुदायमा यी दुबै पर्बहरुलाई प्रकृतिसँगै जोडेर हेर्ने प्रचलन…

Read More

प्रचण्डले चालेको “A” एक्का बाबुराम

——— एरिका चाम्लिङ—– ——– डा.बाबुराम भट्टराई स्यंमले संघर्ष गर्दै जन्माएर हुर्काएको माओवादी पार्टी २०७२ असोज ९ गते पार्टी परित्याग गर्ने कुरो चानचुने थिएन । जसले मिडिया र आम नागरिकमा समेत निकै ठूलो कम्पन पैदा गर्यो । बाबुरामले प्रचण्ड सङ्गको झण्डै ३० बर्ष लामो सम्बन्धलाइ बिट यसरी मार्नु निकै ठूलो झड्का थियो आम जनताहरुमा । बाबुरामले किन यसो गर्यो भन्ने आलोचना र कौतुहलताले अनेक राजनीति विश्लेषकहरुले अनेकौ विश्लेषण गर्ने मौका समेत पाएको थियो । यद्यपि बाबुरामले माओवादि छोड्नु पर्ने कुनै असुन्तुष्ठी कारण भने थिएन तर भन्नलाइ “संबिधान जनहितकारी नभएको ” भनेर…

Read More

किरात पहिचानको सार्थकता

–बलद्विप प्रभाश्वर चाम्लिङ्ग ……………………. काठमाडौं खाल्डाेमा बसेर पुस्ताैपुस्ता हजाराैं वर्ष किरातीले शासन गरेकाे कुरा त व्याख्या गरिरहनु परेन । नेपालकाे आधुनिक प्रशासनिक राज्यसंयन्त्रकाे सुत्रपात किरात शासनकाल थियाे । छुट्टाछुट्टै प्रशासनिक निकायबाट त्यससंग सम्बन्धित विषयहरूमा प्रशासनिक काराेबार हुनुपर्ने प्रशासनकाे अवधारणाकाे विजाराेपन किरातले नै गरेका थिए । जस्ताे “कुथेर”, “लिङवल”, “शुल्ली” र “मापचाेक” जस्ता किरात शब्दका अधिकरण किरातकालमा नै स्थापना भएका थिए । यी प्राधिकरणहरूले जग्गाजमीन, सिंचाइ , न्याय र विवाह सम्बन्धि सेवा प्रदान गर्थे । हिजाेअस्तिसम्म काठमाडौं देखि पूर्वका नेपालाई किरात (वल्लाे किरात, माझ किरात र पल्लाे किरात) नै भनिन्थ्याे ।…

Read More

किरातहरुको मुद्दुमी आदिम थलो नियामा ; नेपालको तराई कि चिनको ह्वाङ-हो नदिको उपत्यका ?

———-भोगीराज चाम्लिङ ————–मौखिक रूपमा एकदेखि अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको मुदुम मा इतिहासभन्दा पुराना प्राग्ऐतिहासिक स्थानहरूको उल्लेख हुने गर्छ । एक हिसाबले मुदुम हजारौं वर्षअघिको किरातहरूको यात्रावर्णन पनि हो । यात्रावर्णनमा उल्लेख हुने स्थानका आधारमा किरातहरूको आदिमथलो र बसाइँसराइको मार्गबारे अध्ययन गर्न सकिन्छ । खासमा ती स्थानहरूलाई किरातहरूको प्राग्इतिहास चिह्याउने आँखीझ्याल भनिदिए पनि फरक पर्दैन । त्यस्तै एउटा आँखीझ्याल हुन सक्छ नियामा । प्रायः किरात राईहरुको मुन्दुममा आदिमथलोको रुपमा वर्णन हुने यो ठाउँ कहाँ पर्ला भन्नेबारेमा केही अध्येयताहरुले अध्ययन गर्ने प्रयत्न पनि गरेका छन् । तर, ती अनुमान र सामान्य…

Read More

कविता – देशमण्ड टुटुको दृश्टिबाट काठमाडौँको नेवा:लाई हेर्दा

————– शंकर लिम्बू ———————- उनीहरु रित्तो हात, मित लगाउँदै आए, हामीले मित छोरा त छौरा नै हो भनी पाल्यौँ पोस्यौँ । उ लक्का जवान भएपछि…. हामीले इन्द्रजात्राको पर्व मान्दै गर्दा, हामी निहत्था भएको बेला खुँडा र तरवार ल्याएर आए, हामीलाई जो हुकुम, जो निगाह भन्न लगाए.. मीत छोरा त छोरा जस्तै हो भनी, जो हुकुम जो निगाह भन्यौँ । त्यसपछि खाली हात नै जयनेपाल र लालसलाम भन्दै, उसका शाखा सन्तान आए, हितेरी मितेरी नै हो भनी जयनेपाल पनि भन्यौँ लालसलाम पनि भन्यौं । जुन दिन जयनेपाल र लालसलाम पस्यो, हामी…

Read More

चुच्चेपाटीको भूकम्प पीडितका छाप्राहरु भत्काइयो

एविसि खबर, काठमाडौं, १ चैत । करिब २ वर्ष अगाडि गएको विनासकारी भूकम्पपछि आश्रय स्थल बनेको काठमाडौंको चुचेपाटी स्थित ताराचौरका भूकम्प पीडितहरुको अस्थायी टहरा सरकारले हटाएको छ । भूकम्प पीडितहरुले प्रयोग गर्दै आएको उक्त ठाउँमा वसोवास गर्दै आएका पीडितहरुलाई पूर्वजानकारी दिइएपनि अटेर गरेर बसेको भन्दै लगभग ३ सयको हाराहारी प्रहरी परिचालन गरेर दुइवटा जेसिबि स्काभेटरले सबै टहरा भत्काइएको हो । पीडितहरुले भने आफूहरुलाई पुर्व सूचना पनि नदिई बिहानै आएर टहरा भत्काई दिएको गुनासो गरेका छन् । उनीहरुले आफै सर्ने तरखरमा रहेपनि प्रशासनले जर्बजस्ती गरेको आरोप लगाएका छन् । ‘हामीलाई वस्ने…

Read More

पशुपतिको जग्गा कहाँ कति ?

काठमाडौं, १ चैत । पशुपति क्षेत्र विकास कोषको ४ हजार ६ सय रोपनी जग्गा काठमाडौं उपत्यका र आसपासका जिल्लामा रहेको छ  । तराईको रौतहट र सर्लाहीमा पूर्वपश्चिम राजमार्गनजिकको आवादीसमेत भए पनि १ हजार १ सय बिघा जमिन कोषले अधीनमा लिनसकेको छैन । पहल गरेर कुत मात्र उठाउने हो भने पनि बर्सेनि अर्ब रुपैयाँ उठ्ने दाबी छ । तराईको के कुरा, गोठाटारको ५ सय ३५ रोपनी जग्गा सरकारले कोषलाई पशुपतिको गुठी कायम गर्न हस्तान्तरण गरे पनि मन्त्रिपरिषद्बाट कोषमार्फत गुठीमा ल्याउन पहलसमेत गर्न नसक्दा अर्बौं रकम खेर गएको छ । भण्डारखाल, आसपास…

Read More

मानव वेचविखनमा संलग्न कँडेल पक्राउ

काठमाडौं, २८ फागुन । मानव वेचविखन तथा ओसारपसार कार्यमा संलग्न ललितपुर, ईमाडोल–५ बस्ने सुर्खेत बाबियाचौर गाविस–६ का ४० वर्षीय खडानन्द कँडेललाई शुक्रबार महानगरीय अपराध महाशाखाको प्रहरीले पक्राउ गरेको छ । प्रहरी केन्द्रका अनुसार ओमनमा बेचिएर नेपाल फिर्ता आएकी महिलाले कँडेलविरुद्ध मानव वेचविखन तथा ओसारपसार मुद्दामा जाहेरी दिएपछि अनुसन्धानमा खटिएको प्रहरीले उनकै डेरा कोठाबाट उनलाई पक्राउ गरेको हो । कँडेलले २ वर्ष अगाडिदेखि श्रम स्वीकृत नलिई नेपालबाट महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी खाडी मुलुकमा पुर्याउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । साथै फागुन १४ गतेदेखि निजले कुवेत पठाउन भनि आफ्नै डेरा…

Read More

खोटाङमा दुई नगरपालीका, आठ गाँउपालिका (हेर्नुहोस पुरा विवरण)

एबिसी खबर काठमाडौं, २८ फागुन । खोटाङमा दुई वटा नगरपालीका तथा आठ वटा गाँउपालिका बनाईएका छन् । सरकारले २०७३ फागुन २७ गते राजपत्रमा सूचना प्रकाशित गरी सात सय ४४ स्थानीय तह बनाएको घोषणा गरेको हो । राजपत्रमा प्रकाशित भएसँगै मुलुक संघीयतामा प्रवेश गरेको छ भने २५ वर्षदेखि गाविस र नगरपालिका बनाइएका स्थानीय निकाय शुक्रबार बाटै खारेज भएका छन् । जिल्ला विकास समितिलाई जिल्ला भित्रका गाउँपालिका र नगरपालिकाको समन्वय गर्ने गरी जिल्ला समन्वय समितिमा परिणत गरिएको छ । हेर्नुहोस पुरा विवरण

Read More

ससफो नेपालका केन्द्रिय उपाध्यक्ष सहित करिब सत्तरी जना पक्राउ

काठमाडौं २७, फागुन । सप्तरी घटनाको विरोधमा सँघिय गठबन्दनले आज गरेको बन्दको क्रममा प्रहरीले संघीय समाजवादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष हेमराज राई र महासचिव रणध्वज कन्दङ्वा सहित राजधानिका विभिन्न ठाउँबाट जरिब सत्तरी जना बन्दकर्तालाइ गिरफ्तार गरी हिरासतमा लिएको छ । सप्तरीमा प्रहरीले चलाएको गोली लागी चार जनाको मृत्यु र दर्जनौं जनता गम्भीर भएको घटनाको विरोधमा संघीय गठबन्धनले आज शान्तिपूर्ण रुपले नेपाल बन्द आह्वान गरेकोमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । बन्दकर्ताहरुलाइ ललितपुरको पुल्चोकबाट फोरम नेपालका उपाध्यक्ष राई, महासचिब कन्दङ्वा, राजनीतिक समिति सदस्य धिरेन्द्र बहादुर श्रेष्ठ पक्राउ परेका छन् । केन्द्रीय…

Read More

महुरेगढी गाउँपालिका स्थापनाको लागि पुन : आन्दोलन

By: नाकारा खोटाङ, १८ फागुन । जिल्लाबाट स्थानिय प्राविधिक सहयोग समितिले सिफारिस गरेको महुरेगढी गाउँपालिका हटाइ स्थानिय तह पुन: संरचना आयोगले लाँमिडाँडा गाउँपालिका बनाएर सरकार समक्ष प्रतिवेदन बुझाएको बिरोधमा पुन: आन्दोलन शुरु भएको छ । गत आइताबारदेखी आयोगको सिफारिस विरुद्द बुइपा, बिजयखर्क, राजापानी र नुनथलाका स्थानियबासिहरु हलेसी हुँदै आएको मध्यपहाडी लोकमार्गको बिजुले – दिक्तेल सडक खण्ड र माहुरेगढी हुँदै गाइघाट जाने सडकको दिक्तेल – रेग्मिटार सडक खण्ड बिहान आठ बजेदेखी बेलुकी पाँच बजेसम्म बन्द गरि दोश्रो चरणको आन्दोलनमा उत्रिएका हुन । फागुन १७ गते सोमबारदेखी स्थानिय शैक्षिक सँस्था, बजार पसल…

Read More

छैटौँ सिर्जना संवाद सम्पन्न

खोटाङ, फागुन -९  । टेम्के तुवाचुङ प्रतिष्ठान र खोटाङ गजल मञ्चले आयोजना गर्दै आएको नियमित सिर्जना संवाद कार्यक्रमको छैटौँ शृङ्खला फागुन छ् गते सम्पन्न भएको छ । बालसेवा समाज नेपालको कार्यक्रम हलमा संचालित कार्यक्रममा जिल्लाका अनिल किराँती , शरण खत्री मृदुल, प्रमोद श्रेष्ठ, सबिता भुजेल, शुसिला निनाम, युनिक साम्पाङ, सीता थुलुङ, रेखा क्षितिज , प्यास्पी चाम्लिङ, जयन्ती जुब्ली, नाकारा लगायत अन्य दर्जनौँ सर्जकहरुले आआफ्नो सिर्जनाहरु – गजल एवँ कविताहरु सुनाएका थिए । त्यस्तै गरि खोटाङका वरिष्ठ गाएक एवँ सङ्गितकार पृथी जिम्बा , पुर्बेली सङ्गीत बिध्यालयका राजन पुर्बेली साथै गितकार गिरिराज…

Read More

कलेज जाँदै गरेकी छात्रामाथि बलात्कारको प्रयास गर्ने पक्राउ

खोटाङ, ८ फाल्गुन । कलेज जाँदै गरेकी एकछात्रालाई जबरजस्ती करणी गर्न खोज्ने जिल्लाको सुदुर उत्तरी गाविस बाकाचोल – ७ का ३० वर्शिय मिनबहादुर पुरी पक्राउ परेका छन् । छिमेकी गाविस ऐंसेलुखर्कस्थित त्रिभुवन माविमा अध्यानरत छात्रालाइ बाकाचोल र ऐसेलेखर्कको सिमानामा पर्ने छेर्लुमा ढुङ्गाको भिरमा साथिलाई पर्खिरहेको बेला पुरिले भेटी जबर्जस्ती करणी गर्न खोजेको पिडित छात्राले बताएकी छन् । कक्षा १२ मा अध्ययनरत छात्रालाई जबरजस्ती करणी गर्न पुरीले लछारपछार गर्दैगर्दा स्थानीय तीन जना आएर उद्धार गरेका प्रहरीले जनाएको छ । स्थानीयको उद्धारपछि घर फर्किएकी छात्राले इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कमा दिएको उजुरीको आधारमा…

Read More

मंगाेल : मानवशास्त्रीय अध्ययन

बलदिप प्रभाष्वर चाम्लिङ ८ औं शताब्दीमा चीनकाे ताङवंशीकालमा शिवेजातिलाई मंगाेल भनिन्थ्याे । तर पछि १३ औं शताब्दीमा विजेता चंगेज खाँकाे अधिनमा रहेका सारा समुदायलाई मंगाेल शब्दले पुकारिन थालियाे । मानवशास्त्रीय अध्ययनकाे सुरूवात पश्चिमा मुलुकमा भयाे । मानवकाे उत्पति र विकासकाे अध्ययन गर्न शारीरिक संरचनाकाे आधारमा मानवलाई वर्गीकरण गरियाे । गहुँगाेराे, बाटुलाे र चिम्सा नाक हुनेहरूलाई मंगाेलाईड नश्ल वर्गमा राखियाे । उनीहरूले यस्ता शारीरिक विशेषता भएकालाई हालकाे मंगाेलिया देशकाे जनताकाे मापदण्डमा राखेर वर्गीकरण गरे किनकि पश्चिमा मुलुकले गुहँगाेराे, बाटुलाे र चिम्सा नाक भएका मान्छेहरूमा सबैभन्दा पहिले मध्य एसियाका मंगाेललाई नै देखेका…

Read More