सडक मर्मत गर्न ट्याक्टर व्यवसायीहरुको निशुल्क सहयोग

diprung chuichumma

एविसि खबर
दिक्तेल, ६ असोज । दिप्रुङ चुईचुम्मा गाउँ पालिकाको सडक मर्मत गर्न ट्याक्टर व्यवसायीहरुले तीन दिन निशुल्क रोडा भरिदिने भएका छन् । गाउँपालिकामा मंगलबार बसेको पालिकाका ट्याक्टर व्यावसायी र पालिका प्रमुख उपप्रमुखको बैठकले यस्तो निर्णय गरिएका पालिकाले जनाएको छ ।

वर्षाको कारण पालिकामा रहेको प्रमुख सडकहरुमा भएको खाल्डाखुल्डि पुर्नका लागि व्यावसायीहरुले प्रत्येक ट्याक्टरले ३ दिन निशुल्क रोडा ढुवानी गर्ने सहमती भएको पालिका प्रमुख भुपेन्द्र राईले जानकारी दिएका छन् । २१ जना ट्याक्टर व्यावसायीहरुको सहभागिता रहेको बैठकमा व्यवसायीको तर्फबाट जम्मा ६३ दिन बराबरको सहयोग रहने भएको छ ।

गाउँपालिका त्यस अवधीमा चालक तथा लोडरलाई खाना नास्ताको भने व्यवस्था मिलाउनेगरी काम गर्न लागिएको हो ।
सो सडकलाई आवश्यक पर्ने रोडाहरु गाउँपालिकाको आफ्नै मेसिनले तयार गर्ने सहमती भएको अध्यक्ष राईको भनाई रहेको छ । कोरोना संक्रमणको सन्त्रास विच आईरहेको नेपालीहरुको महान चाड तथा पर्वहरुमा आवत जावत गर्न सजिलोहोस भन्ने हेतुले वर्षामा बिग्रिएको बाटोको मर्मत गर्न लागिएको पालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here