विहिबार निगमले निजी सवारीसाधनलाई तेल वितरण गर्दै , तेल पाउन कुपन अनिवार्य

काठमाडौँ, १८ कात्तिक – नेपाल आयल निगमले निजी सवारीलाई बिहीबारबाट तेल वितरण गर्न लागेको छ।

निगमका निमित्त निर्देशक मुकुन्द घिमिरेका अनुसार १९ देखि २१ गतेसम्म १० लाख लिटर पेट्रोल निजी सवारीलाई  वितरण गरिनेछ। यसरी वितरण गरिने तेल कुपन पद्धतिमा वितरण गरिने समेत उनले बताए।

पेट्रोल पाउनका लागि निजी सवारी साधनले अनिवार्य रुपमा कुपन लिनु पर्नेछ। तेल पाउन लाइनमा निजी सवारी धनीले सवारी साधन मात्र राखेर नहुने भएको छ। कुपन नभएकाले तेल पाउन छैनन्। सम्बन्धित पम्पबाट टोकन समेत लिनु पर्ने भएको छ। प्रत्येक दिन ५५ देखि ६० वटा पम्पबाट लट अनुसार बिहान ११ बजेदेखि पम्पमा तेल रहनुजेलसम्म वितरण गरिने घिमिरेले जानकारी दिए।

थानकोट डिपोले बिहान १० बजेदेखि पम्पहरूलाई तेल वितरण गर्नेछ। एउटा ट्यांकरले कम्तिमा तीनदेखि चारवटा पम्पमा बाँडिने भएकाले केही समय ढिला हुन सक्ने निगमले जनाएको छ। उनका अनुसार उपत्यकामा यति नै बजेबाट यो पम्पबाट तेल वितरण गरिने समय भने तोकिएको छैन।

Facebook Comments

Related posts

Leave a Comment