“ढल्कि ढल्कि” पछि दोस्रो कभर भिडियो “गाईदेउन गित”

एविसि खबर
खोटाङ । कला र गलाले भरिपूर्ण मानिएको जिल्ला खोटाङका कलाकारहरुलाई मात्र नेपाली संगीतको बजारबाट बाहिर निकाल्ने हो भने हिसाब ख्वाँडे हुनु पुग्छ । गीत लेख्ने देखी गाउने सम्म संगीत गर्नेदेखी नाच्ने सम्म, चलचित्र बनाउनेदेखी अभिनय गर्ने सम्म । कलाको कुन दुख छ र खोटाङमा । तर यी सब शहरमा बसेर शहरकै चर्चामा गाउँको स्वाद खोजिरहन्छन् समस्या यो हो ।
निकै पहिले एउटा खोटाङको गीत निकै चर्चामा आयो ‘खोटाङ जिल्ला दिक्तेल बजार’ । गीतले यति धेरै चर्चा कमायो जस्को कुरै नगरौँ । खोटाङका जो कोही पनि यो गित जतापुगेरपनि गाउन तयार छन् । दुईचार जना खोटाङगे जम्मा भयो भने गाइने पहिलो रोजाईको गितमा यहि पर्छ । तर पछि थाहा भो यो गीत लेख्ने व्यक्ति आफैमा खोटाङ्गे त होईन पो रहेछन् । यो गितको रचना गर्ने तुलसी पराजुली कताको हुन थाहा छैन । गाउने पनि तुलसी पराजुली र लोचन भट्टराई पो रहेछन् । जेवि थुलुङले बनाएका रहेछन् यति मिठो भाका । पछि यसको म्युजिक भिडियो पनि आयो । युट्युब च्यानलमा भिडियो हेरेपछि थाहा भो दिक्तेल बजार गितको छायांकन त खै कता कता पो रहेछ ।
यी यस्ता धेरै कथाहरु छन् । तर अब विस्तारै खोटाङ जिल्लाको हाम्रो भु–भागहरुले पनि क्यामेराको फेस गर्न थालेका छन् । उमेर पुगेका स्थापित कलाकारहरुको कारणले यो माटोले क्यामेरा फेस गरेको होईन । जिल्लामा नै बसेर स्थानीय कला र गलालाई राष्ट्रिय स्तरका भनिएका कलाकारहरुसँग कुम जुधाउनका लागी पनि होईन् । आफ्नो प्रतिभाको निक्खारपन ल्याउन पनि पछिल्लो समय केही यूवाहरुको जिल्लामा सक्रियता बढेको छ । यसैको परिणाम खोटाङ दिक्तेलमा छ साईनो कला केन्द्र । साईनोले साईनो गाँस्दै जाँदा अहिले निकै राम्रो र आकर्षक आफ्नो प्रस्तुतिहरु दिन थालेको छ ।
पछिल्लो समयमा कभर डान्सहरु मार्फत खोटाङको साना कलाकारहरुको प्रतिभाको विस्तार गर्ने काम भईरहेको छ । स्थानीय कलाकारहरुले समेत अवसर पाए काठमाडौँमा नाच्ने कोरस डान्सर हरुलाई कुना खाँद्ने किसिमका प्रस्तुतीहरु अहिले धमाधम सार्वजनि भईरहेको छ । यसै शिलसिलामा खोटाङ जिल्लामा भर्खरै यूवा निर्देशक तथा कोरियोग्राफरका रुपमा आएका उत्साह राईको निर्देशनमा ढल्कि ढल्कि पछि दोस्रो कभर भिडियो गाईदेउन गित सार्वजनि भईसकेको छ । साईनो कला केन्द्र खोटाङका अध्यक्ष समेत रहेका युवा गितकार प्रमोद श्रेष्ठको रचनामा रहेको गीतलाई टंक बुढाथोकीको संगीत र मेलिना राईले स्वर दिएका छन् ।
जिल्लाको पवित्र त्रिधार्मिक स्थल हलेसी, अर्खौले, विजुले र दिक्तेल बजार आसपास छांयाकन गरिएको कभर भिडियोको क्यामेरामा भने युनिक साम्पाङ र सन्जिव राईले खिचेका छन् ।

पुरै भिडियो हेर्न तल जानुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here