खसबहुन र हामी (आदिवासी जनजाति) मा फरक

१) एकै घरका क्षेत्री बाहुन दाजुभाइ दिदीबहिनी किन फरक फरक पार्टीमा लाग्छन् वा परिवार नै राजनीतिमा लाग्छन्रु किनकि उनीहरुलाई राजनीति शक्ति हो भनेर सिकाइएको छ । हाम्रा चि फोहरि खेल रे अनि कसरी पुग्नु त शक्ति केन्द्रमा राजनीति नै नगरि ? २) उनिहरु मताधिकार प्रयोग गर्न लालायित हुन्छन् । मेरो १ मत पनि अमुल्य छ । मैले चाहेको व्यक्ति, पार्टी जिताउन म आफैं लाग्नुपर्छ भन्ने कुरा राम्ररी था छ । हाम्रा जुन गोरु आए पनि कान चिरेको न हो भनेर कानमा तेल हालेर बस्छन् । कसले काम गरिदिन्छ ? खानु परेन, छोराछोरी…

Read More

थारु र मधेसीबीचको भिन्नता

सन्जय चौधरी– केही दिन अगाडि डा. सीके राउतको नागरिक दैनिकमा लेख प्रकाशित भयो। जसमा थारुलाई मधेसीकरण गर्ने भरपूर्ण तथ्य पेस गरिएको थियो। ती सबै तथ्यलाई म सत्य मान्दिनँ र अन्य कोही थारुले मान्दैन पनि। त्यस लेखले मेरो मात्र हैन, मलगायत सम्पूर्ण थारुको आत्मसम्मानमा ठेस पुगायो। त्यसैले आज म आफ्नो यस लेखबाट सीके राउतलाई जवाफ दिन चाहन्छु। हुन त म अध्यन र उमेरको हिसाबले डा. राउतभन्दा धेरै कलिलो छु। तर थारु जातिको इतिहास, परमपरा, रीतिरिवाज, चालचलन, रहनसहनबारे धेरै हदसम्म जानकार छु। किनकि म यही समुदायबाट हुर्किएर यहाँसम्म आएको छु। सुरुवात ‘मधेस’…

Read More

इतिहास र आफ्नोपन भूल्दा पहिचानमा समस्या : कोइँच कि सुनुवार ?

–कोइँचबु काःतिच (उत्तम) ।। साङसो ।।चुपलु होपो, दुपलु होपो, मुसो होपो, फुसो होपो, थालो होपो ।सारिङ मुइलि, जातना मुइलि, दुमा मुइलि ।। पछिल्लो समय सुनुवार भन्दा गर्व गर्ने कि कोइँच भन्दा गर्व गर्ने भन्ने सवाल जोडतोडले उठेको छ । वास्तवमा अहिले मुखिया, दुवालबन्दी शिकारी, सुनुवार, मार्पाचे राई भनेर आफुलाई चिनाउनेहरु ‘कोइँच’ हुन् । यो नितान्त बौद्धिक वहस हो । खस भाषाको सुनुवार जातीय नामले आदिवासी जनजातिको पहिचान दिँदैन । सुनुवारको अर्थ खोज्यौं भने सुनकोशी वरिपरि वस्ने जाति भनेर चिनिन्छ । तर सुनकोशी नाम नै धेरै पछाडि अर्थात् गोर्खा राज्यको विस्तारसँगसँगै…

Read More

केशव कुमारहरू साँच्चिकै नागरिक हुन कि भाेटर मात्रै ?

मेराे बालसखा केशव कुमार राई । जाे आफ्नै दाेहाेराे हवाई टिकट खर्चमा मलेसियाबाट काठमाडौं आए । रूखमा भाेट हाले । ठूलै पार्टीमा भाेट हाल्नुपर्छ भनेर उल्टै मलाई सल्लाह दिनसम्म भ्याए । तर आज उ फेरि १:३० बजे राती विदेश नै उड्दैछ । याे कुराले मलाई यसरी साेच्न वाध्य बनायाे: # लाखाैं नेपाली युवाहरूकाे प्रतिनिधि पात्र हुन्, यी केशव कुमार राईहरू । # केशव कुमारहरू साँच्चिकै नागरिक हुन कि भाेटर मात्रै ? # केशव कुमारहरू भर्याङ नै हुन् भन्ने कुरा थप प्रमाण हाे । विदेशमा आफ्नाे खाएर पनि अरूलाई सत्तामा भर्याङ…

Read More

प्रचण्डले चालेको “A” एक्का बाबुराम

——— एरिका चाम्लिङ—– ——– डा.बाबुराम भट्टराई स्यंमले संघर्ष गर्दै जन्माएर हुर्काएको माओवादी पार्टी २०७२ असोज ९ गते पार्टी परित्याग गर्ने कुरो चानचुने थिएन । जसले मिडिया र आम नागरिकमा समेत निकै ठूलो कम्पन पैदा गर्यो । बाबुरामले प्रचण्ड सङ्गको झण्डै ३० बर्ष लामो सम्बन्धलाइ बिट यसरी मार्नु निकै ठूलो झड्का थियो आम जनताहरुमा । बाबुरामले किन यसो गर्यो भन्ने आलोचना र कौतुहलताले अनेक राजनीति विश्लेषकहरुले अनेकौ विश्लेषण गर्ने मौका समेत पाएको थियो । यद्यपि बाबुरामले माओवादि छोड्नु पर्ने कुनै असुन्तुष्ठी कारण भने थिएन तर भन्नलाइ “संबिधान जनहितकारी नभएको ” भनेर…

Read More

किरात पहिचानको सार्थकता

–बलद्विप प्रभाश्वर चाम्लिङ्ग ……………………. काठमाडौं खाल्डाेमा बसेर पुस्ताैपुस्ता हजाराैं वर्ष किरातीले शासन गरेकाे कुरा त व्याख्या गरिरहनु परेन । नेपालकाे आधुनिक प्रशासनिक राज्यसंयन्त्रकाे सुत्रपात किरात शासनकाल थियाे । छुट्टाछुट्टै प्रशासनिक निकायबाट त्यससंग सम्बन्धित विषयहरूमा प्रशासनिक काराेबार हुनुपर्ने प्रशासनकाे अवधारणाकाे विजाराेपन किरातले नै गरेका थिए । जस्ताे “कुथेर”, “लिङवल”, “शुल्ली” र “मापचाेक” जस्ता किरात शब्दका अधिकरण किरातकालमा नै स्थापना भएका थिए । यी प्राधिकरणहरूले जग्गाजमीन, सिंचाइ , न्याय र विवाह सम्बन्धि सेवा प्रदान गर्थे । हिजाेअस्तिसम्म काठमाडौं देखि पूर्वका नेपालाई किरात (वल्लाे किरात, माझ किरात र पल्लाे किरात) नै भनिन्थ्याे ।…

Read More

किरातहरुको मुद्दुमी आदिम थलो नियामा ; नेपालको तराई कि चिनको ह्वाङ-हो नदिको उपत्यका ?

———-भोगीराज चाम्लिङ ————–मौखिक रूपमा एकदेखि अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको मुदुम मा इतिहासभन्दा पुराना प्राग्ऐतिहासिक स्थानहरूको उल्लेख हुने गर्छ । एक हिसाबले मुदुम हजारौं वर्षअघिको किरातहरूको यात्रावर्णन पनि हो । यात्रावर्णनमा उल्लेख हुने स्थानका आधारमा किरातहरूको आदिमथलो र बसाइँसराइको मार्गबारे अध्ययन गर्न सकिन्छ । खासमा ती स्थानहरूलाई किरातहरूको प्राग्इतिहास चिह्याउने आँखीझ्याल भनिदिए पनि फरक पर्दैन । त्यस्तै एउटा आँखीझ्याल हुन सक्छ नियामा । प्रायः किरात राईहरुको मुन्दुममा आदिमथलोको रुपमा वर्णन हुने यो ठाउँ कहाँ पर्ला भन्नेबारेमा केही अध्येयताहरुले अध्ययन गर्ने प्रयत्न पनि गरेका छन् । तर, ती अनुमान र सामान्य…

Read More

धर्मनिरपेक्षता र धार्मिक स्वतन्त्रता

बलदीप प्रभाश्वर चामलिङ ……………………… धर्मनिरपेक्षता भनेकाे जुनसुकै धर्मप्रति सरकारकाे तटस्थता हाे । सरकार कुनै पनि धर्मकाे पक्षपाती नहुने नीति धर्मनिरपेक्षता (Secularism) हाे । धर्म निरपेक्षता भनेकाे जनताले धर्म मान्न नपाउने हाेइन । जनता (समाज) बाट हाेइन, सरकारबाट चाहिँ धर्मलाई अलग राख्नु भन्ने कुरा हाे, धर्म निरपेक्षता । किनभने सरकार भनेकाे त सबै थरिथरी जनताकाे आस्थाकाे कार्यकारिणी संस्था हाे । सरकार त विभिन्न धर्मावलम्बी जनताकाे कर र मतमा टिकेकाे हुन्छ । यस्ताे अवस्थामा सरकारले कुनै एक धर्मलाई काखी च्यापेर द्वन्द निम्त्याउनु हुन्न भन्ने मान्यता हाे, धर्मनिरपेक्षता । कुनै अभिभावकले आफ्नाे परिवारका…

Read More

गरिब बाहुन क्षेत्री किन भएनन् कमलरी ?

सोम डेमनडौरा ‘म थारु भएर होइन, गरिब हुँदा कमलरी बसेँ, थारु भएकाले नै बस्ने भए विजय गच्छदार किन बसेनन्?’ भन्ने शीर्षकको समाचार पढेँ। उक्त समाचार नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियानअन्तर्गत बर्दियाको गुलरियामा आयोजित जनसभालाई सम्बोधन गर्दै नेतृ एवं पूर्वसांसद शान्ता चौधरीको भनाईमा आधारित छ। यो भनाईले ममा केही प्रश्न उब्जाएको छ र लेख्न बाध्य भएको छु। नेपालमा खासगरी जमिनमा काम गर्ने बँधिया मज्दुरलाई कमैया भनेर चिनिने गरिन्छ। कुनै एउटा जमिन्दारको घरमा काम गर्ने, काम गरेबापत उसले ज्यालाको रुपमा धान पाउँथ्यो। त्यो ज्याला उसको लागि वर्षभरि पनि खान पुग्दैनथ्यो। जसका…

Read More

“राई” शब्दले खायो किरातिहरुको पहिचान

-निनाम लोवात्ती कुलुङ …………………… हो, आजभोलि राई भन्ने बित्तिकै मान्छेहरुले नेपालका एक जाति हुन् भन्ने बुझ्छन् । तर सुरुमा यो राई शब्दले जात वा जाति जनाउँथेन । पृथ्वीनारायण शाहले नेपाललाई भगौलिक एकीकरणको सुरुवात गरेपछि पूर्वका किरातीहरुको भूगोललाई तीनभागमा विभाजन गरेर त्यहाँका (स्थानीय) प्रखुमहरुलाई विभिन्न पदवी÷पगरी दिईयो । जस्तै वल्लो किरातका प्रभावशाली सुनुवार किरातीहरुलाई ‘मुखिया’, माझ किरातका प्रभावशाली कुलुङ, खालिङ, साम्पाङ, बान्तावा, थुलुङ लगायतका किरातीहरुलाई ‘राई’ र पल्लो किरातका प्रभावशाली लिम्बुहरुलाई ‘सुब्बा’ याक्खालाई ‘देवान’ पदवी÷पगरी दिइयो । त्यस्तै तराईका थारुलाई ‘चौधराई’ (हाल चौधरी लेख्छन्) दिईयो । यसरी इतिहास हेर्ने हो भने…

Read More

बदनियतीकाे मनाेविज्ञान (Psychology of ill-intention)

-बलद्विप प्रभाश्वर चाम्लिङ ……………………………………………………….. समाजकाे माथिल्लाे तहमा रहने भनिएकाहरूले आफूभन्दा तल रहेकाहरू विरूद्ध निर्माण गरिएकाे परम्परागत विभेदपूर्ण दृष्टिकाेण र प्रवृत्ति हाे, बदनियतीकाे मनाेविज्ञान । यसलाई झट्ट देख्न सकिन्न । यसमा जस्लाई विश्वास गरिएकाे हुन्छ उसैले घात गरिरहेकाे हुन्छ । पीडितले तिनै पीडक हाे भन्ने कुरा सुँईकाे पाउन सक्दैन किनकि पीडककाे नियत र आशयभित्र लुकेकाे विभेदपूर्ण व्यवहार छ्द्म हुन्छ । आफू प्रयाेगकाे साधन हाे भन्ने कुरा न सुवास नेम्बाङलाई थाहा हुन्छ न उत्तम थाङ्देनलाई ।

Read More

मेचीकाली अभियानमा फैलाइएका भ्रमहरु : तिनको चीरफार

मेचीकाली अभियानमा संशोधन बिधेयकको बारेमा झुट फैलाएर एमालेले झडपको स्थिती सृजना गरेको छ । वास्तवमा संशोधनका चारवटा बुँदाहरु एमालेले भनेको जस्तो राष्ट्रघाती छँदैछैन । तर यसको निरन्तर बिरोध गर्ने क्रममा आमचकारी गाली सम्ममा उत्रन तयार हुने एमालेको नियत चाहिँ यो सरकारलाई भारतको गोटी प्रमाणित गरेर निर्वाचन अगाडी नै अपदस्थ गराएर निर्वाचन हुन नदिने दाउ हो । हेरौं, संशोधन बिधेयकका बुँदाहरु : १) स्थानिय निकायबाट चुनिने प्रस्ताबित राज्यसभाको सदस्यमा वृद्धि गरिने ( यो संशोधनले मधेशीहरुलाई मात्र फाईदा गर्ने होइन जबकी भर्खरै गठन भएका ७४४ वटा निकायहरु बाट नै प्रतिनिधित्व जाने हो । यो…

Read More

एसएसबिका तर्फबाट गोली प्रहारका सम्बन्धमा सत्यतथ्य अवगत गराओस्

केही दिन अगाडि सप्तरी जिल्लामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका तर्फबाट शान्तिपूर्ण विरोध प्रदर्शनमा सरिक भइरहेका जनताहरुमाथि सरकारको तर्फबाट अत्यन्त निर्मम ढंगले गोली प्रहार गर्ने, हत्या गर्ने र घाइते बनाउने काम भएको छ । गोलीकाण्डबाट सप्तरी सञ्जन मेहता, मलेठ –२, पिताम्बरलाल मण्डल, मलेठ–४, वीरेन्द्र मेहता मलेठ –२, आनन्द साह, प्रसवन्नी ४ मृत्यु भएको छ । त्यस्तै गरेर ५ जना गंभीर घाइते भएका छन् । उपचाररत ५ जना मध्ये पनि धरान विपि केआइएसमा उपचाररत एकजनाको मृत्यु भएको खबर आएको छ । पैंतिस जना अरु घाइते भएका छन् । म यस गोलीकाण्ड वा…

Read More

एउटा सटिक विश्लेषण – जनताले कोरेको हो विभाजन ?

-शंकर लिम्बु ………….. (१) जुन दिन पृथ्वीनारायण शाहले नेपाललाई असली हिन्दुस्थान भने, त्यही दिनदेखि हिन्दु र बौद्ध, मुस्लिम, किरात, क्रिश्चियत धर्महरूको बीच विभाजनको रेखा कोरियो (२) जुन दिन किर्तिपुरका नेवारहरूको नाक, कान काटियो त्यही दिनदेखि विभाजनको रेखा कोरियो (३) मुलुकी ऐनले जुन दिन तागाधारी र मतवाली (मासिने र नमासिने÷कमारा कमारी बनाउन मिल्ने र नमिल्ने), तागाधारी (खस आर्य कमारा कमारीको मालिक र मासिने मतवाली कमारा कमारी) र शुद्ध जाति (तागाधारी) अछुत (दलित) बनाइयो त्यही दिनबाट समाज विभाजित भयो (४) जुन दिन भूमि सम्-बन्धी ऐन ल्याएर लिम्बु तथा अन्य आदिवासीको जमिन खोसेर…

Read More

सप्तरी घटना – सल्केको आगोमा घीऊ नहालौं

Balaram Timilsina

-बलराम तिमिल्सिना ” बिप्लप ” भर्खरै एमाले मधेसको भुङ्ग्रोमा खुट्टा हालेर चिच्याउँदै राजधानी फर्केको छ । एमालेको आँखामा अव मधेशी अनुहार अझ बढी आतङ्ककारी लाग्ने छ र उसले यसको बदला लिने चक्रव्युँह रच्न सक्ने छ । मधेशमा एमालेलाई सामाजिक बहिष्कार गर्ने घोषणा गर्नेहरू हौसिएर थप अराजकतापूर्ण गतिविधि गरेर दमनलाई पान सुपारी बाँड्न उद्दत हुने परिस्थितितिर देश धकेलिन सक्छ । संक्रमणकालको फाइदा उठाउँदै हामीभित्र भारत लगायत छिमेकीहरू आफू खुसी छिरेर स्वार्थ साँध्न सक्छन । नेपालको समस्या नेपाली मात्रले हल गर्न खोजेको मन नपराउँने असल छिमेकी देखि लिएर देशमा विद्यमान व्यवस्थालाई दायाँतिरबाट…

Read More

मंगाेल : मानवशास्त्रीय अध्ययन

बलदिप प्रभाष्वर चाम्लिङ ८ औं शताब्दीमा चीनकाे ताङवंशीकालमा शिवेजातिलाई मंगाेल भनिन्थ्याे । तर पछि १३ औं शताब्दीमा विजेता चंगेज खाँकाे अधिनमा रहेका सारा समुदायलाई मंगाेल शब्दले पुकारिन थालियाे । मानवशास्त्रीय अध्ययनकाे सुरूवात पश्चिमा मुलुकमा भयाे । मानवकाे उत्पति र विकासकाे अध्ययन गर्न शारीरिक संरचनाकाे आधारमा मानवलाई वर्गीकरण गरियाे । गहुँगाेराे, बाटुलाे र चिम्सा नाक हुनेहरूलाई मंगाेलाईड नश्ल वर्गमा राखियाे । उनीहरूले यस्ता शारीरिक विशेषता भएकालाई हालकाे मंगाेलिया देशकाे जनताकाे मापदण्डमा राखेर वर्गीकरण गरे किनकि पश्चिमा मुलुकले गुहँगाेराे, बाटुलाे र चिम्सा नाक भएका मान्छेहरूमा सबैभन्दा पहिले मध्य एसियाका मंगाेललाई नै देखेका…

Read More

गोर्खा भर्तीबारे सैदान्तिक पक्ष र बहस

नबिन राई लोहोरुङ बेलायतमा ब्रिटिश गोर्खाज पुनर्बासको ब्यवस्थाले गोर्खा भर्ती बारे ठुलै बहसको बिषय बनेको छ। नेपालमा यस बारे छलफलको बिषय नठानिए पनि बेलायतमा गोर्खाज बारे गम्भिर प्रश्न उठेको थियो। गोर्खालीलाई बेलायतमा स्थायी बसोबास दिन हुने र नहुने बारे त्यहाका जनताहरु बिचमा दुई मत देखिएको थियो। धेरै जनताले ब्रिटिश गोर्खासलाई समर्थन गरेका थिए। देशको ईतिहास ‘गोर्खाली’को पसिना, रगत र बलिदानले बनेको स्विकार गरेका छन्। बिभिन्न उपाय अपनाएर यहाँको सेवा सुबिधा खाएर बसेका अप्रबासीहरु यो देशको लागि के योगदान गरेका छन्? धेरैको गुनासो थियो। केहीले भने बेरोजगारी बढ्ने र रोजगारी खोसिन…

Read More

स्वस्थानी कथाको रहस्य

डा. कविताराम श्रेष्ठ माघ महीनाभरी स्वस्थानी कथा बडो भक्ति र उत्साहकासाथ नेपालमा पढिइन्छ । यसको महात्म्यको गुण गाइन्छ । सजधजकासाथ यसको ब्रत हुन्छ । त्यस्तैगरी सांग्य विधि अपनाइन्छ । यीनका धार्मिक पक्षको महत्ता आफ्नै ठाउँमा छ । म त्यो कुरो गर्न गइरहेको छैन । यसका कथाले संस्कृतिक इतिहासका दुइवटा महत्वपूर्ण कुरा संकेत गरिरहेको छ- यहाँ म त्यो कुरा गर्न गइरहेको छु । पहिलो कुरो : स्वस्थानी कथामा शीवजीको कथा प्रथम नायकको रुपमा प्रस्तुत भएको छ । उनी नन्दी, भृंगी, भूतप्रेत,  पिसाचका मालिकका रुपमा प्रस्तुत छन् । उनी नांगा जंगली असभ्य…

Read More

लक्ष्मण राजवंशीहरु र जातीय पहिचानको लडाइँ

राजमाया पुतवार एकजना थिए लक्ष्मण राजवंशी । ऊ कुनै बेलामा सत्ताका बारेमा धेरै जान्ने सुन्ने अनि यही जानेसुनेका आधारमा कथा हालिबस्थे । सँधै भन्थे, यो सरकारले नेवारहरुको अस्तीत्वलाई स्वीकारेन, देशमा भाषिक दमन भयो, जातीय पहिचान मेटियो, हामी उठ्नु पर्यो । कथा सुन्ने बानी लागेका नेवारहरुलाई उनी मसिहा जस्ता लाग्थे । श्रद्धाले ओतप्रोत भएकाहरुले उनलाई बनाइदिए “भाषाथुवाः”, अर्थात् भाषाका संरक्षक । आज उनै संरक्षकले नेवारहरुको बचेखुचेको इज्जत पनि मिट्टीमा मिलाइदियो । भषिक अधिकार र समानता भनेर आधा दर्जन कथा निबन्धका पुस्तकहरु लेखे, जनतामा चेतनाका लहर ल्याउनेहरुको पंक्तिमा उभिए । सम्मान गर्न…

Read More

मधेसी मोर्चासामु रहेका दुई विकल्प

केशव झा अहिले संविधान संशोधनका पक्षमा रहेका संघीय गठबन्धनभित्र तीनवटा धार देखिएको छ । पहिलो धारले अहिले आदिवासी जनजातिलाई उचालिरहेको छ । उनीहरूले भन्ने गरेका छन् कि मधेसी मोर्चाले आदिवासी जनजातिलाई धोका दिइरहेको छ । आफ्नो माग मात्रै पूरा गरिरहेको छ । खासमा आदिवासी जनजाति प्रादेशिक मोर्चामा सीमित छन् । त्यस्ता प्रादेशिक मोर्चामा विभिन्न राजनीतिक दलमा नेता, कार्यकर्ता छन् । र, ती कार्यकर्ताले आदिवासी जनजातिलाई उचालिरहेका छन् । गठबन्धनभित्र दोस्रो धारले भनिरहेको छ कि ‘हामीले बारम्बार आन्दोलन गरिरहेका छौँ, त्यसकारण केही प्राप्त पनि गर्दै जानुपर्छ ।’ यो लाइनको प्रस्ट धारणा…

Read More

राई किन जाती होइन ?

राजविक्रम चाम्लिङ किरात मुन्धुममा उल्लेख भए बमोजिम हायु , चाम्लिङ, थामी, नाछिरिङ, साम्पाङ, बान्तवा, कुलुङ, वाहिङ, खालिङ, मेवाहाङ, याख्खा, लिम्बु , धिमाल, मेच, सुनुवार, लोहोरुङ, याम्फु , छिलिङ, वाम्बुले, जेरो, दामी, कोइ, तिलुङ, आठपहरे, जिरेल लगायत किरात मुलका जाति (पाछा) हुन्। शाही शासनले २४० वर्षसम्म यहाँका विविध जातिहरु माथि एक पक्षीय नीति लादेका कारण किरातीहरु समेत पहिचानबारे अन्यौलमा छन्। कथित एकीकरणको बहानामा भूमी खोसेपछि शासकले आदिम किरातीको संस्कृति र परम्परालाई नष्ट गर्न सुब्बा, मुखिया, राई पदले सिंगारेको धेरैलाई हेक्का नै छैन। केहि बुझेकाहरु जानेर पनि तैं चुप मै चुप छन्।…

Read More

म अधर्मी होइन बिधर्मी हुँ :डा. कविताराम श्रेष्ठ

काठमाडौं, ६ पुस । त्यसो त जन्म र पालनपोषणबाट प्राप्त संस्कारले म हिन्दु हुँ तर विशेषगरी नेपाल र भारतका हिन्दुहरूमा भइरहेको जातपातको उचनीच र छुवाछुत, भाग्यबाद, पारलौकिक देउता, स्वर्ग, नर्कको अन्धआस्था, अनि पुरोहीतबादी कर्मकाण्डको कट्टर विरोधी हुँ। यसो हुँदा सायद् म हिन्दु नै रहन्न तर त्यसै हो भने पनि मलाई कुनै दुःख मनाऊ छैन। म भौतिकबादी हूँ नै। नेपाल भूमीकै बिभूति गौतम बुद्धद्वारा प्रतिपादित लौकिक धर्म बुद्ध धर्मको ह्रदयदेखि नै म क़ायल छु। बुद्ध धर्मको सम्यक् आचरण क़ुनै पनि उदार धर्ममा फीट खान्छ नै।त्यसैले यसधर्मका प्रतिपादक बुद्ध हिन्दुहरूका नऔं विष्णु अवतारमा…

Read More

Buddhism

Buddha

– Rai Fanindra (Tour and Trekking Guide in Nepal) Siddhartha Gautam was born in 623 BC. He became Buddha or enlightened in the age of 35 after the six years of meditation. He became the liberated person for the people through his wisdom. Many people are following the path of Buddha is known as Buddhist and those Buddhist thought, wisdom, morality, iconography and practices are known as Buddhism. So Buddhism covers the vast subject matters of Buddhist followers. Buddhism is the perspective upon the nature and consequences of mind and soul;…

Read More

म र बले दाइको कथा

– कृष्ण के.सी (एनआरएन अमेरिकाको साधारण सभाको स्मारिका २०१५ र १० भन्दा धेरै नेपाली अनलाइन पत्रीकाहरुमा प्रकाशित, यो लेख व्यावसायीक हिसाबले उपयुक्त लागेकाले साभार गरिएको छ । सम्पादक, एविसि खबर ) मलाई जस्तै तपाईंहरुलाई आफ्नो बाल्यकालको चक–चक र बहादुरीका तीतामीठा स्मृतिहरु मानसपटलमा आउँदा हुन । पुराना साथीभाइ वा आफन्तसँगको जमघटमा चर्चाका बिषय पनि बन्दा हुन । हुन त म लेखक, साहित्यकार त होइन त्यसैले लेख्न बस्दा एक पाना पनि नलेख्दै टुंगिन्छ कि त भने मेसो फुर्दै फुर्दैन । सायद म साहित्व्यकार हुन सक्तिन होइन हुन जान्दिन भन्ने कुराको गतिलो प्रमाण…

Read More

राई शब्दको मौलिकता बारेमा ….

खुक्सङ खम्बु खालिङ राईहरु आफूलाई रादु भनेर चिनाउँछन । चाम्लिङ राईहरु पनि आफूलाई रादुङ भन्छन क्यारे । हामी थुलुङ राईहरु आफूलाई प्रच्यो भन्छौं । प्रच्यो भनेको राई हो भन्ने हाम्रो बुझाइ छ, जसको शाब्दिक अर्थ यही भूमीबाट उत्पति भएको भन्ने हुन्छ, थुलु भनेको त थुलुङ भइहाल्यो प्रच्यो, रादु, रादुङ र राई शब्द मा निकट सम्बन्ध छ, भन्ने लाग्छ । यदि रायाबाट राई हुन्छ भनेर सजिलै अर्थ लाइन्छ भने रादु, रादुङबाट राई किन हुँदैन ? त्यो जरुर हुन सक्छ, बरु हाम्रो अध्ययनको दायरालाई अझ फराकिलो, वस्तुनिष्ठ र तथ्यपरक पो बनाउने हो…

Read More

ओलि राष्ट्रवादले जवाफ देलान्

– भिम राई जताततै ओलि राष्ट्रवादको कुरा सुनिरहेको मेरो कानले झट्ट दिमागलाई अह्रायो होइन यो राष्ट्रवाद साँच्चिकै होकी राप्पा (चाम्लिङ भाषामा बिच्चमा) को हो । अहिले २० वर्षे लक्का जवान भएका युवा जो जन्मनु अघि नै उनको राष्ट्रवादी चरित्र देखिएको थियो । भलै राजधानीमा अहिले उनका समर्थनमा निकै ठुलो हुल देखिँदा मथिङगलमा त्यो स्पष्ट घुम्न थालेको छ । युवाहरु उनका साथमा छन् रे भन्ने देखाउन स्वत स्र्फुत भनिएको निर्देशित युवाहरुको जमघटमा महाकालि सन्धीको समिक्षा भयो की भएन ? प्रश्न उठ्यो । तर उनिहरुलाई थाहा छैन रे सुनियो । हुन पनि…

Read More

ईयु, क्रिश्चियन गोराजाति, संघीयता विरोधी र स्वर्गीय प्रपन्नाचार्य

– बलदिप प्रभाश्वर चाम्लिङ कट्टर क्रिश्चियन गोराजातीय राज्यहरूको आर्थिक भलोको लागि खोलिएको संस्था हो, युरोपियन युनियन(ईयु) । वास्तवमा यसले धार्मिक जातीय लक्ष्मण रेखाको घेरा हालेको छ । युरोपको जुनसुकै देश यसको सदस्य हुन सक्दैन । यसको सदस्य हुन् शास्त्रीय क्रिश्चियन र शुद्ध गोरा नश्लकै देश हुनुपर्छ । टर्कीले युरोपियन युनियनको सदस्य हुन भयङ्कर जोड गरेका थिए । टर्कीले रोइकराई ईयुको सदस्य हुन धेरै चोटी निवेदन हाले । सबै वाह्य सर्तहरू उसले पुरा गरेका थिए । तर युनियनले विभिन्न बहाना गरेर टर्कीलाई यसको सदस्य बनाउन आलटाल गर्दै आएको थियो । अहिले…

Read More

कृषि क्षेत्रमा कसरी व्यवसायिक बन्ने ?

गंगा बहादुर वि.क. नेपाल कृषि प्रदान देश त्यस्मा पनि खोटाङ जिल्लामा त कृषि पेशा हैन भन्ने किसान सायद नभेट्यिला भन्दा फरक नपर्ला । खोटाङ जिल्लामा २८ हजार ५ सय ५० घर धुरी कषक र ७५ हजार ५ सय ८५ हेक्टर खेति योग्य जमिन छ , जस्मा ६१,हजार २ सय २३ खेति गरी रहेको र १४ हजार २ सय ६१ हेक्टर जमीन बाँझो रहेको छ । यसरी हेर्दा ६७ प्रतिशत मानिस कृषि पेशामा आवद्ध छन । कृषि क्षेत्रको कुरा गर्दा विगतको तुलनानाम निकै परिवर्तन आएको छ । विगतमा याम्खा, खिदिमा, बाम्राङ…

Read More

अवैज्ञानिक हिन्दुवादी र विकासकाे तगाराे

बलदिप प्रभाकर चाम्लिङ हिन्दुहरूको आरध्य देवता महादेव हिमालय पर्वतमाथि साँढे बाहन छेउमा राखेर अर्धनग्न अवस्थामा बसेको, सर्पको माला लगाएको र हातमा त्रिशुल लिएको मुद्रामा बसेको देखाइन्छ । महादेवको यस्तो मुद्रासन भनेको हिन्दुअवधारणा हो । यहाँ सामान्य प्रकृतिको नियम पनि ख्याल गरिएको छैन । क० कोही नाङ्गै रहन सक्छ, हिमालको ठण्डीमा ? ख० तराईमा हुने चिल्लो साँढे हिमालमा हुन्छ कहीँ रु हिमालमा रहने प्राणीको त प्रशस्त भुत्ला हुन्छ । साँढेको ठाउँमा चौरी भएको भए स्वभाविक हुन्थ्यो । ग० सर्प कहिँ हिमालय भेगमा बाँच्न सक्छ रु हिमालय पर्वत सर्पको बासस्थान होइन ।…

Read More