सहमतिको वातावरण एमालेले बिगारेको पूर्वप्रधानमन्त्री कोइरालाको आरोप

२० कार्तिक, काठमाडौ ।
प्ूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले सत्ता निर्माण पछि पनि नेकपा एमालेले सहमतिको वातावरण विगार्दै गएको आरोप लगाएका छन् । सभापति कोइरालाले पछिल्ले समय नेकपा एमालेले सहमतिको वातावरण विगार्दै गएको दावी गरे ।
नियमित उपचारको क्रममा शुक्रवार अमेरिका प्रस्थान गर्नुृअघि सञ्चारकर्मीमाझ कोइराललाले आफ्ना कार्यकालका नियुक्ति खारेज गरी वर्तमान सरकारले धमाधम नयाँ नियुक्ति गर्नु उचित नभएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
सभापति कोइरालाले भुकम्प पछिको पुनःनिर्माण र पुनःनिर्माण विधेयक चाँडै ल्याउनुपर्ने पनि प्रष्ट बताउदै आन्दोलनरत पक्षका माग वार्तामार्फत तुरुन्त समाधान गर्नुपर्ने धारणा राखे ।

Facebook Comments

Related posts

Leave a Comment