आपूर्तिमा देखिएको असहज परिस्थितिबारे विश्व प्रष्ट : थापा

२० कार्तिक, काठमाडौ ।
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाले इन्धन लगायतका वस्तुको आपुर्तिमा  देखिएको असहज परिस्थितिका वारेमा नेपाल अन्तर्राष्ट्रिय मञ्चमा शसक्त ढंगले प्रस्तुत भएको दावी गरेका छन् ।
मन्त्री थापाले विश्व समुदायलाई कसका कारणले किन र केका लागि यस्तो समस्या उत्पन्न गराइएको भन्ने पनि प्रष्ट भएको वताए ।
स्वीट्जरल्याण्डको जेनेभामा भएको राष्ट्रसंघीय सम्मेलनमा सहभागी भएर फर्किने क्रममा त्रिभुवन विमानस्थलमा उपप्रधानमन्त्री थापाले मानव अधिकारका क्षेत्रमा नेपालले गरेको प्रगतिको वारेमा विश्वलाई जानकारी गराएको प्रष्ट पारे ।
मधेशी मोर्चासँगको वार्ता टोली संयोजकसमेत रहेका परराष्ट्र मन्त्री थापाले आन्दोलनकारी मधेसी मोर्चाको अधिकांश माग पूरा भइसकेको तर्क गरे । संविधानको कार्यान्वयनसंगै अन्य मागहरु पुरा गर्ने प्रतिवद्धता सरकारले गरिसकेकोले मोर्चालाई आम्दोलन छोडेर वार्तामा आउन पुनः आग्रह गरे ।

Facebook Comments

Related posts

Leave a Comment