साकेलाबाट सिक्ने की ?

भिम राई
खोटाङ

साकेला गाउँ पालिकाले भर्खरै आफ्नो आधिकारिक फेसबुक पेजमा सामाजिक सुरक्षा भत्ता सम्बन्धि एउटा सूचना प्रेषित गरेको गरेको छ । पालिका प्रमुख अर्जुन खड्का झंकारले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा समेत सामाजिक सुरक्षा भत्ता पाउने सबैको नामावली सार्वजनिक गर्दै दावि विरोध गर्न १५ दिने सूचना जारी गरेको उल्लेख गरेका छन् । सामाजिक सुरक्षा भत्तामा कतिपय ठाउँहरुमा अनियमितता भईरहेको भन्ने समाचारहरु आईरहेको बेला साकेला गाउँ पालिकाले भने आफुलाई पारदर्शी बनाउदै लगेको यो एउटा नमुना हो । यो कामले विस्वनीयताको विकास गराउने मात्र होईन सुशासनको समेत संकेत गरेको छ । हरेक स्थानीय तहमा सामाजिक सुरक्षा भत्ता आउने गर्दछ । संघीय सरकारको तर्फबाट प्राप्त हुने यो बजेटको कतिपय ठाउँमा भने दुरपयोग पनि भएको छ ।
सामाजिक सुरक्षा भत्ता अहिले सरकारले ज्येष्ठ नागरिक वृद्ध भत्ता, ज्येष्ठ नागरिक दलित भत्ता, ज्येष्ठ नागरिक एकल महिला भक्ता, पूर्ण अपाङग (क वर्ग) भत्ता र दलित बालबालिका भत्ता गरेर ५ प्रकारको सामाजिक सुरक्षा भत्ता वितरण गर्दछ । सरकारले उपलब्ध गराउने यी सेवा सुविधामा कतिपय ठाउँमा तथ्यांक अध्यावधिक नगर्दा समस्याहरु आउने गर्दछन् । यस्तै कतिपय कर्मचारीहरुको कमजोरीका कारण दुरपयोग हुने खतरा रहन्छ । केही समय अगाडि खोटाङ जिल्लाको बाराहा पोखरीमा सामाजिक सुरक्षा भत्ताको विषयमा आर्थिक अनियमितता भएकै कारण छानविन समिति नै बनाउनु परेको घटना पनि रहेको छ । यसले अनियमितता हुने व्यापक खतरा त छ न अझै कर्मचारी सँगको मिलमतोमा सर्वसाधरणले समेत यसको दुरपयोग गरिरहन सक्ने संभावना रहन्छ ।
यी भ्रमहरुलाई चिर्दै साकेला गाउँ पालिकाले जुन काम गरेको छ । स्वागत योग्य कुरा हो । साकेला गाउँ पालिकाले सार्वजनिक गरेको सूचनाको आधारमा साकेला गाउँ पालिकामा वार्षिक ३ करोड ५८ लाख ८ हजार रुपैया सामाजिक सुरक्षा भत्तामा खर्च हुने देखिएको छ । यसमध्ये पहिलो किस्ताको रकमहरुमध्ये ज्येष्ठ नागरिक वृद्ध भत्ता ९७ लाख ८० हजार, ज्येष्ठ नागरिक दलित भत्ता ६ लाख ८० हजार, ज्येष्ठ नागरिक एकल महिला भक्ता ११ लाख २० हजार, पूर्ण अपाङग (क वर्ग) भत्ता ३ लाख र दलित बालबालिका भत्तामा रु ५६ हजार रुपैया खर्च हुने गरेको छ । यस्तै पालीकाले यसवर्ष सामाजिक सुरक्षा भत्ता वितरण गरेर बचेको रकम ४ लाख १९ हजार ८ सय रुपैयामा भने कोलेनिका मार्फत नेपाल सरकारको खातामा फिर्ता समेत गरेर पालिकाले आफुलाई पारदर्शी देखाएको छ । यी प्रकृयाहरुलाई हेदा अरु स्थानीय तहले साकेला गाउँपालिका सिक्नु पर्दछ की ?

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here