कविता – मालिक

— स्नेह सायमी — उक्ल भन्नु भो, उक्लेँ ओर्ल भन्नु भो, ओर्ले जुन दिन मानिनँ झर्न त्यो दिन खसालिदिनु भो, खसेँ । मालिक ! किन यस्तो गर्नुहुन्छ कि उकाल्दै नउकाल्नु उकालेपछि सितिमिति नझार्नु । मालिक ! तपाईको खटनपटनबाट थकित हामीहरु एकदिन हामी सबै मिलेर एकैपटक उक्लिन्छौँ र झार्नेछौँ तपाईलाई । (अरुणिमा साहित्यिक पत्रिका, वर्ष १३, अंक १, २०७४ मा प्रकाशित)

Read More

कविता – जीवन

— सङ्गीत स्रोता — तिम्रो बाटो कसैले पनि छेक्दैन भने तिम्रा खुट्टा कसैले पनि तान्दैन भने प्रहार गर्न तिमीलाई कोही तयार पनि छैन भने जुध्न भनेर तिमिसँग कोही आइरहेको पनि छैन भने तिमीलाई कसैले घचेटिरहेको पनि छैन र, कसैले लखेटिरहेको पनि छैन भने तिम्रो मुटु नै दुख्ने गरी कुनै चोट पनि लाग्दैन भने … मलाई शंका छ साथी साँच्चै, के तिमी जिउँदै त छौ ? (अरुणिमा साहित्यिक पत्रिका, वर्ष १३, अंक १, २०७४ मा प्रकाशित)

Read More

कविता – गाउँ छोडेको प्रमाणपत्र

— लक्ष्मिकला राई ‘जुनकिरी ’ — आँखा भरी दुई कोसे सपना अनि रहरको थुप्रो – आधुनिक कान्तिपुर को सुख भोग गर्ने जहाँ, मलिलो माटोमा फलेको घर गाडीले जन्माएको असंख्य धुवा, धुलोको सुगन्ध, सपनाले फुलेको फुलहरूको बगैंचा आकाशमा दौडेका बादलको कमि संगै पानीको अभाव अनि खुल्ला हरियो रंगको कमि हो, यहि आँए जहाँ बाट मेरो बाङा छोडेर मामा छोडेर, सुंगुरले खाने खिसुक्मा, छोक्कु गाई ले खाने खरुकी काभ्राको अचार, नया पालुवा टर्रो, तितो अनि गाईबस्तुको गोबर, कोठेबारि, बाउ बाजेको धेरै बिघा जग्गा जमिन चौर, भिर पाखा, धेरै प्रजातिको रुखपात चौतारीमा पुर्खाले…

Read More

सूत्रकथा – कुमार काफ्ले

१.  सपना विपना – मीठा गफ गरेर सुन्दर सपना देखाउँथ्यो । – संसार घुमाउँछु भनेर सीमापारि पु¥याउँथ्यो । – उनी ठूलो शहरको महलमा सुखद् कल्पनाकाशमा विचरण गर्दै गर्दा ऊ पैसा पोको पारेर फर्किसकेको हुन्थ्यो । २ .  विक्री – कति किन्छ्यौ मात्रै अब बेच ! – मसँग के छ र बेच्नु ? – यौवनले मत्त रूपवान् शरीर !! – बरु भोकै मर्न र तँजस्तालाई मार्न तयार छु, शरीर बेच्दिनँ । ३ .  दैनिकी – पहिलो हप्ता माया ममता र स्नेह दर्साइयो । – दोस्रो हप्ता विशिष्ट अतिथिलाई सत्कार गर्न पठाइयो…

Read More

कविता- मलामी

Mahesh Paudyal

– महेश पौडेल — आज पनि जलेछ चिता त्यस विरान घाटमा, चुपचाप । दुईचार जोर आँखा र त्यही श्रापित घाट साक्षी थिएछन् । हो, चोला “उन” को थियो, जसको कुनै नाम थिएन । हामीले, नदेखेको पनि देख्नेगरी जब आँखा खोल्यौँ हाम्रो विरान परिवारको साथी उनै थिइन् । आफ्ना लागि कहिल्यै दुख्न नभ्याएकी उनी हाम्रा शिशिर र हाम्रा बर्खाहरूमा निरन्तर हाम्रा लागि दुखिरहिन् हाम्रा घरका उत्सव र पर्वहरूमा हामीलाई नपरेको चटारो उनलाई प¥यो परानुभूतिका हामीले नछिलेका गन्थ्रहरू दिनदिन, घरघरमा उनी बाच्थिन् अरुहरूको महाप्रस्थानमा मलामी जानेहरू — इराङ–तपन दोभानबाट फर्कदा तल, एक्लेपीपलमा…

Read More

कविता – अनुरोध

– शुभचन्द्र राई —- किर्ते गरेर मनको सहिछाप मायाको तमासुक बनाए पनि प्रमाणित भएन त्यो मनहरुको कचहरिमा चोरेर लेखेको भावनाको उत्तरपुस्तिकाले पास गराएन जिन्दगिको परीक्षा । मनहरुको वसन्तमा चोरेको पृतको बिरुवा कसैको मुटुको बारिमा रोपेको भएपनि फुलेन कुनै भ्यालेन्टाइनमा कोपिलामै ओइलाएर उजाड छ जिवनको बगैँचा तर, अब यसपाली दिँदैछु जिवनको अन्तिम परीक्षा मनको बगैँचामा अन्तिम पटक सार्दै एउटा गुलाफको बोट यदि म पास भएँ भने त्यो परीक्षा बचाएँ भने त्यो गुलाफको बोट पृय ! तिमी त्यसको माली बनिदिनु ल ।

Read More

कविता – कुनै दिन

– बिक्रम पवन …. कुनै दिन मैले राजधानी छोडेको रात जून नलाग्न सक्छ खोलाहरूको गन्तव्य उल्टो हुन सक्छ ताराहरूले नहेर्न सक्छन् बुद्ध रोएको आँखा ननिदाउन सक्छन् चराहरू मैले राजधानी सँग बिदा लिएपछि शकुनिहरू एक्लै हुन सक्छन् काठमाडौँ मेरो खोजीमा अन्नशन बस्न सक्छ आकाशका ताराहरू निभ्न सक्छन् परेवाहरूले मन्दिर छोड्न सक्छन् आर्यघाटले मेरो पुनर्जन्म खोज्न सक्छ सगरमाथालाई मेरो अभाव हुन सक्छ ।। ………. मेरो अवसान पछि आकाशलाई अंगालो हाल्न हत्तारिएर दौडिँदै पुग्नेछन् चित्ताबाट धुवाँ विश्व परिक्रमा निस्केको मेरो जिन्दगी जस्ले आकाश छुने सपना मात्रै जन्माउछ यदि यी फूल जस्ता सपनाहरू हत्या गरियो…

Read More

गजल –विप्लव ढकाल

चढेको रेलको स्टेसन छैन ओर्लिने कहाँ हो ? छुक छुक गरी चल्दै छ रेल, पुगिने कहाँ हो ? … माटोमा खस्ला छायाको चित्र बाटो छ अँध्यारो चट्टान नाघे समुद्र आउँछ डुबिने कहाँ हो ? … यात्राका साथी जङ्गली किरा, जङ्गलमै हराउँछन् आस्थाको धर्ती भत्कियो भने उभिने कहाँ हो ? … आफैलाई खोज्न हिँडेका थियौ बाटोमै निदायौ सपना हराई हारेको यात्री ! बिउँझिने कहाँ हो ? … चढेको रेलको स्टेसन छैन ओर्लिने कहाँ हो ? छुक छुक गरी चल्दै छ रेल, पुगिने कहाँ हो ? (अरुणिमा साहित्यिक पत्रिका, वर्ष १२, अंक…

Read More

गजल – ज्ञानु वाकर पौडेल

वर–पिपलको कहानी नसोध कसरी बित्यो जवानी नसोध कहिले झरेछन् यी पातहरू किन रोजें यो विरानी नसोध रोई रोईकन म तिम्रो यादमा कति भिजाउँथे सिरानी नसोध टिप्नै नपाई पीरति को फूल कहाँ चिप्ल्यो जिन्दगानी नसोध बिजुली चम्केला’नि फेरि राती अल्लारे बैंश को नादानी नसोध (अरुणिमा साहित्यिक पत्रिका, वर्ष १२, अंक २, २०७३ मा प्रकाशित)

Read More

गीत -आहुती

म कालो छु तर म अध्यारो होइन अध्यारोको त कुनै रङ्गै हुँदैन म रंगीन छु रंगहीन होइन अध्यारोको त कुनै रङ्गै हुँदैन ! कालो छु वर्षा यामको बादल जस्तै अझै त्योभन्दा गाढा गाढा कालो छु शीरको तिम्रो केस जस्तै अझै त्योभन्दा गाढा गाढा उज्यालोमा भागिजाने म त्यो अध्यारो हुँदै होइन रंगीन हुँ म रंगीन म कालो रंगको रंगीन ! म कालो छु तर म अध्यारो हुँदै होइन । तिमी गोरो छौ मेरा चम्किला दाँत जस्तै अझै त्योभन्दा फिका फिका गोरो छौ टल्किरहेको ढुंगा जस्तै अझै त्योभन्दा फिका फिका अध्यारोमा हराइजाने…

Read More

काङमाङ नरेश राईका ५ युद्ध कविताहरू

१. जसमान राई पेन्सनविहीन ९७ औं जन्मदिन… सापेक्ष धर्म निरपेक्ष अभाव म्लेच्छसँग उठबस किट ब्यागमा दाग होला जसमान राईको   देशका शासकहरूको हुकुम पक्लिहवाको पानी पतिया, मोहोर र सुुकी जातीय रीतितिथि किल्चेर चोखाइनुको लाहुरे पण्डितले शुद्ध पारिने बहादुरी तक्माहरू…   चोखिए कि चोखिएनन् रसियन गनका धातुहरू भिक्टोरिया क्रसहरू आई.ओ.एम सरदार बहादुर र बहादुर तक्माहरू ? काबुल ईस्ट टिमोर फक्ल्याण्ड क्रिमियन र दोस्रो महायुद्धका कथाहरू चोखिए कि चोखिएनन् ?   जसमान राई— गोलीको दाग सुम्सुमाउँछन् बर्माका नदीहरू दिनहुँ बगिरहन्छन् कावावेली, मनिपुर, लुसा हिल सबैसबै उही ठाउँ बसिरहन्छन्…   पेन्सनविहीन ९७ औं…

Read More

कविता / लु त जवाफ देउ

लु त जवाफ देउ… -बी .पी. बजगाईँ ए राज्य सत्ता! मलाई थाहा छ, तिमी हाम्रो मृत्युको उत्सव मनाउने तयारीमा लागेको छौ, यहाँ भेला भएर हामी तिमीलाई नयाँ आकार दिने तयारीमा लागेका छौं| हामीलाई कँज्याउन भनेर भरौटे मार्फत तिमीले तर्कको चुनौतीको कुतुब मिनार नै यहाँ गाड्यौ, आज त्यहीं उभिएर म तिमीलाई प्रश्न गर्दैछु ए सत्ता! सक्छौ भने जवाब देउ…. १८१७ मा कम्पनीले सिक्किमसँग गरेको तितालिया सन्धिमा तिम्रो मान्छेको उपस्थिति देखाउ… तितालिया सन्धि नै हाम्रो उपस्थितिको लालमोहर हो| १८६१ मा एस्ले एडनले सिक्किमसँग गरेको तुम्लुङ सन्धिमा तिम्रो मान्छेको उपस्थिति देखाउ… तुम्लुङको सन्धि…

Read More

कविता /जेल

जेल ————– – कृष्ण सेन ईच्छुक म पर्खालभित्र छु तिमी पर्खालबाहिर छौ म पहराभित्र छु, तिमी पहराबाहिर छौ म यातना–गृहमा छु तिमी खुल्ला शिविरमा छौ सिकारीले बाँधेको छाँद होस् अथवा त्यो उसको फाँद होस् के फरक पर्‍यो र? मित्र, अर्काको मुठ्ठीभित्र पराधीन जिन्दगी जहाँ काटनु परे पनि त्यो जेल हुन्छ। जहाँ जीवन बन्धनहरूभित्र कैद हुन्छ जहाँ सुन्दर सपना सधैँ अवैध हुन्छ जहाँ मुक्त आकाङ्क्षाहरू बन्देज हुन्छन् जहाँ हार्दिक भावहरूमा ठेस लाग्छ अनि जहाँ बासी हावा बहने दुर्गन्धमा पनि निर्धक्क सास फेर्न प्रतिबन्ध हुन्छ बन्दुकको पहरा होस् अथवा त्यो कानुनको घेरा…

Read More

कविता — नयाँ वर्ष

—— एमसी सुमित देख्नु भो भरखरै एउटा बक्रवृत्त मबाट चिप्लेर गयो। ## सदा झै सखारै म एउटा अर्को भ्रम व्युझन्छु र घाइते बर्तमान चढेर यात्रा आरम्भ गर्छु संभवत यसपाली पनि आफ्नो अंगालोको आयतनभित्रै मेरी आमाको स्तन सर्पले चिथोरी रहेको भेट्या छैम भन्नु पर्ला स्वयम्भुको परिसर अगाडी नै मेरो पूजाको बोधिसत्व बलात्कृत भएको देख्या छैन भन्नु पर्ला सीमनाको सत्य नङ्ग्राएर मेरो अस्तित्वको घरोहर रगतपच्छे हुदासम्म सलाम चढाएर शालिकमाथी स्वाभिमानी बीरको सन्तान हुं भन्नै पर्ला। ## ह्याप्पी न्यू इअरमा शुभ-कामना लिएर चोक,गल्ली र भट्टीमा लाम लागेका उही पुरानै कुरा सबै-सबै म हेरी…

Read More

कविता — नुमकलालको नुर

—-प्रथा ——– भैँसीको नथ्थीमा नाकी उनेर मैले भैँसी डोर्याएँ र त्यहि भैँसीको पिठ्युमा बसेर तिमीले भैँसी चरायौ ! झोलामा कापी र पेन्सिल बोकेर म स्कुल गएँ र त्यहि कापीका पानाहरू पल्टाएर तिमीले कक्षामा बाह्रखरी लेख्यौ ! ………………….. एक दिनको कुरा हो ! तिमी ओरालो झर्यौ सायद, तिम्रो बाटो त्यहि थियो ! म उकालो उक्लिएँ सायद, मेरो बाटो नि यहि थियो ! …………………. समय त गति हो ! रोकेर कहाँ रोकिन्छ र ? जसरी घुमिरहेछ – यो पृथ्वी उसै गरि घुमिरहेछ – समयको बाटुलो चर्खा पनि ! ……………… छोटे मालिक !…

Read More

कविता – देशमण्ड टुटुको दृश्टिबाट काठमाडौँको नेवा:लाई हेर्दा

————– शंकर लिम्बू ———————- उनीहरु रित्तो हात, मित लगाउँदै आए, हामीले मित छोरा त छौरा नै हो भनी पाल्यौँ पोस्यौँ । उ लक्का जवान भएपछि…. हामीले इन्द्रजात्राको पर्व मान्दै गर्दा, हामी निहत्था भएको बेला खुँडा र तरवार ल्याएर आए, हामीलाई जो हुकुम, जो निगाह भन्न लगाए.. मीत छोरा त छोरा जस्तै हो भनी, जो हुकुम जो निगाह भन्यौँ । त्यसपछि खाली हात नै जयनेपाल र लालसलाम भन्दै, उसका शाखा सन्तान आए, हितेरी मितेरी नै हो भनी जयनेपाल पनि भन्यौँ लालसलाम पनि भन्यौं । जुन दिन जयनेपाल र लालसलाम पस्यो, हामी…

Read More

मैले देखिन : मुलबासि शक्ति देखिन (कविता)

-एभ्लेट फुङ ————— ए , नेवारहरु हो ! के तिमिहरु किर्तिपुरको युद्धमा सुर प्रताप शाहको आँखा फोड्ने नेवारहरुको संन्ताहरु हौँ र ? तर मलाई शङ्का लाग्छ क्कि , तिमिहरु उन्निहरु कै , संन्तानहरु हौँ भनेर ! किनकि मैले तिमिहरु भित्री ती किर्तिपुरे नेवारहरु देखिन् ए , राईहरु हो ! के तिमिहरु सिंहदरबार कब्जा गर्ने राम प्रसाद राईको संन्तानहरु हौ र रु तर मलाई शङ्का लाग्छ क्कि , तिमिहरु उन्निहरु कै संन्तानहरु हौँ भनेर ! किनकि मैले तिमिहरु भित्री राम प्रसाद राई भेटिन् ए , लिम्बुहरु हो ! के तिमिहरु फुङ्ग चु नदिको किनारमा…

Read More

कविता – स्वाधीनता

– प्रथा ……………… यहि माटोका सहस्र रङहरू टिपेर धर्तीको मन रङ्ग्याउन थियो ! आधा इन्द्रेणी झारेर लगाउनु थियो सीमानामा – राष्ट्रीयताको पर्खाल ! तर उफ, रामसाइँला ! यो बेला मन दुखेको हो कि माटो ? …………… शायद, नजिकै कतै ढलेको छ स्वाभिमानी छोराहरूसँगै – देश पनि ! अकस्मात् अस्तायो घाम र रगत बनेर बगेको छ माटोमा – होलीको खुशी ! कुन दुष्ट हो त्यो जसले तोकिदियो – यति सजिलै जीवनको मूल्य ? ……………. चिन्ता नगर प्रिया ! जुन दिन सीमानाभित्र मुस्कुराउँछ – यो देश ! हामी त्यहि दिन खेलौँला धित…

Read More

एकल युद्द कविता वाचन खोटाङमा पनि ; कविताको नयाँ स्वाद

  खोटाङ , २९ फागुन । खोटाङको जिल्ल सदरमुकाम दिक्तेलमा फागुन २८ गते युद्द कवि नरेश काङमाङको एकल युद्द कविता वाचन सम्पन्न भएको छ । टेम्के तुवाचुङ प्रतिस्ठानको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा काङमाङले १६ ओटा युद्द कविता र ३ ओटा समसामयिक गरि १९ ओटा कविताहरु सुनाएका थिए । लगातार एक घन्टा पन्ध्र मिनेट सम्म कविता सुनाएर भोजपुरका युद्द कवि काङमाङले खोटाङमा कविताको नयाँ स्वाद पस्किएका थिए । ” युद्द अघि र युद्द पछिका विषयवस्तु समेटेर लेखिने कविता युद्द कविता हो । यो मुलत: आदिबासिहरु मात्र किन…

Read More

कविता – मेरो माटो मिच्यौ भने

– गणेश खड्का ………………….. भक्तिको लौह गर्दनको कसम ! आधा होसमा र आधा बेहोसमा हुँदै होइन पुरै होसमा चौतर्फी सोचविचारका साथ दुधको दुध,पानीको पानी बक्दैछु – मेरो एक इन्च माटो मिच्यौ भने म तिमीहरुको दुई इन्च गर्दन छिनाइदिनेछु मैले टिस्टा नदी उकालो फर्काउन बाँकी नै छ । . गोर्खालीको चौडा छातीको कसम मलाई घाइते सिंह बनाउनेहरु जिउँदो बाघको मुखमा अगुल्टो कोच्नेहरु आइलागेपछी जाइलाग्नु जङ्गली जनावरको पनि धर्म हो म त सद्दे मान्छे,…एकदम सद्दे ! आफ्नो भूमि रक्षार्थ मेरा पूर्खाले छोडेर गएको दिव्य उपदेश मलाई कण्ठस्थ छ – ‘जाई कटक नगर्नू,…झिकी…

Read More

कविता – नारी

-निर्दोष प्रबिना —— जब नारीकाे पैतालाले पहिलाे पटक धर्ती टेक्छ त्यसपछि कसैकाे छोरी बन्छे कसैकाे बुहारी, कसैकाे श्रीमती हुँदै काेही न काेहीकाे आमा बन्छे । नारी दुर्गा हुन् – जाेगाउन सक्छे मातृत्व हाक्न सकछे दुनिया नारी सक्तिमान छे अाफु सिधिन्छे – अरुलाई बचाउँछे कसैको खुसीकाे लागी अाफैलाई दुखी बनाउछे अाफ्नाे पाठेघरकाे घरभित्र हुर्की रहेकाे बच्चा जन्माउन सहन्छे मृत्युकाे मुखसम्म प्रसब पीड़ा र यसरी देखाउछन् नारीहरू अाफ्नाे बहादुरी । नारी सरस्वतीकाे अर्काे रूप हो सहनशीलताको अर्को नाम हो ममताकी खानी हो जहाँ हजारौँ अनाज उम्रिन्छन् बिना डर बिना हिचकिचाहट ज्युदै जल्ने…

Read More

गजल – शुशिला निनाम

हामी भन्छौं संविधानको अनुसूचि, भाग ठिक छैन उता सिँहदरबारले भन्छ तिम्रो माग ठिक छैन । सबै फुलले सङ्गैसङ्गै फुल्न पाउनुपर्छ यहाँ साच्चिकै साझा फुलबारी बनाऔँ यो बाग ठिक छैन । बिहान बेलुका चुल्हो बाल्न व्यस्त हामिलाइ लुछिरहने गिद्द र कराइरहने काग ठिक छैन ! सक्दैन देख्न केही पनि दृष्टिहिन यी नयनहरुले कसरी भनौँ तिमिलाइ लागेको दाग ठिक छैन इन्द्रेणिपोखरी -९ , खोटाङ

Read More

ए साहिंला ! हामी सिरानतलामै चढ्नुपर्छ ! (कविता)

– नाकारा ए साहिंला ! यो देश ‘हाम्रो’ बनाउन कति करायौं हगि !? तर अहिले यो दुनियांमा खै कता लगे हाम्रो आवाज !? कति उचाल्यौ खुकुरी, भाला र तरबारहरु ! हाम्रो आफ्नै छोराछोरिहरुलाइ कति बोकायौं गोलि र बारुदहरु ! तर यो दुनियांमा खै कता गायब गरे हाम्रा पाखुरा र गोडाहरु ! कता लगेर पोले हाम्रा केटाकेटिका अनुहारहरु !? ए साहिंला ! हामिले नै हैन ? अँध्यारो चिर्न लाल्टिन बालेको !? अहिले कुन हुरि आयर उडाइ लग्यो !? हामिले नै हैन ? बत्तिमा पटकपटक मट्टितेल थपेको ?! अहिले को किर्णा पसेर सलेदो चुस्यो…

Read More

अन्तिम संस्करण … (कविता)

– बिमन किरात —————- निर्दोष गूलाफ ! भ्यालेन्टाईन डे को अनुहार मा झुन्ड्याएर औईलायो एउटा प्रेम ! बिख्यात आधुनिकता ओकलि रहेको डिजिटल भट्टि पसलमा धुवॉ र कक्टेल को बगलमा रेडलाईट दर्शन शास्त्रको महा मेला सके पछि हतार हतार किने कि हू,यो रातो गूलाफ । लेट नाईट जूनलाई हेरेर रोई सके पछि स सम्झेकि हू प्रिय मन को मान्छेलाई । छोएर गूलाफ का निर्दोषताहरू मुस्काकि हूँ,सम्झेर पहिलो भेटको निर्मलताहरूलाई। तर बॉच्नू को अर्थ मा, जीन्दगी बेचेर ‘मन’ नबेचे कि घामले जब आफ्नै प्रेम बिक्री भएको हेरे पछि अध्यारा ‘डमी’हरूसगँ उभिए कि हू…

Read More

मेरो सपना फिर्ता दे – (कविता)

– एमसी सुमित —————- सम्झन्छु,धोका रहेछ तिम्रो सिरानीभित्र मैले सपना लुकाएको दिन! ** सत्य तिमीले मै भन्या हो “अलिक नजिक आून लाटी तेरो यो चुल्ठोको भुमरीमाझ आज म जुनतारा टिपेर सजाइदिन्छु यो रातभर मलाई साथ दे सत्य होला जनम-जनमको लागी मलाई तेरै साथ चाहिन्छ।” म तिम्रै नजिक आंए र भनें- “कोनी है शङका लाग्छ सुनगाभा जीवन हो जुनतारा भ्रम दिने भए मलाई सुनगाभा चाहिन्छ” मुठी कसेर तिमी बोल्यौ “सुनगाभा मर्छ जुनतारा अजम्बरी किनकी म पुरूष हुं” नजाने, तिम्रो जुनताराको कथामा मैले रातभर सपना बुनें र सिरानीभित्र राखें। ** बुझें,तेरो जुनताराको…

Read More

काे हाे प्रेम दिवसकाे आविष्कारक ? (कविता)

        – विक्रम पवन —————— कसरी बिर्सन सक्यौ अतीत जुनदिन तिमीले मलाई गम्ल्याङ्ग अंगालो हालेकी थियौ र टोकेकी थियौ बिहानको कलिलो घामले फूलहरूलाई नचुम्दै मेरो ओठ ।। *** को हो प्रेम दिवसको आविष्कारक रु जो कि सधैँ मेरो दृष्टिबाट बाहिरिन्छ ।। *** कस्तो छोड्न नसकेको होली उस्ले मैले नै सिलाएको रातो पेटीकोट मेरै हातले सिलाएको चौबन्दी र ब्लाउज लगाएर ठिङ्ग उभिएकि होली कसैको इन्तजारमा एकथुङ्गा गुलाफको फूल बोकेर किन उभिएकी होली फेरि त्यहि दोबाटोमा ? मेरै हातले बनाएको स्यान्डल लगाएर किन अग्लिन खोज्छे पहाड जसरी ? कस्ले सम्हाल्ला आधा…

Read More

म अज्ञात सहिद आएको छु ! (कविता)

– विप्लव ढकाल …………………… सुनको मस्तिष्क र हीराका हातहरूले लेखिएको इतिहासको पुरानो किताबले सुनोस् ! ……………. मेरो गीतको भाषा फरक छ— तिम्रो धर्मग्रन्थको ओछ्यान जल्नेछ अब ! तिम्रो राजनीतिशास्त्रको छानामा नाच्नेछ आगो ! तिम्रो अर्थशास्त्रको सपना उम्रेको खेतभरि पस्नेछ अब रगतको बाढी ! र यो देशको आत्मा फेरि एक पटक मध्यरातमा बिउँझेर रुनेछ ! ………….. आऊ, गिरफ्तार गर ! हातमा बन्दुक हुनेहरू ! मलाई गिरफ्तार गर— म फेरि आएको छु ! कफ्र्यु लगाएर विचारको भग्न सडकमा मेरो चेतनामा अन्तिम पटक छापा मार ! र मलाई जङ्गलमा लगेर फेरि बेपत्ता बनाऊ !…

Read More

शन्दर्भ शहिद दिवस : ( कविता : शहिद)

भिम दुमि (माक्पाली कान्छा) तिमि मरेर बाँचेकाहरु जीवन बलिदान दिएर निशब्द सडक, गल्लि, कोठा, चोटा र सिरानी भित्र उभिरहेका छौ अहिले बाँचेर पनि मरि रहेकाहरुलाई हेरेर खोजि रहेका छौ ति अनन्त इतिहाँसको रंगीन सपनाको हिसाब किताब संगै उठाएका कदम संगै खाएको कसम एउटै झण्डामुनी बसेर उठाएर मुठि खाएको सपथ सजाएको सपना कति पुग्यो भनेर हिसाब नखोज उत्तर सँधै निस्कि रहेको छ शुन्यमा पुछिएको सिंदुरको के हिसाब रित्तिएको काखको के किताब बाबा, आमा गुमाएका बच्चाहरु चेलि गुमाएका माईति, माइति गुमाएका चेलि संगै मैदानमा गुमाइएका सहकर्मीको आँशुहरुको के छ र ? हिसाब…

Read More

कविता भन्दा भन्दै बेहोस कविको निधन

एविसि खबर काठमाडौं, ७ कात्तिक । काठमाडौंमा स्टेजमा कविता भन्दा भन्दै ढलेका कविको उपचारको क्रममा मृत्यु भएको छ । शनिबार राजधानीको प्रदर्शनीमार्गस्थित मानविकी क्याम्पसमा आयोजित नियमित मासिक साहित्यिक श्रृंखला ‘साहित्य सन्ध्या’मा कविता वाचन गरेसँगै बेहोस भएका कवि नेत्रमणि आचार्यको काठमाडौं मोडल अस्पतालमा मृत्यु भएको हो । गजलकार एवं कार्यक्रममा सहभागी बलराम तिमल्सिनका अनुसार कविता वाचन सकेर बेन्चमा बस्नेबित्तिकै आचार्य बेहोस भएका थिए । लगत्तै अस्पताल लगेको करिब आधा घन्टामा उनको निधन भएको तिमल्सिनाले जानकारी दिएका छन् । ‘७ ÷ ८ नम्बरतिर उहाँको पालो परेको थियो,’ तिमल्सिनाले भने, ‘कविता वाचन गर्न…

Read More

कविता : माया– मोह

                                            – चित्र कुमार सुबेदी  हिजो हाम्रा वुवाहरु एक विहानै उठ्नु हुन्थ्यो बोक्नु हुन्थ्यो हलो कोदालो के छ काम ? गर्नु हुन्थ्यो फत्ते तुरुन्तै आमा बिसाउनु हुन्थ्यो मनको भारी मस्काउनु हुन्थ्यो ढिडो पसिनामा पार्नु हुन्थ्यो महीको सोल्दर खानु हुन्थ्यो दुवै जना सपासप थिएन गुनासो क्या मिठो भन्नुहुुन्थ्यो बुबा मुस्कुराउनु हुन्थ्यो आमा क्या सन्तोष क्या आनन्द खयर च्यातिएकै होस सारी कट्कटिएकै होस दौरा मासु भात खान पर्खनै परोस दशै तिहार…

Read More