जिल्ला अस्पतालमा औषधि अभाव

एविसि खबर फलेवास, २७ कात्तिक । जिल्ला अस्पताल पर्वतमा औषधि अभाव भएको छ । सरकारले सर्वसाधारण नागरिकलाई निःशुल्क वितरण गर्ने औषधि पर्वतमा अभाव भएको हो । पर्वतमा ज्वरो आउँदा खाने सिटामोल, गर्भवती महिलाले प्रयोग गर्ने आइरन चक्की, मेट्रोजस्ता अति आवश्यक औषधिसमेत अभाव भएको जिल्ला अस्पताल पर्वतले जनाएको छ । जिल्ला अस्पतालमा हाल १७ किसिमका औषधि नरहेको जानकारी अस्पतालले दिएको छ । अस्पतालका अनुसार भएका औषधिसमेत पर्याप्त छैनन् । सरकारले नागरिकलाई ७० किसिमका औषधि निःशुल्क वितरण गर्ने भने पनि जिल्ला अस्पताल पर्वतले प्राथमिक स्वास्थ्य केन्द्रमार्फत ५८ किसिमका र स्वास्थ्य चौकीमार्फत ३५ किसिमका औषधि वितरण गर्दै आएको छ ।…

Read More

ओटी र इमर्जेन्सीबाहेक सबै बन्द

एविसि खबर काठमाडौं १७ असोज । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का आवासीय चिकित्सकहरुले अनसनरत डा. गोविन्द केसीको समर्थनमा मंगलबारबाट ओपीडी लगायतमा काम नगर्ने भएका छन् ।  ओटि इर्मजेन्सिमा भने काम नियमित हुने छ । आकस्मिक र शल्यक्रियामा भने काम जारी राख्नेछन् । डा. केसीको माग सम्बोधन गर्न सरकारले कुनै चासो नदिएको नेशनल रेसिडेन्ट डक्टर्स एशोसिएसनले जनाएको छ । बुधबार कार्यक्रम अन्तरगतका अपरेशन (ओटी) र इमर्जेन्सीबाहेकका काममा सहभागी नहुने उसले बताएको छ । एशोसिएसनले डा. केसीको मागमा आफ्नो समर्थन र ऐक्यवद्धता रहेको भन्दै माग पूरा गर्न सरकारसँग माग समेत गरेको छ…

Read More

अस्पतालको लार्पाबाहीले महिलाको ज्यान गयो

क्षतिपुर्ति नपाए लाश नबुझ्ने एविसि खबर खोटाङ, २० भदौ । अस्पतालको चरम लार्पाबाहीले महिलाको ज्यान गएको भन्दै मृतकको आफन्तले क्षतिपुर्तिको माग गरेका छन् । जिल्ला अस्पतालमा पाठेघर सफा गर्न गएको धितुङ– ६ की टलकुमारी राईको ज्यान गएको भन्दै उनका आफन्तले विरोध गर्दै उचित क्षतिपुर्ति नपाए सम्म आफुले लाश नबुझ्ने बताएका छन् । जिल्ला प्रशासन कार्यालयमा सोमबार विहान देखि सर्वदलिय सवैपक्षिय भेला राखेर उनीहरुले जिल्ला अस्पतालको स्वास्थ्यकर्मीहरुले लापारवाही गरेको आरोप लगाएका छन् । छलफलको क्रममा एमाले नेता तथा खोटाङ जिल्ला क्षेत्र नम्बर १ का सांसद पिके राईले अस्पतालको आन्तरिक विवादले गर्दा…

Read More

केसी समर्थकमाथि प्रहरीको लाठी चार्ज

एविसि खबर काठमाडौं, ९ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अगाडि प्रदर्शन गर्न गएका वरिष्ठ चिकित्सक गोविन्द केसीका समर्थकलाई प्रहरीले लाठी हानेको छ, केहीलाई धरपकड गरेको छ । यसक्रममा करिब एक दर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घम्साघम्सी हुँदा प्रदर्शनकारीलाई प्रहरीले लाठी हानेर लखेटेको थियो । आइतबार ११ बजे चिकित्सक, नर्स, विद्यार्थी तथा सर्वसाधारण आयोग अगाडि प्रदर्शन गर्न गएका थिए । ठूलो संख्यामा परिचालित प्रहरीले जुलुशलाई टंगालस्थित भाटभटेनी सुपरमार्केट अगाडि नै रोकेको थियो । प्रदर्शनमा उत्रिएकाहरूले सुरूमा ‘तपाईं किन पागल?’ भनी सोधिएको प्रश्नमा विभिन्न उत्तर दिए। कसैले ‘भ्रष्टाचारको विरोध…

Read More

तनावको कारण खानापनि !

एविसि खबर काठमाडौं, ६ असार । मानिसलाई हुने धेरै प्रकारका विभिन्न तनावमध्ये खाना पनि एक रहेको छ । मानिसलाई जव समस्याले घेर्छ अनि तनाव हुन्छ । जस्तै बिमारी, आर्थिक संकट, बेरोजगारी, देशको दुरावस्था जस्तै खानाले समेत मानिसमा तनावको मात्र बढाउँछ भन्दा नपत्याने कुरा हुन सक्छ । तनावको स्रोत यी मात्र होइनन् । कमैलाई थाहा छ, हामीले खाने खानेकुरा पनि तनावको स्रोत बन्न सक्छन् । विशेषगरी बजारीया खानेकुराहरु । त्यसैले दैनिक आहारमा विशेष ध्यान दिनसके मात्र पनि तनाव कम गर्न सकिने पोषणविद् डा. भुपाल बानिया बताउँछन् । डा. बानियाका अनुसार दैनिक…

Read More

निःशुल्क प्लास्टिक शल्यक्रिया शिविर सम्पन्न

एविसि खबर भक्तपुर, ३० जेठ । मध्यपुर नगरपालिकाद्वारा सञ्चालित कोरिया नेपाल मैत्री अस्पताल मध्यपुरथिमिमा चारदिने निःशुल्क प्लास्टिक शल्यक्रिया शिविर सम्पन्न भएको छ । दक्षिण कोरियाको रोज क्लब संस्थाको सहकार्यमा सञ्चालित शिविरमा १ सय ५१ जनाको शल्यक्रिया गरिएको कोरिया नेपाल मैत्री अस्पतालका निर्देशक डा डिके रोशनले सञ्चारकर्मीलाई जानकारी दिए । शिविरमा शरीरका विभिन्न भागमा आगाले पोलेको, खुँडे भएको, आँखा टाँसिएकोे, छ औँला भएको, ढाडमा मासु पलाएको, पुराना घाउ रहेको, जलेको आदि र घाउ लगायत विभिन्न अङ्गको निःशुल्क शल्यक्रिया गरिएको थियो । रोज क्लवका डा मु ह्युन पेलका नेतृत्वमा सात शल्यचिकित्सक सहित…

Read More

किर्ते गर्ने डाक्टर धरौटीमा रिहा

एविसि खबर पाँचथर, ७ जेठ । सरकारी छाप दस्तखत कीर्ते गरेको आरोपमा मुद्दा खेपिरहेका डाक्टर तारा पोख्रेललाई जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ । उनले विसं ०५२ देखि ०५६ सालसम्म पाँचथर अस्पताल प्रमुखको जिम्मेवारी सम्हालेका थिए । उनलाई जिल्ला अदालत पाँचथरले २७ हजार रुपैयाँ धरौटी मागेर तारेखमा रिहा गरेको हो । पाँचथर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले उनलाई २७ हजार रुपैयाँ धरौटी माग गरेको थियो । मागअनुसारको धरौटी दाखिला गरेर पोख्रेल तारेखमा रिहा भएका छन् । २० वर्ष पहिले दर्ता भई मुल्तवीमा रहेको मुद्दालाई अनुसन्धान गर्न भन्दै पाँचथर प्रहरीले…

Read More

भोजपुरमा ईन्सेफ्लाईटिस विरुद्व खोप

विवेक राई भोजपुर २६ वैशाख । भोजपुरमा जापानिज ईन्सेफ्लाईटिस रोग विरुद्ध््को खोप अभियान आईतबारवाट शुरु भएको छ । जिल्लाको सवै गाविस तथा नगरपालिकाहरुमा यो अभियान चलाईने जिल्ला स्वास्थ्य कार्यलय भोजपुरले जनाएको छ । जापानिज ईन्सेप्फ्लाईटिस रोग लामखुट्टेले कुनैपनि सक्रमित पशुपक्षिलाई टोकेपछि उतm लामखुट्टेले मानिसलाइ टोक्यो भने यो सर्ने जिल्ला स्वास्थ्य प्रमुख डाक्टर नवलकिशोर झाले जानकारी दिएका छन् । तर एक व्यातिm बाट अर्को ब्यतिmमा भने नसर्ने यो रोगको निश्चित उपचार नभएको र यसको एकमात्र उपाय जेइ भ्याकसिन भएकोले भोजपुरमा ४६ हजार ७ सय ३७ वालवालिकालाई खोप अभियानमा संलग्न गराईनेछ ।…

Read More

औलोका बिरामी बढ्दो

एविसि खबर काठमाडौ, १३ वैशाख । अहिले पनि नेपालमा बर्सेनि करिब दुई हजार प्रयोगशाला प्रमाणित औलोका बिरामी भेटिने गरेका छन् । औलो रोग संक्रमित पोथी एनोफिलिज लामखुट्टेको टोकाइबाट लाग्ने र यो रोगबाट गर्भवती महिला तथा पाँच वर्षमुनिका बालबालिका बढी जोखिम हुने चिकित्सकको भनाइ छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बाबुराम मरासिनीले नेपालमा खुला सिमाना र वैदेशिक रोजगारमा गएर फर्केकाबाट औलोको जोखिम भएकाले नियन्त्रणमा समस्या भइरहेको बताए । गत वर्ष नेपालमा एक हजार ३५२ औलोका बिरामी भेटिएका थिए । त्यसमध्ये ५५ प्रतिशत नेपालभित्र र बाँकी भारतमा काम गरी…

Read More

अस्पतालमा मनपरी शुल्क

एबिसि खबर मोरङ, ६ वैशाख । मोरङमा सञ्चालित ठूला निजी अस्पतालले बिरामीबाट मनोमानीरुपमा बेडचार्ज शुल्क असुल्ने गरेका छन् । नियमनकारी निकायले पर्याप्त चासो नदिँदा विराटनगरमा सञ्चालित निजी अस्पतालले बिरामीबाट मनपरी मनोमानी शै्यया शुुल्क लिने गरेको सेवाग्राही सुभाष कामतले गुनासो गरे । न्यूरो अस्पतालका अनुसार सामान्य श्ययामा एक दिन बिरामी राखेको ८०० देखि २ हजारसम्म शुल्क लिने गरेको छ । सो अस्पतालले सामान्यक्याबिनको तीन हजार, डिलक्सको चार हजार र आइसियुुको दैनिक छ हजार श्यया शुल्क लिने गरेको छ । यस्तै विराट नर्सिङ होमका अनुसार सामान्य बेड शुल्क एक हजार २५०, डिलक्स…

Read More

तलबको कुरा नमिल्दा भिडियो एक्सरे सेवा बन्द

एविसि खबर पर्वत, २९ चैत । जिल्ला अस्पताल पर्वतमा रहेको एक्सरे मेसिन नचलाउँदा सर्वसाधरण महंगोमा परेका छन् । झन्डै एक महिनादेखि अस्पतालको एक्सेरे मेसिन संचालनमा नआउँदा उनीहरुले चर्को मूल्य तिरेर नीजि क्लिनिकमा जनुपर्ने गुनासो गरेका छन् । अस्पतालमा कार्यरत चिकित्सकले आन्तरिक कारण देखाउँदै अस्पतालमा रहेको भिडियो एक्सरे सेवा बन्द गरेपछि सर्वसाधारण निजी क्लिनिकमा जान बाध्य बनेका छन् । सेवा बन्द हुँदा अस्पतालमा पुग्ने असहाय, अशक्त बिरामी मर्कामा परेका छन् । पर्वत जिल्ला अस्पतालका चिकित्सकले अस्पतालमा रहेको भिडियो एक्सरे गर्ने कोठाको चाबी बन्द गरेर तीन सातादेखि बाहिरको क्लिनिकमा बिरामी जाँच गर्न…

Read More

गर्मिमा आँखाको सुरक्षा गर्न आवश्यक

एविसि खबर काठमाडौं, २२ चैत । गर्मी मौसममा आँखाको सुरक्षा गर्न अति आवशयक रहेको चिकित्सकहरुले बताएका छन् । उनीहरुले गर्मि मौसममा आँखाको एलर्जीहुने, चिप्रा आउने जस्ता समस्याहरु हुन सक्ने बताएका छन् । चिकित्सकहरुले आँखाको स्याहार गर्नु निकै आवश्यक रहेको भन्दै जाडो मौसममा भन्दा गर्मी समयमा बढी मात्रामा आँखामा समस्या हुने गरेको आँखा अस्पतालमा बढेको भीडले सजिलै पत्ता लगाउन सकिने बताएका छन् । डाक्टरहरुका अनुसार आँखाको समस्या देखिँदा सुरुको अवस्थामा रातो हुने आँखाबाट धागोजस्तो लामो चिप्रा आउने, उज्यालोमा हेर्न समस्या हुने र चिलाउने हुन्छ । यसलाई सिजनल एलर्जिक कन्जन्टेभाइटिस पनि भनिन्छ…

Read More

वर्षमा एक पटक मिर्गाैला जाँचौ

एबिसि खबर काठमाडौं, १७ चैत । राष्ट्रिय मिर्र्गाैला उपचार केन्द्रले कम्तीमा वर्षको एकचोटी अनिवार्य मृगौला जाँच गर्न आग्रह गरेको छ । ठूलो धनराशि खर्च हुनबाट जोगिन मृगौलाको परिक्षण गर्नु आवश्यक रहेको केन्द्रले जनाएको छ । हरेक वर्ष एकसय रुपैयाँ खर्च गरेर पिसाब र रगतको परीक्षण गरेमा मिर्गाैला रोगबाट जोगिन सकिने केन्द्रका प्रमुख सम्पर्क अधिकृत विमल न्यौपानेले बताए । रोगीले पाँचवटा चरणसम्म मिर्गाैलाको परीक्षण नगराई हेलचेक्र्याइँ गरेको अवस्थामा मात्र मिर्गाैला फेल हुने जानकारी दिए । उनले हरेक व्यक्तिले वर्षमा एकपटक पिसाबमा प्रोटिनको मात्रा तथा रगतमा क्रेटी–९ नामक तत्वको परीक्षण गर्नुृपर्छ ।…

Read More

परीक्षा केन्द्रमा सेनिटरी प्याड

एबिसि खबर पर्वत, १७ चैत । पर्वतमा एसएलसी परीक्षामा सहभागी हुने छात्राका लागि सबै परीक्षा केन्द्रमा सेनिटरी प्याडको व्यवस्था गरिने भएको छ । परीक्षाको समयमा महिनावारी भएकालाई लक्षित गर्दै जिल्लाका सबै परीक्षा केन्द्रमा सेनिटरी प्याडको व्यवस्था गरिएकोे हो । छात्रालाई महिनावारी भएको बेला वा परीक्षा हलभित्रै महिनावारी भएमा समस्या देखिने भएकाले जिल्लाका १९ वटै परीक्षा केन्द्रमा सेनिटरी प्याड, हात धुने साबुन व्यवस्था गरिएको हो । प्लान नेपालको सहयोगमा इन्प्रेड नेपाल, पर्वतले सबै परीक्षा केन्द्रमा पुग्ने गरी ९७ प्याकेट सेनिटरी प्याड उपलब्ध गराएको जनाइएको छ । परीक्षा हाताभित्रै महिनावारी भएपनि परीक्षा…

Read More

धेरै सिँगान बग्नु मुटुलाई खतरा

काठमाडौं, १६ चैत । नाकबाट सधैँभरि सिँगान बग्नु मुटुका रोगकालागि खतरा हुने चिकित्सिकहरुले बताएका छन् । उनीहरुले यस्तो भएमा बेलैमा सचेत हुन चिकित्सकहरुलले सुझाव समेत दिएका छन् । रुघाखोकी लागेको समयबाहेक सधैँभरी एकनासले नाकबाट सिँगान बग्ने गरेको छ भने त्यसले पछि मुटु र श्रवणशक्तिलाई समेत असर पार्नसक्छ । विद्यालय जाने उमेर समूहका बलबालिकामा एकनास नाकबाट सिँगान बग्ने विभिन्न कारणले हुनसक्छ त्यसलाई हेलचक्य्राइँ नगर्न चिकित्सकले सुझाएका छन् । वीर अस्पतालका नाक, कान, घाँटी विभागका कल्सल्टेन्ट इएनटी सर्जन डा दिपेन्द्र गौतमका अनुसार सधैँभरी नाकबाट सिँगान बग्दा मुटुसम्बन्धी समस्या देखिने सम्भावना धेरै हुन्छ…

Read More

लागुऔषध गाँजासहित तीन पक्राउ

एबिसि खबर लहान, ७ चैत । सिरहाको भगवानपुरमा सुरक्षाकर्मीको संयुक्त गस्तीटोलीले आइतबार राति लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले लागुऔषध गाँजासहित सिरहाको नरहारीगोल– ९ निवासी ५० वर्षीय घुरन पासवान, सिरहाको भगवानपुर– ३ निवासी ४५ वर्षीय जोखन मण्डल र भारतको खररीयाथाना निवासी ४५ वर्षीय अमिर यादवलाई पक्राउ गरेको हो । पक्राउ परेकाको साथबाट प्याकिङ गरेको अवस्थामा अन्दाजी पाँच किलो गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

Read More

बागलुङमा हात्तीपाइलेको जोखिम

एविसि खबर बागलुङ, ३० फागुन । सात वर्षदेखि लगातार हात्तीपाइले रोग निवारण कार्यक्रम चले पनि रोगको परजीवी सर्ने क्रम रोकिएको छैन । जिल्ला स्वास्थ्य कार्यालयले बागलुङ अझै पनि हात्तीपाइले रोगको जोखिममा रहेको जनाएको छ । रोग निवारण कार्यक्रम सकिन लाग्दा परीक्षणमा ‘फाइलेरिया’ नामक परजीवी फेला परेको छ । स्वास्थ्य कार्यालयले आम औषधि सेवन कार्यक्रम छैठौँ वर्षमा पुग्दा गत वर्ष गरेको नमुना परीक्षणमा परजीवीको सङ्क्रमण भएका बिरामी पत्ता लागेका हुन् । वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठका अनुसार जिल्लाको अमलाचौर गाविसका ३०० व्यक्तिमा गरिएको रगत जाँचमा नौजनामा हात्तीपाइलेको परजीवी पाइएको छ ।…

Read More