संक्रमण सँगै देखिएको पत्रकारीता भित्रका साझा संकट

विवेक राई


समाजमा हुने गरेका सामान्य भन्दा सामान्य गतिविधि कुनैपनि निकायको चरम लापरवाहि संक्रमण सँगै फलिएका अनेकौ सञ्त्रास, कालोवजारी मात्रहैन सफलताको कथा समाज परीवर्तनका लागि उठेका सवालहरु सँगै हिजो व्यवस्था परीवर्तनका क्रममा भएका आन्दोलनको भुमरीमा पनि जिम्मेवारी र सकारात्मक सन्देश प्रवाह सगै जनतालाई सुसुचित गराउन कतिपनि गाह्रो महसुस भएन ।
समाचार सम्प्रेषणमात्रहैन समाज परीवर्तन र विभेदका विभिन्न सवालहरुमा खरो रुपमा प्रस्तुत भएर परीवर्तनका लागि अहोरात्र खट्ने मिडियाकर्मिहरुको अवश्था कोरोना माहामारीका कारण सुनाउननै लज्जास्पद वन्दै गएको महसुसहुन्छ । माहामारीको समयमा पनि कर्तव्य र जिम्मेवारीलाई आत्मसाथ गर्दै झोलामा कापि कलम सँगै घाटिमा क्यामेरा बोकेर परीवारका हरेक चाहानालाई थाति राखरे आफ्नो मिसन सगै सत्यतथ्य सुचना संकलन र प्रवाहका लागि मैदानमा निस्कन्छ पत्रकार ।
हुनत विभिन्न मिडियामा आवद्ध भएर काम गरीरहेका हजारौ मिडियाकर्मिहरुले सहि र सकारात्मक विषयलाई मात्र उठान गरेकाछन भन्ने हैन कतिपय मिडियाको चाहाना तथ्यमा आधारीत सकारात्मक सुचना सम्प्रेषणमा लगाव देखिएपनि समाचारको शिर्षक छनोट तथा लेखन शैलिले पाठक दर्शक तथा स्रोताहरुलाई थप भ्रम र अन्यौलमा धकेलेका विषयहरु प्रशस्त पाईयो ।
विषय खोजी तथा लेखनशैलिमा मिडिया कर्मिहरुको क्षमता एकनास हुदैन यो पक्का हो यसका कारण आफुले दिन खोजेका सुचना उठाउन खोजेको विषय प्रष्ट पार्न नसक्नुले आवश्यक तथ्यलाई केलाउन सक्ने क्षमताको स्तर पनि नेपालि पत्रकारीतामा छर्लङ देखिएकाछन्, जसका कारण मिडियाका सम्पादक माथि यो चुनौति ठाडै तेर्सिएको छ ।
सुचना सम्प्रेषणका लागि छापा, रेडियो, पत्रपत्रिका टेलिभिजन हुदै प्रविधीको विकास र पाठकको चाहाना अनुसार परीवर्तन भएका अनलाईन पत्रिका सम्म आईपुग्दा आफैभित्र देखिएका कमजोरीले सिङगो पत्रकारीता क्षेत्रमा तेर्सिएको प्रश्नले पटक पटक गम्भिर तुल्याउछ । पछिल्लो समय मिडिया विचमै छिटो सुचना प्रवाह गर्ने नाममा देखिएको अस्वस्थ्य प्रतिष्पर्धाका कारण पाठक दर्शक र स्रोताहरुले तथ्यगत समाचार भन्दापनि अपुर्ण र अष्पस्टतालाई साधेर घटनास्थितिलाई वुझ्न बाध्य बनाईएको छ ।
अनलाईन सगै वजारमा आएका युट्युव चलाएर वसेकाहरुले पछिल्लो समय रामै्रवजार पाएको देखिएकोछ । हुनत पाठक दर्शक र स्रोताहरुले सामान्य युटुवरलाई समेत पत्रकार भनेर चिन्दिदा नेपालि पत्रकारीतालेनै पटक पटक सराप खेप्नु परेको उदाहरण प्रसस्त आईरहेकाछन् । आफनो च्यानललाई अगाडि वढाउनकालागि कथावस्तु भन्दा फरक तवरले दर्शकलाईनै झुक्याउने गरी शिर्षक तथा विभिन्न क्याप्सनहरु सहित अपलोड हुदा दर्शकले खेप्नुपरेको समस्याप्रति युटुभरहरुको कतिपनि चासो नभएको प्रष्टहुन्छ ।
वढ्दो प्रविधिलाई सकारात्मक ढङगले कसरी प्रयोगगर्ने भन्ने विषयआजको मुख्य चुनौतिको रुपमा विकसित भैरहेको छ, यो सिङगो पत्रकारीताको समस्याको रुपमा स्थापित भएकोछ । उदाउदो प्रविधि लाई सहि क्षेत्रमा प्रयोग गरी सामाजिक तथा आर्थिक सवलीकरणमा समेत महत्वपुर्ण भुमिका रहदै आएता पनि पछिल्लो समय संक्रमण सगै मिडियामा आवद्व सञ्चारकर्मीहरुको जिवनस्तरपनि धरासायि वन्दै गएको छ ।
समाजमा भएका अधिकाशं घटनाहरुलाई उजागर गर्दै सकारात्मक परीवर्तनका पक्षमा खवरदारी गर्न कार्यस्थलमा तल्लिन रहने पत्रकार जगतको दैनिकी अनुसारको भरणपोषण अभावका कारण पेशानै संकटमा पर्ने जोखिम नलाउला भन्न सकिन्न । व्यवसायिक तवरले पत्रकारीतामा लागेका पत्रकार र वढ्दो प्रविधिको विकास सगै पाठक, दर्शक र स्रोताहरुको विकसित मनस्थितिलाइ अध्यन गरी आगामि नेपालि पत्रकारीताको अवस्था कता र कस्तो रहन्छ भन्ने तिर पनि मिडिया हाउसहरुले गम्भिर भएर सोच्नु आवश्यक छ ।
भोजपुर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here