‘समाजवादको यात्रा’ प्रकाशन शुरु

samajbadko-yatra

खोटाङ, असोज–२६, — समाजबादी बिद्यार्थी फोरम, नेपालका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज रबिन खम्बुको प्रमुख सम्पादनमा शुरु गरिएको राष्ट्रिय वार्षिक पत्रिका ‘समाजवादको यात्रा’ को पहिलो अंक बिहिबार खोटाङ सदरमुकाम दिक्तेलबजारमा सार्बजानिक गर्दै औपचारिक रुपमा प्रकाशन शुरु भएको घोषणा गरिएको  छ । सङ्घीय समाजवादी फोरम, नेपालका वरिष्ठ नेता अशोक राई, केन्द्रीय सदस्य भीम राई, उपमहासचिब दानबहादुर बिश्वकर्मा, सांसद राधा तिमिल्सिना, केन्द्रीय सदस्य ध्यानबहादुर राई, जिल्ला उपाध्यक्ष टंक थापा, बिद्यार्थीका केन्द्रीय अध्यक्ष विवेक राई, लगायतको लेखहरुबाट ‘समाजबादको यात्रा’ प्रकाशन शुरु भएको  हो । सङ्घीय समाजबादी फोरम नेपाल निकट बिद्यार्थी संगठन समाजबादी बिद्यार्थी फोरम, नेपाल…

Read More

अनिवार्य र निःशुल्क शिक्षा केन्द्र सरकारले दिने कि स्थानीयले ?

काठमाडौं – संविधानले आधारभूत शिक्षालाई निःशुल्क र अनिवार्य भनिसकेको छ । यसैबीच आधारभूत तहदेखि माध्यमिक तहसम्मको शिक्षा व्यवस्थापनको जिम्मेवारी भने स्थानीय तहमा आएको छ । स्थानीय तहमा आएको शिक्षा व्यवस्थापनको जिम्मेवारी पालना गर्न जनप्रतिनीधिहरु कस्सिएका छन् । यसरी कस्सिएका जनप्रतिनीधिहरु भने अहिले पनि अलमलमा छन् , कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा उनीहरु ‘आइडिया’ खोजिरहेका छन् । जनप्रतिनिधिहरुले आफ्नो पहिलो सभाबाट शिक्षासम्बन्धी विभिन्न नीति, कार्यक्रम सार्वजनिक गरे पनि ती नीति र कार्यक्रम कार्यान्वयनको लागि भने बजेटकै अभाव देखेका छन् । व्यवस्थापन गर्नु भनेको आर्थिक रुपमा पनि पूर्णत: जिम्मेवारी वहन गर्नु भएकोले…

Read More

एसईई परीक्षाको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं, २ असार । माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना उत्तीर्ण भएका छन् । यस वर्षको एसईई परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थी संलग्न थिए । परीक्षामा संलग्न सबै उत्तीर्ण भएका छन् । ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित भएकाले कोही पनि फेल नहुने परीक्षा बोर्डले जनाएको छ । सार्वजनिक भएको नतिजा अनुसार जीपीए ३।६५ देखि ४ सम्म १२ हजार २ सय ८४ जना उत्तीर्ण भएका छन् ।…

Read More

विद्यालयको लापर्बाहिको कारण कक्षा एघारको परिक्षाबाट विध्यार्थी वञ्चित

खोटाङ, ०७४, जेठ २९ । विद्यालयको लापर्बाहिको कारण कक्षा ११ को परीक्षा लिनबाट एक विध्यार्थी वञ्चित भएका छन । रुपाकोट मझुवागढी १३ नुनथलाका अर्पणा राई आगामी असार एक गतेबाट सञ्चालन हुन गैरहेको परीक्षाबाट वञ्चित भएकि हुन । उनी जिल्ला सदरमुकामस्थित सरस्वती मावी दिक्तेलमा कक्षा ११ मा व्यवस्थापन संकायमा अध्ययानरत थिइन । बुवा रोशनकिशोरले परीक्षा फारम छुटेकोले परीक्षा दिनबाट छोरी वञ्चित भएको कुरा बताए । आज विध्यालय प्रशानमा गएर कुरा गर्दा शुरुमा विध्यालयका प्र.अ. ध्यानबहादुर राइले जे गर्छौ गर भन्दै कड्किएको तर पछि सहमतिमा आएकोले विध्यार्थिको क्षतिपुर्ती भराउन निवेदन दिराखेको बताए…

Read More

बल्ल पारित भयो शिक्षा नियमावली

काठमाडौं , १९,जेठ । शिक्षा ऐन आठौँ संशोधन पारित भएको एघार महिनपछि आज बल्ल शिक्षा नियमावली पारित भएकोछ । निक्कै लामो समयपछी पछि शिक्षा नियमावली मन्त्रिपरिषदबाट बल्ल आज पारित भएको हो । सिकाइ अनलाइन (Sikaai online ) लेख्छ -” आफ्नो कार्यकालको अन्तिम क्षणमा मात्र आएर शिक्षामन्त्री धनीराम पौडेल शिक्षा नियमावली पारित गराउन सफल भएका छन् । शिक्षाको सुधारका निम्ति नेतृत्व दिनुपर्ने कामबाट बिमुख भएर निहीत स्वार्थपूर्तिमा मात्र ध्यान केन्द्रित गरेको भनी चौतर्फी आलोचना खेपेका मन्त्री पौडेललाई नयाँ सरकार गठनको आफ्नो कार्यकालको अन्तिम समयमा आएर मन्त्रिपरिषद्मा लामो समय देखि थाती रहेको…

Read More

“मेरो वर्ष ; म स्वस्थ …” अभियान वर्षभरी विद्यालयमा

काठमाडौँ, १९जेठ । ‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’ राष्ट्रिय अभियान सरकारी विद्यालयमा देशव्यापी रुपमा सञ्चालन भएको छ । ” विसं २०७४ मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ” अभियानका रुपमा मनाउने घोषणा गर्दै सरकारले वैशाख २१ गतेबाट सो अभियानको प्राम्भ गरेको हो । सो अभियानलाइ वर्षभरि सञ्चालन हुने अन्य कार्यक्रमसँगै जोडेर स्थानीय तहसम्म लगिने योजना सरकारको रहेकोछ । गोरखापत्र दैनिकमा प्रकाशित समाचार अनुसार -” -“नेपालमा धूमपान र मद्यपानको अत्यधिक सेवन, खाद्य पदार्थमा विषादीको प्रयोग, वातावरणीय पक्षले समेत जनताको स्वास्थ्यमा प्रतिकूल असर पारी कडा रोगको जोखिम बढाएकाले रोकथाम र…

Read More

खोटाङको एक विध्यालयमा आगलागी

खोटाङ , १६ , जेठ । रुपाकोट मझुवागढी नगरपालिका वडा नं १२ जालपामा सन्चालित ज्योती मावी जालपा , खोटाङमा हिजो राती ११ बजेतिर आगलागी भएको छ ! आगलागिबाट भएको क्षति र आगलागी हुनको कारण एकिन हुनबाँकी रहेको एक स्थानियबासिले बताए !

Read More

शिक्षण सिकाइको सन्दर्भमा भाषाको वर्गिकरण

–अमृत योन्जन तामाङ्ग , भाशाशास्त्री —— शिक्षण सिकाइको सन्दर्भमा भाषाको वर्गीकरण गत हप्ता शिक्षाशास्त्रीहरुको छलफलमा एक जना नामुद शिक्षाशास्त्रीले पहिलो भाषा दोस्रो, तेस्रो, चौथो र पाँचौ भाषाको कुरा गर्नु भयो। म त तिन छक परे। कुरा त्यस्तो होइन। शिक्षण सिकाइको सन्दर्भमा भाषा चार प्रकारका हुन्छन्। एउटा बालकले आफ्नो आमाको काखबाट प्राप्त गरेको भाषा उसको पहिलो भाषा हो । यसलाई मातृभाषा पनि भनिन्छ । घरआंगन र परिवारमा पहिलो भाषाको प्रयोग हुन्छ। उमेर बढने क्रममा उसको परिवेश फराकिलो हुन्छ र साथीको भाषा पनि बोल्न थाल्दछ। यो उसको दोस्रो भाषा हुन्छ। परिवेशअनुसार दोस्रो…

Read More

त्रिविको फारम अनलाईनबाट भर्न सकिने

काठमाडौं, ७ चैत । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा अध्ययनरत विद्यार्थीहरुले अब अनलाईनबाटै फारम भर्न पाउने भएका छन् । यो सँगै विद्यार्थीहरुले त्रिविको कुनै पनि फाराम भर्न घण्टौँ लाइनमा बस्नुपर्ने अवस्थाको अब अन्त्य हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले परीक्षा, रजिस्ट्रेसन र ट्रान्सक्रिप्ट लगायतका फाराम भर्न अनलाइन प्रविधि ल्याउन थालेको छ । त्यसमा पहिलो चरणमा त्रिविले उपत्यकाबाहिरका आङ्गिक क्याम्पसहरूबाट यो प्रविधि आरम्भ गर्न लागेको हो । उपत्यका बाहिरका विद्यार्थीलाई काठमाडौँ आउनुपर्ने झञ्झट हटाउन अनलाइनबाट फाराम भर्ने तयारी थालिएको त्यस कार्यालयले जनाएको छ । विगत ६ महिनादेखि अनलाइनबाट नै फाराम…

Read More

प्रावि, निमावि, मावि र उमावि शिक्षक व्यवस्थापन

यसरी हुँदैछ प्रावि, निमावि, मावि र उमावि शिक्षक व्यवस्थापन: प्रस्तावित शिक्षा नियमावली मस्यौदा चिरफार रोशन क्षेत्री ‘गाउँले’/काठमाडौं शिक्षा ऐन आठौं संशोधन पछि विद्यालय शिक्षाको तहगत परिवर्तन भएसँगै अहिले कार्यरत प्राथमिक, निम्नमाध्यमिक, माध्यमिक र उच्चमाध्यमिक तहका शिक्षकलाई अब के भनिएला रु तिनको योग्यता र हैसियत कस्तो हुनु पर्ला रु भन्ने जिज्ञासा अहिले सबैतिर छ । यसैका लागि शिक्षा मन्त्रालयले विद्यालय तहका शिक्षकहरुको व्यवस्थापनमा नयाँ खाँका अघि सारेको छ । यस अघि प्राथमिक, निम्न माध्यमिक, माध्यमिक र उच्च माध्यमिक रहेको विद्यालय तह अहिले आधारभूत र माध्यमिक तहमा रुपान्तरण भएको छ । यसमा…

Read More

पूर्ण समानुपातिक स्ववियुका लागि आन्दोलनमा विद्यार्थी गठबन्धन

काठमाडौं, २८ पुस । पूर्ण समानुपातिक स्ववियु निर्वाचनको माग गर्दै आएका विभिन्न आठ वटा विद्यार्थी संगठनहरुको संयुक्त गठबन्धनले बुधबारबाट स्ववियु निर्वाचनको तयारी भइरहेका क्याम्पसहरुमा तालबान्दी सुरु गरेको छ । समाजवादी विद्यार्थी फोरम, वैद्य निकट अखिल क्रान्तिकारी, विप्लव निकट अखिल क्रान्तिकारी, राप्रविसंघ, नेपाल लोकतान्त्रिक विद्यार्थी फ्रन्ट, नेपाल विद्यार्थी मञ्च, राष्ट्रवादी विद्यार्थी संघ र संघीय विद्यार्थी युनियनको संयुक्त गठबन्धनले हाल त्रिभुवन विश्वविद्यालयले तोकेको स्ववियु निर्वाचन पूर्ण समानुपातिक र समावेशी नभएको भन्दै रोक्न माग गर्दै आएको छ । स्ववियु निर्वाचन पूर्ण समानुपातिक र समावेशी हुनुपर्ने आफूहरुको मागका सम्बन्धमा त्रिविले छलफल गर्न नचाहेको भन्दै…

Read More

८ विद्यार्थीका लागि ५ शिक्षक

एविसि खबर खोटाङ, २७ कात्तिक । खोटाङ सदरमुकाम दिक्तेलको युवावर्ष प्राथमिक विद्यालयमा ५ जना शिक्षकले ८ जना विद्यार्थी पढाउँछन् । तर, विद्यार्थी नभएर होइन, अभिभावकले नपठाएर । दिक्तेल नगरपालिका–३ स्थित सो विद्यालयमा पहिले थुप्रै विद्यार्थी हुन्थे, पछि विस्तारै घट्दै ८ जनामा सीमित भएको हो । हाल जम्मा ८ जना विद्यार्थीका लागि ४ जना दरबन्दी र १ बालविकास केन्द्रका सहयोगी कार्यकर्ता गरी ५ जना शिक्षक रहेका हुन् । बजार जस्तै बाक्लो बस्ती हुनका साथै भौतिक अवस्था अति राम्रो भए पनि राम्रो पठनपाठन नगराएकाले शैक्षिक गुणस्तर र व्यवस्थापन कमजोर भएकै कारण विद्यार्थी…

Read More

विद्यालयमै ‘माइन्ड मेनेजमेन्ट’ तालिम

एविसि खबर काठमाडौं, १० कात्तिक । बाल संसार सेकेन्डरी स्कुल माकलबारी काठमाडौंले ‘माइन्ड मेनेजमेन्ट’ सम्बन्धी पाँचदिने तालिम सञ्चालन गरेको छ । विद्यालयमै सञ्चालित तालिममा ५० जना सहभागी छन् । बिहान ६ देखि ८ बजेसम्म सञ्चालित तालिममा बाल संसार स्कुलसम्बद्ध शिक्षक–शिक्षिका, अभिभावक र इच्छुकले तालिम लिइरहेका छन् । सम्बन्धित व्यक्तिले सफलताको सिँढी उक्लँदा अपनाउनुपर्ने उपाय जानकारी गराउँदै योगी ॐ ले प्रशिक्षण दिइरहेका छन् । ‘तालिम लिनेले ‘माइन्ड मेनेजमेन्ट’ अन्तर्गत सफलताको विज्ञानबारे जान्न–बुझ्न पाउनेछन्,’ बाल संसार सेकेन्डरी स्कुल प्रिन्सिपल तेजबहादुर राईले भने, ‘तालिमले मेमोरी पावर इन्क्रिज गर्न अपनाउनुपर्ने सावधानीबारे गहिरो जानकारी गराउनेछ…

Read More

हेडमास्टर सहित चारजनालाई अख्तियारमा उजुरी

एविसि खबर खोटाङ, २३ भदौ । रकम हिनामिना गरेको आरोपमा जिल्लाको एक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक र समितिका दुई सदस्य विरुद्ध अख्तियारमा उजुरी परेको छ । जिल्लाको दक्षिणी गाविस दुर्छिम–५ स्थित दुर्छिम उच्च माविका व्यवस्थान समिति अध्यक्ष रुपेन्द्र राई, प्रधानाध्यापक विष्णुकुमार राई, समितिका सदस्य प्रदिप राई र बाला राई विरुद्ध उजुरी परेको हो । अध्यक्ष, प्रअ र दुई जना सदस्यको मिलेमतोमा दलित छात्रवृत्ति, भवन निर्माण तथा दातृ निकायबाट प्राप्त ३५ लाख ५० हजार रुपैुयाँ रकम हिनामिना भएको उजुरीमा उल्लेख छ । दलित छात्रवृत्तिका लागि आर्थिक वर्ष २०७०÷०७१, २०७१÷०७२ र…

Read More

मास्टरलाई झोला बोक्न निर्देशन

एविसि खबर गोरखा, १५ असार । गोरखाका सरकारी विद्यालयमा पढाउँदै आएका शिक्षकले विद्यालय जाँदा अनिवार्यरूपमा झोला बोक्नुपर्ने भएको छ । शिक्षकले दिनहुँ विद्यालय पोसाक र शैक्षिक सामग्री भएको झोला बोक्न जिल्ला शिक्षा कार्यालयले निर्देशन दिएको हो । डायरी, सन्दर्भ सामग्री र आवश्यक शैक्षिक सामग्री राख्न सजिलो बनाउन शिक्षकलाई झोला दिइएको जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले बताए । विद्यालयमा शिक्षाको गुणस्तर उकास्न शैक्षिक सामग्रीको प्रयोग र विषयवस्तुप्रति पूर्वतयारीका लागि आवश्यक सामग्री राखेर झोला बोक्न लगाइएको हो । विद्यार्थीको गुणस्तर सुधारका लागि विनियोजन गरिएको बजेटले शिक्षकले झोला खरिद गर्न पाउने सुवेदीको भनाइ…

Read More

एसएलसीको रिजल्ट २ बजे आउने

एविसि खबर काठमाडौं, २ असार । नेपाली विद्यार्थीकालागी आइरन गेट अर्थात फलामे ढोका भनिने गरेको प्रवेशिका परीक्षा (एसएलसी)को नतिजा बिहिबार २ बजे भित्र सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले परीक्षाफल सार्वजनिक गर्न सम्पुर्ण तयारी पुरा भइसकेको जनाएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले नतिजा बिहीबार दिउँसो २ बजेसम्म परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको बताए । नतिजा विगतको जस्तो फेल, पास र श्रेणी छुट्याएर आउने छैन । विद्यार्थीको सिकाई कुन समूहमा छ भनेर बर्गिकरण गरिएको छ । परीक्षा नियन्त्रण कार्यालयले ए प्लस, ए, बी प्लस, बी, सी…

Read More

गुरुङ दम्पतिद्वारा १२ लाख ५० हजारको अक्षय कोष

एविसि खबर खोटाङ, १० जेठ । जिल्लाको दुबेकोल गाबिसमा जन्मेर हाल काठमाडौं बस्दै आएका यूवराज गुरुङ तथा उनका पत्नि हरिदेवि गुरुङले आफुले पढेका ३ वटा विद्यालयको नाममा अक्षय कोष स्थपना गरेका छन् । ग्रामिण भेगमा पर्ने दुवेकोलमा जन्मेका गुरुङले आफुले पढेका कालिका निमावि चिण्डे भदौरे दुवेकोल (तत्कालिन प्रावि), देउराली उच्च मावि डुम्रे धारापनी (तत्कालिन मावि) र त्रीभुवन उच्चमावि एसेलुखर्क (तात्कालिन मावि)का लागि १२ लाख ५० हजार रुपैयाँको अक्षय कोष स्थापना गरेका हुन् । उक्त विद्यालयमा अध्ययनरत उत्कृष्ट बिध्यार्थीहरुलाई प्रोत्साहन गर्ने उदेश्यले अक्षय कोष खडा गरिएको गुररङले जनाएका छन् । अकुत…

Read More

निजी विद्यालयको कमाउ धन्दा सुरु

एविसि खबर भक्तपुर, ८ वैशाख । अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले सरकारकै मिलेमतोमा निजी विद्यालयले भर्नाको नाममा आर्थिक लुट मच्चाएको आरोप लगाएको छ । रफत सञ्चार क्लबले मंगलबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले सरकारले निर्देशिका लागू गरेजस्तो गर्ने तर निजी विद्यालयले त्यसलाई लागू नगर्ने गर्दा विद्यार्थी भर्नामा ब्रह्मलुट मच्चिएको बताए । कार्यक्रममा प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले सरकार निजी विद्यालय बन्द गराउन अग्रसर बनेको आरोप लगाए । नयाँ शैक्षिकसत्रदेखि शुल्क निर्धारणको विषयले महत्व पाउने भए पनि सरकारले नै दुविधा सृजना गर्ने गरेकाले शुल्क निर्धारणमा वैज्ञानिक पद्धतिलाई अवलम्बन गर्नुपर्नेमा जोड दिए ।…

Read More

पोखरामा विद्यालय भर्ना अभियान सुरु

एविसि खबर पोखरा, ४ वैशाख । जिल्ला शिक्षा कार्यालय कास्कीले प्रत्येक सामुदायिक विद्यालयको सेवा क्षेत्रभित्रका बालबालिकालाई अध्यननको अवसरबाट वञ्चित नगराउने उद्देश्यका साथ भर्ना अभियान सुरु गरेको छ । आधारभूत शिक्षामा पहुँचको सुनिश्चितता गराउने शिक्षा विभागको कार्ययोजनानुरुप जिल्लामा त्यसको प्रभावकारी कार्यान्वयनका लागि वैशाखको दोस्रो हप्तासम्म विद्यार्थी भर्ना अभियान एवम् घरदैलो कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने शिक्षा कार्यालयले जनाएको छ । सहायक जिल्ला शिक्षा अधिकारी दीपेन्द्र ढकालका अनुसार अभियानका क्रममा भर्नाका लागि मात्र नभएर बालबालिकाको पढाइको निरन्तरताका लागि पनि अभिभावकसँग अनुरोध गरिएको छ । जिल्लामा पठनपाठन वैशाखको पहिलो सातादेखि सञ्चालन गरिने भए…

Read More

हाजिरीका कारण विद्यार्थी परीक्षाबाट वञ्चित

एविसि खबर चितवन, १३ चैत । हाजिरी नपुगेका कारण जिल्लाका करिब २ सय जना विद्यार्थीले प्रवेशिका परीक्षामा सहभागी हुन नपाउने भएका छन् । जिल्ला शिक्षा कार्यालयले दिएको जानकारीअनुसार सामुदायिक र संस्थागत विद्यालयका गरी ७५ प्रतिशत हाजिरी नपुगेका उनीहरूले परीक्षा दिन नपाउने भएका हुन् । परीक्षा शाखाका प्रमुख ज्ञानहरि पौडेलका अनुसार यस शैक्षिकसत्रमा २ सय २० दिन विद्यालय खुलेर १ सय ९२ दिन पढाइ भएको थियो । पढाइ भएका दिनको ७५ प्रतिशत हाजिरी नपुग्ने विद्यार्थीले परीक्षा दिन नपाउने भएका हुन् । चितवन जिल्लामा यसवर्षको प्रवेशिका परीक्षामा १२ हजार ५ सय २७…

Read More

दाताको खर्चबाट विद्यालय भवन निर्माण

एविसि खबर पोखरा, ३० फागुन । पोखराका एक दाताले एक करोड ५१ लाख रुपैयाको लागतमा कास्कीको लेखनाथ नगरपालिका मोहरियामा एक निम्न माध्यमिक विद्यालयको दुईतले १२ कोठे भवन बनाइदिएका छन् । पोखरा उपमहानगरपालिकाको वडा नं ८ निवासी दाता दम्पत्ति सनत श्रेष्ठ र श्रीमती दुर्गा श्रेष्ठले आफ्नो नीजि खर्चमा भवन निर्माण गरी एक समारोहका बीच विद्यालयको साँचो हस्तान्तरण गरेका छन् । विद्यालयको भवन जीर्ण भई टिनको छानोबाट कक्षाकोठामा पानी चुहिने र वर्षायामको समयमा विद्यालयको पठनपाठन नै बन्द गर्र्नुपर्ने दयनीय अवस्था देखेर श्रेष्ठ परिवारले विद्यालयको भवन बनाइ दिएको बताएका छन् । आफूलगायत परिवार…

Read More

जिर्ण भवन नभत्काइदा विद्यार्थीहरु असुरक्षित

एविसि खबर खोटाङ, २२ फागुन । भूकम्पको कारण क्षतिग्रस्त भएको जिल्लाको नुनथला स्थित जालपा माबिको जिर्ण भवन नभत्काइदा विद्यार्थीहरु असुरक्षित रहेका छन् । भूकम्पको कारण कम्प्युटर कक्ष, बिद्यालयको कार्यक्रम सन्चालन गर्ने सभाहल तथा कक्षा नौ र दसको भवन भूकम्पका कारण जिर्ण भएका हुन्् । उक्त भवन पूर्णरुपमा क्षतिग्रस्त भएका थिए । भूकम्पले अन्य पाँचओटा कक्षाकोठाहरु समेत भत्केका थिए । ती मध्य तिनओटा कक्षाकोठालाइ मर्मत गरि पठन पाठन कृयाकलाप सञ्चालन गरिरहेको शिक्षक धिरेन्द्र कुमार यादवले जानकारी दिएका छन् । उनले बाँकी कक्षा १, २ र ३ का विद्यार्थीहरुलाई गत साल बनेको…

Read More

प्रअले मागे माफी

एविसि खबर मोरङ । सरकारले तोकेको सार्वजनिक विदा नदिँदा मोरङ मधुमल्लको एक प्रधानध्यापकले लिखित माफी माग्नु परेको छ । मधुमल्ला गाविस ४ खाँमेझोडा स्थित बक्राहा माध्यमिक विद्यालयका प्रधानाध्यापक तिलप्रसाद पाण्डे तामाङ ल्हाछारको अवसरमा जर्वजस्ती विद्यालय संचालन गरेको भन्दै ब्यापक विरोध भएपछि उनले माफी मागेका हुन् । प्रधानाध्यापक पाण्डे नेपाल सरकाराले घोषणा गरेको तामाङ जातिको राष्ट्रिय पर्व सोनाम ल्होछारको दिन जर्बजस्त विद्यालय सञ्चालन गरेको भन्दै स्थानीय नेपाल तामाङ घेदुङका कार्यकर्ताहरुले विरोध जनाएका थिए । उनीहरुले बिद्यालय सञ्चालन नगर्न आग्रह गर्दा समेत नटेरेको भन्दै जिल्ला शिक्षा कार्यालय सम्म पुग्ने भनेपछि उनले लिखित…

Read More