प्रशासनले बीरगञ्जमा लगाएको कफ्र्यू हटायो

२० कार्तिक, वीरगञ्ज
स्थानीय प्रशासनले बीरगंजमा शुक्रबार विहानैदेखि कफ्र्यु हटाएको छ । शुक्रबार बिहान ६ बजेदेखि राति ८ बजे सम्म कफ्र्यु हटाईएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
शुक्रबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले बिहान ६ बजे देखि राति ८ बजे सम्म १४ घण्टाको लागि मात्र निषेधाज्ञा फिर्ता लिने निर्णय गरिएको  प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले जानकारी दिनुभयो ।
बीरगंजमा सुरक्षा अवस्था सामान्य बन्दै गएको कारण बिहान ६ बजे देखि राति ८ बजे र्कफयु फिर्ता लिईएको र आठ बजे पछि फेरी र्कफयु लागु हुने घिमिरेले बताउनुभयो । कफ्र्यु  खुकुलो भएपछि बीरगंजको बजारमा शुक्रबार पनि बिहानै देखि मानिसहरुको चहल पहल देखिएको छ ।
रिक्सा,टांगा,मोटरसाईकल,टेम्पु र ई रिक्सा पनि निर्वाधरुपमा चलेका छन । यसअघि बिहीबार पनि बीरगंजमा स्थानीय प्रशासनले बिहान सात देखि राति ८ बजे सम्मका लागि कफ्र्यु हटाएको थियो ।
मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपका क्रममा शंकराचार्य गेटमा एक भारतीय नागरिकको मृत्यु भएपछि स्थानीय प्रशासनले बीरगंजमा गत सोमबार देखि कफ्र्यु  लगाउदै आएको छ ।
बीरगंज रक्सौलको मितेरीपुलमा मोर्चाले गत असोज ७ गते देखि गरेको धर्ना र नाकाबन्दी शुक्रबार ४४ औ दिन पनि जारीरहेको छ । गत सोमबार बिहान प्रहरीले बल प्रयोग गरेर आन्दोलनकारीलाई हटाएर केही घण्टाको लागि नाका खोले पनि त्यही दिन बिहान ११ बजे देखि फेरि मधेशी मोर्चाका कार्यकर्ताहरुले मितेरीपुलमा धर्ना दिएर बीरगंज रकसौल नाका ठप्प पार्दै आएका छन । ०००

Facebook Comments

सम्बन्धित

Leave a Comment