सगरमाथा आरोहीलाई जीपीएस सिस्टममार्फत ट्र्याक गरिने

काठमाडौं, ८ चैत। नेपाल सरकारले सगरमाथा आरोहीहरुलाई जीपीएस सिस्टममार्फत् ट्र्याकिङ गर्ने भएको छ । विकसित देशहरुले प्रयोग गर्दै आएका जीपीएस प्रविधि नेपालमा पनी प्रयोग गर्न लागेको हो । सुरुमा परीक्षणको लागि प्रयोग गर्ने र पछि सबै आरोहीलाई ट्र्याकिङ गर्ने योजना बनाइएको छ । शुरु हुनै लागेको यहि स्प्रीङ सिजनमा परीक्षण गर्ने र यो सफल भयो भने अटम सिजनबाट सबै आरोहीलाई अनिवार्य गर्ने योजना छ । केही आरोहीले सगरमाथा सफलतापूर्वक चढेको भन्दै झूटो विवरण दिने गरेको पाइएपछि सरकारले जीपीएस सिस्टममार्फत् ट्र्याकिङ गर्न लागेको हो । यसअघि भारतीय नागरिक दिनेश राथोड र…

Read More

मझुवागढी पुग्न पदमार्ग

एविसि खबर खोटाङ, २ कात्तिक । जिल्लाको पर्यटकीयस्थल मझुवागढी जानका लागि फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको छ । गढी आवतजावत गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर दिक्तेलस्थित हाटडाँडादेखि भगवतीपार्कसम्म फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको हो । जिल्ला विकास समितिमार्फत सञ्चालित एसबिएलएल परियोजनाको आर्थिक तथा जिल्ला प्राविधिक कार्यालय खोटाङको प्राविधिक सहयोगमा पदमार्ग निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष भूपराज राईले बताए । अध्यक्ष राईका अनुसार हाटडाँडादेखि चार खण्ड गरेर क्रमिक रूपमा ३ आर्थिक वर्ष लगाएर फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको हो । पदमार्ग निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावतमा सहज…

Read More

१३ असोजबाट किर्तिपुरमा मिश्रीत मेला

एविसि खबर काठमाडौं, १२ असोज । नेपालीहरुको महान चाड बडा दशैँ नजिकै आउदै गर्दा संस्कृतिले भरपुर पर्यटकिय नगरी किर्तिपुरमा दोस्रो किर्तिपुर औधोगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७३ गरिने भएको छ । १३ गते असोज देखि असोज २३ गते सम्म किर्तिपुरको नया बजारको खेलकुद मैदानमा मेलाको आयोजना हुने भएको हो । सधै सामाजिक कार्यगर्दै आएको औधोगिक शान्ति नेपाल संस्थाले एम्बुलेन्स खरिद सहयोगार्थ दोस्रो पटक कीर्तिपुरमा मेला आयोजना गर्न लागेको आयोजकले जनाएको छ । लामो समय देखि नेपालका विभिन्न जिल्लाहरुमा औधोगिक तथा व्यापार मेला गर्दै आएको औधोगिक शान्ति नेपाल सस्था र…

Read More

इन्सु राईको ‘नेपाल सुरक्षित छ’ वृत्तचित्र

एविसि खबर काठमाडौं, ३ असार । गायक तथा पथप्रदर्शक इन्सु राईले नेपालको पर्यटनलाई सहयोग पु¥याउने उद्देश्उले ‘नेपाल सुरक्षित छ’ नामको वृत्तचित्र तयार पारेका छन् । भर्खरै उदाउन लागेको सूर्यको रातो किरण हिउँमा पर्दा सुनौलो रङगको हिमाल देखिने सुन्दर दृश्यले जो कोहीलाई पनि लोभ्याउँछ । उही दृष्यहरुलाई समेटेर उनले वृत्तचित्र तयार पारेका हुन् । गत वार्ष गएको भूकम्पले केही समय हिमाल आरोहण, पर्यटन क्षेत्रमा समेत अवरोध पु¥यायो । अब नेपाल पर्यटकीय दृष्टिकोणले सुरक्षित छ भन्ने सन्देश दिने उद्देश्यले गायक तथा हिमाल पथप्रदर्शक इन्सु राईले ‘नेपाल सुरक्षित छ’ वृत्तचित्रको निर्माण गरेका हुन्…

Read More

लाटोकोसेरो संरक्षणका लागि अध्ययन

एविसि खबर अछाम, १७ जेठ । सुदूरपश्चिममा लाटोकोसेरो अर्थात् हुचिलको संरक्षणका लागि अध्ययन गरिने भएको छ । अध्ययनको सुरुआत अछाम जिल्लाबाट गरिने छ । लाटेकोसेराको अवस्थाका बारेमा अध्ययन गर्ने र त्यसको अवस्थाका बारेमा पत्ता लगाएर संरक्षण गरिने छ । पहिलेको तुलनामा सुदूरपश्चिममा हुचिलको संख्या घट्दो अवस्थामा रहेकाले हुचिल संरक्षणका लागि प्रकृतिका साथी नामक संस्थाले अध्ययन गर्ने भएको हो । नेपालमा पाइने २२ प्रजातिका हुचिलमध्ये सुदूर पश्चिममा करिब १२ प्रजातिका पाइने गरेको र त्यसको हालको अवस्थाका बारेमा कुनै यकिन संख्या र तथ्याङ्कका बारेमा कुनै पनि जानकारी नभएकाले अध्ययन गर्ने लागिएको लाटेकोसेरोको…

Read More

हराउँदै म्याग्दीको ढुंगेघर

एविसि खबर म्याग्दी, १६ जेठ । म्याग्दीका ग्रामीण क्षेत्रमा ढुंगाले छाएका चिटिक्क परेका घरहरु विस्तारै हराउँदै जान थालेको छ । जस्तापाता र कंक्रिटको बढ्दो प्रयोगका कारण त्यस्ता घरहरु संकटमा पर्दै जान थालेको हो । केही समयअघिसम्म गाउँमा प्रशस्त मात्रामा देख्न पाइने चिटिक्क परेका ढुंगेघर अहिले देख्नै छाडिएका छन् । वातावरणीय र स्वास्थ्यको दृष्टिकोणले समेत उपयोगी मानिने ढुंगेघरका ठाउँमा अहिले कंक्रिट र जस्तापाताको प्रयोग गरी घर निर्माण गर्न थालिएपछि ढुंगेघर ओझेलमा पर्दै जान थालेको स्थानीयवासीले बताएका छन् । म्याग्दीका मुना, मुदी, गुर्जा, लुलाङ, हिस्तान, चिमखोला, दाना लगायत गाउँमा प्रशस्त मात्रामा देखिने…

Read More

बुद्ध जयन्ती सफल पार्न दलहरु प्रतिबद्ध

एविसि खबर लुम्बिनी, ५ जेठ । शाक्यमुनि गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा आयोजना गर्न लागिएको २५६०औँ बुद्ध जयन्तीलाई भव्य, सभ्य र मर्या्दित बनाई सफल पार्न रुपन्देहीका राजनीतिक दलहरुले प्रतिबद्धता जनाएका छन् । पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय पोखरा तथा जिल्ला प्रशासन कार्यालय रूपन्देहीको संयुक्त आयोजनामा मङ्गलबार ‘भैरहवामा भएको बुद्ध जयन्ती र शान्तिसुरक्षा’ विषयक अन्तरक्रियामा बोल्ने राजनीतिक दलका प्रतिनिधिले बुद्ध जयन्तीलाई भव्यरुपमा सफल पार्ने प्रतिबद्धता जनाएका हुन् । दलका प्रमुख तथा प्रतिनीधिले बुद्ध जयन्तीलाई सफल पार्न आ–आफ्नो पार्टीका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाउँदै कार्यक्रममा स्थानीय समुदायको सहभागिता बढाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्…

Read More

सगरमाथा लगिँदै शान्तिदीप

एविसि खबर लुम्बिनी, ३ जेठ । लुम्बिनीमा रहेको अखण्ड शान्तिदीप सगरमाथाको आधार शिविर लगिने भएको छ । विश्व शान्तिको मुहान सिद्धार्थ गौतम बुद्धको जन्मस्थलबाट शान्तिदीप लिएर एभरेष्ट म्यारथन विजेता दीपक राईको टोलि आइतबार नै त्यस तर्फ लागि सकेका छन् । टोलिमा नेपालका ओलम्पियन धावक बैकुण्ठ मानन्धर, खड्ग रानाभाट, कृष्ण बस्नेत रहेका छन् । लुम्बिनीबाट तिलौराकोट, स्वयम्भू, बौद्धनाथको परिक्रमा गर्दै सोलु पुग्ने कार्यक्रम रहेको छ । बुद्धको जन्मस्थल लुम्बिनीको शान्तिदीपबाट यात्रा थालेको उक्त टोली मायादेवी मन्दिर परिक्रमा गरी ज्योति लिएर तिलौराकोट गएका थिए । टोलीले सोलु बजारबाट सोलु गुम्बा परिक्रमा गर्दै…

Read More

निकुञ्जका ताल सुक्यो

एविसि खबर चितवन, २९ वैशाख । चितवन राष्ट्रिय निकुञ्जभित्र र मध्यवर्ती क्षेत्रका तालहरू धमाधम सुक्न थालेका छन् । निकुञ्ज भित्रकै दुई वटा ताल सुकेका र अन्य तालमा समेत पानीको सतह अत्यधिक मात्रामा घट्न थालेको चितवन निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताएका छन् । मुख्यतः खडेरीले गर्दानै तालको पानी सुक्न थालेको हो । निकुञ्ज बाहिरको पर्यटकीय महत्व बोकेको र गैँडाको विचरण हुने वरन्डाभारमा रहेको राइने तालसमेत सुकेको छ । अहिले विभिन्न तालको अवस्था हेर्दा निकुञ्जभित्र वन्यजन्तुको चहलपहल हुने लघुना ताल र थपलिया ताल सुकेको पाइएको अर्यालको भनाइ…

Read More

सिकार आरक्षको सुरक्षामा सेना

एविसि खबर बागलुङ, २६ वैशाख । ढोरपाटन सिकार आरक्षको सुरक्षार्थ नेपाली सेना खटिएको छ । चोरी सिकार, अतिक्रमणजस्ता अवैध कार्य रोक्न सरकारले सेना राखेको हो । नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु निर्देशनालयमार्फत हनुमान ध्वज गुल्म आरक्ष क्षेत्रमा पुगेको छ । मन्त्रिपरिषद्ले सेना राख्ने निर्णय गरेको दुईवर्षपछि आरक्षमा सेना परिचालित भएको हो । स्थानीय आदीवासी समुदायको चर्को विरोधका बावजुद सरकारले त्यहाँ सेना पठाएको हो । जल जंगल र जमिनमा आफ्नो पहँुच सुरक्षित हुनुपर्ने माग राख्दै ढोरपाटन आरक्षमा स्थानीयले सेनाको उपस्थिती अस्विकार गरेका थिए । उनीहरुले आफैले सो क्षेत्रको सरंक्षण गर्न…

Read More

भूकम्पले पर्यटनमा नकारात्मक प्रभाव

वैशाख १२, २०७३- सन् २०१४ मा नेपालमा कुल ७ लाख ९० हजार १ सय १८ पर्यटक भित्रिएका थिए । तर सन् २०१५ मा ५ लाख ३८ हजार ९ सय ७० मात्रै भित्रिए । २०१४ को तुलनामा २०१५ मा २ लाख ५१ हजार १ सय ४६ जना अर्थात् ३१.७८ प्रतिशत पर्यटक घटे । यसको मुख्य कारण थियो– गत वर्षको महाभूकम्प । भूकम्पले विश्व सम्पदा सूचीमा परेका ऐतिहासिक धरोहरदेखि ट्रेकिङ ट्रेल, होम स्टे, होटलमा क्षति पुगेपछि पर्यटन क्षेत्र नै धराशयी बन्न पुग्यो । नेपाल पर्यटन बोर्डका अनुसार गत वर्ष पर्यटकहरूको पहिलो रोजाइ…

Read More

हलेसीमा नमुना होटल ‘हलेसी भिलेज’

संगीता राई खोटाङ, ७ वैसाख । खोटाङ जिल्लाको ऐतिहासिक धार्मिक तथा पर्यटकिय स्थल हलेसी महादेवस्थानमा आउने आन्तरिक तथा वाह्य पर्यटको सुविधाका लागि नमुनाका रुपमा होटल हलेसी भिलेज संचालनमा आएको छ । स्थानीय तहमा खोटाङ जिल्लाको रहनसहन तथा पारिवारिक वातावरणमा सेवा सुविधा उपलब्ध गराउने गरी होटल संचालनमा ल्याइएको हो । जिल्लाका चार जना अगुवा व्यवसायीहरुको लगानीमा होटल सुरुवात भएको संचालक मध्येका खुशनारायण सैजुले जानकारी दिए । उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रुद्र गिरी, निवर्तमान अध्यक्ष खुसनारायण सैँजु, वर्तमान अध्यक्ष राजेन्द्र लयालु र व्यवसायी जयराम गिरीको संयुक्त लगानी रहेको करिब एक करोड…

Read More

हलेसीमा बढे चिनिया पर्यटक

संगिता राई खोटाङ ७ वैसाख । पूर्वको पवित्र तिर्थस्थलका रुपमा रहेको हलेसीमा चिनिया पर्यटकहरुको आगमन बढेको छ । हलेसीमा हिन्दु, बौद्व तथा किरात धर्मको संगम स्थलको रुपमा रहेको महादेव थान, बसाहा गुफा, गुरु पद्मसम्भवले साधना गरेको मारातिका गुम्वा, तथा किरात रेछाकुले मन्दिर बसेको एतिहासिक ओडार रहेको हलेसी हेर्न अवलोकन गर्न उनिहरु त्याहाँ पुगेका हुन् ।उनिहरुले त्यहाँ रहेको भौगौलिक स्थानहरुको अध्ययन तथा पुरात्वात्कि कुराहरु हेरेर प्राकृति दृष्यमा रमाएको बताएका छन् । यस्तै पछिल्लो समयमा हलेसीमा आन्तरिक तथा वाह्य पर्यटकको आगमन बढ्दो रहेको छ । उद्योग वाणिज्य महासंघका नि. वर्तमान केन्द्रिय सदस्य…

Read More

कालीगण्डकीमा जल विहार

एविसि खबर पर्वत, ६ वैशाख । पश्चिम नेपालको कालीगण्डकी नदीमा जलविहारका निम्ती पर्यटकहरुको आगमन बढेको छ । जलयात्रा (¥याफटिङ)को सिजन सुरु भएसँगै जलयात्राका लागि आउने पर्यटकको हवात्त बढेको हो । गर्मिको मौसममा जलयात्राका लागि ख्याति कमाएको कालीगण्डकीमा पर्यटकको आगमन हुन थालेपछि त्यस क्षेत्रका व्यवसायीसमेत उत्साही भएका छन् । फागुनको अन्तिम सातादेखिनै जलयात्राका लागि पर्यटक आउन थालेका हुन् । छोटो र पारिवारिक जलयात्राका लागि ‘फेमिली रिभर’को रुपमा चिनिएको कालीगण्डकी नदीमा आउने पर्यटकको घुइँचो लाग्न थालेको छ । लामो, समथर र कम बहाव भएकाले विदेशी नागरिक अन्य नदीभन्दा कालीगण्डकीलाई नै रोज्ने गर्दछन्…

Read More

सैलेसमा फूल्यो हारमको फूल

एविसि खबर जनकपुरधाम, १ बैसाख । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको पडारिया चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारीमा नयाँ वर्ष मात्र फुल्ने फूल देख्न पाइन्छ । सल्हेस अर्थात ‘सैलेस’को फूलबारी ‘हारमको’ रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ मौलाएर जान्छ । सो रुखको फूलबारीको मध्यभागमा रहेको राजा सलहेसको गहबर(मन्दिर)संँगै टाँसिएको सो रुखको फूल आजसम्म रहस्यमय नै बनेको छ । माला आकारको सेतो फूलको थुँगा जस्तो देखिने र साँझपख मौलाएर जानु खोजकर्ताका लागि अनौठो र रोचक विषय भएको छ । त्यो रुख केको हो र कसरी यतिका वर्षसम्म बाँचिरहेका छन्…

Read More

शिखरपोष्टले मनायो आफ्नो दोस्रो वार्षिकोत्सव

एविसिखबर काठमाडौं, २४ चैत्र । शिखरपोष्टले आफ्नो दोस्रो वार्षिकोत्सव भव्यतापूर्वक मनाएको छ । मंगलबार नेपाल पर्यटन बोर्डमा एक विशेष समारोहबीच शिखरपोष्टले आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको हो । सोही अवसरमा सञ्चालन गरिएको ‘लयमा फर्किदै गरेको पर्यटन र अबको हाम्रो दायित्व’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले भूकम्प र नाकाबन्दीलगायतका कारणले थलिएको नेपालको पर्यटन उद्योग बिस्तारै पूर्ववत अवस्थामा फर्कन थालेको बताएका छन । कार्यक्रमका प्रमुख अथिति संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले नेपालको आर्थिक विकाशमा पर्यटन क्षेत्र महत्वपुर्ण भूमिका रहेको भन्दै पर्यटन क्षेत्रलाई उकास्न तथा प्रचारप्रसार गर्नका लागि ब्यवसायी, सरकार र पत्रकार…

Read More

पोखरामा मरेको बाघ

एविसि खबर पोखरा, २३ चैत । पोखराको लेखनाथ नगरपालिकाको–६ को अर्चले र कालिका गाविस–३ गडुवा खोलाको मुहान नजिक मृत बाघ फेला परेको छ । करिब चार पाँच दिन अगाडि मरेको हुन सक्ने वयस्क बाघलाई स्थानीयवासीले दाउरा काट्न जाँदा देखेपछि प्रहरीलाई खबर गरेका हुन् । सो वनका हेरालु बाबुराम पौडेलले भने, ‘सुरुमा बाघ देखेपछि हामी त डरायाँै तर पछि दुई चार जनाको सहयोगमा हल्लाखल्ला गर्दै गएर हेर्दा त बाघ मरेको देखेपछि सुरक्षा निकायलाई खबर गरेका हौँ ।’ डाँडाको नाक प्रहरी चौकीका प्रमुख मित्रबहादुर भण्डारीको नेतृत्वमा स्थानीयवासीको सहयोग लिएर गएको प्रहरीसहितको टोलीले…

Read More

अवैध ड्रोन क्यामेरा पर्यटकिय क्षेत्रमा

एविसि खबर मुस्ताङ, २२ चैत । नेपालको भौगोलिक क्षेत्र तथा त्यहाँको प्राकृति सौँदर्यलाई कैद गर्न नेपालका पर्यटकीय क्षेत्रमा अवैध रुपमा ड्रोन क्यामेरा प्रयोग हुने गरेको पाइएको छ । विश्व प्रसिद्ध राउण्ड अन्नपूर्ण पदमार्गमा आउने पर्यटकले अवैधरुपमा ड्रोन क्यामेरा प्रयोग गर्ने क्रम बढेको पाइएको हो । गएको मंसिर १६ गते लोमान्थाङ र चैत ४ गते म्याग्दीको घोरेपानी क्षेत्रमा बाह्य पर्यटकलाई अनुमति बिना ड्रोन क्यामेराबाट तस्बिर र भिडियो लिइरहेको अवस्थामा पक्राउ गरेपछि यस्ता घटना सार्वजनिक भएका हुन् । प्रहरीले दिएको जानकारीअनुसार, लोमान्थाङमा दुई पर्यटक माइकल र आजा टोसर र घोरेपानीमा युक्रेनी नागरिक…

Read More

बढ्यो पाटन दरबारमा पर्यटक

एबिसि खबर ललितपुर, १७ चैत । विश्व सम्पदा सूचीमा रहेको पाटन दरबार क्षेत्रमा बाह्य एवम् आन्तरिक पर्यटकको चाप बढेको छ । गत वैशाख १२ गतेको भूकम्पले दरबारस्थित विभिन्न संरचना ध्वस्त भएपछि पर्यटक संख्यामा कमी आएको थियो । अंग्रेजी महिना मार्चको सुरुदेखि नै पर्यटकको उल्लेखनीय वृद्धि भएको पाटन संग्रहालयका अधिकृत सुरेशमान लाखेले जानकारी दिए । उनका अनुसार दैनिक ५० जनाको हाराहारीमा बाह्य पर्यटक सङ्ग्रहालय, कृष्ण मन्दिर, भीमसेन मन्दिरलगायत अवलोकन गर्न आउने गरेको बताए । यसैगरी, आन्तरिक पर्यटकको समेत वृद्धि कायम रहेको उनको भनाइ छ । पर्यटक आगमनसँगै संग्रहालयको आम्दानी पनि वृद्धि…

Read More

पर्यटन प्रवद्र्धनका लागि घोडा दौड

एविसि खबर पोखरा, १३ चैत । खेल पर्यटनको प्रवद्र्धन एवं विकासका लागि आगामी ११ वैशाखदेखि १५ सम्म पर्यटकीय नगरी पोखरामा प्रतियोगितात्मक घोडा दौड एवं प्रदर्शनी हुने भएको छ । पोखरामा शुक्रबार आयोजित अन्तत्र्रिmया कार्यक्रममा सो कुराका जानकारी गराइएको हो । नेपाल घोडचढी संघका केन्द्रीय सदस्य एवं पश्चिमाञ्चल घोडचढी संघका अध्यक्ष लोकजंग लामाले खेल पर्यटनलाई लक्षित गरी घोडा दौड एवं प्रदर्शनी आयोजना गरिएको जानकारी दिए । पोखराको पर्यटनको विकासका लागि घोडचढी पर्यटन पनि एउटा महत्वपूर्ण पाटो बन्न सक्ने बताउँदै उनले घोडाको ट्रेकिङ ट्रेलसमेत निर्माण गरी पर्यटकलाई आकर्षण गर्न सकिने धारणा राखे…

Read More

चिया कम्पनी र व्यवसायीबीच सहमति

एबिसि खबर सिन्धुपाल्चोक, ६ चैत । सिन्धुपाल्चोकको एभरेष्ट चिया कम्पनी र होटल व्यवसायीबीचको विवाद समाधान भएको छ । भोटेचौर–७ मा रहेका एभरेष्ट चिया कम्पनीले प्राङगारिक चिया उत्पादन भन्दै आफ्नो कमानमा प्रवेश निषेध गरेपछि विवाद आएको थियो । बीस वर्षदेखि सञ्चालनमा रहेको सो चिया कम्पनीले प्राङ्गारिक चिया उत्पादन गर्ने भन्दै छ महिना अघिदेखि होटल व्यवयासी र पर्यटकलाई चिया कमानमा छिर्न नदिएपछि पर्यटनको आवागमन घटेको थियो । इलाका प्रहरी कार्यालय मेलम्चीमा शुक्रबार चिया कम्पनी व्यवस्थापक, होटल व्यवसायी र विभिन्न राजनीतिक दलका प्रतिनिधिबीचको छलफलपछि बगान प्रवेशमा कुनै रोकतोक नगर्ने सहमति भएको इप्रका मेलम्चीका…

Read More

पुर्व सभामुखको चुल्हो निम्तो

एविसि खबर इलाम, ३० फागुन । एमाले संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुवास नेम्वाङले एमालेको सबै जिल्ला अध्यक्षहरुलाई इलाम घुम्न चल्हो निम्तो दिएका छन् । आर्थिक विकासका लागि पर्यटन क्षेत्रको विकास गर्नु जरूरी रहेको बताउँदै उनले आफ्नो गृहजिल्ला घुम्न आउन निम्ता गरेका हुन् । एमालेको मेची अञ्चल समन्वय कमिटीले आयोजना गरेको मेची पर्यटन प्रवद्र्धन अभियानलाई इलाम सदरमुकाममा सम्बोधन गर्दै उनले अहिलेसम्म देशमा आर्थिक विकास हुन सकेको थिएन, अब पर्यटनको क्षेत्रबाट आर्थिक विकास गर्नुपर्नेमा जोड दिए । इलाम पर्यटकीय सम्भावना भएको जिल्ला भएकाले पर्यटनको विकासमा जोड दिनुपर्ने र यहाँ जस्तै…

Read More

देवदहमा ऊँट र हात्ती सफारी

एविसि खबर बुटवल, २० फागुन । रूपन्देहीको देवदहमा लागेको दोस्रो देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवमा ऊँट र हात्ती सफारी मेलाको आकर्षण बनेका छन् । बुद्वको मावली भनेर चिनिएको देवदहमा आयोजित मेलामा ऊँट हेर्ने र हात्ती सफारीका लागि दर्शकको घुइँचो बढेको हो । भारतको राजस्थानबाट मेलामा भित्र्याइएको ऊँट अहिले प्रदर्शनका लागि मात्र राखिएको छ । केही दिनपछि देवदहका पर्यटकीय क्षेत्रको अवलोकनका लागि ऊँटको सफारीसमेत गराइने मेला आयोजक संस्था उद्योग वाणिज्य संघका अध्यक्ष गोपालप्रसाद ढकालले जानकारी दिए । उनले भने, ‘देवदहमा उद्योग व्यापार विस्तार गरौँ, ऐतिहासिक, सांस्कृतिक, धार्मिक, कृषि…

Read More

नाटोजको अध्यक्षमा अधिकारी

नाटोजको दोस्रो वार्षिक साधारणसभाबाट अध्यक्षमा गन्तव्य नेपालका पत्रकार शिव अधिकारी सर्वसम्मतरुपमा निर्वाचित भएका छन् । नाटोजको दोस्रो वार्षिक साधारण सभाबाट पत्रकार अधिकारीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । नाटोजको उपाध्यक्षमा राष्ट्रिय समाचार समितिका विकास लोहनी, राजधानी दैनिकका मधुजंग पाण्डे, रेडियो नेपालका भूषणकुमार पोखरेल, इमेज टेलिभिजका प्रतीक लामिछाने र न्यूज २४ का संगम बाँनिया चयन भएका छन् । त्यस्तै, महासचिवमा शिखर पोस्टका प्रकाश खालिङ, उपमहासचिवमा राष्ट्रिय समाचार समितिका सिवी अधिकारी, सचिवमा पर्यटन मासिकका भूमिराज तिवारी, कोषाध्यक्षमा अर्थ र बजार पत्रिकाका नवीन काफ्ले र सहकोषाध्यक्षमा गन्तव्य नेपालका कल्पना मर्हजन चयन…

Read More

पर्वतारोहणका लागि दुई वर्ष मिनाहा

एविसि खबर काठमाडौं, १८ फागुन । सरकारले पर्वतारोणको अनुमति लिएका तर भूकम्पका कारण स्थगित भएका व्यक्तिका लागि आरोहण गर्न दुई वर्षका मिनाहा गर्ने भएको छ । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) को दोस्रो वार्षिक साधारणसभाको उद्घाटन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले हिमाल आरोहणका लागि अनुमति लिएका तर आरोहण गर्न नपाएका आरोहीका लागि दुई वर्ष मिनाहा गर्ने व्यवस्था गरेको बताएका छन् । ‘सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा पर्वतारोहण गर्न अनुमति लिएका तर भूकम्पका कारण स्थगित भएर समय सकिएका पर्वतारोहीलाई दुई वर्षका लागि मिनाहा गर्ने निर्णय भएको छ’ पर्वतारोहण…

Read More

प्रहरी नै पर्यटन सूचना केन्द्र

२० पौष, रुपन्देही स्थलमार्ग हुदै सबैभन्दा बढी बिदेशी पर्यटक आउने भैरहवाको बेलहियानाकामा रहेको नेपाल पर्यटन बोर्डको पर्यटक सूचना केन्द्र बिगत एक बर्ष देखि कर्मचारी बिहीन हुँदा पर्यटक प्रहरीको भरमा सञ्चालन हुँदै  आएको छ  । एक जना सूचना अधिकृत सहित ६ जनाको दरबन्दी रहेको  भैरहवाको बेलहिया नाकामा अबस्थित नेपाल पर्यटन बोर्डको सूचना केन्द्रको दैनिक काम पर्यटक प्रहरीले गरिरहेका छन् । ् पर्यटकहरुको सहयोगका लागि खटिने गरेका पर्यटक प्रहरीहरुको दैनिकी पर्यटक सूचना केन्द्र खोल्नु,त्यहाँको रेखदेख गर्नु र आउने पर्यटकलाई नेपालका पर्यटकीय क्षेत्रहरुको बारेमा जानकारी तथा अभिलेखहरु उपलब्ध गराउनु भएको  छ । कार्यालयमा…

Read More

पर्यटकीय स्थल भेडेटार महोत्सव शुरु

पौष, भेडेटार । नयाँबर्ष २०१६ लाई लक्षित  धरान र धनकुटाको संगल स्थल भेडेटारमा  चौथो फुड फेष्टिवल सूरु भएको छ ।   होटल एशोसियशन भेडेटारको आयोजनामापुर्वको प्रमुखपर्यटकीय स्थल भेडेटारमाबिहीबार देखि फुड फेष्टिबल  सूरु भएको हो  । तिनदिन सम्मचल्ने फेष्टिवलको उद्घाटन गर्दे भूमि सुधार मन्त्री रामकुमार सुब्बाले प्राकृतिक रुपमै सुन्दर रहेको भेडेटारको विकासमा सरकारले पुर्ण रुपमा सहयोग गर्ने  प्रतिबद्धता व्यक्त गरे । होटल एशोसियशन भेडेटारका अध्यक्ष लिलाराज लावतीले   फेष्टिबल अवधिभर २० लाख वराबरको कारोबार हुने तथा १० हजार पर्यटकले अवलोकनगर्ने अपेक्षा गरिएको  वताए । विभिन्न ४९ स्टल रहेको फेष्टिवलमा विभिन्नजातिय परिकारतथा स्थानीयउत्पादनहरु राखिएको…

Read More

सीमसार क्षेत्र ओझेलमा

बर्दिया । बर्दिया जिल्लामा थुप्रै पर्यटकीय क्षेत्रहरु रहेका छन् । तर ती पर्यटकीय क्षेत्रहरुलाई सरकारले अहिलेसम्म पहिचान गर्न भने सकेको छैन । सरकारले पर्यटकीय क्षेत्र बिकासकालागि ध्यान दिन नसक्दा जिल्लामा रहेका प्रशस्त्र सम्भावना बोको पर्यटकीय क्षेत्रहरु समेत ओझेलमा परेका छन् । त्यस्तै नियति भोगेको छ बर्दिया जिल्लाको धधवार गाविसमा रहेको सतखलुवा  सीमसार क्षेत्रले । बर्दिया जिल्लाको ढकेला गाउँ अन्र्तगत पर्ने एक सय बिगाहा क्षेत्रफलमा फैलिएको सतखलुवा सीमसार क्षेत्रमा यति बेला मानिसहरुको घुईचो लागेको छ । यहाँको मनोरम ताल हेर्न बाँके,बर्दिया,कैलाली कञ्चजनपुर लगायतका जिल्लाहरुबाट अन्तरिक पर्यटकहरु यति बेला यस क्षेत्रमा आउँने…

Read More

सुन्दर गिलुङलाई सिङ्गार्दै महिलाहरु

१४ मंसिर, लमजुङ हुन त स्वभाविकै हो आफ्नो लागि आफैंले गर्नुपर्छ । यही भावनालाई गुरुमन्त्र ठानेर लमजुङको पर्यटकीय गाउँ गिलुङका स्थानीयबासीहरु आफ्नो गाउँको सरसफाइमा जुट्न थालेका छन् । विस्तारै होमस्टेका लागि पर्यटकहरुको आगमन बढ्न थालेपछि प्रकृतिले सुन्दर बनाइदिएको आफ्नो गाउँलाई सफा र चिटिक्क बनाउँन स्थानीयहरु आफैं लागिपरेका हुन् । कतिसम्म भने चराचुरुङ्गीहरुले झारिदिएका पातपतिङ्गार समेत टिपेर सफाइ गर्ने गरेका छन् । गाउँमा ‘आरसिडिसी सुआहारा’ सरसफाई कार्यक्रम लागु भएपछि लमजुङको पर्यटकीय गाउँ गिलुङका गाउँलेहरुमा आएको चेतनाको विकाससँगै आफ्नो गाउलाई थप स्वच्छ र हराभरा बनाउँने अभियानमा लागेका हुन् । अहिले कुल ३…

Read More

पर्यटन प्रवद्र्धनको रणनीतिक योजना बन्दै

सिबी अधिकारी काठमाडौं । भूकम्पले भत्काएका भौतिक पूर्वाधार मर्मत सम्भार तथा पुनःनिर्माणसँगै पर्यटन प्रवद्र्धनका लागि सरकारले विशेष रणनीतिक योजना अघि सारेको छ । पर्यटकीय गन्तव्यको विकाससँगै थप नयाँ गन्तव्यको प्रवद्र्धन गरी अधिक पर्यटकीय लाभ लिनेगरी कार्ययोजना ल्याइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भूकम्पपछि थलिएको पर्यटनलाई पहिलाकै अवस्थामा फर्काउन रणनीतिक योजनाको अन्तिम तयारी गरेको हो । मन्त्रालयका प्रवक्ता मोहनकृष्ण सापकोटाले पर्यटन प्रवद्र्धनका लागि पर्यटन रणनीतिक योजना बनेको र यसलाई चाँडै लागू गर्ने प्रक्रियामा रहेको जानकारी दिनुभयो । “नेपालका सम्भावित पर्यटकीय गन्तव्य थुप्रै छन् त्यस्ता ठाउँको प्रवद्र्धन गर्ने कार्ययोजना…

Read More