भैरहवा निषेधाज्ञा थप पाँच दिन

१६ कार्तिक, काठमाडौ
रुपन्देहीको भैरहवा क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा समय ५ दिन बढाएको छ । मधेसी मोर्चाको आन्दोलन जारी रहेको र इन्धन अभावका कारण नागरिकमा बढेको भन्दै निषेधाज्ञाको अवधि बढाउनु परेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
कार्यालयका अनुसार कात्तिक २० गते बेलुका ६ बजेसम्म भैरहवा क्षेत्रमा निषेधाज्ञा कायम  रहने छ । यसअघिको निषेधाज्ञा आइतबार बेलुका सकिएको थियो । निषेधाज्ञा जारी भएपनि मधेशी मोर्चाका कार्यकर्ताले आफ्नो आन्दोलनलाई निरन्तरता दिएका छन् ।

Facebook Comments

Related posts

Leave a Comment