अरिंगालको टोकाईबाट युवकको मृत्यु

खोटाङ, असोज २५/ अरिंगालले टोकेर खोटाङमा एकजनाको ज्यान गएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २९ वर्षीय उत्तम भनिने पातलसिं राईको ज्यान गएको हो । शनिबार अरिंगालले टोकेका राईको आईतबार उपचारकोक्रममा जिल्ला अस्पताल दिक्तेलमा मृत्यु भएको हो । राईलाई घाँस काट्न गएको अवस्थामा बिच्किएको अरिंगालले शरीरका विभिन्न ठाउँमा टोकेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरिक्षक गोबिन्द शाहले बताउनुभयो ।
घाँस काट्न एक्लै गएका आफन्तले उनलाई अरिंगालले टोकेर गम्भीर घाईते बनाएको अवस्थामा जंगलमा फेला पारेका थिए । उपचारका लागि अस्पताल पु¥याएको केही समयपछि नै पातलसिंको मृत्यु भएको आफन्त एबं पुर्वसभाषद दुर्गाजयन्ती राईले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here