कोरोना संक्रमणबाट जोगाउन प्रहरीलाई फेस सिल्ड वितरण

एविसि खबर
खोटाङ, २ असोज । कोरोना संक्रमणको जोखिम बढी रहेको बेला जिल्ला प्रहरी कार्यालय खोटाङलाई तीन सय थान फेस सिल्ड प्रदान गरिएको छ । कोरोना कहरमा ड्यूटीमा खटिएका प्रहरीलाई संक्रमणबाट बचाउनका लागि प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईको पहलमा फेस सिल्ड प्रदान गरिएको हो । विभिन्न व्यक्तीबाट फेस शिल्ड जुटाएर शुक्रबार जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायणप्रसाद चिमरियालाई प्रतिनिधिसभा सदस्य भट्टराईले फेस सिल्ड हस्तान्तरण गरेका छन् । नागरिकसँगको प्रत्यक्ष सम्पर्कमा पुग्ने र ड्युटीमा खटिएका प्रहरीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर फेस सिल्ड जुटाएर प्रहरीलाई हस्तान्तरण गरिएको प्रतिनिधिसभा सदस्य भट्टराईले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, नेकपाका कार्यालय सदस्य कुमार आचार्य, सामुदायीक सेवा केन्द्रका अध्यक्ष सनमान खड्का लगायतको उपस्थितिमा प्रतिनिधिसभा सदस्य भट्टराईले प्रहरीलाई फेस शिल्ड हस्तान्तरण गरेका हुन् । जिल्ला प्रशासन कार्यालयले पनि केही समयअघि प्रहरीलाई ६० थान फेस शिल्ड उलपव्ध गराएको थियो । आगामी दिनमा फ्रन्टलाईनमा ड्यूटीमा खटिएका तथा नागरिकसँग प्रत्यक्ष सम्पर्कमा पुग्ने प्रहरीले मास्क सहित फेस शिल्ड लगाउने डिएसपी चिमरियाले बताए । ‘प्राप्त भएको फेसशिल्ड प्रहरीको सबै यूनिट तथा नाकामा खटिएका प्रहरी पोष्टमा पु¥याउने छौँ । प्रहरी मास्कको अलवा फेस शिल्ड लगाएर ड्यूटीमा खटिनेछन्,’ डिएसपी चिमरियाले भने, ‘संक्रमणको जोखिम बढिरहेको अवस्था छ । यो वेलामा जनतालाई संक्रमणबाट जोगाउन र आफु जोगिनका लागि फेस शिल्ड प्रभावकारी हुने अपेक्षा गरेका छौँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here