वैकल्पिक सिकाइको व्यवस्था गरौँ

भिम राई
शिक्षा आजको अनिवार्य शर्त हो । शिक्षा बिना समाज परिवर्तन सम्भव छैन । समाज परिवर्तन गर्न जनचेतनाको विकास हुन जरुरी छ । जनचेतना जगाउन शिक्षाको महत्वपूर्ण भुमिका रहन्छ । समाज परिर्वतनको संवाहकका रुपमा रहेको शिक्षा क्षेत्र यसबेला गएगुज्रेको अवस्थामा पुग्न लागेको छ । विश्वमा फैलिएको कोरोना संक्रमणका कारण गएको चैत महिना देखि यता सम्पुर्ण शैक्षिक संस्थाहरु बन्द रहेका छन् । विद्यार्थीहरु अन्यौलताको बिचमा रहेका छन् । साना र मसिना कक्षाका विद्यार्थीहरुका लागि त निकै सजिलो तरिकाले दिन बितिरहेका छन् । तर माथिल्लो र उच्च शिक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई भने यसले प्रत्यक्ष असर पु¥याएको छ । शैक्षिक योग्यताको आधारमा लोकसेवा वा अन्य परीक्षा वा रोजगारीको अवसर कुरीरहेकाहरुलाई निकै अफ्ठयारो बनाएको छ ।
सरकारले अन्यौलताका बिचमा सुजाएका उपायहरु समेत कामयामी रहेको छैन । एसईई जस्तो परिक्षाको आन्तरिक मुल्यांकन मार्फत कक्षा चढाउने निर्णय सतहमा हेर्दा स्वभाविक लाग्ला तर नेपालको शैक्षिक इतिहाँसमा यो गलत सावित हुन सक्छ । यो प्रचलनका रुपमा स्थापित हुने हो भने विद्यार्थीहरुमा पढ्ने बानीको विकास भन्दा आसिरवाद पर्खिनेको लर्को लाग्न सक्छ । यस्तै वैकल्पिक उपायहरु अवलम्बन गर्न राज्यसँग भएका प्रशस्त जनशक्ति र स्रोतहरु रहेका छन् । त्यसलाई व्यवस्थित बनाउन सरकारको तर्फबाट कमजोरी भएका छन् । विद्यार्थीहरुलाई रणभुल्लमा पार्न प्रविधि मैत्रि शिक्षाको कुरा गरेर शैक्षिक विभेदको विजारोपण गर्नू राज्यको दायित्व भित्र पर्दैन । उनिहरुलाई डर त्रासको वातावरण भन्दा बाहिर ल्याएर जुन गाउँ टोल वा वस्तिमा विद्यार्थी रहेका छन् उनिहरु सम्म माथिल्लो कक्षाका विद्यार्थीमार्फत सिकाई अभ्यास संचालन गर्न सक्ने प्रशस्त आधारहरु थिए । त्यो निति सरकारले अवलम्बन गर्न सकेन ।
पछिल्लो समयमा सबैकुरा खुल्ला हुँदै गर्दा जोखिम बढ्ने डर भएपनि टोल टोलमा गएर शिक्षा दिने निति सरकारले ल्यायो । यो भरसिलो नभएपनि विद्यार्थीहरुको पठन संस्कृतिका लागि फाईदाजनक नै मान्नु पर्ला तर माथिल्लो तह अर्थात उच्च शिक्षाका बिद्यार्थीका हकमा के हुन सक्छ ?
अनलाईन शिक्षाको व्यापक प्रचार गरेर सरकारले जुन मापदण्ड बनायो । यो आफैमा पूर्ण समाधान देखिदैन । सरकार विद्यालयमा विद्यार्थी जम्मा नगरी रेडियोबाट पढ, टिभिमा हेरेर पढ, अनलाईन खोलेर पढ भनेर आजको विद्यार्थीले पढ्ने वातावरण रहेको छैन । अहिलेपनि ग्रामिण भेगमा रेडियो, टिभि, तथा अनलाईनको पहुँच छैन । जहाँ सामान्य मोवायलको नेटवर्क समेत छैन । त्यहाँ के यो सम्भव छ र ? यसका लागि बैकल्पिक सिकाईको विकास गर्न जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here