मत्स्येन्द्रनाथको जात्रा सम्पन्न

काठमाडौं, ११ जेठ । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मत्स्येन्द्रनाथको जात्रा आज ललितपुरको जावलाखेलमा  सम्पन्न भएको छ । भोटो देखाउने प्रचलन रहेकोले यो जात्रालाई भोटोजात्रा पनि भनिन्छ । आज भोटो देखाएसंगै उपत्यकाकै सवैभन्दा लामो जात्राका रुपमा परिचित मत्स्येन्द्रनाथको जात्रा सकिएको छ । जात्रा अवलोकन गर्न राष्ट्रप्रमुख विद्या देवी भण्डारी तथा उच्च पदस्थ सरकारी अधिकारीहरु ललितपुरको जावलाखेल पुगेका थिए ।लिच्छवीकालीन राजा नरेन्द्रदेवको पालादेखि  राजा (राष्ट्र अध्यक्ष) भोटोजात्राको प्रमुख अतिथि बन्ने परम्परा छ ।  भुतप्रेत पन्छाउन भोटोजात्राको अघिल्लो दिन रथ वरिपरि भात छर्ने गरिन्छ । जावलाखेलको नाम पनि यही भात…

Read More

त्रि.वि. किर्तिपुरमा किरात उभौली सम्पन्न (भिडियो)

काठमाडौं, १० जेठ । किरात राई विधार्थी संघ, त्रि.वि. ईकाई समितिको आयोजनामा बुधबार त्रिभुवान विश्वविद्यालय परिसरमा किरात उभौली साकेला भव्य रुपमा सम्पन्न भएको छ ।  किर्तिपुरमा विद्यार्थी लगायत किरातीहरु भेला भई उभौली साकेला मनाएका हुन् । सो कार्यक्रममा किरात राई यायोख्खा, केन्द्रिय उपाध्यक्ष टिकासरी राईले विस वर्ष पछि भएको स्थानिय तहको पहिलो चरणको निर्वाचनमा सन्तोषजनक परिणाम नआएको हुनाले अब हुने दोश्रो स्थानिय तहको निर्वाचनमा हामी (किराती) हरुले ध्यान दिनु पर्ने बताउनु भयो । त्यस्तै किरात राई विद्यार्थी संघ, त्रि.वि. ईकाई समितिका अध्यक्ष अनन्त बाहिई राईले त्रिभुवान विश्वविद्यालय परिसरमा किरात उभौली साकेलाको…

Read More

बोटलर्स नेपालको प्रगति विवरणमा बदमासी

काठमाडौं, १० जेठ । बोटलर्स नेपालले तेस्रो त्रैमासको प्रगति विवरणमा लगानीकर्ताको आँखामा छारो हालेर ठुलो बदमासी गरेको छ। वित्तीय बिबरणमा उल्लेख्य सूचकहरु मध्य कै महत्त्वपूर्ण मानिने प्रति सेयर आम्दानीमा नै बोटलर्स नेपालले बदमासी गरेको छ। बोटलर्स नेपाल लिमिटेड (बालाजु)ले प्रस्तुत गरेको तेस्रो त्रैमासको प्रगति विवरणमा प्रति सेयर आम्दानी २६ रुपैयाँ १० पैसा उल्लेख छ। तर उसको वित्तीय विवरणलाई अध्ययन गर्ने हो भने प्रति सेयर आम्दानी ८ रुपैयाँ ७० पैसा हुन् आउँछ। उसले जबर्जस्ति प्रति सेयर आम्दानी १७ रुपैयाँ ४० पैसा बढी देखाएको छ। त्यस्तै बोटलर्स नेपाल (तराई) लिमिटेडले प्रस्तुत गरेको तेस्रो…

Read More

खसबहुन र हामी (आदिवासी जनजाति) मा फरक

१) एकै घरका क्षेत्री बाहुन दाजुभाइ दिदीबहिनी किन फरक फरक पार्टीमा लाग्छन् वा परिवार नै राजनीतिमा लाग्छन्रु किनकि उनीहरुलाई राजनीति शक्ति हो भनेर सिकाइएको छ । हाम्रा चि फोहरि खेल रे अनि कसरी पुग्नु त शक्ति केन्द्रमा राजनीति नै नगरि ? २) उनिहरु मताधिकार प्रयोग गर्न लालायित हुन्छन् । मेरो १ मत पनि अमुल्य छ । मैले चाहेको व्यक्ति, पार्टी जिताउन म आफैं लाग्नुपर्छ भन्ने कुरा राम्ररी था छ । हाम्रा जुन गोरु आए पनि कान चिरेको न हो भनेर कानमा तेल हालेर बस्छन् । कसले काम गरिदिन्छ ? खानु परेन, छोराछोरी…

Read More

एमाले पूर्वसांसद र केन्द्रीय सदस्य फोरम नेपालमा प्रवेश

वीरगन्ज, ८ जेठ । नेकपा एमालेका पूर्व सभाषद् प्रद्युमन चौहान र केन्द्रीय सदस्य प्रहलाद गिरीले पार्टी परित्याग गरि संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन्। एमालेका केन्द्रिय सदस्य गिरी र पूर्वसभासद समेत रहेका एमाले पर्साको क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति चौहानले पार्टी परित्याग गरि फोरम नेपालमा प्रवेश गरेको घोषणा गरेका हुन् । पर्सामा एमालेका दुइ चर्चित नेताहरुले वीरगन्जमा सोमबार पत्रकार सम्मेलन गरेर फोरम नेपालमा प्रवेश गरेको प्रेस विज्ञप्तिमार्फत् घोषणा गरेका छन् । मधेसी दलहरुले उठाएका माग जायज भएर पनि त्यसलाई सम्बोधन गर्न एमाले नेतृत्व नै मुख्य बाधक बनेको र…

Read More

नेपाली चलचित्र ‘तारेभीर’को आफिसियल ट्रेलर सार्वजनिक (भिडियो सहित)

काठमाडौं, ८ जेठ । प्रेम सुब्बाद्वारा निर्देशित चलचित्र ‘तारेभीर’को अफिसियल ट्रेलर रिलिज गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा सो चलचित्रको अफिसियल ट्रेलर सँगै तिन वटा गीत देखाईयो । आउँदो असार २ गतेबाट दर्शकमाझ आउँदै गरेको सो चलचित्रको सार्वजनिक अफिसियल ट्रेलरमा एक्शनलाई प्राथमिकतामा राखिएको छ । चलचित्रलाई नेक्स्ट जेनेरेशन ईन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा डि.के. देवानले निर्माण गरेका हुन् । चलचित्रको अफिसियल ट्रेलर सार्वजनिक कार्यक्रममा उपस्थित निर्माता देवानले भने ‘फिल्ममा निर्माता सँगै सानो रोलमा दर्शकमाझ उपस्थित भएको छु । दर्शकहरुले फुल मनोरञ्जन लिनेछन् ।’ साथै, निर्माता देवानले चलचित्रको बारेमा जानकारी गराउँदै ‘तारेभीर’को…

Read More

थारु र मधेसीबीचको भिन्नता

सन्जय चौधरी– केही दिन अगाडि डा. सीके राउतको नागरिक दैनिकमा लेख प्रकाशित भयो। जसमा थारुलाई मधेसीकरण गर्ने भरपूर्ण तथ्य पेस गरिएको थियो। ती सबै तथ्यलाई म सत्य मान्दिनँ र अन्य कोही थारुले मान्दैन पनि। त्यस लेखले मेरो मात्र हैन, मलगायत सम्पूर्ण थारुको आत्मसम्मानमा ठेस पुगायो। त्यसैले आज म आफ्नो यस लेखबाट सीके राउतलाई जवाफ दिन चाहन्छु। हुन त म अध्यन र उमेरको हिसाबले डा. राउतभन्दा धेरै कलिलो छु। तर थारु जातिको इतिहास, परमपरा, रीतिरिवाज, चालचलन, रहनसहनबारे धेरै हदसम्म जानकार छु। किनकि म यही समुदायबाट हुर्किएर यहाँसम्म आएको छु। सुरुवात ‘मधेस’…

Read More

मुस्लिम समुदायद्वारा दोस्रो चरणको निर्वाचनको विरोध

कपिलवस्तु, ८ जेठ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति रमजान महिनामा पारिएको हुनाले मुस्लिम समुदायका अगुवाहरुले विरोध जनाउँदै आएका छन् । मुस्लिम समुदायका अगुवाहरुले पटक–पटक सरकारसंँग आग्राह गर्दै निर्वाचनको मिति सार्नु अनुरोध गरेको लगतै फेरी कक्षा ११ को परीक्षा ईदको दिन पर्ने गएको हुनाले दुःखी भएका छन् । ‘सरकार मुस्लिम समाजप्रति ईमानदार हुनुपर्यो र सरकारले तुरुन्तै रमजान महिनामा चुनाव र ईदको दिन परीक्षाको मिति सार्नु अत्यन्त आवश्यक छ ।’ मुस्लिम समुदायका अगुवाले माग गरेका छन् । कपिलवस्तुमा मुस्लिम समुदायका अगुवाहरु तथा मुस्लिम मिडिया सोसाईटी नेपालका अध्यक्ष मो इमरान खानले यथाशीघ्र…

Read More

इतिहास र आफ्नोपन भूल्दा पहिचानमा समस्या : कोइँच कि सुनुवार ?

–कोइँचबु काःतिच (उत्तम) ।। साङसो ।।चुपलु होपो, दुपलु होपो, मुसो होपो, फुसो होपो, थालो होपो ।सारिङ मुइलि, जातना मुइलि, दुमा मुइलि ।। पछिल्लो समय सुनुवार भन्दा गर्व गर्ने कि कोइँच भन्दा गर्व गर्ने भन्ने सवाल जोडतोडले उठेको छ । वास्तवमा अहिले मुखिया, दुवालबन्दी शिकारी, सुनुवार, मार्पाचे राई भनेर आफुलाई चिनाउनेहरु ‘कोइँच’ हुन् । यो नितान्त बौद्धिक वहस हो । खस भाषाको सुनुवार जातीय नामले आदिवासी जनजातिको पहिचान दिँदैन । सुनुवारको अर्थ खोज्यौं भने सुनकोशी वरिपरि वस्ने जाति भनेर चिनिन्छ । तर सुनकोशी नाम नै धेरै पछाडि अर्थात् गोर्खा राज्यको विस्तारसँगसँगै…

Read More

केशव कुमारहरू साँच्चिकै नागरिक हुन कि भाेटर मात्रै ?

मेराे बालसखा केशव कुमार राई । जाे आफ्नै दाेहाेराे हवाई टिकट खर्चमा मलेसियाबाट काठमाडौं आए । रूखमा भाेट हाले । ठूलै पार्टीमा भाेट हाल्नुपर्छ भनेर उल्टै मलाई सल्लाह दिनसम्म भ्याए । तर आज उ फेरि १:३० बजे राती विदेश नै उड्दैछ । याे कुराले मलाई यसरी साेच्न वाध्य बनायाे: # लाखाैं नेपाली युवाहरूकाे प्रतिनिधि पात्र हुन्, यी केशव कुमार राईहरू । # केशव कुमारहरू साँच्चिकै नागरिक हुन कि भाेटर मात्रै ? # केशव कुमारहरू भर्याङ नै हुन् भन्ने कुरा थप प्रमाण हाे । विदेशमा आफ्नाे खाएर पनि अरूलाई सत्तामा भर्याङ…

Read More

लिम्बुवान आन्दोलनका नेतृत्व र प्रवृत्तिहरू

– लाहाङ लिम्बू लिम्बुवानको राजनीतिक इतिहास गर्विलो छ र सत्य–तथ्यले आधारित पनि छ । यही गर्विलो जगमा उठ्न खोजिरहेको लिम्बुवानको राजनीति अहिले आएर निक्कै नै कमजोर भएको विश्लेषण गर्न थालिएको छ । मुलुक संघीय हुने कि नहुने दोसाँधमा अड्किएको बेलामा संघीयतालाई संस्थागत गराउन आन्दोलनको निक्कै ठूलो आँधीबेहरी सृजना गरेर तत्कालीन गिरिजाप्रसाद कोइरालाको सरकारलाई सम्झौता गर्न बाध्य बनाउन सक्ने कुनैबेलाको शक्ति थियो लिम्बुवान । लिम्बुवानसंगको ५ बुँदे सम्झौतापछि मात्र २०६४ सालको संविधानसभाको चुनावको वातावरण बनेको थियो । यो हैसियतको लिम्बुवान आन्दोलनको स्पिरिट र लिम्बुवान आन्दोलनले जन्माएका युवा नेताहरूको राजनीतिक व्यवस्थापन अहिलेको…

Read More

टीकापुर घटनाका पीडित परिवारलाई क्षतिपूर्ति दिने सरकारको निर्णय

सरकारले टीकापुर घटनामा क्षति भएका परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रपरिषद् बैठकले २०७२ भदौ ७ र ८ गते थारु समुदायका ब्यक्तिहरुको जलाइएका घर, पसल, उद्योगको क्षतिपूर्ति दिने निर्णय गरेको भूमीसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले जानकारी दिए। उनका अनुसार स्थानीय प्रशासनले पहिचान गरेको किरब १५ करोड रुपैयाँ क्षतिपूर्ति दिने सरकारले निर्णय गरेको हो। घटनामा थारु समुदायले चलाउँदै आएको फूलवारी रिसोर्ट, फूलवारी एफएम, निरु ट्रेडर्स, मीरा फर्निचर, थारु कल्याणकारिणी सभाको कार्यालयलगायतमा आगजनी गरिएको थियो। टीकापुर घटनामा अहिले पनि २५ जना थारुहरु कैलाली करागारमा कैदी जीवन बिताइरहेका छन्। (tharuwan.com)

Read More

साकेलाको उत्पति -निनाम्मा राई

सृष्टिकालमा किरातमोङ मात्र हुनुहुन्थ्यो । यो सारा संसार पुरै शुन्य, खाली थियो । यहाँ केही पनि थिएन । त्यसले किरातमोङलाई न्यास्रो बनायो । उहाँले पृथ्वी–आकाशको कल्पना गर्नुभयो । उहाँ तुरुन्तै ध्यानमा बस्नुभयो । त्यो ध्यानाकृष्ट शक्तिबाट उहाँले पृथ्वी–आकाशको उत्पत्ति गर्नुभयो । त्यसपछि उहाँले आफ्नो श्वासबाट हावा, आँसुबाट पानी, रीसबाट आगो, मष्तिष्कबाट ग्रह, तारा, आकाश आदि को उत्पत्ति गर्नुभयो । त्यो हावा, पानी र आगोको समिश्रणबाट उहाँले कुहिरो–बादलले पृथ्वी–आकाशलाई ढाकेर राख्यो । उहाँले धेरै वर्षसम्म पृथ्वी–आकाशलाई हेर्न पाउनु भएन । पृथ्वी–आकाशलाई हेर्न नपाउनु भएपछि उहाँ रिसाउनुभयो । उहाँले तुरुन्तै हावा, हुरी…

Read More

राष्ट्रपतिलाई उपेन्द्र यादवको सात बुँदे प्रस्ताव: संशोधन भएमात्र मधेशमा चुनाव सम्भव छ

काठमाडौ २८, वैशाख । संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी, आदिवासी जनजाति लगायत उत्पीडित समुदायको अधिकार सम्बोधनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय शीर्ष नेताहरुको बैठकमाा सात सुत्रीय प्रस्ताव राखेका छन् । संविधान संशोधनलाई बेवास्ता गरिए दोस्रो चरणको चुनाव मधेशमा सहज रुपमा सम्पन्न हुन नसक्ने भन्दै अध्यक्ष यादवले सात सुत्रिय प्रस्ताव अघि सारेर समाधानको उपाय सुझाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न श्रीलंका भ्रमण र वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिका सन्दर्भमा बिहिबार बिहान शीतल निवासमा सामूहिक छलफलका लागि सर्वदलिय बैठक बोलाएकी थिइन् । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली…

Read More

कोरियन भाषा परीक्षाको अनलाइन फारम खुल्यो

काठमाडौं, ९ चैत। रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत सन् २०१८ को कोरियन भाषा परीक्षाको अनलाइन फारम खुलेको छ । मंगलबार राति १२ बजेदेखि अनलाइन फारम खुलेको हो । बैंकमार्फत शुल्क तिर्नुपर्ने भएकाले बुधबार कार्यालय समयपछिमात्रै फारम भर्न सकिनेछ । १८ गतेसम्म इपीएस परीक्षाको अनलाइन आवेदन फारम बुझ्ने इपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिए । पहिलोपटक नेपालमा कोरियन भाषाका लागि अनलाइनबाटै फारम भर्ने सुविधा दिइएको छ । यसले फराम भर्न रातभर लाइन बस्नुपर्ने बाध्यता हट्नेछ । गतवर्ष झण्डै ६० हजारले कोरियन भाषा परीक्षा दिएका थिए । यो वर्ष ८०…

Read More

सरकार मोर्चा सहमति नजिक

काठमाडौं, ९ चैत । सरकार र मधेसी मोर्चा बिच चलिरहेको अनौपचारिक तथा औपचारीक वार्ता सकरात्मक दिशातिर अगाडि बढेको बताइएको छ । स्थानीय चुनाव बहिष्कार घोषणा गरेको मधेसी मोर्चालाई मनाउन सरकारले थालेको अनौपचारिक प्रयास सहमति नजिक पुगेको हो । सरकारले संविधान संशोधनबिना स्थानीय तह निर्वाचन प्रक्रिया अघि बढाएपछि असन्तुष्ट मोर्चाले तराई मधेसमा चुनाव हनु नदिने र आफूले पनि भाग नलिने घोषणा गरेको छ । आजको नागरिक दैनिकमा समाचार छ । सत्तासीन दलका नेतासँग मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भएको वैठकमा मोर्चाका नेताहरुले सीमांकनबाहेक संविधान संशोधन विधेयकका तीन वटा प्रस्ताव पारित भए चुनावमा…

Read More

सगरमाथा आरोहीलाई जीपीएस सिस्टममार्फत ट्र्याक गरिने

काठमाडौं, ८ चैत। नेपाल सरकारले सगरमाथा आरोहीहरुलाई जीपीएस सिस्टममार्फत् ट्र्याकिङ गर्ने भएको छ । विकसित देशहरुले प्रयोग गर्दै आएका जीपीएस प्रविधि नेपालमा पनी प्रयोग गर्न लागेको हो । सुरुमा परीक्षणको लागि प्रयोग गर्ने र पछि सबै आरोहीलाई ट्र्याकिङ गर्ने योजना बनाइएको छ । शुरु हुनै लागेको यहि स्प्रीङ सिजनमा परीक्षण गर्ने र यो सफल भयो भने अटम सिजनबाट सबै आरोहीलाई अनिवार्य गर्ने योजना छ । केही आरोहीले सगरमाथा सफलतापूर्वक चढेको भन्दै झूटो विवरण दिने गरेको पाइएपछि सरकारले जीपीएस सिस्टममार्फत् ट्र्याकिङ गर्न लागेको हो । यसअघि भारतीय नागरिक दिनेश राथोड र…

Read More

धर्मनिरपेक्षता र धार्मिक स्वतन्त्रता

बलदीप प्रभाश्वर चामलिङ ……………………… धर्मनिरपेक्षता भनेकाे जुनसुकै धर्मप्रति सरकारकाे तटस्थता हाे । सरकार कुनै पनि धर्मकाे पक्षपाती नहुने नीति धर्मनिरपेक्षता (Secularism) हाे । धर्म निरपेक्षता भनेकाे जनताले धर्म मान्न नपाउने हाेइन । जनता (समाज) बाट हाेइन, सरकारबाट चाहिँ धर्मलाई अलग राख्नु भन्ने कुरा हाे, धर्म निरपेक्षता । किनभने सरकार भनेकाे त सबै थरिथरी जनताकाे आस्थाकाे कार्यकारिणी संस्था हाे । सरकार त विभिन्न धर्मावलम्बी जनताकाे कर र मतमा टिकेकाे हुन्छ । यस्ताे अवस्थामा सरकारले कुनै एक धर्मलाई काखी च्यापेर द्वन्द निम्त्याउनु हुन्न भन्ने मान्यता हाे, धर्मनिरपेक्षता । कुनै अभिभावकले आफ्नाे परिवारका…

Read More

त्रिविको फारम अनलाईनबाट भर्न सकिने

काठमाडौं, ७ चैत । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा अध्ययनरत विद्यार्थीहरुले अब अनलाईनबाटै फारम भर्न पाउने भएका छन् । यो सँगै विद्यार्थीहरुले त्रिविको कुनै पनि फाराम भर्न घण्टौँ लाइनमा बस्नुपर्ने अवस्थाको अब अन्त्य हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले परीक्षा, रजिस्ट्रेसन र ट्रान्सक्रिप्ट लगायतका फाराम भर्न अनलाइन प्रविधि ल्याउन थालेको छ । त्यसमा पहिलो चरणमा त्रिविले उपत्यकाबाहिरका आङ्गिक क्याम्पसहरूबाट यो प्रविधि आरम्भ गर्न लागेको हो । उपत्यका बाहिरका विद्यार्थीलाई काठमाडौँ आउनुपर्ने झञ्झट हटाउन अनलाइनबाट फाराम भर्ने तयारी थालिएको त्यस कार्यालयले जनाएको छ । विगत ६ महिनादेखि अनलाइनबाट नै फाराम…

Read More

गरिब बाहुन क्षेत्री किन भएनन् कमलरी ?

सोम डेमनडौरा ‘म थारु भएर होइन, गरिब हुँदा कमलरी बसेँ, थारु भएकाले नै बस्ने भए विजय गच्छदार किन बसेनन्?’ भन्ने शीर्षकको समाचार पढेँ। उक्त समाचार नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियानअन्तर्गत बर्दियाको गुलरियामा आयोजित जनसभालाई सम्बोधन गर्दै नेतृ एवं पूर्वसांसद शान्ता चौधरीको भनाईमा आधारित छ। यो भनाईले ममा केही प्रश्न उब्जाएको छ र लेख्न बाध्य भएको छु। नेपालमा खासगरी जमिनमा काम गर्ने बँधिया मज्दुरलाई कमैया भनेर चिनिने गरिन्छ। कुनै एउटा जमिन्दारको घरमा काम गर्ने, काम गरेबापत उसले ज्यालाको रुपमा धान पाउँथ्यो। त्यो ज्याला उसको लागि वर्षभरि पनि खान पुग्दैनथ्यो। जसका…

Read More

एमाले र कांग्रेसका प्रभावशाली नेता फोरम नेपालमा प्रवेश

रौतहट ५, चैत्र । शनिबार गरुडामा आयोजित फोरम नेपालको पार्टी प्रवेश एवं आमसभामा नेपाली कांग्रेस र नेकपा एमाले लगायत अन्य विभिन्न पार्टीका नेताहरु संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । पूर्व गाविस अध्यक्ष एवं नेपाली कांग्रेसका प्रतिष्ठित नेता इन्दुराय यादवको नेतृत्वमा कांग्रेसको ठूलो समूह फोरम नेपाल प्रवेश गरेको छ । कांग्रेसका अर्का नेता वीरेन्द्र कुमार यादवको नेतृत्वमा समेत सयौँ जना नेता कार्यकर्ता फोरम नेपाल प्रवेश गरेका छन् । त्यस्तै, जयनगर गाविसका पूर्व अध्यक्ष एवं नेकपा एमालेका नेता वीरेन्द्र यादवसहित सयौंको संख्यामा एमाले नेताहरुले पार्टी परित्याग गरि फोरम नेपालमा प्रवेश…

Read More

केरुङ नाकामा १० अर्बका सामान अलपत्र

काठमाडौं, ६ चैत । रसुवाको केरुङ नाकामा नेपाल भित्रन लागेका सामान डेढ महिनादेखि अलपत्र परेका छन्। भन्सार कर्मचारीको अवरोधका कारण भन्सार मुल्यांकनमा समस्या हुँदा १० अर्ब रूपैयाँभन्दा बढीका सामान केरुङमै अलपत्र परेका हुन् । सामान बोकेर आएका कन्टेनर लामो समयसम्म कन्टेनर रोकिँदा कन्टेनर व्यवसायीलाई असर परेको छ । कतिपय सामान अर्डर गरेर ल्याइएकाले पनि समयमा नआउँदा त्यसको मार व्यवसायीले भोग्नुपरेको छ । समयमा बिक्री गर्न नपाउँदा सिजनेबल सामान र कतिपय मोडल नै काम नलाग्ने हुँदा व्यापार गर्न कठिन हुने गरेको गुनासो व्यापारीहरुको छ। लत्ताकपडा, उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ,…

Read More

संघीय गठबन्धनद्धारा देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं,  ४ चैत्र । मधेशी, आदिवासी जनजाति लगायत संघीय गठबन्धनले देशव्यापी आन्दोलनको  घोषणा गरेको छ । चुनावका लागि सहमति जुटाउन प्रधानमन्त्री दलीय छलफलमा व्यस्त रहेकै बेला मधेशी जनजातिहरुको छाता संगठन संघीय गठबन्धन र मधेसी मोर्चाले आन्दोलनको घोषणा गरेको छ । संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालय तीनकुनेमा बिहीबार बसेको गठबन्धनको बैठकले प्रमुख सात शहरमा जनप्रदर्शन गर्ने गरी चैत्र २१ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । सात दलीय मधेशी मोर्चासमेत आवद्ध रहेको गठबन्धनले मोर्चाको आन्दोलनलाई समर्थन हुने गरी सरकार विरुद्ध आन्दोलनको घोषणा गरेको हो । यस्तो छ, संघीय गठबन्धनको घोषित आन्दोलन…

Read More

मैले देखिन : मुलबासि शक्ति देखिन (कविता)

-एभ्लेट फुङ ————— ए , नेवारहरु हो ! के तिमिहरु किर्तिपुरको युद्धमा सुर प्रताप शाहको आँखा फोड्ने नेवारहरुको संन्ताहरु हौँ र ? तर मलाई शङ्का लाग्छ क्कि , तिमिहरु उन्निहरु कै , संन्तानहरु हौँ भनेर ! किनकि मैले तिमिहरु भित्री ती किर्तिपुरे नेवारहरु देखिन् ए , राईहरु हो ! के तिमिहरु सिंहदरबार कब्जा गर्ने राम प्रसाद राईको संन्तानहरु हौ र रु तर मलाई शङ्का लाग्छ क्कि , तिमिहरु उन्निहरु कै संन्तानहरु हौँ भनेर ! किनकि मैले तिमिहरु भित्री राम प्रसाद राई भेटिन् ए , लिम्बुहरु हो ! के तिमिहरु फुङ्ग चु नदिको किनारमा…

Read More

मधेसी दलहरु रहेसम्म मधेसका समस्या समाधान हुँदैनन्-एमाले अध्यक्ष ओली

नेपालगञ्ज, चैत १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसी दलरहेसम्म मधेसको समस्या समाधान नहुने ओरोप लगाएका छन् । मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत मंगलबार बाँकेको नेपालगञ्जमा भएको सभामा सम्बोधन गर्दै ओलीले मधेसी दलहरुप्रति कडा टिप्पणी गरेका हुन् । ओलीले मधेसी दललाई आफू हारेर श्रीमतीलाई सांसद मन्त्री बनाउने दल भनेर काटाक्ष गरे । अोलीले मधेसी मोर्चाका नेताहरुको व्यक्तिगत कुरा पनि गरे । सम्बोधनमा उनले मधेसी नेतालाई प्रश्न गरे- ‘उनीहरु कति पटक मन्त्री भए । आफूले हारे भने श्रीमतीलाई सासद, मन्त्री बनाउँछन् ।’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने-‘राजनीतिमा पक्ष, विपक्ष…

Read More

चुच्चेपाटीको भूकम्प पीडितका छाप्राहरु भत्काइयो

एविसि खबर, काठमाडौं, १ चैत । करिब २ वर्ष अगाडि गएको विनासकारी भूकम्पपछि आश्रय स्थल बनेको काठमाडौंको चुचेपाटी स्थित ताराचौरका भूकम्प पीडितहरुको अस्थायी टहरा सरकारले हटाएको छ । भूकम्प पीडितहरुले प्रयोग गर्दै आएको उक्त ठाउँमा वसोवास गर्दै आएका पीडितहरुलाई पूर्वजानकारी दिइएपनि अटेर गरेर बसेको भन्दै लगभग ३ सयको हाराहारी प्रहरी परिचालन गरेर दुइवटा जेसिबि स्काभेटरले सबै टहरा भत्काइएको हो । पीडितहरुले भने आफूहरुलाई पुर्व सूचना पनि नदिई बिहानै आएर टहरा भत्काई दिएको गुनासो गरेका छन् । उनीहरुले आफै सर्ने तरखरमा रहेपनि प्रशासनले जर्बजस्ती गरेको आरोप लगाएका छन् । ‘हामीलाई वस्ने…

Read More

प्रावि, निमावि, मावि र उमावि शिक्षक व्यवस्थापन

यसरी हुँदैछ प्रावि, निमावि, मावि र उमावि शिक्षक व्यवस्थापन: प्रस्तावित शिक्षा नियमावली मस्यौदा चिरफार रोशन क्षेत्री ‘गाउँले’/काठमाडौं शिक्षा ऐन आठौं संशोधन पछि विद्यालय शिक्षाको तहगत परिवर्तन भएसँगै अहिले कार्यरत प्राथमिक, निम्नमाध्यमिक, माध्यमिक र उच्चमाध्यमिक तहका शिक्षकलाई अब के भनिएला रु तिनको योग्यता र हैसियत कस्तो हुनु पर्ला रु भन्ने जिज्ञासा अहिले सबैतिर छ । यसैका लागि शिक्षा मन्त्रालयले विद्यालय तहका शिक्षकहरुको व्यवस्थापनमा नयाँ खाँका अघि सारेको छ । यस अघि प्राथमिक, निम्न माध्यमिक, माध्यमिक र उच्च माध्यमिक रहेको विद्यालय तह अहिले आधारभूत र माध्यमिक तहमा रुपान्तरण भएको छ । यसमा…

Read More

पशुपतिको जग्गा कहाँ कति ?

काठमाडौं, १ चैत । पशुपति क्षेत्र विकास कोषको ४ हजार ६ सय रोपनी जग्गा काठमाडौं उपत्यका र आसपासका जिल्लामा रहेको छ  । तराईको रौतहट र सर्लाहीमा पूर्वपश्चिम राजमार्गनजिकको आवादीसमेत भए पनि १ हजार १ सय बिघा जमिन कोषले अधीनमा लिनसकेको छैन । पहल गरेर कुत मात्र उठाउने हो भने पनि बर्सेनि अर्ब रुपैयाँ उठ्ने दाबी छ । तराईको के कुरा, गोठाटारको ५ सय ३५ रोपनी जग्गा सरकारले कोषलाई पशुपतिको गुठी कायम गर्न हस्तान्तरण गरे पनि मन्त्रिपरिषद्बाट कोषमार्फत गुठीमा ल्याउन पहलसमेत गर्न नसक्दा अर्बौं रकम खेर गएको छ । भण्डारखाल, आसपास…

Read More

Festival of colour

Kathmandu, 13 March. Holi festival, also known as Phagu Purnima celebrates every year in Nepal. This festival celebrates on a full moon of March by capital and hilly region inhabitants where as Terai region people celebrates on next day. Holi is a festival of love and unity and celebrates the triumph of good over evil. All hearts are lighted with glory and people everywhere enjoy with their near and dear ones with playing different colors. The festival celebrates smearing colors, spraying colors water and throwing water balloons at each other…

Read More

फोरम नेपालका केन्द्रीय नेताहरुलाई प्रहरी हिरासतमा यातना

भैरहवा ३०, फागुन । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय नेताहरुलाई प्रहरीले हतकडी लगाएर हिरासतमा यातना दिएको छ । रुपन्देहीका डिएसपी बेलबहादुर पाण्डे र स्थानीय युवाहरुले फोरम नेताहरुलाई हतकडी लगाएर प्रहरी हिरासतमा यातना दिएको खुलासा भएको छ । फोरम नेपालका केन्द्रीय सदस्य बसीउद्दीन खाँ, जिल्ला सदस्य नजाबुद्दीन मुसलमान,  राजकुमार यादव र जमाल खाँलाई प्रहरीले गैरकानूनी ढंगले यातना दिएको हो । एमालेको मेची–महाकाली अभियानको बेला मधेशी मोर्चाले आह्वान गरेको बन्दका क्रममा प्रहरीले फोरम नेपालका नेताहरुलाई आइतबार पक्राउ गरेको थियो । मोर्चाका ती चार जना नेता जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा छन् ।…

Read More