कोरियन भाषा परीक्षाको अनलाइन फारम खुल्यो

काठमाडौं, ९ चैत। रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत सन् २०१८ को कोरियन भाषा परीक्षाको अनलाइन फारम खुलेको छ । मंगलबार राति १२ बजेदेखि अनलाइन फारम खुलेको हो । बैंकमार्फत शुल्क तिर्नुपर्ने भएकाले बुधबार कार्यालय समयपछिमात्रै फारम भर्न सकिनेछ । १८ गतेसम्म इपीएस परीक्षाको अनलाइन आवेदन फारम बुझ्ने इपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिए । पहिलोपटक नेपालमा कोरियन भाषाका लागि अनलाइनबाटै फारम भर्ने सुविधा दिइएको छ । यसले फराम भर्न रातभर लाइन बस्नुपर्ने बाध्यता हट्नेछ । गतवर्ष झण्डै ६० हजारले कोरियन भाषा परीक्षा दिएका थिए । यो वर्ष ८०…

Read More

इन्द्रेणीपोखरीमा ढाका बुनाई तालिम उद्घाटन

इन्द्र नाराथुङ्गे, खोटाङ, ३ फागुन । खोटाङ जिल्लाको दक्षिण-पूर्वी गाविस इन्द्रेणीपोखरीमा आज ६ महिने ढाका बुनाई तालिमको उद्घाटन भएको छ । घरेलु विकास समिति खोटाङ र गाउँविकास समितिको साझेदारीमा शुरु भएको ढाका बुनाई तालिमको उद्घाटन इन्द्रेणीपोखरी मा।वि। व्यवस्थापन समितिका अध्यक्ष टंकप्रसाद खतिवडाले गर्नु भएको हो । महिला सञ्जाल इन्द्रेणीपोखरीले ब्यवस्थापन गरिरहेको तालिममा विभिन्न वडाबाट छानिएर आएका १० जना प्रशिक्षार्थीहरु सहभागी हुने छन् । सहभागीहरुलाई रामकुमारी राईले प्रशिक्षण दिनु हुने छ । उद्घाटन कार्यक्रममा घरेलु विकास समितिको समेत प्रतिनिधित्व गर्नु हुँदै प्रशिक्षक राईले ढाका बुनाई सम्बन्धि विविध विषयमा जानकारी दिनु भयो…

Read More

गोर्खा भर्तीबारे सैदान्तिक पक्ष र बहस

नबिन राई लोहोरुङ बेलायतमा ब्रिटिश गोर्खाज पुनर्बासको ब्यवस्थाले गोर्खा भर्ती बारे ठुलै बहसको बिषय बनेको छ। नेपालमा यस बारे छलफलको बिषय नठानिए पनि बेलायतमा गोर्खाज बारे गम्भिर प्रश्न उठेको थियो। गोर्खालीलाई बेलायतमा स्थायी बसोबास दिन हुने र नहुने बारे त्यहाका जनताहरु बिचमा दुई मत देखिएको थियो। धेरै जनताले ब्रिटिश गोर्खासलाई समर्थन गरेका थिए। देशको ईतिहास ‘गोर्खाली’को पसिना, रगत र बलिदानले बनेको स्विकार गरेका छन्। बिभिन्न उपाय अपनाएर यहाँको सेवा सुबिधा खाएर बसेका अप्रबासीहरु यो देशको लागि के योगदान गरेका छन्? धेरैको गुनासो थियो। केहीले भने बेरोजगारी बढ्ने र रोजगारी खोसिन…

Read More

सरकार र व्यवसायी विचको वार्ता अन्यौलमा

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघ र सरकार विचको वार्ता अन्यौलमा परेको छ । वार्ता स्थगित भएको लामो समय बितेता पनि अर्को वार्ता कहिले बस्ने भन्ने विषयमा अजै टुङ्गो नलागेको हो । संघको तर्फबाट वार्ता टोलीका एक सदस्य रोहन गुरुङ्ले अनौपचारिक छलफल भैइरहेकाले चाँडैनै वार्ता बसि निष्कर्शमा पुगिने प्रभावलाई बताए । उनले भने,‘अनैपचारिक छलफल जारि छ, एकअर्कार्को व्यस्तताले गर्दा वार्तामा बस्न सकिएको छैन, केही दिनमै पुन बसी टुङ्गाउनेछौं ।’ गुरुङ्ले निर्णायक वार्ता बस्ने बारे मितिचै खुलाएनन् । उता गुरुङ्ले यसो भनिरहँदा व्यवसायी भने रुष्ट्र बन्दै संघको कडा आलोचना गर्न थालेका…

Read More

अध्यक्ष ढकालको कालो कर्तुत् पर्दाफास

एविसि खबर काठमाडौं, २९ चैत । वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्ष विमलप्रसाद ढकालले एकातीर आन्दोलन गर्न उक्साएर आफुले भने श्रमस्विकृति लिएर फाइदा कमाएका छन् । उनले एकातीर व्यवसायीहरुलाई आन्दोलनको लागि पत्र लेख्ने अर्कोतर्फ आफ्नै मेनपावर कम्पनी खगोल ओभरसिजबाट गोप्य रुपमा श्रम स्विकृत लिएको खुलेको छ । आन्दोलनको नाममा पूर्वस्वीकृतिको काम गर्ने व्यवसायीहरूलाई कारबाहीका लागि पत्र लेखेका छन् भने स्वयं ढकालले भने आफ्नै म्यानपावर कम्पनी खगोल ओभरसिजबाट पूर्वस्वीकृतिको काम गरी मनपरी गर्ने गरेका छन् । वैदेशिक रोजगार व्यवसायीहरूको हक–हित र सुरक्षाका लागि स्थापना भएको व्यवसायीहरूको छाता संगठनकै अध्यक्षले व्यवसायीहरूमाथि आफू मनपरी…

Read More

ढकालनै लागे व्यवसायीका आन्दोलन तुहाउन

काठमाडौं, २८ चैत । लामो समयदेखि म्यानपावर व्यवसायीको हितमा भन्दै आन्दोलन चलाइरहेका व्यवसायी संघका अध्यक्ष विमल ढकालले आन्दोलनलाई कमजोर बनाउने खेलमा लागेको खुलासा भएको छ । उनले वैदेशिक रोजगार व्यवसायीका आन्दोलन तुहाउन लागिपरेको अन्य व्यवासायीहरुको आरोप छ । वैदेशिक रोजगार व्यवसायीको जारी आन्दोलनको मुख्य एजेन्डा सम्बन्धित श्रम तथा रोजगार मन्त्रालयले मागे पनि अध्यक्षले वास्तविक एजेन्डा प्रस्तुत नगरेर आन्दोलनलाई तुहाउन लागेका हुन् । तत्कालिन श्रम राज्यमन्त्री टेकबहादुर गुरुङको मन्त्रीस्तरीय निर्णयबाट गत २१ असारदेखि मलेसिया र खाँडीका ६ मुलुकगरी सात वटा देशमा फ्री भिषा, फ्री टिकटको निर्णय गरेको थियो । नेपाली कामदारहरूलाई…

Read More

जान्दा बगरमै पैसा

एविसि खबर मोरङ, २७ चैत । मोरङका विभिन्न खोलाको किनारमा बसोबास गर्दै आएका किसानले बगरमा तरकारीखेती गरी राम्रो आम्दानी गर्न थालेका छन् । मोरङको रङ्गेली नगरपालिका–९ का ३५ वषर््ीयि छेदनलाल मण्डलले यो वर्ष पनि चिसाङ खोलाको बगरको दुई बिघा जमिनमा तरकारी लगाएर राम्रो आम्दानी गर्दै आएका छन् । खोलाको बगरमा तरकारी फलाउने र आम्दानी लिने सोच राखेर तरकारीखेती गर्दै आएका मण्डलले दुई लाखको लगानीमा गत वर्षको मंसिरदेखि वैशाखसम्ममा छ लाख रुपैयाँ कमाएका छन् । यो वर्ष पनि पाँच लाख कमाइसकेका छन् । यो वर्ष काँक्रा, तीतेकरेला, फर्सी, लौका, तरबुजा, रोपेका…

Read More

महिलाका लागि ६ वटा जिल्लामा परियोजना

एविसि खबर इलाम, १३ चैत । सीमान्तकृत समुदायका महिलाहरूका लागि विभिन्न ६ जिल्लामा ‘गभर्नेन्स फेसिलिटी’ ले परियोजना सञ्चालन गर्ने भएको छ । स्थानीय सुशासन, निर्णायक तह, निर्वाचन र राजनीतिमा अर्थपूर्ण सहभागितामा वृद्धि गर्ने उद्देश्यले पहिलोपटक देशका विभिन्न ६ जिल्लामा परियोजना सुरु भएको हो । ‘गभर्नेन्स फेसिलिटी’ नामक दातृनिकायको लगानीमा ६ जिल्लाको ३० गाविसमा एकैसाथ परियोजना सुरु भएको हो । ‘महिलाहरू विशेषगरी सीमान्तकृत समुदायको स्थानीय सुशासन, निर्णायक तह, निर्वाचन र राजनीतिमा सहभागिता सवलीकरण कार्यक्रम’ नामक परियोजना सञ्चालनमा आएको हो । यो परियोजना इलामसहित पाँचथर, ताप्लेजुङ, झापा, मोरङ र काभ्रेमा एकैसाथ सुरु…

Read More

पूर्वाञ्चल प्रहरीको जागिर खान भिड

एबिसि खबर मोरङ, ७ चैत । नेपाल सरकारको प्रहरी पदमा भर्ना हुन पूर्वाञ्चलबाट मात्र ६ हजार युवायुवतीले आवेदन दिएका छन् । पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र भर्ना छनोट शाखाका प्रहरी निरीक्षक देवीप्रसाद बरालका अनुसार पूर्वाञ्चलका १६ जिल्लाबाट चार हजार ७०३ जना पुरुष ९९७ जना महिला गरी पाँच हजार ७०० जनाले प्रहरीमा भर्ना हुन आवेदन बुझाएका हुन् । प्रहरी प्रधान कार्यलयले नेपालका पाँचवटा तालिम केन्द्र र जिल्ला प्रहरी कार्यालयमा गएको माग २४ गतेदेखि फागुन ३० गतेसम्म प्रहरी पदको आवेदन फारम दिन सक्नेगरी पाँच हजार चार ४४४ जना प्रहरी पदको भर्ना खोलेको…

Read More

कोरियाबाट आयो कामदारको लागि श्रम सम्झौता

एविसि खबर काठमाडौं, १ चैत । दक्षिण कोरियाले सन् २०१६ को पहिलो लटका लागि कोरियन भाषा परिक्षामा उतिर्ण गरेका २७ सय कामदारको लागि श्रम सम्झौता पठाएको छ । फागुनको पहिलो हप्तादेखि नेपाली कामदारको छनोट सुरु गरेको कोरियाले एक महिनाको बीचमा २७ सय कामदारको ‘लेबर कन्ट्रयाक्ट’ पठाएको हो । कोरियाको मानव संसाधन विकास विभागले पहिलो चरणमा कृषि र उत्पादनमूलक तर्फकका कामदार छान्ने क्रम तीब्र पारेको हो । विभागले भाषा परीक्षा पास गरेका कामदारको ३ चरणमा छनोट गर्ने गरेको इपीएस कोरिया शाखाका निर्देशक डिल्लाराम बास्तोलाले जानकारी दिएका छन् । जनवरी यता झण्डै…

Read More

मुद्दा छलेर आन्दोलनमा म्यानपावर व्यवसायी

एविसि खबर काठमाडौं,२८ फागुन । प्रहरीको हस्तक्षेपको सीधा बिरोध गर्न नसकेका म्यान पावर व्यवसायीले आन्दोलनको एजेण्डलाई निकै मोडेर प्रस्तुत गरेका छन् । उनीहरुले कामका लागि नेपाली पुग्ने प्रमुख मुलुकहरुसँग द्विपक्षीय श्रम सम्झौता गर्न सरकारलाई दबाव दिनका लागि आन्दोलन थालेको बताएका छन् । तर, उनीहरुको आन्दोलनको मनासाय भने प्रहरीले थालेको कारवाही अभियानलाई प्रभावित गर्नु रहेको श्रम मन्त्रालयका अधिकारी बताउँछन् । द्विपक्षीय श्रम सम्झौता नेपालले चाहेर मात्रै नहुने भन्नेमा व्यवसायी जानकार हुँदा हुँदै यो एजेण्डा उठाइएको दावी मन्त्रालय स्रोतको छ । मन्त्रालयका एक उच्च अधिकारीले व्यवसायीले प्रहरीको कारवाही अभियान तुहाउन सम्झौताको विषय…

Read More