राजेशको स्वरमा नवीनको नयाँ गीत


एविसि खबर
खोटाङ, ६ मंसिर । नेपाली सुगम संगीतमा स्वरका राजा राईज किङ अर्थात राजेशपायल राईलाई नचिन्ने कमै होलान । उनै राईज किङ र अहिले चर्चाको शिखरमा रहेकी गायीका सुनिता थेगिमको स्वरमा नयाँगीत बजारमा आएको छ । खोटाङका युवा गीतकार एबं संगीतकार नविन संघर्षले दुवै कलाकारलाई ‘दिक्तेल बजारमा’ गीत गाउन लाएका छन् ।
खोटाङ जिल्लाको विभिन्न स्थानहरुको सम्झना गर्दै लेखिएको गीतमा माया प्रेमलाई रोमान्टिक पाराले प्रस्तुत गरिएको छ । सुरुमा नयाँ चिनजानीमा भएको आनाकानी र भेटघाट बातचितबाट टुसाएको प्रेमभाव मगनी गरेर घर लानेसम्मको प्रसँगहरुले गीतको शब्द, संगीत र गायनले निकै लोभलाग्दो रहेको छ ।
पूर्वेली लोकदोहोरी ‘दिक्तेल बजारमा, तिमिसँग माया बस्यो पहिलो नजरमा’ जवाफमा आउने ‘दिक्तेल बजारमा, अन्जान माया लाईन्न है एकै नजरमा’ ले निकै रोमान्टिक बनाउँछ । स्टुडियो किङको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको संगीत संयोजन भने राजुकार्कीले गरेका छन् । मनोज साङसोन राई र सुरेश राईले रेकर्ड गरेको गीतको स्टुडियो छायांकन दुर्गा बान्तावा राईले गरेका छन् भने सम्पादन मनोज राईले गरेका हुने ।
अहिले काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिका–७ मादनकुँडारीस्थित सिर्जनशिल जनता माबिमा कार्यरत नविनको यो १२ औं गीत हो । चार महिनाअघि मात्र उनले कृष्णभक्त राईको स्वरमा ‘जीन्दगी’ बोलको गीत बजारमा ल्याएका थिए । हालसम्म बजारमा आएकामध्ये नविनका ‘जंघार तरि नजानु है, नेपाली हुँ भन्ने हाम्रो छाती हुनुपर्छ, आमा, जीन्दगी’ लगायतका गीतहरु बजारमा आईसकेका छन् ।
खोटाङ जिल्लाकै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १३ नुनथलामा जन्मेका उनले गाउँमै आफ्ना अग्रज दाजु हेम राई लगायतबाट संगीतको कखरा शुरु गरेका हुन् । शुरुमा प्रगतीशिल गीत संगीतमा हेलिएका उनी देश जनताको मुक्तिको खातिर संगीतको क्षेत्रमा लागेका थिए । गीत लेख्ने संगीत भर्ने बाहेक उनी गाउन, बजाउन र नाच्नपनि उतिकै सिपालु रहेका छन् ।

गीत लिङक हेर्न तल जानुहोस …

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here