ली फङ, पासाङ र नन्दवहादुर (उपराष्ट्रपति) पुन

–जीवित जरुर

१५ कार्तिक, काठमाडौ ।
राजननीतिमा नलागेको भए कतै पढाइरहेका हुन्थें – नन्दकिशोर पुनको अनुमान सहज लाग्छन् । रोल्पा र रुकुमको ग्रामीण वस्तीहरुमा पढाइरहेका भए, पुनलाई थोरैले मात्र चिन्ने थिए । तर विद्यालयदेखि नै राजनीतिप्रति रुचि भएका उनलाई विद्यालयका साँघुरो घेराले छेकेनन् ।  जात्राको प्रहरी गोलीवाट उम्केका पुन सशस्त्र विद्रोह हुदै मुलुकको सर्वोच्च पदमध्येका एक उपराष्ट्रपति भएका छन् ।
छापामार  युद्ध शुरु भयो तत्कालीन नेकपा माओवादीको । मशालमा आवद्ध भएका पुन प्रहरीको दमन तथा हर्कतहरुको कारण युद्धमै होमिए । Vice-Pricedent-_Nanda-Bahadur-PUn-700उनको नाम रह्यो ली फङ । ली फङ खेलकुद, नाच तथा अतिरिक्त क्रियाकलापहरुमा तेज थिए । मोर्चामा पनि उनी अब्बल ठहरिदै गए ।
तत्कालीन नेकपा माओवादीको सशस्त्र आन्दोलनले उत्कर्ष पाउदै थियो । साम्यवादको सपना बुनेर युद्धमा होमिएका छापामारहरुले  प्रहरी चौकी हुदै तत्कालीन नेपाली सेनाको व्यारेकहरु कब्जा गर्न थाल्यो । कमाण्ड थियो ली फङको । अर्थात कमरेड
पासाङ । यतिवेला सम्म उनी   पासाङ भैसकेका थिए ।
सामान्य परिवारमा जन्मेका तीनै ली फाङ अर्थात पासाङ यतिवेला मुलुकको दोश्रो उच्च पद उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । छापामार युद्धमा तिनै नामले परिचित पासाङ यतिवेला नन्द वहादुर पुन भएका छन् । अर्थात उपराष्ट्रपति ।

नेता भएको पहिलो दिन
उनको घरबाट सबैभन्दा नजिकको स्कुल लगभग दुई घन्टा पैदलदुरीमा थियो । कुखुरा नबास्दै जागेर आमा र दिदीसित वन जान्थे। सोत्तर लिएर उज्यालो नछिप्पिँदै फर्कन्थे । उनको नेतृत्व क्षमता भने सानैदेखि तिख्खर थियो। जाखरस्थित त्यो स्कुलमा तीन कक्षा पुग्नेबित्तिकै उनी सर्वसम्मत ‘मनिटर’ चुनिए ।
गायनमा पनि माहिर
तिख्खर नेतृत्व र घरव्यवहारमा जाँगरिला नन्दकिशोरको रोल्पाली लोकगीतमा पनि उत्तिकै टख बसेको थियो । उनको गायनकलाबाट प्रभावित नहुने गाउँमा कोही थिए । छोट्टी बस्न डाँडागाउँ, पाखाबाङ, ओ, दामाङ र झिबाङतिर जाँदाजाँदै र गला गाँस्दागाँस्दै (स्वरमा स्वर थप्नु) तरूनीलाई चोटिलो उत्तर दिनधरि सिपालु भइसकेका थिए।
मगर संस्कृतिअनुसार माघ महिनामा एक गाउँका तरुनीले अर्को गाउँका तन्नेरीलाई तारो हान्न आमन्त्रण गर्ने चलन हुन्छन् । तन्नेरी उनी तारो हान्न (बन्दुकले या धनुषकाँडले) एक नम्बर थिए ।

राजनीतिमा आकर्षण
२०३६ सालतिर । गाउँमा पञ्चायत विरुद्धको आन्दोलन शुरु भैसकेको थियो । उनी घरभन्दा टाढा पोखरा भन्ने ठाउँको स्कुलमा कक्षा ४ मा भर्ना भए् ।
उनका एक शिक्षक निर्मल गिरी मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालमा आबद्ध थिए भने हेडमास्टर देवीराम रिजाल मालेतिरका थिए। गणितमा रुचि भएकाले उनको निकटता गिरीसँग थियो। उनी त्यही बेला नेकपा मशाल निकट अखिलको स्कुल अध्यक्ष बने।
२०३९ सालतिर उनी सात कक्षा पास गरेर सदरमुकाम लिबाङ गए। त्यहाँ गिरीले नै उनलाई कृष्णबहादुर महरासित चिनजान गराइदिए। गणित र विज्ञान पढाउने महराबाट नन्दकिशोरले कम्युनिजमको शिक्षा पनि लिए। उनी लिबाङ स्कुलमा पनि अखिलको  अध्यक्ष चुनिए।
२०३९ मै अखिलको उपकेन्द्रीय उपाध्यक्ष भइसकेका नन्दकिशोरलाई राजनीतिमा सक्रिय भएको भन्दै स्कुलबाटै निकालिए ।
२०४१ सालमा उनले मास्टरी पेसा अपनाए, आफूले पढेको राङ्सी स्कुलमै। राजनीतिमा संलग्नता जारी थियो। केही समय जेल पनि परे। त्यसपछि पढ्न भनी दाङको घोराहीस्थित महेन्द्र क्याम्पस गए।
क्याम्पस पुगेपछि उनको राजनीति झन् चुलियो। त्यही क्याम्पसमा उनी अखिल अध्यक्ष भए । २०४६ को जनआन्दोलनताका उनले पश्चिम रोल्पाको कमान्डसमेत सम्हाले । नन्दकिशोर २०४८ देखि पूर्णकालीन पार्टी कार्यकर्ता भएका थिए ।

मृत्युवाट उम्ेकेको पहिलो क्षण र टाउकोको ३५ हजार मूल्य
उनको गाउँ पल्लोपट्टि इरिबाङका कांग्रेसले चप्का मेलामा हाँक दियो । उनी माओवादी रोल्पा सदस्य थिए । पार्टीले स्थानीय वर्गसंघर्ष भन्दै प्रहरीसित झडप भए पनि गर्ने र हतियारसम्म खोस्ने सर्कुलर गरेको थियो।
उनी चप्का मेला पुगे। २०४९ मंसिर १९ गतेका दिन रोल्पाको परम्परागत पैसरी नाच्न मादल भिरे। उनका बुबा अगुवा भएर नाच्न थाले। नाचिरहेकै बेला प्रहरीले घेरा हाल्यो। उनको छातीमा समात्न खोज्यो। उनले दायाँ खुट्टाले लात्ती हाने। प्रहरी हुर्रिंदै पर पुगे। त्यसपछि उनका साथीहरूले पनि हातहातमा लाठी लिएर प्रहरीलाई घेरे। प्रहरीले हवाई फायर ग¥यो। आक्रोशित उनका साथीले लाठी हान्न थाले।
लोकबहादुर घर्ती मगर र मनबहादुर पुन गोली लागेर ढले। संयोगले उनको पाखुरामा गोली लाग्यो उनी भागे । त्यस घटनापछि प्रशासनले उनको टाउकोको मूल्य तोक्यो, ३५ हजार रुपैयाँ।

छापामार हुदै जनमूक्ति सेना प्रमूख
रोल्पाका गाउँगाउँमा आरनमा बन्दुक बन्थ्यो। माओवादीसँग आरनमा गएर सिक्ने र बनाउनेबाहेक अर्को विकल्प थिएन। पुनले त्यसै गरे ।
त्यसबेला वर्षमान पुन ’अनन्त’ रोल्पा सेक्रेटरी थिए। नन्दकिशोरले सुरक्षा र फलाम गाल्ने गोलका लागि कुरेलीको सराबाङ छाने। त्यहीँ बारूद पिसे। गजे राइफल, बाह्रबोर र कट्वा पेस्तोलबाट हतियार बनाए।
त्यसपछि उनले एट्टीवनको सेल बनाए। एक मिटरभन्दा पर बम फाल्न सक्ने राइफल बनाए। रिभल्भर, कट्टा पेस्तोल, म्यागजिन, पार्टपुर्जा पनि आफैं बनाए।
प्राविधिक दक्षता भएका उनलाई पार्टीले पनि सैन्य क्षेत्रको कमान्ड गर्ने जिम्मा दिँदै गयो। युद्धताका सबैजसो केन्द्रीय स्तरका लडाइँमा उनले नै कमान्ड सम्हाले।311020150639141-600x0
‘जनयुद्ध’ तयारी बेला वाइसिएल रोल्पा अध्यक्ष र प्रशिक्षक रहेका नन्दकिशोर लडाकु दल कमान्डर हुँदै २०५५ मा उनकै कमान्डमा ‘टास्कफोर्स’ बन्यो। २०५६ मा उनी छापामारको पहिलो कम्पनी कमान्डर भए। त्यसपछि बटालियन, बिग्रेड र डिभिजन हुँदै चार डेपुटी कमान्डरमध्ये एक छानिए। र, जनमुक्ति सेना सुप्रिम कमान्डर पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि उनी जनमुक्ति सेना प्रमुख भए ।
२०५७ को दोस्रो राष्ट्रिय सम्मेलनबाट उनी पार्टी केन्द्रीय सदस्य चुनिए । गोवा बैठकपछि पोलिटब्युरो सदस्य र अहिले पार्टी स्थायी समिति सदस्य ।

जिन्दगी नै लडाइँ हो ।
२०५६ चैत २१ गते माओवादीले रुकुमको तकसेरास्थित इलाका प्रहरी कार्यालयमा हमला गरेका थिए। नजिक पुग्दा प्रहरीले चलाएको गोली उनको आँखा नजिकैबाट गयो। त्यतिबेला लागेको गोलीले अहिले पनि प्रस्ट दख्दैनन् उनी ।

मृत्युलाई जितेका पलहरु
२०६९ चैत २४ राति रोल्पाको गाम ब्यारेक हमला गर्दा पनि उनी बचे । सहयोगीसहित ब्यारेकतर्फ जाँदा प्लाटुन कमान्डर धर्मेन्द्र (कालिकोट) ले उनलाई रोके। धर्मेन्द्र अघि लागे। धर्मेन्द्रले दुई पाइला मात्र के सारेका थिए, ‘ऐऽया’ भन्न नपाई ढले।
२०६१ चैत ७ गते बेनी आक्रमण गर्दा उनी कमान्डर थिए। आक्रमण गरेर फर्कंदा हेलिकप्टरबाट बमवर्षा भयो। दुईवटा गोली उनको दायाँ खुट्टाको बूढीऔंला छेउबाट गए। उनी ढलमुनि छिरेर बल्लतल्ल बाँचे।
मृत्युसँग उनको अर्को भेट भयो बुटवलमा, दरबार हत्याकाण्डलगत्तै।
उनी पर्वत हमलाको निम्ति सर्वेक्षण गर्न हिँडेका थिए। फर्कंदा बुटवलमा खाना खाएर डिभिजन कमान्डर धनबहादुर मास्की मगर (राजेश) सित भर्खर कोठामा छिरेका थिए। दिउँसो दुई बज्दै थियो। प्रहरी पुग्यो। सवालजवाफ सुरु भयो। उनले नअक्कमाई जवाफ दिए। अन्डरवेयर मात्र लगाएर निस्फिक्री सुतेका राजेशलाई देखेर पुलिस अल्मलियो त्यही मौकामा उनीहरु भागे ।
शान्ति प्रकृया पछि पनि मृत्युले जिस्क्याउन छोडेनन् पुनलाई । दुवै मिर्गौलामा समस्या देखिएका उनलाई जोरपाटीको नेपाल मेडिकल कलेजले तुरुन्तै भारतको एपोलो अस्पताल लैजान भन्यो तर मानेनन् उनले । स्वदेशी उपचारमा नै विश्वास गर्ने बताएका उनी संयोगले श्वस्थ भए ।

सफल सैन्य आक्रमण
पासाङले जनयुद्धका क्रममा आफ्नै नेतृत्वमा भएका आक्रमणहरुबारे पुस्तक नै लेखेका छन् । ०५२ फागुन १ गते जनयुद्ध सुरु भएको उद्घोष गर्दै भएको चार आक्रमण मध्येको एक होलेरी आक्रमणमा उनी सह(कमाण्डर थिए ।

पश्चिम नेपालमा माओवादीले गरेको ठूल्ठूला आक्रमण उनै नेतृत्व, रेकी र योजनामा भएका थिए । प्रहरीमाथि भएको रोल्पाको होलेरी (दोस्रो, जेलबाङ, घर्तीगाउँ, सल्यानको झिम्पे, जाजरकोटको लाहाँ, पाँचकटिया, रुकुमको महत, तकसेरा, रुकुमकोट उनकै नेतृत्वमा भएका हुन् ।
पहिलो सदरमुकाम कब्जा डोल्पाको दुनै, पहिलो क्षेत्रीय सदरमुकाम कब्जा कर्णालीको जुम्ला पासाङकै फौजी नेतृत्वमा भएका हुन् । दाङको घोराही, अछामको मंगलसेन, अर्घखाँचीको सन्धीखर्क, म्याग्दीको बेनी कब्जा उनकै नेतृत्वमा भएका हुन् ।
रोल्पाको गाम, लिस्नेमा तत्कालीन शाही सेनालाई पराजित गर्दा पासाङ नै कमाण्डर थिए । जनयुद्धका क्रममा उनले थुप्रैपटक भिडन्तहरुमा उनको मृत्युको खबर आएको थियो, जुन उनले समेत सुन्ने गरेका थिए ।
जनयुद्धमा लडाकूको कमाण्डर रहेका पासाङले शान्ति प्रक्रियामा आएपछि सेना समायोजनमा पार्टी नेतृत्वलाई पूर्ण साथ दिए । उनी शान्ति प्रक्रियामा सघाउन आएको राष्ट्र संघीय मिसन अन्तर्गतको जीएमसीसीको भाइस कमाण्डर थिए ।

परिवार र सक्रियता
पुनका कान्छा भाई कमल पुनको सशस्त्र द्वन्द्व निधन भयो । कमलकी छोरी दीक्षा ९ कक्षामा पढिरहेकी छन् भने दोस्रो बिहे गरेर गएकी बुहारी भूमिका विप्लव–माओवादीमा छिन्। उनको काइँला भाइलाई पुलिसले गोली हान्यो। उनले लिबाङमा चार वर्ष जेल जीवन बिताए।
उनका दुई छोरा जितेन्द्र–दीपेश पार्टीमै सक्रिय छन्। दीपेश अस्कल स्ववियू सदस्य हुन्।
साहिला भाइ भीमप्रकाश उनले माष्टरी गरेको स्कुल जनसेवा उच्च माविमै  प्राचार्य छन् भने साहिली बुहारी स्वास्थ्य कार्यकर्ता। जेठा दाजु वीरबहादुर ब्रिटिस गोर्खा वेलफेर स्किम पोखरामा प्रोजेक्ट मेनेजर छन् भने जेठी भाउजू सरकारी कर्मचारी। जेठा दाजुका छोरा प्रकाश भैरवनाथ गणमा तीन महिना बेपत्ता पारिएका थिए।

पासाङ उपराष्ट्रपतिमा निर्वाचित
पूर्व लडाकू कमाण्डर नन्दकिशोर पुन पासाङ उपराष्ट्रपति निर्वा्चित भए । सत्तारुढ गठवन्धनको तर्फबाट उम्मेदवार भएका माओवादी नेता पुन बहुमतका आधारमा उपराष्ट्रपति निर्वा्चित भएका हुन् । उनले ३२५ मत पाएका छन् । संसद बैठकमा सभामुख ओनसरी घर्ती मगरले पुन उपराष्ट्रपति निर्वा्चित भएको घोषणा गरिन् । संसदमा मत परिणाम घोषणा हुँदै गर्दा उनी दर्शक दिर्घाको भीआइपी कक्षमा बसेका थिए । उपराष्ट्रपति निर्वा्चितमा नेपाली कांग्रेस उम्मेदवार अमियकुमार यादवले २१२ मत पाएका छन् । शनिबार भएको मतदानमा ५४७ मत खसेको थियो । तर, १० मत बदर भएको छ ।images
मधेसी मोर्चासहितका केही दलले निर्वाचन प्रक्रियामा सहभागिता जनाएनन् । मधेसी मोर्चाले उपराष्ट्रपति चुनाव पनि बहिस्कार गरेको थियो ।

दौरा सुरुवाल लगाएर शहीदका नाममा शपथ
नयाँ संविधान जारी भए पछि पहिलो पटक महिला राष्ट्रपति भए एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी । जसको कारण नेपालको चिनारी बनेको दौरा सुरुवाल पहिरनमा राष्ट्रप्रमूखलाई नेपालीहरुले देख्न पाएका थिएनन् ।
निवर्तमान राष्ट्रपति रामवरण यादवले दौरा सुरुवालमा शपथ लिएका थिए । त्यसैको झलको दिने गरी उपराष्ट्र पुनले मगरको छोरो भएर पनि दौरा सुरुवाल नै लगाएर राष्ट्रको प्रतीकको रुपमा रहेको पहिरनलाई निरन्तरता दिए ।
उनले राष्ट्रपतिवाट शपथ खादा ईश्वरको नाममा शपथ खाएनन् । देश, जनता र शहीदको नाममा पुनले शपथ लिएका थिए ।

फूलको जवाफ फूलैले दिए अध्यक्ष प्रचण्डले
मओवादी युद्धलाई उचाईमा पु¥याउन पासाङको योगदान उच्च छ । अन्य कमाण्डरहरु जस्तै उनले नेतृत्वको निर्देशनलाई हुवहू पालना गरे । सफल कारवाहीहरु सम्पन्न गरे । दिलोज्यान क्रान्तिको कार्यभार पूरा गर्नमा उनी मृत्युको परवाह नगरीकनै लागिरहे भन्नेमा दुईमत थिएन । उनको मोर्चाको सफलताले पनि त्यसको पुष्टि गर्छ ।
आफनै मृत्युका समाचारहरुको खण्डन गर्दै अर्को मृत्युको लागि लडाई जारी राखे । मुलुकमा मात्र नभएर कम्युनिष्ट आन्दोलनको सफलतालाई विश्वभरी फैलाउन उनले पार्टी अध्यक्ष कमरेड प्रचण्डलाई साथ दिइरहे । अन्य कमाण्डरहरुले प्रचण्डको साथ छोडेर गए पनि उनले भने कहिल्यै त्यसो गरेन ।
माओवादी आन्दोलनले गति लिइसकेको थियो । विश्वले नियालिरहेको आन्दोलनमा एक पछि अर्को सफलता पाउदै गर्दा कमाण्डर पासाङ पनि दुनियाँको आँखामा कैद भैसकेका थिए । तर माओवादी शान्तिमा आए पछि भने उनी गौण बन्न पुग्यो । सेना समायोजन पश्चात पनि उनी थप निश्क्रिय जस्तै भयो । पार्टीले उनलाई पोलिटव्युरो त बनायो तर जिम्मेवारविहीन । पुन पर्दा पछाडी पुग्यो ।
दोश्रो संविधानसभाको निर्वाचनमा काठमाडौवाट नेपाली कांग्रेसका युवा नेता गगन थापासँग पराजित भए पछि पुन अरुका आँखामा पर्न छाडिसेका थिए । इतिहासमा मात्र सीमित बन्दै थियो ली फङ अर्थात पासाङ ।
तर संविधान जारी भए पछिको सत्ता समीकरणमा एमाओवादी निर्णायक बन्न पुग्यो । मन्त्री बन्ने दौडमा लागेका नेताहरुलाई व्यवस्थापन गर्दै जाँदा उपराष्ट्रपतिको उम्मेदवारमा युद्ध मोर्चाका कमाण्डर पासाङ अध्यक्ष प्रचण्डको छनौटमा परे ।
सशस्त्र युद्धमा अग्रणी भूमिका निर्वाह .गरेको पासाङलाई प्रचण्डले अन्य वरिष्ठ नेताहरु हुदा हुदै पनि उपराष्ट्रपतिमा निर्वाचित गराएर फूलको जवाफ फूलैले दिए ।

Facebook Comments

Related posts

Leave a Comment