स्वकीयहरुलाई सम्हाल

भिम राई
राजनीतिक गर्ने नेताहरु जब अलि माथील्लो तहमा बाजी मार्छन । लगतार उनिहरुलाई सल्लाहाकार र स्वकीय सचिव आवश्यक त परि नै जान्छ । नीजि सचिवालय नै गठन गरेर उनीहरुले आफ्नो कामलाई प्रभावकारी बनाउन प्रयत्न गर्छन । यो देश दुनीयामा चलिआएको चलन नै हो । कतिपय वैतनिक तथा अवैतनिक सल्लाहाकार राख्ने र उनिहरुकै सल्लाहा मुताविक दैनिक कार्य संचालन गर्ने प्रचलन नै छ । यस्तो गर्दा नेतृत्वले प्रभावकारी काम गर्न सक्दछ भने विषय विज्ञहरुले समेत उचित सल्लाहा दिने गर्दछन् । यस्तै कतिपय सल्लाहाकारहरुले दिने सल्लाहा र नीजि सचिवालय मार्फत गरिने कामकै कारण नेताहरु विवादमा समेत तानिने गर्दछन् । सल्लाहाकार तथा स्वकीयका कारण मान सम्मान र प्रतिष्ठामा समेत आँच आउने गर्दछ ।

अहिले विज्ञान र प्रविधिका कारण सामाजिक सञ्जालको प्रयोगकर्ताहरु बढी रहेका बेला उहिलेको जस्तो कुनै कुराको सार्वजनिक हुन गारो छैन । सार्वजनिक पदधारण गरेका व्यक्तिहरुको दिन चर्या सबैले याद गरिरहेका हुन्छन् । उनिहरुमाथी सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले निगरानी राखि रहेकै हुन्छन् । यसलाई जहिले सुकै मर्यादामा रहेर बस्न सबैले जरुरी रहन्छ । तर पछिल्लो समयमा हेर्दा यस्तो भएको देखिदैन । आफ्ना वरीपरी घुम्ने गणेश प्रवृत्तिका व्यक्तिहरुलाई सल्लाहाकार तथा स्वकीय नियुक्ती गरेको पाईन्छ । यसले निगाहा गर्नेहरु बेला बेलामा चिप्लने गरेका पनि छन् । विवादको घेरामा पर्ने गरेका पनि छन् । उनिहरुको चक चककै कारण कतिपय अप्ठयारोमा समेत परेका छन् । सर्वत्र आलोचना खेप्नु पर्ने पनि हुन्छ ।
सामाजिक सञ्जालमा आउने कतिपय विषयका बारेमा सचेत हुन नसक्दा पदिय दायीत्वको हैसियत गुमेका समेत उदाहरण धेरै रहेका छन् । यसका लागि सार्वजनिक पदधारण गरेका व्यक्तिले आफ्ना जुन तहको भएपनि सल्लाहाकार तथा स्वकीयहरुलाई सम्हाल्न सक्नु पर्दछ । नीजि सचिवालयलाई तन्दुरुस्त राख्न सक्नु पर्दछ । सूचना लिने र दिने कुरामा विषय विज्ञहरुको खोजि गरेर राख्न सकेमा मात्र पनि यसबाट धेरै हदसम्म जोगिन मद्यत पुग्न सक्दछ । यसका लागी जिम्मेवारी दिने र लिनेहरुले बेलैमा सोच्न सक्नु पर्दछ । अहिले आएका समस्याहरु भनेको सामाजिक सञ्जालको सहि सदुपयोग गर्न नसक्ने जनशक्तिलाई कोचारी रहनुले हो । अब प्रत्येक तहमा रहेका जनप्रतिनीधी या विभिन्न निकायमा रहेका सार्वजनीक पदधारण गरेकाहरुले बेलैमा विचार गर्न जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here