कोरोना सङ्क्रमण : डर, त्रास र अनुभूति: विकल श्रेष्ठ

मेरो कार्यक्षेत्र खोटाङ हो । हालै मात्र मलाई खोटाङ जिल्लामा खटाइएको हो । म गत आश्विन २० गते खोटाङ जिल्लाको दिक्तेल बजार प्रथम पटक गएको हुँ । त्यहाँ प्रस्थान गर्नुभन्दा पहिला पाटन अस्पताल, ललितपुरमा पिसिआर परीक्षण गरेर नेगेटिभ आएको प्रतिवेदन समेत साथै लिएर गएको थिएँ । म जाने बेलामा खोटाङमा कोरोना सङ्क्रमण नियन्त्रित अवस्थामा थियो र कथमकदाचित सङ्क्रमण बढेमा काठमाडौँबाट कोरोना ल्यायो भन्ने दोषारोपणबाट जोगिन पनि मैले पिसिआर गरेर गएको थिएँ ।
जिल्ला प्रशासन कार्यालय जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यालय हो । म पनि कार्यालयबाट नियमित सेवा प्रदान गर्दा, बैठकहरूमा सहभागी हुँदा, पदाधिकारी तथा स्थानीय राजनीतिज्ञहरुसँग दैनिक छलफलरघुलमिल हुने क्रममा सैयौँ व्यक्तिहरूको नजिक हुनुपर्ने मेरो दैनिकी र बाध्यता नै बनेको थियो । त्यहाँ कार्यालयमा मास्क, पन्जा, स्यानिटाइजर जस्ता सामान्य सुरक्षा सामग्रीहरू उपलब्ध थिए र दैनिक प्रयोग पनि गर्दै आएको थिएँ । म ठिकठाक नै थिएँ । दिक्तेल बजार उचाइमा रहेको, उकालो–ओरालो भू–बनोट भएको र त्यहाँ पनि कोरोना कहरका कारण मास्क अनिवार्य भएकाले मास्क लगाउँदा पर्याप्त हावारअक्सिजनको कमी भएको जस्तो अनुभूति भइरहेको थियो । हिड्डुल गर्दा छाती अस्वाभाविक रूपमा फुल्ने गर्दथ्यो तर मास्क खोलेपछि सामान्य नै हुन्थ्यो । मलाई चिसो मौसमका कारण हुने सामान्य खोकी भन्दा अरू केही पनि भएको थिएन । समग्रमा भन्नुपर्दा म स्वास्थ्यका दृष्टिकोणले ठिकठाक नै थिए । कोरोनाका कुनै लक्षण नै थिएनन् ।
२०७७ सालको दसैँ बिदा पनि सुरु भयो । म कार्तिक ७ गते स्कुटर लिएर दिक्तेल बजारबाट काठमाडौँ तर्फ लागेँ । दिक्तेलमा खाना खाने होटेलबाटै एउटा डिउ (पेय) लिएँ र बाटोमा त्यही मात्र खाएर काठमाडौँ उपत्यका छिरेँ । दशैको माहौलले होला बाटोमा मोटरसाइकलहरूको मेला जस्तै थियो । होटलहरु पनि खचाखच भरिएका थिए । कहींकतै कोरोना प्रोटोकलको पालना भएको देखिन । म कुनै पनि होटेल वा पसलमा छिरिन । बिहान करिब ८ बजे हिँडेको बेलुका करिब ४ बजेतिर ललितपुरमा आइपुगेको थिएँ । म हिड्डनु भन्दा अगाडि प्र.जि.अ.ज्यूले असामान्य ज्वरो देखिएको बताउनु भएको थियो । उहाँले आश्विन ८ गते पिसिआर परीक्षण गराउन स्वाब दिनु भएको रहेछ र रिपोर्टमा कोरोना पोजेटिभ देखिएछ ।
२०७७ सालको दसैँ बिदा पनि सुरु भयो । म कार्तिक ७ गते स्कुटर लिएर दिक्तेल बजारबाट काठमाडौँ तर्फ लागेँ । दिक्तेलमा खाना खाने होटेलबाटै एउटा डिउ (पेय) लिएँ र बाटोमा त्यही मात्र खाएर काठमाडौँ उपत्यका छिरेँ । दशैको माहौलले होला बाटोमा मोटरसाइकलहरूको मेला जस्तै थियो । होटलहरु पनि खचाखच भरिएका थिए । कहींकतै कोरोना प्रोटोकलको पालना भएको देखिन । म कुनै पनि होटेल वा पसलमा छिरिन । बिहान करिब ८ बजे हिँडेको बेलुका करिब ४ बजेतिर ललितपुरमा आइपुगेको थिएँ । म हिड्डनु भन्दा अगाडि प्र.जि.अ.ज्यूले असामान्य ज्वरो देखिएको बताउनु भएको थियो । उहाँले आश्विन ८ गते पिसिआर परीक्षण गराउन स्वाब दिनु भएको रहेछ र रिपोर्टमा कोरोना पोजेटिभ देखिएछ ।
मलाई प्र.जि.अ.ज्यूले आफू लगायत डि.एस.पी.साब अनि जिल्ला समन्वय प्रमुख ज्यूलाई कोरोना पुष्टी भएकोले तपाई पनि तुरुन्त स्वाब परीक्षण गरेर क्वारेन्टाइनमा बस्नुस्, कोरोना सङ्क्रमण भएको हुनसक्छ भन्नु भयो र म कार्तिक १० गते बिहान १० बजे पाटन अस्पतालमा गई स्वाब दिई घरमा क्वारेन्टाइनमा बसे । रिपोर्ट आउन २/३ दिन लाग्छ भनिएको थियो तर सोही दिन राती ९ बजेतिर एस.एम.एस. मार्फत रिपोर्ट प्राप्त भयो । एकातिर कौतुहलता थियो, अर्कोतिर पोजेटिभ आउँदैन भन्ने दृढता पनि थियो । नेटमा लगइन गरेर हेरेँ । नसोचेको, नचिताएको नतिजा आयो – कोरोना पोजेटिभ ।
अघिसम्म केही नभएको मान्छेलाई अब टाउको भारी भएजस्तो, ज्वरो बढेजस्तो, घाँटी खसखस भएजस्तो पो हुन थाल्यो । म काठमाडौँ आउँदासाथ भेटघाट तथा चिया गफमा सरिक भएका दुई जना साथीभाइलाई मलाई कोरोना देखियो, तपाईँलाई पनि सरेको हुन सक्छ घरमा छुट्टै बस्नुस् भनेर जानकारी गराए । उहाँहरू अहिले होम क्वारेन्टाइनमा हुनुहुन्छ । कुनै लक्षण देखिएको छैन । त्यसपछि खोटाङमा मेरो नजिक रहनु भएका सहकर्मी कर्मचारी साथीहरूलाई पनि जानकारी गराए । तर आफ्नो व्यथा उस्तैः अब के हुन्छ भन्ने चिन्ता बढ्न थाल्यो । पटक पटक ज्वरो छ की भनेर निधार छाम्न थालेँ । यो प्रक्रिया बिहानसम्म चलिरह्यो । जब जब साथीहरूले मोबाइल सम्पर्क वा म्यासेन्जरबाट Get Well Soon भन्ने सन्देश दिन्थे, चसक्क मुटु पोल्थ्यो, अब पतन हुने हो की भनेर ।
अब यसरी भएन भनेर मुटु दह्रो बनाउन थालेँ । कोरोनाले धेरै मृत्यु भएका देशहरू सम्झन थाले र आफैँमा तर्क गर्न शुर गरेँ । स्पेन, इटाली तिरका मान्छे धुवा धुलो देखेका छैनन्, एक दिनको बासी भात खाए पनि बिरामी पर्छन्, उस्तै परे मर्छन् पनि । तीनको जस्तो कच्चा शरीर हाम्रो छैन । हामीले जस्तो धुंवाधुलो खाए तिनीहरू उहिल्यै चैट भइसक्थे । कोरोनाले धेरै मृत्यु हुनुमा तिनीहरूको सुविधा सम्पन्न दैनिकी र वातावरण पनि हो भन्ने जस्ता तर्क गरेर आफ्नै मनलाई शान्त पार्ने कोसिस गरेँ । दिनहुँ खाइरहने धुँवाधुलोले हामीमा कतिपय रोगसँग लड्न सक्ने क्षमतामा पनि वृद्धि गरेको हुनुपर्छ, त्यहीमाथि विभिन्न जडीबुटीहरू दिनहुँ मसलाको रूपमा खाइरहेकै छौ । त्यसै कहाँ मरिन्छ र । म यस्ता सानातिना रोगले त मर्दे(मर्दिन भन्ने सोच ल्याए र दृढ भएँ । अब मेरो टाउको दुख्ने समस्या, अरू पिर सबै हराउँदै गए । तत् पश्चात् कोरोनाको मतलब पनि राखिन । तर घरमा बुढाबुढी बा आमा र १० महिनाको छोरो भएकाले म घरको छुट्टै कोठामा आइसोलेसनमा बसिरहेको छु । खाना खाजा अलि पर राखिदिनुहुन्छ, म लिएर खान्छु । सङ्क्रमण भएर मुक्त भएका मेरा एक जना साथीले खाना पर राखिंदिंदा विभेदको रूपमा लिएर चिन्ता बढेको मोबाइलमा बताए । यस्तो सोचले विनाकामको नैराश्यता मात्र बढाउँछ । परिस्थिति अनुरूप व्यवहार हुनुलाई सकारात्मकरुपमा नै लिन्छु र लिनु पनि पर्छ ।
उता खोटाङतिरका सहकर्मी साथीहरूमा छट्पटिपन सुरु भएछ । मलाई कोरोना लागेपछि उहाँहरूलाई पनि पक्कै लागेकोरसरेको छ भनेर उहाँहरू अति डराउनु भएछ । कसैले ज्वरो आयो, कसैले टाउको दुख्यो भन्ने कुरा गर्न थाल्नु भयो । मलाई कोरोना नदेखिने बेलासम्म ठिकठाक रहेका साथीहरूलाई पनि अब विभिन्न स्वास्थ्य समस्या देखिन थालेछ । मैले उहाँहरुलाई चिन्ताले गर्दा यस्तो भएको हो । चिन्ता नलिनुस् भन्दै सम्झाउन थालेँ । १२ गते उहाँहरू मध्ये ६७ जनाको कन्ट्रयाक्ट ट्रेसिङको आधारमा पिसिआर सङ्कलन भई हालसम्म १२ जनाको पोजेटिभ देखिएको छ, रिपोर्ट आएका मध्ये मेरा सहकर्मी साथी १ जनाको पोजेटिभ देखिएको छ । मैले यो अनुभूति तयार गर्दासम्म ८ जनाको रिपोर्ट आउन बाँकी छ । रिपोर्ट नेगेटिभ आएपछि अन्य साथीहरूको भने टाउको दुखाई एकाएक निको भएको छ । रिपोर्ट आउन बाँकी साथीहरू भने अहिले पनि कौतुहलता र पीर(चिन्तामा डुबिरहनुभएको छ । कामना गर्दछु उहाँहरूको रिपोर्ट नेगेटिभ आउनेछ ।
यदि मैले मेरो मुटु वा आत्मविश्वास कमजोर हुन दिएको भए आज मलाई अन्य थुप्रै रोगले च्याप्दै जाने निश्चित थियो । कोरोना प्रोटोकल अनुसारका सावधानी अपनाउँदै तातो पानी खाने, बेसार पानी खानुका साथै कुनै लक्षण नदेखिएकाले साबिक बमोजिमको आहारमा थप माछा, मासु, अण्डा, मह लगायत फलफूलहरू खाने गरेको छु । कोरोनाको डर मन(मस्तिष्कबाट पर फालेको छु जसले गर्दा मलाई कोरोना परास्त गर्न निकै सहज भएको छ । तपाईँहरू पनि कोरोना सङ्क्रमण नियन्त्रणको लागी सावधानी अपनाउनु हुन र कोरोना भइहालेमा पनि हरेस नखाई आफ्नो आत्मबल बढाउनुहुन अनुरोध गर्दछ । म पनि अब केही दिनमै यस आइसोलेसन कोठाबाट उठेर आफ्नो दायित्व निर्वाह गर्न पुनः खोटाङ जिल्ला दिक्तेल बजार फर्कने कुरामा दृढ छु । धन्यवाद ।
श्रेष्ठ खोटाङका सहायक प्र.जि.अ. हुन् । हाल होम आइसोलेसनमा बसिरहेका छन् । प्रस्तुुत अनुभूति लेेखककाेे प्रस्तुत अनुभूति लेखककाे अनुमतीमा प्रशासन ब्लगबाट साभार गरिएकाे हाे । सं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here