हावामा नयाँ शक्ति निर्माण हुन सक्दैन : उपप्रधानमन्त्री रायमाझी

१८ कार्तिक, काठमाडौ
उपप्रधानमन्त्री एवं उर्जामन्त्री टोपबहादुर रायमाझीले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुरु गरेको नयाँ शक्ति निर्माणको अभियान सफल नहुने दावी गरेका छन् ।

रिपोटर्स क्लवमा आयोजित कार्यक्रममा वोल्दै उपप्रधानमन्त्री रायमाझी
रिपोटर्स क्लवमा आयोजित कार्यक्रममा वोल्दै उपप्रधानमन्त्री रायमाझी

बुधवार राजधानीमा आयोजित साक्षात्कारमा उपप्रधानमन्त्री रायमाझीले नयाँ शक्ति निर्माणको नाममा बाबुराम भट्टराईले ठूलो गल्ती गरेको बताए । अहिले नयाँ शक्तिको आवश्यक्ता नै नरहेको उनको भनाई छ ।
पार्टी छाडेर जाँदैमा नयाँ शक्ति नबन्ने दावी गर्दै उनले भएका पार्टीलाई नै परिस्थिति अनुसार रुपान्तरित गरेर नयाँ शक्ति सहितको पार्टी बनाउनु पर्ने धारणा राखे ।
एमाओवादीवाट पाँच समूह बाहिरिसकेको अवस्थामा डाक्टर भट्टराईको हल्लाले कुनै फरक नपर्ने उनको निचोेड थियो ।
पार्टीमा एकता  र संघर्ष छिटपुट रुपमा भईरहने बताउदै उनले लाखौ कार्यकर्ता भएको पार्टीमा ४५ जना बाहिरिदैमा पार्टीलाई कुनै फरक नपर्ने ठोकुवा गरे ।
उर्जा र पेट्रोलियम पदार्थमा एक मुलुकको मात्र भर पर्दा अहिलेको अवस्था आएको भन्दै उनले पेट्रोलियम पदार्थ चीनबाट ल्याउने सम्झौता भईसकेकोले उर्जा सम्झौताको विषयमा पनि आफूहरु अध्ययनमा रहेको बताए ।
उर्जामन्त्री समेत रहेका रायमाझीले उर्जा संकट समाधानको लागि दिर्घकालिन गुरुयोजना बनाउन लागिपरेको भन्दै लाईसेन्स लिएर काम नगरेका, केही काम भएर रोकिएका कामलाई अगाडि बढाउने तयारी गरिरहेको जानकारी दिए ।
उनले भने,‘ बैकल्पिक उर्जाको विकासमा छलफल थालेका छौ । तिहारपछि एक्सनमा जान्छौ ।’

उनले नेपाली आफैले निर्माण गर्ने गरी बुढी गण्डकी र नरसिंहगाढको अध्ययन भईरहेको जानकारी दिदै सबैको सुझाव नेपालले आफै बनाउनु पर्ने सुझाव आएकोले त्यसमा अघि बढ्ने बताए ।

Facebook Comments

Related posts

Leave a Comment