कविता – मालिक

— स्नेह सायमी — उक्ल भन्नु भो, उक्लेँ ओर्ल भन्नु भो, ओर्ले जुन दिन मानिनँ झर्न त्यो दिन खसालिदिनु भो, खसेँ । मालिक ! किन यस्तो गर्नुहुन्छ कि उकाल्दै नउकाल्नु उकालेपछि सितिमिति नझार्नु । मालिक ! तपाईको खटनपटनबाट थकित हामीहरु एकदिन हामी सबै मिलेर एकैपटक उक्लिन्छौँ र झार्नेछौँ तपाईलाई । (अरुणिमा साहित्यिक पत्रिका, वर्ष १३, अंक १, २०७४ मा प्रकाशित)

Read More

कविता – जीवन

— सङ्गीत स्रोता — तिम्रो बाटो कसैले पनि छेक्दैन भने तिम्रा खुट्टा कसैले पनि तान्दैन भने प्रहार गर्न तिमीलाई कोही तयार पनि छैन भने जुध्न भनेर तिमिसँग कोही आइरहेको पनि छैन भने तिमीलाई कसैले घचेटिरहेको पनि छैन र, कसैले लखेटिरहेको पनि छैन भने तिम्रो मुटु नै दुख्ने गरी कुनै चोट पनि लाग्दैन भने … मलाई शंका छ साथी साँच्चै, के तिमी जिउँदै त छौ ? (अरुणिमा साहित्यिक पत्रिका, वर्ष १३, अंक १, २०७४ मा प्रकाशित)

Read More

कविता – गाउँ छोडेको प्रमाणपत्र

— लक्ष्मिकला राई ‘जुनकिरी ’ — आँखा भरी दुई कोसे सपना अनि रहरको थुप्रो – आधुनिक कान्तिपुर को सुख भोग गर्ने जहाँ, मलिलो माटोमा फलेको घर गाडीले जन्माएको असंख्य धुवा, धुलोको सुगन्ध, सपनाले फुलेको फुलहरूको बगैंचा आकाशमा दौडेका बादलको कमि संगै पानीको अभाव अनि खुल्ला हरियो रंगको कमि हो, यहि आँए जहाँ बाट मेरो बाङा छोडेर मामा छोडेर, सुंगुरले खाने खिसुक्मा, छोक्कु गाई ले खाने खरुकी काभ्राको अचार, नया पालुवा टर्रो, तितो अनि गाईबस्तुको गोबर, कोठेबारि, बाउ बाजेको धेरै बिघा जग्गा जमिन चौर, भिर पाखा, धेरै प्रजातिको रुखपात चौतारीमा पुर्खाले…

Read More

कुराकानी- युद्ध साहित्य मार्फत आदिवासीहरुको लुकेको लामो लाहुरे इतिहास बाहिर ल्याउनु छ

टेम्के मैंयुङ्ग गाँउपालिका नागी ४ भोजपुरमा जन्मिनु भएका एक इमान्दार एवं सिद्दहस्त नेपाली साहित्यकार काङमाङ नरेश राई (नरेश काङमाङ राई) भूपु बेलायती सेना हुन । उहाँ युद्द साहित्यका एक मात्र अभियान्ता समेत हुनुहुन्छ । कविता, कथा, उपन्यास जस्ता विधामा कलम चलाउनुहुने राईका हालसम्म आँशुको दोभान कविता संग्रह (२०६१), अनुहारमा लुकाईएका चोटहरु कविता संग्रह (२०६५), युद्ध बोकेको सिताङ (युद्ध उपन्यास २०६८), खुकुरीको धारमा दुई शताब्दी (२०७१), लाहुरेका युद्ध कथा र व्यथाहरू, फियरलेस वरिवर (अंग्रेजी भाषामा २०१६), वेलायतको प्रकाशन हाउस् ओलम्पियावाट प्रकाशित पप्पी पूm कविता संग्रह (२०१७), वार ईज लाईक टियर्स कविता सन्…

Read More

लघुकथा– झरी

– स्नेह सायमी — पात्र १. “आज बिहानैदेखि बादल गर्जिरहेको छ । पानी परी हाल्यो भने काम पाइँदैन । केटाकेटीलाई के खुवाउने हो ?” पात्र २. “आज बिहानैदेखि बादल गर्जिरहेको छ । पानी परे हुन्थ्यो । खेत भिज्यो भने तरकारीको बोटहरू हुर्कन्थे ।” पात्र ३. “आज बिहानैदेखि बादल गर्जिरहेको छ । पानी पर्यो भने लुगा सुक्दैन । नपरे हुन्थ्यो ।” पात्र ४. “आज बिहानैदेखि मौसम खÞराब छ । आमाको जिउ दुख्ने हो की ?” पात्र ५. “आज बिहानैदेखि मौसम खÞराब छ । सुन्यौ ? स्कुलबाट राम्रोसंग बर्सादी ओढेर आउनु ।…

Read More

सूत्रकथा – कुमार काफ्ले

१.  सपना विपना – मीठा गफ गरेर सुन्दर सपना देखाउँथ्यो । – संसार घुमाउँछु भनेर सीमापारि पु¥याउँथ्यो । – उनी ठूलो शहरको महलमा सुखद् कल्पनाकाशमा विचरण गर्दै गर्दा ऊ पैसा पोको पारेर फर्किसकेको हुन्थ्यो । २ .  विक्री – कति किन्छ्यौ मात्रै अब बेच ! – मसँग के छ र बेच्नु ? – यौवनले मत्त रूपवान् शरीर !! – बरु भोकै मर्न र तँजस्तालाई मार्न तयार छु, शरीर बेच्दिनँ । ३ .  दैनिकी – पहिलो हप्ता माया ममता र स्नेह दर्साइयो । – दोस्रो हप्ता विशिष्ट अतिथिलाई सत्कार गर्न पठाइयो…

Read More

कविता- मलामी

Mahesh Paudyal

– महेश पौडेल — आज पनि जलेछ चिता त्यस विरान घाटमा, चुपचाप । दुईचार जोर आँखा र त्यही श्रापित घाट साक्षी थिएछन् । हो, चोला “उन” को थियो, जसको कुनै नाम थिएन । हामीले, नदेखेको पनि देख्नेगरी जब आँखा खोल्यौँ हाम्रो विरान परिवारको साथी उनै थिइन् । आफ्ना लागि कहिल्यै दुख्न नभ्याएकी उनी हाम्रा शिशिर र हाम्रा बर्खाहरूमा निरन्तर हाम्रा लागि दुखिरहिन् हाम्रा घरका उत्सव र पर्वहरूमा हामीलाई नपरेको चटारो उनलाई प¥यो परानुभूतिका हामीले नछिलेका गन्थ्रहरू दिनदिन, घरघरमा उनी बाच्थिन् अरुहरूको महाप्रस्थानमा मलामी जानेहरू — इराङ–तपन दोभानबाट फर्कदा तल, एक्लेपीपलमा…

Read More

 अरुणिमा साहित्य, (बैशाख – असार, २०७४) अनलाइन पढ्नुहोस

साहित्य वर्तमान समाज र समयभन्दा पर रहेर बाँच्न सक्दैन । समाज एवं समयको स्वर र संवेदना टपक्कै टिपेर सिर्जनशिल मनहरूले सुन्दर गुच्छा बुनेपछि तागतिलो साहित्यको जन्म हुन्छः कविता, कथा, निबन्ध र उपन्यासको रूपमा । यसरी साहित्यमा समाज र समयको प्रष्ट आकार र मुहार कोरिएको हुन्छ । अतः साहित्यमा समाज र समय स्पष्ट देख्न र अनुभव गर्न पाउछौँ हामी । त्यसो त साहित्यले समाज र समयलाइ रखबारी गर्दै सही मार्गनिर्देश गर्न विशेष भूमिका निर्वाह गर्नुपर्छ । यो बेला झनै साहित्य विभाजित छ । एकातिर बहुमतमा मुलुकमा नयाँ परिवर्तनको गर्भधारणलाई तुहाउने प्रयत्नमा…

Read More

कविता – अनुरोध

– शुभचन्द्र राई —- किर्ते गरेर मनको सहिछाप मायाको तमासुक बनाए पनि प्रमाणित भएन त्यो मनहरुको कचहरिमा चोरेर लेखेको भावनाको उत्तरपुस्तिकाले पास गराएन जिन्दगिको परीक्षा । मनहरुको वसन्तमा चोरेको पृतको बिरुवा कसैको मुटुको बारिमा रोपेको भएपनि फुलेन कुनै भ्यालेन्टाइनमा कोपिलामै ओइलाएर उजाड छ जिवनको बगैँचा तर, अब यसपाली दिँदैछु जिवनको अन्तिम परीक्षा मनको बगैँचामा अन्तिम पटक सार्दै एउटा गुलाफको बोट यदि म पास भएँ भने त्यो परीक्षा बचाएँ भने त्यो गुलाफको बोट पृय ! तिमी त्यसको माली बनिदिनु ल ।

Read More

अस्वीकृत साहित्य आन्दोलनबारे पहिलो विश्व साइबरिय साहित्यिक अन्तरक्रिया

(जुन २८, २०१६ मा अस्विकृत साहित्य आन्दोलनबारे विश्व साइबरिय साहित्यिक अन्तरक्रिया कार्यक्रममा अस्विकृत आन्दोलनका प्रमुख अभियान्ता डा. कविताराम श्रेष्ठद्वारा अस्विकृत साहित्य आदोलनबारे प्रस्तुत अवधारणा पत्रलाइ यहाँ जस्ताको तस्तै राखेका छौं । यसले नेपाली साहित्यको बारेमा जान्न इच्छुकहरूलाई थप सन्दर्भ बन्ने हामीले ठानेका छौ । – प्र.सं.) १. अस्वीकृत आन्दोलनको इतिहासः पंचायत कालमा प्रगतिकामी लेखहरू पूर्णतः अस्वीकृत हुन्थे, अग्रगामी युवा साहित्यकारहरूमा धेरै छटपटी थियो । २०२६ सालमा शैलेन्द्र साकार र मैले अस्वीकृतहरूको जमातै खोलेर यी पुरातनबादीहरूलाई नै अस्वीकृत गर्ने आन्दोलन छेड्ने सल्लाह ग¥यौं । त्यसपछि नेपालभूषण न्यौपाने र मैले सञ्जीवनी पत्रिकामार्फत…

Read More

खोटाङका साहित्यकार श्रीराम राइको बालकथा सङ्ग्रह सार्वजानिक

काठमाण्डु, ८ असार । साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका खोटाङका साहित्यकार श्रीराम राईको बालकथा सङ्ग्रह ” टोली नेता ” सार्वजानिक भएको छ । मंगलबार काठमाडौँमा विमोचन उक्त बाल कथा सङ्ग्रह राइले सार्वजानिक गरेका हुन । विमोचन कार्यक्रममा बोल्दै मधुपर्क सम्पादक तुलसीहरि कोइरालाले सात बालकथामध्ये पाँच ग्रामीण , एक काठमाण्डु र एक परिवेश नखुलेका एवँ बालमनोविज्ञान बुझेर लेखिएका सबै कथाहरू विद्यार्थीका लागि निकै उपयोगी भएको बताए । बाल साहित्य समाजका अध्यक्ष तेजप्रकाश श्रेष्ठले कार्यक्रममा सभाध्यक्षको तर्फबाट बोल्दै भने, ‘ग्रामीण परिवेशलाई समेटेर लेखिएका बालकथाहरू आउनु आफैंमा सराहनीय पक्ष हो ।’ त्यसै…

Read More

कविता – कुनै दिन

– बिक्रम पवन …. कुनै दिन मैले राजधानी छोडेको रात जून नलाग्न सक्छ खोलाहरूको गन्तव्य उल्टो हुन सक्छ ताराहरूले नहेर्न सक्छन् बुद्ध रोएको आँखा ननिदाउन सक्छन् चराहरू मैले राजधानी सँग बिदा लिएपछि शकुनिहरू एक्लै हुन सक्छन् काठमाडौँ मेरो खोजीमा अन्नशन बस्न सक्छ आकाशका ताराहरू निभ्न सक्छन् परेवाहरूले मन्दिर छोड्न सक्छन् आर्यघाटले मेरो पुनर्जन्म खोज्न सक्छ सगरमाथालाई मेरो अभाव हुन सक्छ ।। ………. मेरो अवसान पछि आकाशलाई अंगालो हाल्न हत्तारिएर दौडिँदै पुग्नेछन् चित्ताबाट धुवाँ विश्व परिक्रमा निस्केको मेरो जिन्दगी जस्ले आकाश छुने सपना मात्रै जन्माउछ यदि यी फूल जस्ता सपनाहरू हत्या गरियो…

Read More

गजल –विप्लव ढकाल

चढेको रेलको स्टेसन छैन ओर्लिने कहाँ हो ? छुक छुक गरी चल्दै छ रेल, पुगिने कहाँ हो ? … माटोमा खस्ला छायाको चित्र बाटो छ अँध्यारो चट्टान नाघे समुद्र आउँछ डुबिने कहाँ हो ? … यात्राका साथी जङ्गली किरा, जङ्गलमै हराउँछन् आस्थाको धर्ती भत्कियो भने उभिने कहाँ हो ? … आफैलाई खोज्न हिँडेका थियौ बाटोमै निदायौ सपना हराई हारेको यात्री ! बिउँझिने कहाँ हो ? … चढेको रेलको स्टेसन छैन ओर्लिने कहाँ हो ? छुक छुक गरी चल्दै छ रेल, पुगिने कहाँ हो ? (अरुणिमा साहित्यिक पत्रिका, वर्ष १२, अंक…

Read More

गजल – ज्ञानु वाकर पौडेल

वर–पिपलको कहानी नसोध कसरी बित्यो जवानी नसोध कहिले झरेछन् यी पातहरू किन रोजें यो विरानी नसोध रोई रोईकन म तिम्रो यादमा कति भिजाउँथे सिरानी नसोध टिप्नै नपाई पीरति को फूल कहाँ चिप्ल्यो जिन्दगानी नसोध बिजुली चम्केला’नि फेरि राती अल्लारे बैंश को नादानी नसोध (अरुणिमा साहित्यिक पत्रिका, वर्ष १२, अंक २, २०७३ मा प्रकाशित)

Read More

गीत -आहुती

म कालो छु तर म अध्यारो होइन अध्यारोको त कुनै रङ्गै हुँदैन म रंगीन छु रंगहीन होइन अध्यारोको त कुनै रङ्गै हुँदैन ! कालो छु वर्षा यामको बादल जस्तै अझै त्योभन्दा गाढा गाढा कालो छु शीरको तिम्रो केस जस्तै अझै त्योभन्दा गाढा गाढा उज्यालोमा भागिजाने म त्यो अध्यारो हुँदै होइन रंगीन हुँ म रंगीन म कालो रंगको रंगीन ! म कालो छु तर म अध्यारो हुँदै होइन । तिमी गोरो छौ मेरा चम्किला दाँत जस्तै अझै त्योभन्दा फिका फिका गोरो छौ टल्किरहेको ढुंगा जस्तै अझै त्योभन्दा फिका फिका अध्यारोमा हराइजाने…

Read More

काङमाङ नरेश राईका ५ युद्ध कविताहरू

१. जसमान राई पेन्सनविहीन ९७ औं जन्मदिन… सापेक्ष धर्म निरपेक्ष अभाव म्लेच्छसँग उठबस किट ब्यागमा दाग होला जसमान राईको   देशका शासकहरूको हुकुम पक्लिहवाको पानी पतिया, मोहोर र सुुकी जातीय रीतितिथि किल्चेर चोखाइनुको लाहुरे पण्डितले शुद्ध पारिने बहादुरी तक्माहरू…   चोखिए कि चोखिएनन् रसियन गनका धातुहरू भिक्टोरिया क्रसहरू आई.ओ.एम सरदार बहादुर र बहादुर तक्माहरू ? काबुल ईस्ट टिमोर फक्ल्याण्ड क्रिमियन र दोस्रो महायुद्धका कथाहरू चोखिए कि चोखिएनन् ?   जसमान राई— गोलीको दाग सुम्सुमाउँछन् बर्माका नदीहरू दिनहुँ बगिरहन्छन् कावावेली, मनिपुर, लुसा हिल सबैसबै उही ठाउँ बसिरहन्छन्…   पेन्सनविहीन ९७ औं…

Read More

अरुणिमा (माघ–चैत्र, २०७३), अनलाइन पढ्नुहोस

सम्पादकीय जनयुद्द र जनअन्दोलनमा लाखौं जनताको बलिदानिपूर्ण सहभागिताको कारणले थोरै उपलब्धी लिएर भएपनि संविधान आएको छ जसले गर्दा मुलुकको सङ्घिय शासन प्रणालिमा प्रवेश गर्ने मार्ग प्रशस्त भएको छ । तर पछिल्लो समय कति पय दलहरूकै आफू अनुकुलको राजनैतिक अडानका कारणले मुलुकको राजनीति निक्कै पेचिलो बन्दै गैरहेको छ । यो कुरालाइ समयमै सचेत ढङ्गले उचित व्यवस्थापन गर्न नसके निक्कै ठूलो राजनैतिक सङ्कट मुलुकमा निम्तिने निश्चित छ । यसर्थ अहिलेको प्राप्त भएको उपलब्धिलाई सँस्थागत गर्दै बाँकी उपलब्धी प्राप्त गर्न आन्दोलन र संघर्ष निरन्तर जारी राख्न जरुरी छ । यसरी जनताको जनजिविकाको सवाल…

Read More

कविता / लु त जवाफ देउ

लु त जवाफ देउ… -बी .पी. बजगाईँ ए राज्य सत्ता! मलाई थाहा छ, तिमी हाम्रो मृत्युको उत्सव मनाउने तयारीमा लागेको छौ, यहाँ भेला भएर हामी तिमीलाई नयाँ आकार दिने तयारीमा लागेका छौं| हामीलाई कँज्याउन भनेर भरौटे मार्फत तिमीले तर्कको चुनौतीको कुतुब मिनार नै यहाँ गाड्यौ, आज त्यहीं उभिएर म तिमीलाई प्रश्न गर्दैछु ए सत्ता! सक्छौ भने जवाब देउ…. १८१७ मा कम्पनीले सिक्किमसँग गरेको तितालिया सन्धिमा तिम्रो मान्छेको उपस्थिति देखाउ… तितालिया सन्धि नै हाम्रो उपस्थितिको लालमोहर हो| १८६१ मा एस्ले एडनले सिक्किमसँग गरेको तुम्लुङ सन्धिमा तिम्रो मान्छेको उपस्थिति देखाउ… तुम्लुङको सन्धि…

Read More

रङ्गभेद र दासताको मर्मभेदी उपन्यास -“बिलोभेड “

रङ्गभेद र दासताको मर्मभेदी उपन्यास -” बिलोभेड ” -होमर श्रेस्ठ (टोनि मरिसन , उपन्यासकार स्वयं नारी हुन् उनि अमेरिकी उपन्यासकार, सम्पादिका, शिक्षिका र प्रिन्सेटन युनिभर्सिटिकी निवृत्त प्राध्यापक हुन्। (T. Morrison is an American novelist, editor, teacher, and Professor Emeritus at Princeton University.) र उपन्यासको प्रमुख चरित्रपात्र पनि नारी नै छ! केही अध्ययनशील फेसबुक-मित्रले टोनी मरिसनकृत ‘बिलोभेड’को कथावस्तुको निष्कर्ष स्येर गर्न (सुटुक्क) अनुरोध गर्नुभएकोले पोष्ट गरेको हुँ। आशा छ—यस उपन्यासको विषयवस्तु मन पराउने मित्रहरूले यो कृति आद्योपान्त आफै पढेर पूर्ण रसस्वादन गर्नुहुनेछ! यो अत्यन्त पोसिलो कृतिहरूमध्ये एक हो भन्ने कुरो सर्व-विदित…

Read More

वरिष्ठ साहित्यकार “सरित” प्रमोद्रराज सावित्री पाण्डे पुरस्कारबाट पुरस्कृत

काठमाडौँ , जेष्ठ १४, २०७४ प्रमोदराज-सावित्रीदेवी पाण्डे स्मृति प्रतिष्ठानले आज राजधानीमा भएको एक समारोहमा साहित्य, फेसन , खेलकुद र उड्डयन क्षेत्रका विभिन्न प्रतिभाहरुलाई सम्मानित तथा पुरस्कृत गर्यो । पुरस्कृत तथा सम्मानित प्रतिभाहरुलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सम्मान तथा पुरस्कार समपॅण गनुॅभयो । सो समारोहमा नेपाली साहित्यमा विगत चार दशकदेखि साधनारत साहित्यकार इन्द्रकुमार श्रेष्ठ “सरित” लाई कुलपति उप्रेतीले नगद राशी दश हजारसहितको प्रमोदराज सावित्री पाण्डे साहित्य सम्मान 2074 समपॅण गनुॅभयो । पुरस्कार ग्रहणपछि साहित्यकार सरितले सभालाई सम्बोधनगदैॅ चार दशकको आफ्नो साहित्यिक यात्राको बारेमा प्रकाश पानुॅ भयो भने समालोचक डा.धनप्रसाद…

Read More

कविता /जेल

जेल ————– – कृष्ण सेन ईच्छुक म पर्खालभित्र छु तिमी पर्खालबाहिर छौ म पहराभित्र छु, तिमी पहराबाहिर छौ म यातना–गृहमा छु तिमी खुल्ला शिविरमा छौ सिकारीले बाँधेको छाँद होस् अथवा त्यो उसको फाँद होस् के फरक पर्‍यो र? मित्र, अर्काको मुठ्ठीभित्र पराधीन जिन्दगी जहाँ काटनु परे पनि त्यो जेल हुन्छ। जहाँ जीवन बन्धनहरूभित्र कैद हुन्छ जहाँ सुन्दर सपना सधैँ अवैध हुन्छ जहाँ मुक्त आकाङ्क्षाहरू बन्देज हुन्छन् जहाँ हार्दिक भावहरूमा ठेस लाग्छ अनि जहाँ बासी हावा बहने दुर्गन्धमा पनि निर्धक्क सास फेर्न प्रतिबन्ध हुन्छ बन्दुकको पहरा होस् अथवा त्यो कानुनको घेरा…

Read More

गजल

बिष्णुप्रसाद धिमाल “आजाद” —————– उखेलेर बिषकाे अब बोट मासी दिन्छु नौकर शाह तानाशाहको भोट मासी दिन्छु ।। रक्तपात मच्चाएर बस्ती घाइते पारे तिनले यहि चुनाबमा बहुमतले चोट मासी दिन्छु ।। अत्याचारी खुनी शासक तब मासिनेछन झुठो मुद्दा जनता मार्ने खोट मासी दिन्छु ।। धेरौ हान्यौ छक्का पन्जा देशै दाउमा राखी रास्ट्रघाती तिम्रा खेलको कोट मासी दिन्छु ।। कोशी बेच्यौ काली बेच्यौ रह्यो सगरमाथा सगरमथा बेच्ने तिम्रा नोट मासी दिन्छु ।।

Read More

नेसास, द.कोरियाको पाचौँ वार्षिकोत्सव सम्पन्न

सौल, मे १४ नेपाली साहित्य समाज (नेसास), दक्षिण कोरियाको पाँचौ वार्शिकोत्सव भव्य रुपमा आइतवार सम्पन्न भएको छ। वार्सिकोत्सव समारोहबाट यल्जी विवशको अध्यक्षतामा १७ सदस्यीय नेसास,दक्षिण कोरियाको पुनर्गठन समेत गरिएको छ। आइतवार ११ बजेबाट शुरु भैइ थेगुको तारा रेस्टुरेन्टमा सम्पन्न भएको उक्त कार्यक्रमको सभापतित्व नेसास निबर्तमान अध्यक्ष धरती कल्पनाले गर्नुभएको थियो भने कोरियाका चर्चित कोरियन कवि किम ह्यं ह्यू प्रमुख अतिथी रहनुभएको थियो।त्यसैगरी बिशिस्ट अतिथिको रुपमा साहित्यकार एवं समाजसेवी डा. रोशन पौड्याल र अतिथिमा मानवाधिकारकर्मी, समाजसेवी एवं गितकार/संगितकार चन्द्र लामा अनुराग रहनुभएको थियो। नेपाली साहित्यको लागी आफू सधैँ कटिबद्ध भएर लागिरहेको…

Read More

कविता — नयाँ वर्ष

—— एमसी सुमित देख्नु भो भरखरै एउटा बक्रवृत्त मबाट चिप्लेर गयो। ## सदा झै सखारै म एउटा अर्को भ्रम व्युझन्छु र घाइते बर्तमान चढेर यात्रा आरम्भ गर्छु संभवत यसपाली पनि आफ्नो अंगालोको आयतनभित्रै मेरी आमाको स्तन सर्पले चिथोरी रहेको भेट्या छैम भन्नु पर्ला स्वयम्भुको परिसर अगाडी नै मेरो पूजाको बोधिसत्व बलात्कृत भएको देख्या छैन भन्नु पर्ला सीमनाको सत्य नङ्ग्राएर मेरो अस्तित्वको घरोहर रगतपच्छे हुदासम्म सलाम चढाएर शालिकमाथी स्वाभिमानी बीरको सन्तान हुं भन्नै पर्ला। ## ह्याप्पी न्यू इअरमा शुभ-कामना लिएर चोक,गल्ली र भट्टीमा लाम लागेका उही पुरानै कुरा सबै-सबै म हेरी…

Read More

कविता — नुमकलालको नुर

—-प्रथा ——– भैँसीको नथ्थीमा नाकी उनेर मैले भैँसी डोर्याएँ र त्यहि भैँसीको पिठ्युमा बसेर तिमीले भैँसी चरायौ ! झोलामा कापी र पेन्सिल बोकेर म स्कुल गएँ र त्यहि कापीका पानाहरू पल्टाएर तिमीले कक्षामा बाह्रखरी लेख्यौ ! ………………….. एक दिनको कुरा हो ! तिमी ओरालो झर्यौ सायद, तिम्रो बाटो त्यहि थियो ! म उकालो उक्लिएँ सायद, मेरो बाटो नि यहि थियो ! …………………. समय त गति हो ! रोकेर कहाँ रोकिन्छ र ? जसरी घुमिरहेछ – यो पृथ्वी उसै गरि घुमिरहेछ – समयको बाटुलो चर्खा पनि ! ……………… छोटे मालिक !…

Read More

किरातहरुको मुद्दुमी आदिम थलो नियामा ; नेपालको तराई कि चिनको ह्वाङ-हो नदिको उपत्यका ?

———-भोगीराज चाम्लिङ ————–मौखिक रूपमा एकदेखि अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको मुदुम मा इतिहासभन्दा पुराना प्राग्ऐतिहासिक स्थानहरूको उल्लेख हुने गर्छ । एक हिसाबले मुदुम हजारौं वर्षअघिको किरातहरूको यात्रावर्णन पनि हो । यात्रावर्णनमा उल्लेख हुने स्थानका आधारमा किरातहरूको आदिमथलो र बसाइँसराइको मार्गबारे अध्ययन गर्न सकिन्छ । खासमा ती स्थानहरूलाई किरातहरूको प्राग्इतिहास चिह्याउने आँखीझ्याल भनिदिए पनि फरक पर्दैन । त्यस्तै एउटा आँखीझ्याल हुन सक्छ नियामा । प्रायः किरात राईहरुको मुन्दुममा आदिमथलोको रुपमा वर्णन हुने यो ठाउँ कहाँ पर्ला भन्नेबारेमा केही अध्येयताहरुले अध्ययन गर्ने प्रयत्न पनि गरेका छन् । तर, ती अनुमान र सामान्य…

Read More

कविता – देशमण्ड टुटुको दृश्टिबाट काठमाडौँको नेवा:लाई हेर्दा

————– शंकर लिम्बू ———————- उनीहरु रित्तो हात, मित लगाउँदै आए, हामीले मित छोरा त छौरा नै हो भनी पाल्यौँ पोस्यौँ । उ लक्का जवान भएपछि…. हामीले इन्द्रजात्राको पर्व मान्दै गर्दा, हामी निहत्था भएको बेला खुँडा र तरवार ल्याएर आए, हामीलाई जो हुकुम, जो निगाह भन्न लगाए.. मीत छोरा त छोरा जस्तै हो भनी, जो हुकुम जो निगाह भन्यौँ । त्यसपछि खाली हात नै जयनेपाल र लालसलाम भन्दै, उसका शाखा सन्तान आए, हितेरी मितेरी नै हो भनी जयनेपाल पनि भन्यौँ लालसलाम पनि भन्यौं । जुन दिन जयनेपाल र लालसलाम पस्यो, हामी…

Read More

मैले देखिन : मुलबासि शक्ति देखिन (कविता)

-एभ्लेट फुङ ————— ए , नेवारहरु हो ! के तिमिहरु किर्तिपुरको युद्धमा सुर प्रताप शाहको आँखा फोड्ने नेवारहरुको संन्ताहरु हौँ र ? तर मलाई शङ्का लाग्छ क्कि , तिमिहरु उन्निहरु कै , संन्तानहरु हौँ भनेर ! किनकि मैले तिमिहरु भित्री ती किर्तिपुरे नेवारहरु देखिन् ए , राईहरु हो ! के तिमिहरु सिंहदरबार कब्जा गर्ने राम प्रसाद राईको संन्तानहरु हौ र रु तर मलाई शङ्का लाग्छ क्कि , तिमिहरु उन्निहरु कै संन्तानहरु हौँ भनेर ! किनकि मैले तिमिहरु भित्री राम प्रसाद राई भेटिन् ए , लिम्बुहरु हो ! के तिमिहरु फुङ्ग चु नदिको किनारमा…

Read More

कविता – स्वाधीनता

– प्रथा ……………… यहि माटोका सहस्र रङहरू टिपेर धर्तीको मन रङ्ग्याउन थियो ! आधा इन्द्रेणी झारेर लगाउनु थियो सीमानामा – राष्ट्रीयताको पर्खाल ! तर उफ, रामसाइँला ! यो बेला मन दुखेको हो कि माटो ? …………… शायद, नजिकै कतै ढलेको छ स्वाभिमानी छोराहरूसँगै – देश पनि ! अकस्मात् अस्तायो घाम र रगत बनेर बगेको छ माटोमा – होलीको खुशी ! कुन दुष्ट हो त्यो जसले तोकिदियो – यति सजिलै जीवनको मूल्य ? ……………. चिन्ता नगर प्रिया ! जुन दिन सीमानाभित्र मुस्कुराउँछ – यो देश ! हामी त्यहि दिन खेलौँला धित…

Read More

एकल युद्द कविता वाचन खोटाङमा पनि ; कविताको नयाँ स्वाद

  खोटाङ , २९ फागुन । खोटाङको जिल्ल सदरमुकाम दिक्तेलमा फागुन २८ गते युद्द कवि नरेश काङमाङको एकल युद्द कविता वाचन सम्पन्न भएको छ । टेम्के तुवाचुङ प्रतिस्ठानको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा काङमाङले १६ ओटा युद्द कविता र ३ ओटा समसामयिक गरि १९ ओटा कविताहरु सुनाएका थिए । लगातार एक घन्टा पन्ध्र मिनेट सम्म कविता सुनाएर भोजपुरका युद्द कवि काङमाङले खोटाङमा कविताको नयाँ स्वाद पस्किएका थिए । ” युद्द अघि र युद्द पछिका विषयवस्तु समेटेर लेखिने कविता युद्द कविता हो । यो मुलत: आदिबासिहरु मात्र किन…

Read More