जाडो छल्न वेसीतिर : फोटो फिचरसहित

२० कार्तिक,मुगु

जाडो छल्न वेशीतिर झर्दै
जाडो छल्न वेशीतिर झर्दै

कात्तिक महिना शुरु भएसंगै हिउ पर्ने क्रम शुरु भएपछि मुगु जिल्लाको उच्चक्षेत्रमा रहेका मुगु गाँउ र डोल्फु गाँउमा बसोबास गर्ने स्थानीयहरु जाडो छल्न बेसी तिर झर्न थालेपछि गाँउवस्ती सुनसान हुन थालेका छन  । मुगु जिल्लाको मुगु गाविस स्थित मुगु गाँउ र डोल्फु गाविसमा रहेको डोल्फु गाँउका जनताहरु हरेक बर्षमा ६ महिना बेसी र ६ महिना गाँउमा बस्ने गर्दछन ।
उच्च क्षेत्रका स्थानीयहरु आर्थिक सम्पन्नताका आधारमा जाडो छल्न देशका विभिन्न जिल्लामा अस्थायी बसोबास गर्न झर्ने गरेको पाईन्छ । मुख्य गरी यिनीहरु परिवार सहित जिल्ला सदरमुकाम गमगढी,जुम्ला खलन्गा,बाँके,सुर्खेत र काठमाडौ जाने गर्दछन भने कम आर्थिक आय भएकाहरु गाँउबाट २ घण्टा तल रहेको सिरानी चौरमा झर्ने गर्दछन र टाढा गएका आफन्त गाँउलेहरुका वस्तुभाउ पनि नजिक झर्ने गाँउलेहरुले हेरचाह गरि दिने गर्दछन ।

SONY DSC
उसो त यी दुई गाँउका मात्र नभई जिल्लाका उच्च स्थानमा रहेका अन्य बस्तिहरुका सर्वसाधारणहरु पनि यो सिजनमा वेशी झर्ने गर्दछन । मुख्य गरेर यो सिजनमा मुगु र डोल्फु गाँउका अलावा ताल्चा ,कालै, , जोगीलेख , ढुमाललेख , गिलाह , पुरुमुरु , बन्जाह ,जडेपानी ,जवलधारा ,लुई ,थार्प , तमाथीतुम , जिल्लाका उच्च स्थानमा रहेका २ दर्जन बढी गाँउका स्थानीयहरु बेशी झर्ने गर्दछन । पूरै गाँउ नै बेसी झर्ने भएकाले मुगु गाँउमा रहेका सिमा प्रहरी चौकीका प्रहरीहरु पनि जाडो महिनाहरुमा जिल्ला सदरमुकाम गमगढीमा झर्ने गर्दै आएका छन ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक सोमबहादुर थापाका अनुसार सिमा प्रहरी चौकी मुगुमा कार्यरत प्रहरीहरु मंसिरको दोसो्र सातामा कहि पुलु चौकी र केही जिल्लामा आउने छन ।

जाडो छल्न वेशीतिर झर्दै
जाडो छल्न वेशीतिर झर्दै

प्रहरी मात्र नभई स्वास्थ्य चौकी , विद्यालय , भन्सार कार्यालय पनि बन्द हुने गरेका छन ।
विद्यालयमा हिउँदे विदा हुने भएपनि अन्य कार्यालयका कर्मचारीहरु भने जिल्ला सदरमुकाममा रहेका आफना मुल कार्यालयहरुमा फागुन महिनासम्म काजमा बस्ने गदै आएका छन । चैत महिनाबाट बेसीमा गर्मी बढने भएकाले जाडो बढे संगै बेसी झरेका मुगालहरु चैत तिर घर फर्कन्छन ।

जाडो छल्न वेशीतिर झर्दै
जाडो छल्न वेशीतिर झर्दै

मुगु र डोल्फु गाँउबाट बाल बच्चा सहित परिवारै बेसी झर्न क्रम शुरु भएसंगै सिंगो यी गाँउहरु खाली हुदै गएका छन । ०००

Facebook Comments

Related posts

Leave a Comment