उपत्यकामा रगत अभाव

२० कार्तिक, काठमाडौ ।
भारतको नाकाबन्दीको असर अस्पतालमा पनि देखिएको छ । विमारीहरुको लागि अत्यावश्यक रगत पाउन छाडेका छन् । नाकावन्दीले इन्धनको अभाव बढेपछि आवागमनमा समस्या हुँदा रगतको अभाव पनि चर्कोरुपमा देखिएको हो ।
मुलुक अभावपूर्ण स्थितिबाट गुज्रिरहेकोबेला लामो समय देखि रक्तदान कार्यक्रमहरु समेत नहुँदा रगतको अभाब भएको हो । ब्लडबैंकमा समेत रगत पाउन मुस्किल परेपछि नागरिकहरुले सामाजिक सञ्जालको सहारा लिनु परेको छ ।
इन्धनको अभाबमा आवतजावतको सास्तीले अस्पतालहरुमा बिरामीलाई रगत पाउन मुस्किल परेको छ । विभिन्न समूहको रगतको आबश्यकता भन्दै सामाजिक संजालहरुमा सहयोग गर्न चाहनेले समेत इन्धन अभाब कारण सहयोग गर्न सकिरहेका छैनन् । देशव्यपी अस्पतालहरुमा रगत अभाव भइरहेका बेला रगत अभावलाई हटाउन शुक्रबार काठमाडौंको बानेश्वरमा रक्तदान कार्यक्रम गरिएको छ ।
मुलत ः इन्धन अभावका कारण रक्तदान गर्न चाहने व्यक्ति समेत रक्तदान केन्द्र जान कठिन भइरहेको अवस्थामा रगत संकलन गरेर थोरै भए पनि रगत अभाव हटाउने अभियानमा बिभिन्न संस्थाहरु जुटेका छन् ।
स्वास्थ्य तथा सचेतनाका लागि सहयोगी नेपाल र नेपाल रक्त क्यान्सर सहयोगी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेको आयोजकले वताएका छन् । यस्ता कार्यक्रमले रगत अभावमा अस्पतालको शैयामा छट्पटाईरहेका विरामीहरुलाई ठुलो राहत हुनेछ ।  अभाबपूर्ण स्थितिले रक्तदान कार्यक्रम  नहुँदा चाहनेहरुले पनि रक्तदान गर्न पाएका थिएनन् । ब्लड बैंकमा समेत रगत अभाव भइरहेको स्थितिमा पछिल्लो समय मानिसहरुले रगत पाउनको लागि सामजिक संजालको समेत साहारा लिनु परेको छ । भनेको बेलामा मानिसहरु एक ठाउँ बाट अर्को ठाउँ पुग्न मुस्किल पर्ने र ब्लडबैंकमा समेत सजिलै रगत नपाइने गरेकाले बिरामीलाई मर्का परेको हो । रगत खोज्नको लागि बिरामीका आफन्तहरु भौतारिरहनु पर्ने स्थितिमा यस्ता अभियानले नागरिकलाई राहत हुने छ । ०००

Facebook Comments

Related posts

Leave a Comment